• Butwal, Nepal
  • info@easyloksewa.com
  • +977-9867331082
साइन-अप लग-इन
लग-इन साइन-अप

लग-इन

पासवर्ड भुल्नु भयो ?

साइन-अप

approve हुन समय लग्यो भने 9867331082 whatsapp गर्नु होला
Logo
  • General Knowledge(GK)
  • Current Affairs
  • Syllabus
  • vacancy
  • Intellectual Level (IQ)
  • English
    • Grammar
    • Vocabulary
    • Reading Comprehension
  • Subjective
    • शाखा अधिकृत (section Officer )
    • नायब सुब्बा
    • Nepal Rastra Bank नेपाल राष्ट्र बैंक
    • नेपाल बैंक (Nepal Bank)
    • शिक्षक सेवा आयोग (Teachers Service Commission)
    • कानुन ऐन तथा नियमावली (Laws Acts and Regulations)
    • सुरक्षा निकायहरू (Security Agencies)
  • Blogs
  • अनलाइन परीक्षा
  • डेमो परीक्षा

Current Affairs

  • गृह पृष्ठ
  • Current Affairs

समसामयिक विशेष

नेपाल–अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव, २०२५ मा सर्वोत्कृष्ट राष्ट्रिय वृत्तचित्रको अवार्ड प्राप्त गर्न सफल वृत्तचित्र कुन हो ?

डिजाइन्ड टु डिस्एपियर –  शिव पुरी निर्देशित वृत्तचित्रले सो अवार्ड जितेको ।  –  पुरीले वृत्तचित्रबाट सर्वोत्कृष्ट सम्पादनको अवार्ड पनि हात पारेका ।  –  महोत्सवमा सर्वोत्कृष्ट अफ्रिकन चलचित्रको अवार्ड दक्षिण अफ्रिकाबाट ‘गुड मदर’ ले र अफ्रिकन वृत्तचित्रको अवार्ड क्यामरुनको ‘जायद’ ले प्राप्त गरेको ।  –  अन्तर्राष्ट्रिय वृत्तचित्रको अवार्ड भारतीय वृत्तचित्र लोनी ट्युन्सले, अन्तर्राष्ट्रिय चलचित्रको अवार्ड बङ्गलादेशको चलचित्र सोदाले, अन्तर्राष्ट्रिय लघु चलचित्रको स्पेशल मेन्सन अवार्ड बेलायतको लघु चलचित्र जेन्ट पपेट्स फर डिग्निफाइड मिन्सुरेसन्सले प्राप्त गरेका ।  –  अन्तर्राष्ट्रिय जुरी अवार्ड अर्जेन्टिनाको लघु वृत्तचित्र दी टेम्पल अफ इटर्नल साउन्डले जितेको ।  –  काठमाडौँमा सम्पन्न १३ औँ संस्करणको यस महोत्सवमा नेपालसहित १७ देशका ४९ वटा चलचित्र समावेश रहेका । 

थप पढ्नुहोस्

आर्थिक वर्ष २०८२/८३ को लागि सङ्घीय संसद्मा र प्रदेश सरकार पेस गरेको बजेटका उद्देश्य र प्राथमिकताहरू

कुनै आवका लागि सरकारले गर्ने आय र व्ययको अनुमानलाई बजेट भनिन्छ । नेपालको संविधानले तीनै तहका सरकारले नीति, योजना र वार्षिक बजेट तर्जुमा गर्न र कार्यान्वयन गर्न सक्ने व्यवस्था गरेको छ । संविधानबमोजिम नेपाल सरकारको अर्थमन्त्रीले जेठ महिनाको पन्ध्र गते राजस्व र व्ययको अनुमान सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा पेस गर्नुपर्ने व्यवस्था छ । अन्तरसरकारी वित्त व्यवस्थापन ऐनबमोजिम प्रदेश सरकारको अर्थमन्त्रीले प्रत्येक वर्ष असार महिनाको एक गतेभित्र आगामी आवको राजस्व र व्ययको अनुमान प्रदेश सभामा पेस गर्नुपर्ने व्यवस्था रहेको छ । नेपाल सरकारले लिएका राष्ट्रिय नीति, उद्देश्य र प्राथमिकतासँग तालमेल हुने तथा प्रादेशिक आवश्यकता र प्राथमिकतासमेत सम्बोधन हुने गरी प्रदेश सरकारले वार्षिक बजेट तर्जुमा गर्नुपर्ने अवस्था रहेको छ । यस सम्बन्धमा नेपाल सरकारले आव २०८२÷८३ को लागि सङ्घीय संसद्मा पेस गरेको बजेटका उद्देश्य तथा प्राथमिकता र प्रदेश सरकारहरूले प्रदेश सभामा पेस गरेका बजेटका उद्देश्य निम्नानुसार रहेको पाइन्छ : सङ्घीय बजेटका उद्देश्य र प्राथमिकताहरू : क) उद्देश्यहरू : – उच्च, दिगो एवं फराकिलो आर्थिक वृद्धि हासिल गरी गरिबी निवारण गर्ने, – उद्यमशीलता विकास र सार्वजनिक तथा निजी लगानी विस्तार गरी रोजगारी सिर्जना गर्ने, – आधुनिक प्रविधिको प्रयोग बढाउँदै आर्थिक दक्षता वृद्धि गर्ने, – सामाजिक संरक्षण एवं विकासका माध्यमबाट सामाजिक न्याय कायम गर्ने र – गुणस्तरीय सार्वजनिक सेवा र सुशासन प्रवर्धन गर्ने । ख) प्राथमिकताहरू : – उद्यमशीलता, रोगारी, उत्पादन तथा उत्पादकत्व अभिवृद्धि, प्रतिफलयुक्त गुणस्तरीय भौतिक पूर्वाधारमा लगानी विस्तार, सामाजिक क्षेत्रमा गुणात्मक सुधार, – सन्तुलित विकास र सामाजिक सुरक्षाको सुनिश्चितता र नागरिकमैत्री सेवा, भ्रष्टाचार नियन्त्रण र शासकीय सुधार । प्रदेश सरकारको बजेटका उद्देश्यहरू : क) कोशी प्रदेश सरकार : – समग्र आर्थिक आधारको सबलीकरण गरी उच्च, दिगो र फराकिलो आर्थिक वृद्धि हासिल गर्ने, – सार्वजनिक–निजी साझेदारीको माध्यमबाट लगानी विस्तार गरी रोजगारीको अवसर सिर्जना र प्रदेशको समग्र आयमा वृद्धि गर्ने, – कृषि र उद्योग क्षेत्रमा उत्पादन र उत्पादकत्व वृद्धि गरी राष्ट्रिय पुँजीको निर्माण गर्ने, – भौगोलिक क्षेत्रको सन्तुलित एवं समन्यायिक विकास गर्ने, – हिमाली, पहाडी यथा ग्रामीण क्षेत्रमा शिक्षा, स्वास्थ्य, आवास, रोजगारी, खाद्यान्न र सामाजिक सुरक्षामा पहुँच अभिवृद्धि गरी बसाइँसराइ न्यूनीकरण गर्ने । ख) मधेश प्रदेश सरकार : मधेश प्रदेश सरकारले बजेटका उद्देश्यहरू छुट्टै उल्लेख गरेको देखिँदैन । बजेटका सिद्धान्त, उद्देश्य प्राथमिकता र प्रमुख नीतिहरू समग्रमा उल्लेख गरेको पाइन्छ । बजेटले देहायका विषयलाई जोड दिएको छ । – सङ्घीय सरकारप्रतिको परनिर्भरता घटाउन तथा मधेश प्रदेशको अर्थतन्त्रलाई आत्मनिर्भर, समृद्ध र सशक्त बनाउन उपलब्ध स्रोतसाधनको अधिकतम उपयोगमा बजेट केन्द्रित हुने, – कार्यान्वयनयोग्य, उच्च प्रतिफल र लाभ हुने योजना छनोट गरी प्रभावकारी कार्यान्वयन गर्ने, – प्राकृतिक स्रोतको दोहन न्यूनीकरण र जलवायु परिवर्तनका असर न्यूनीकरण गर्ने, – सार्वजनिक निजी साझेदारी र निजी क्षेत्रलाई प्रोत्साहन गरी प्रदेशभित्र रोजगारीका अवसर सिर्जना गर्ने, – तहगत सरकारबिच समन्वय कायम गरी विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन गर्ने, – तहगत समन्वय गरी कार्यक्षेत्रमा दोहोरोपना हटाउँदै बजेट प्रणालीमा क्रमिक सुधार गर्ने, – सन्तुलित विकास र स्रोतसाधन वितरणमा समन्याय कायम गर्ने, – खाद्य सुरक्षा र कृषि उत्पादनमा आत्मनिर्भरता हासिल गर्ने, – दिगो विकास लक्ष्यको आन्तरिकीरण र स्थानीयकरण गर्ने, – सार्वजनिक प्रशासनलाई स्वच्छ र सक्षम बनाई सूचना प्रविधिको प्रयोगमार्फत सेवालाई सरल, मितव्ययी र सेवाग्राहीमैत्री बनाउने । ग) बागमती प्रदेश सरकार : – सहकार्य र साझेदारीमार्फत लगानी गरी उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्ने, – आर्थिक तथा सामाजिक पूर्वाधारको क्षेत्रको विकासमार्फत् गरिबी न्यूनीकरण गर्ने, – उद्यमशीलता विकास र आधुनिक प्रविधिको उपयोग विस्तार गरी रोजगारीका अवसर सिर्जना गर्ने, – बजेट प्रणालीमा सुधार गरी सार्वजनिक खर्चको प्रभावकारिता कायम गर्ने, – सुशासन प्रवर्धनका लागि सार्वजनिक सेवा प्रवाहमा गुणस्तरीयता ल्याउने, घ) गण्डकी प्रदेश सरकार : – दिगो आर्थिक वृद्धिमार्फत रोजगारी र आय वृद्धि गर्नु, – गुणस्तरीय र आधुनिक पूर्वाधार विकास गर्नु, – आधुनिक प्रविधिमा दक्ष र उत्पादनशील मानव पुँजी निर्माण गर्नु, – सामाजिक न्याय र समुन्नति हासिल गर्नु, – गुणस्तरीय सार्वजनिक सेवा प्रवाहमार्फत सुशासन अभिवृद्धि गर्नु । ङ) लुम्बिनी प्रदेश सरकार : – उच्च, दिगो र फराकिलो आर्थिक वृद्धि हासिल गर्ने, – उत्पादन, उत्पादकत्व र रोजगारी वृद्धि गर्ने, – स्वस्थ र दक्ष मानव पुँजीको निर्माण गर्ने, – लगानीमैत्री वातावरण निर्माण गरी निजी क्षेत्रको लगानी वृद्धि गर्ने, – स्रोत र साधनलाई सन्तुलित र समन्यायिक ढङ्गले परिचालन गरी आर्थिक असमानता र गरिबी न्यूनीकरण गर्ने, र – गुणस्तरीय सार्वजनिक सेवा र सुशासन प्रवर्धन गर्ने । च) कर्णाली प्रदेश सरकार : – उत्पादन तथा उत्पादकत्व अभिवृद्धिमार्फत आय आर्जन वृद्धि गरी गरिबी न्यूनीकरण गर्ने, – दिगो र प्रतिफलमुखी भौतिक पूर्वाधार निर्माण गरी सघन आबद्धता कायम गर्ने, – पर्याप्त पूर्वाधार निर्माण र उपयुक्त प्रोत्साहन प्रदान गरी लगानी आकर्षण गर्ने, – गुणस्तरीय मानव पुँजी निर्माण, उपयोग र उद्यमशीलता विकासमार्फत रोजगारीका अवसर सिर्जना गर्ने, – गुणस्तरीय सार्वजनिक सेवा र सुशासन प्रवर्धन गर्ने । छ) सुदूरपश्चिम प्रदेश सरकार : – सार्वजनिक वित्त सन्तुलन, बजेट प्रणाली सुधार र राजश्व प्रणालीको सुदृढीकरण गरी वित्तीय अनुशासन कायम गर्नु, – सार्वजनिक–निजी–सहकारी साझेदारी र लगानीमैत्री वातावरणको सिर्जना गर्नु, – विकासमा समन्वय र सहकार्य कायम गर्नु, – कृषिको व्यवसायीकरण, पर्यटन क्षेत्रको विकास र विस्तारमार्फत रोजगारी सिर्जना, स्वरोजगार प्रवर्धन, गरिबी न्यूनीकरण गर्नु, – गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवामार्फत दक्ष तथा स्वस्थ मानव पुँजी निर्माण गर्नु, – सामाजिक सांस्कृतिक रूपान्तरण, सामाजिक न्याय, समता र समावेशी विकास गर्नु, – गुणस्तरीय भौतिक पूर्वाधार विकास, डिजिटल पूर्वाधार र डिजिटल अर्थतन्त्र निर्माण गर्नु, – दिगो, जलवायु परिवर्तन अनुकूलन र विपत् प्रतिरोधी विकास गर्नु, – नागरिकमैत्री सेवा प्रवाह, भ्रष्टाचार न्यूनीकरण र सुशासन कायम गर्नु । – प्रदेश सरकारले प्रदेश सभामा पेस गरेको बजेटका उद्देश्य अध्ययन गर्दा देहायबमोजिम रहेको पाइन्छ । कोशी प्रदेशले हिमाल र पहाडबाट तराईतर्फ हुने बसाइँसराइ र ग्रामीण क्षेत्रबाट सहरी क्षेत्रतर्फ हुने बसाइँसराइलाई नियन्त्रण गर्न बजेटमार्फत शिक्षा, स्वास्थ्य, आवास, रोजगारी खाद्यान्न र सामाजिक सुरक्षामा नागरिकको पहुँच बढाउने विषयलाई जोड दिएको छ । जुन अन्य प्रदेशले स्पष्ट रूपमा उल्लेख गरेका छैनन् । अन्य प्रदेशभन्दा पृथक् कर्णाली प्रदेशले प्रदेशभित्रको सडक सञ्जाललगायतका भौतिक पूर्वाधारको न्यूनतालाई सम्बोधन गरी सघन आबद्धता कायम गर्न भौतिक पूर्वाधार निर्माणमा जोड दिएको पाइन्छ । सुदूरपश्चिम प्रदेशले सार्वजनिक वित्त सन्तुलन, बजेट प्रणाली सुधार, राजस्व प्रणाली सुदृढीकरण गरी वित्तीय अनुशासन कायम गर्न जोड दिएको छ । बागमती प्रदेशले बजेट प्रणालीमा सुधार गरी सार्वजनिक वित्तको प्रभावकारिता कायम गर्न जोड दिएको छ । जुन कुरा अन्य प्रदेशको बजेट उद्देश्यमा घोषणा गरेको पाइँदैन । प्राय सबै प्रदेशले उत्पादन र उत्पादकत्व अभिवृद्धि गरी रोजगारी सिर्जना, गरिबी न्यूनीकरण र आर्थिक वृद्धि गर्ने कुरामा जोड दिएका छन् । अधिकांश प्रदेशले मानव पुँजी निर्माणलाई बजेटको उद्देश्यको रूपमा उल्लेख गरेका छन् । अधिकांश प्रदेशले निजी लगानी आकर्षण गर्न जोड दिएका छन् । सुदूरपश्चिम प्रदेशले तीन खम्बे अर्थ नीतिबमोजिम सरकार, निजी क्षेत्र र सहकारी क्षेत्रको साझेदारी र लगानीमैत्री वातावरण निर्माणमा जोड दिएको छ । चालु सोह्रौँ योजनाको सोच तथा नेपाल सरकारको बजेट उद्देश्यसँग तालमेल हुने गरी अधिकांश प्रदेशले सुशासन प्रवर्धन र सार्वजनिक सेवा प्रवाह सुधारमा जोड दिएका छन् । अन्त्यमा तहगत सरकारका नीति, कार्यक्रम र बजेटबिचको तालमेलबाट नै मुलुकको अर्थतन्त्रमा देखा परेका समस्या सम्बोधन गर्न सकिन्छ । राष्ट्रिय नीति, उद्देश्य र प्राथमिकतालाई तिनै तहका सरकारले कार्यान्वयन गर्न सकेमा मात्र साझा गन्तव्यमा पुग्न सकिन्छ । नेपाल सरकार र प्रदेश सरकारको आव २०८२/८३ को बजेटका उद्देश्य र प्राथमिकता अध्ययन गर्दा सङ्घ र प्रदेशबिच बजेट तालमेलको अवस्था सन्तोषजनक रहेको देखिन्छ । आयोजना तथा कार्यक्रम तहमा देखापर्ने दोहोरपना न्यूनीकरण गर्न कार्यान्वयन चरणमा समेत ध्यान दिनु आवश्यक छ ।

थप पढ्नुहोस्

नेपालका १८ गभर्नरहरुः कसको पालामा के-के भए ?

हालसम्मका १७ गभर्नरहरुः कसको पालामा के-के भए ? बैंकिङ खबर/ वि.सं.२०१३ सालमा नेपाल राष्ट्र बैंकको स्थापना भएपछि नियुक्त भएका पहिलो गभर्नर हिमालय शमशेर जबरा हुन् । हालसम्म नेपालमा १७ जना गभर्नर नियुक्त भएका छन् । वर्तमान गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल अन्त्यतिर रहेको छ भने १८ औं नयाँ गभर्नरको नियुक्ति प्रक्रिया सुरु हुने क्रममा रहेको छ । हालसम्ममा गभर्नरहरु हिमालय शमशेर जबरा लक्ष्मीनाथ गौतम प्रद्युम्नलाल राजभण्डारी डा. भेष बहादुर थापा डा.यादब प्रसाद पन्त कुल शेखर शर्मा कल्यान विक्रम अधिकारी गणेश बहादुर थापा हरिशंकर त्रिपाठी सत्येन्द्र प्यारा श्रेष्ठ डा. तिलक बहादुर रावल दिपेन्द्र पुरुष ढकाल विजयनाथ भट्टराई दिपेन्द्र बहादुर क्षेत्री डा. युवराज खतिवडा डा.चिरञ्जीवी नेपाल महाप्रसाद अधिकारी स्व.हिमालय शमशेर जंगबहादुर राणा नेपाल राष्ट्र बैंकको पहिलो गभर्नर बन्ने सौभाग्य पाउने व्यक्ति हुन् हिमालय शमशेर जवरा । राणा वि.स. २०१३ बैशाख १४ देखी २०१७ माघ २५ गतेसम्म गरि जम्मा २ वर्ष ८ महिना राष्ट्र बैंकको पहिलो पहिलो गभर्नरका रुपमा रहेका थिए । त्यतिमात्र नभइ २००७ सालपछि ५ वर्ष देशको पहिलो अर्थसचिवको रुपमा अर्थमन्त्रालय तथा अन्य निकायहरुको समेत संस्थापकको रुपमा काम गरेका थिए । गभर्नर रहँदा उनले धेरै सुधारको कामहरु गरेका छन् । भारतीय मुद्राको मात्र प्रचलनमा ल्याइने तराई क्षेत्रमा समेत नेपाली मुद्रा लागू गरि तराइवासीलाई नेपाली अर्थतन्त्र राज्यको अभिन्न अंग रहेको अनुभव समेत गराएका थिए । धेरै निकायहरुमा संस्थापकको रुपमा काम गरेपनि राष्ट्र बैंकको पूर्व गभर्नरका रुपमा नै परिचित रहेका थिए । राणालाई राजा महेन्द्रले नै नियुक्त गरेका थिए । तर पछि महेन्द्रले जननिर्वाचित सरकारलाई अपदस्त गर्ने बेलामा उनी समेत राष्ट्र बैंकबाट निकालिएका थिए । त्यस्तै पछि उनले आफ्नै नामबाट हिमालयन बैंक लिमिटेडको स्थापना गरेका थिए । लक्ष्मीनाथ गौतम नेपाल राष्ट्र बैंकको दोस्रो गभर्नरका रुपमा लक्ष्मी नाथ गौतमले काम गर्ने सौभाग्य पाए । उनले २०१७ साल माघ २६ गतेबाट २०२२ असार ३ गतेसम्म राष्ट्र बैंकको दोस्रो गभर्नरका रुपमा रहेका थिए । जननिवार्चित सरकारलाई अपदस्त गरि महेन्द्रले शासन सत्ता हातमा लिएका वेला उनी गर्भनरका रुपमा नियुक्त भएका थिए । त्यस बेला राजा महेन्द्रका नाममा छापिएका पैसाहरुमा हस्ताक्षर गर्ने गरेका थिए । प्रद्युम्नलाल राजभण्डारी नेपाल राष्ट्र बैंकका तेस्रो गभर्नरका रुपमा काम कारबाही गर्ने व्यक्ति हुन् प्रद्युम्नलाल राजभण्डारी हुन् । उनले गभर्नर लक्ष्मी नाथ गौतमको कार्यकाल सकिएको भोलीपल्ट अर्थात २०२२ असार ४ गतेबाट नियुक्त भई २०२३ साउन १९ गतेसम्म राष्ट्र बैंकको कार्यभार सम्हाल्ने मौका पाएका थिए । साथै राजा महेन्द्रले सत्ता हातमा लिएर नियुक्त गरिएको कारण पनि उनले पनि राजा महेन्द्रको फोटो भएको मुद्रामा हस्ताक्षर गरेका थिए । डा.भेषबहादुर थापा डा भेष बहादुर थापा पुर्व राजदुत तथा राष्ट्र बैंकका चौँथो गभर्नर हुन् । उनले वि स २०२३ देखी २०२४ सम्म गभर्नरका रुपमा रहेका थिए । त्यसपश्चात् भने उनी अर्थसचिव, अर्थराज्यमन्त्री तथा अर्थमन्त्री समेत बनेका थिए । त्यतिमात्र होईन थापा अमेरिकाका लागि नेपाली राजदूतका रुपमा दुई कार्यकाल तथा भारतका लागि नेपाली राजदुतको रुपमा एक कार्यकाल बिताएका छन् । त्यस्तै राजा ज्ञानेन्द्रको पालामा परराष्ट्रमन्त्री सम्म बनेका थिए । थापालाई नेपालको कुटनीति तथा परराष्ट्र सम्बन्धका बारेमा विज्ञ मानिन्छन् । नेपालको परराष्ट्रका सम्बन्धमा थापाको अभिव्यक्तिलाई महत्वपुर्ण मानिन्छ । डा.यादव प्रसाद पन्त नेपाल राष्ट्र बैंकका पाचौं गभर्नर डा यादव प्रसाद पन्त हुन् । यादवले वि.स २०२५ बैशाख २ गतेबाट २०३० बैशाख ६ गतेसम्म राष्ट्र बैंकको. गभर्नरका रुपमा रहेका थिए । पन्त अर्थशास्त्री तथा अर्थविदका रुपमा चिनिएका छन् । त्यतिमात्र नभएर आफ्ना लेख रचना मार्फत उनले नेपाली अर्थतन्त्रलाइ विश्वसामू चिनाउने काम गरेका थिए । पन्त गभर्नर मात्र नभएर जापानका लागि नेपाली राजदुत, वाणिज्य तथा जलस्रोतमन्त्री र अर्थमन्त्रीका रुपमा समेत काम गरेका छन् । उनी २०४० सालमा लोकेन्द्र बहादुर चन्दको मन्त्रीमण्डलमा जलस्रोत मन्त्री भएका थिए । अर्थशास्त्रका ज्ञाता मानिएका पन्तले वनारस हिन्दु विश्वविद्यालयबाट विद्यावारीधी गरेका हुन् । कुल शेखर शर्मा नेपाल राष्ट्र बैंकका छैटौँ गभर्नरका रुपमा कुलशेखर शर्माले आफ्नो कार्यकाल विताएका थिए । उनले यादवराज पन्तको कार्यकाल सकिएको भोलीपल्ट अर्थात विस २०३० बैशाख १७ गतेबाट २०३६ मंसिर २६ गतेसम्म गभर्नरका रुपमा रहेका थिए । साथै त्यसबेला राजा महेन्द्रको फोटो अंकित नोटमा केवल हस्ताक्षर गर्दै उनले आफ्नो कार्यकाल सकाएका थिए । कल्याण विक्रम अधिकारी नेपाल राष्ट्र बैंकको सातौँ गभर्नरका रुपमा कल्याण विक्रम अधिकारीले कार्यकाल विताएका छन् । उनको कार्यकाल वि.स २०३६ जेठ ३० गतेदेखी २०४१ मंसिर २३ गतेसम्म रहेको थियो । उनी भने राजा वीरेन्द्रको पालामा गभर्नर भएका थिए । त्यस्तै उनका कार्यकाल भने राजा वीरेन्द्रको फोटो अंकित नोटमा हस्ताक्षर गरि कार्यकाल विताएका थिए । गणेश बहादुर थापा गणेश बहादुर थापा राष्ट्र बैंकका आठौँ गभर्नर हुन् । राष्ट्र बैंकको गभर्नरका रुपमा २०४१ मंसिर २३ गतेबाट २०४७ जेठ ८ गतेसम्म कार्यकाल रहेको थियो । उनले आफ्नो राजा वीरेन्द्रको तस्वीर अंकित नोटमा हस्ताक्षर गरि कार्यकाल बिताएका थिए । हरिकृष्ण त्रिपाठी नेपाल राष्ट्र बैंकका नवौं गभर्नर बन्ने व्यक्ति हुन् हरिकृष्ण त्रिपाठी । उनले २०४७ साउन २६ गतेबाट २०५१ माघ ३ गतेसम्म राष्ट्र बैंकको गभर्नरको रुपमा कार्यभार सम्हालेका थिए । उनले तत्कालिन राजा वीरेन्द्रको नोटमा अंकित फोटोमा हस्ताक्षर गरेका थिए । सत्येन्द्र प्यारा श्रेष्ठ सत्येन्द्र प्यारा श्रेष्ठ राष्ट्र बैंकको दशौं गभर्नरका रुपमा काम गर्ने अवसर पाएका थिए । उनले २०५१ माघ महिनाको ४ गतेबाट २०५६ गतेसम्म राष्ट बैंकको गभर्नर पदको कुर्सी सम्हालेका थिए । उनले पनि तत्कालिन राजा वीरेन्द्रकै फोटो अंकित नोटमा हस्ताक्षर गरेका थिए । डा. तिलक रावल आर्थिक वर्ष २०५९/६० मा पहिलो मौद्रिक नीति जारी गर्ने गभर्नर डा. तिलक रावल हुन् । उनले त्यो समयमा ल्याएको मौद्रिक नीतिले सरकार आर्थिक वृद्धिको लागि व्याजदर, मार्जिन दर, प्रत्यक्ष तर्फ अनिवार्य तरलता अनुपात (एसएलआर), अप्रत्यक्ष तर्फ अनिवार्य नगद मौज्दात (सिआरआर), ओपन मार्केट अप्रेसन जस्ता मौद्रिक उपकरण प्रयोग रिएको थियो । रावलले ल्याएको मौद्रिक नीतिमा मूल्य वृद्धिको लक्ष्य ४ प्रतिशतमा सिमित गर्ने र मनी सप्लाई ११.२ प्रतिशत रहने भनिएको थियो । उक्त मौद्रिक नीतिको मुख्य लक्ष्य मूल्य स्थिरता कायम राख्ने र दिगो विकासको लागि भुक्तानी प्रणाली सन्तुलन राख्ने थियो । उक्त मौद्रिक नीतिमा नयाँ बैंक तथा वित्तीय संस्था खोल्नको लागि चुक्ता पुँजी अभिवृद्धिका साथै संस्थापक शेयरको बेचबिखन र संस्थापकहरुको योग्यताको स्पष्ट व्यवस्था गरिएको थियो । आर्थिक वर्ष २०६०/६१ मा पनि डा. रावलले नै मौद्रिक नीति ल्याएका थिए । उक्त नीतिमा मूल्य वृद्धिदर ४.३ प्रतिशतमा सीमित गर्ने, शोधनान्तर वचत २ अर्बको हाराहारीमा कायम गर्ने, आर्थिक वृद्धिदर ४.७ प्रतिशत हासिल गर्न सघाउ पु¥याउने उद्देश्यले विस्तृत मुद्रा प्रदायको वृद्धिदर ११.२ प्रतिशत र संकुचित मुद्रा प्रदायको वृद्धिदर ९.२ प्रतिशत कायम गरिने व्यवस्था गरिएको थियो । आर्थिक वर्ष २०६१/६२ को मौद्रिक नीतिमा डा. रावलले ४.५ प्रतिशतको आर्थिक वृद्धिदर सहज गर्ने लक्ष्य लिएका थिए भने मुद्रास्फ्रीतिदर ४ प्रतिशत रहने अनुमान रहेको थियो । नीतिमा वाणिज्य बैंकहरुले राष्ट्र बैंकमा राख्नु पर्ने न्यूनतम अनिवार्य नगद मौज्दात (सिआरआर) अनुपात ६ प्रतिशतबाट घटाई ५ प्रतिशत कायम गरिएको थियो । उक्त नीतिगत परिवर्तनबाट वाणिज्य बैंकहरुलाई करीब २ अर्ब बराबरको थप लगानीयोग्य साधन उपलब्ध भई वित्तीय साधनको लागत केही कम गर्न मद्दत पुग्ने जनाइएको थियो । विजयनाथ भट्टराई आर्थिक वर्ष २०६२।६३ को मौद्रिक नीति विजय नाथ भट्टराईले ल्याएका थिए, जसमा बैंक तथा वित्तीय संस्थाको मर्जरको कुरालाई प्राथमिकतामा राखिएको थियो । यो आवमा आर्थिक वृद्धि ४ देखि ४.५ प्रतिशतसम्म हुने अनुमान रहेको थियो । त्यस्तै, भट्टराईको आर्थिक वर्ष २०६३।६४ को मौद्रिक नीतिमा आर्थिक वृद्धि ५ प्रतिशत हुने अनुमान रहेको थियो भने आव २०६४।६५ मा पनि आर्थिक वृद्धिको लक्ष्य ५ प्रतिशत र मुद्रास्फीति ५.५ रहने अनुमान रहेको थियो । उक्त नीतिमा उद्योगको पुननिर्माणको लागि भन्दै औद्योगीक पुनर्वास कोष स्थापना कार्य्विधिमा व्यवस्था भए अनुसार लगानीको लागि नेपाल इन्फ्रास्ट्रक्चर विकास बैंक स्थापनाका लागि प्रोत्साहन गर्ने व्यवस्था पनि रहेको थियो । कृष्ण बहादुर मानन्धर आर्थिक वर्ष २०६५/६६मा कामू गभर्नर कृष्णबहादुर मानन्धरले ल्याएका थिए, जसमा आर्थिक वृद्धिको लक्ष्य ७ प्रतिशत रहेको थियो भने मुद्रास्फीति ७.५ प्रतिशत हुने अनुमान रहेको थियो । मौद्रिक नीतिको सञ्चालनका लागि समकक्षीको रुपमा लिइएका बैंक तथा वित्तीय संस्थाहरूलाई दिइँदै आएको दुई किसिमको विशेष सुविधालाई निरन्तरता दिइने जनाएको थियो । पहिलो सुविधा, समकक्षीको रूपमा यस बैंकले मौद्रिक उपकरणको रूपमा दोस्रो खुला बजार कारोबार वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीसँग मात्र सञ्चालन गर्नेछ । दोस्रो सुविधा, नेपाल सरकारको ट्रेजरी बिल्स र विकास ऋणपत्रको धितोमा अल्पकालीन स्थायी तरलता सुविधा वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीलाई मात्र दिइने छ । यी सुविधा पाउन राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशनहरूमा उल्लेखित तथ्याङ्क तोकिएको ढाँचा र समयमा नियमित रूपमा उपलब्ध गराउनुपर्ने व्यवस्था थियो । दिपेन्द्र बहादुर क्षेत्री आव २०६६/६७ मा दिपेन्द्र बहादुर क्षेत्रीले मौद्रिक नीति ल्याएका थिए । उनले ल्याएको नीतिमा आर्थिक वृद्धिदर सामान्य नै हुने र वार्षिक औषत मुद्रास्फीति ७ प्रतिशत रहने प्रक्षेपण रहेको थियो । आव २०६६/६७ को बजेट वक्तव्यमा उल्लेखित ५.५ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न सहज हुने गरी मौद्रिक तरलताको व्यवस्थापन गरिने उल्लेख थियो । डा. युवराज खतिवडा आव २०६७/६८ को मौद्रिक नीति अहिलेका अर्थमन्त्री डा. युवराज खतिवडाले ल्याएका थिए । उक्त नीतिमा आर्थिक वृद्धि ५.५ प्रतिशत हासिल गर्ने, मुद्रास्फीतिलाई ७ प्रतिशतमा सीमित राख्ने लक्ष्य रहेको थियो । यस्तै उत्पादन मुलक क्षेत्रमा क्रेडिट प्रवाहलाई प्रोत्साहन गर्न ६ प्रतिशत र ६ महिनाको लागि राम्रो ऋणको रुपमा ९ प्रतिशत भन्दा बढी हुने उल्लेख थियो । आव २०६८/६९ को मौद्रिक नीतिमाफर्त डा. खतिवडाले औसत मूल्य वृद्धिदर ७ प्रतिशतमा राख्ने, शोधनान्तर घाटा ५ अर्बको हाराहारीमा बचत हासिल हुने, मुद्रास्फीति ७ प्रतिशतमा सिमित राख्ने लक्ष्य राखेका थिए । वाणिज्य बैंकहरूबाट निजी क्षेत्रमा प्रवाह हुने कर्जाको वृद्धिदर अघिल्लो वर्षको १३.३ प्रतिशतको अनुमानको तुलनामा आर्थिक वर्ष २०६८/६९ मा १४ प्रतिशत रहने प्रक्षेपण रहेको थियो । त्यस्तै, आव २०६९।७० मा पनि डा. खतिवडाले नै मौद्रिक नीति ल्याएका थिए । जसमा आर्थिक वर्षमा ५.५ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने प्रक्षेपण रहेको थियो । वित्तीय स्थायित्व प्रवर्धन गर्दै मुद्रास्फीतिलाई ७.५ प्रतिशतमा सीमित गर्ने र कम्तिमा ८ महिनाको वस्तु तथा सेवाको आयात धान्न पर्याप्त हुने गरी विदेशी मुद्रा संचिति कायम गर्ने मौद्रिक नीतिको लक्ष्य रहेको छ उल्लेख छ । खतिवडाले नै ल्याएको आव २०७०।७१ को मौद्रिक नीतिमा वार्षिक औसत मुद्रास्फीति दरलाई ८ प्रतिशतमा कायम राख्ने, ५.५ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न सहयोग पुर्याउने लक्ष्य रहेको थियो । मूल्य वृद्धिलाई निश्चित सीमाभित्र राख्नका साथै आर्थिक वृद्धिलाई टेवा दिन आवश्यक रहेको भन्दै बैंकदरलाई ८ प्रतिशतमै कायम गरिएको थियो । आर्थिक वर्ष २०७१।७२ को मौद्रिक नीतिमा ६ प्रतिशतको आर्थिक वृदि गर्ने लक्ष्य रहेको थियो । सरकारी ऋणपत्रहरुको प्राथमिक तथा दोस्रो बजार कारोबारलाई थप व्यवस्थित गर्न ऋणपत्रको प्राथमिक तथा दोस्रो बजार व्यवस्थापन नियमावली, २०६१ लाई परिमार्जन गरी स्वीकृतिका लागि सरकार समक्ष पेश गरिने व्यवस्था रहेको थियो । ट्रेजरी विल्स र विकास ऋणपत्रहरुको बोलकबोलका लागि अनलाइन विडिङ सिस्टमको व्यवस्था गरिने व्यवस्था रहेको थियो । यस्तै शेयर बजारमा आउने अनपेक्षित उतार–चढावबाट वित्तीय स्थायित्वमा प्रतिकूल प्रभाव पर्नसक्ने सम्भावनालाई ध्यानमा राखी शेयरको धितोमा प्रवाह हुने कर्जालाई थप व्यवस्थित गरिने व्यवस्था गरिएको थियो । डा. चिरञ्जिवी नेपाल नेपालको १६औँ गभर्नरका रुपमा वि.सं. २०७१ सालमा डा. चिरञ्जीवी नेपाल नियुक्त भएका थिए । राष्ट्र बैंकको गभर्नरमा उनको कार्यकाल २०७६ सालमा सकिएको हो । डा. चिरञ्जिवी नेपालको कार्यकालमा महत्वपूर्ण वित्तीय नीति तथा बैंकिङ सुधारहरू भएका थिए । मर्जर नीति कडाइ गर्दै साना बैंक तथा वित्तीय संस्थाहरूलाई एकीकृत गर्ने प्रोत्साहन दिएका थिए । स्प्रेड दर नियन्त्रण गरी बैंकहरूले लिने ब्याजदरको अन्तर सीमित गरे। लघुवित्तको नियमन बलियो बनाइयो, जसले गर्दा उच्च ब्याजदरको समस्या केही कम हुन गयो। २०७३ मा भारत सरकारले ५०० र १००० रुपैयाँका नोट प्रतिबन्ध गरेपछि नेपाली नागरिकले ती नोट साट्न पाउनुपर्ने माग राखिएको थियो। डा. नेपालले नेपाल सरकारमार्फत भारतसँग कुरा गरे तर समाधान तत्काल निकाल्न कठिनाइ भयो। बैंक तथा वित्तीय संस्थालाई अवैध सम्पत्ति नियन्त्रणका लागि कडाइ गर्न निर्देशन दिइयो। ’बेनीफिसियल ओनर’ को अवधारणा ल्याइयो, जसअनुसार कम्पनीको वास्तविक मालिक को हो भन्ने स्पष्ट पार्नुपर्ने नियम बनाइयो। डिजिटल वालेटहरूको प्रमाणीकरण प्रक्रियामा सुधार। गभर्नर डा. चिरञ्जिवी नेपालको कार्यकालमा बैंक मर्जर, डिजिटल बैंकिङ, ब्याजदर नियन्त्रण, कालोधन नियन्त्रण, तथा भूकम्पपछिको पुनर्निर्माण सहयोग जस्ता सुधारहरू भए। यद्यपि, ब्याजदर अस्थिरता, भारतीय नोट समस्या, र निजी क्षेत्रबाट भएका केही विरोधका कारण उनको कार्यकाल मिश्रित रूपमा मूल्यांकन गरिन्छ। महाप्रसाद अधिकारी नेपाल राष्ट्र बैंकका १७औँ गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल २०७६ चैत २४ गते (६ अप्रिल २०२०) मा सुरु भएको थियो। उनको पाँच वर्षे कार्यकाल आगामी चैत २४ गते (६ अप्रिल २०२५) मा समाप्त हुँदैछ। २०७८ चैत २५ गते (८ अप्रिल २०२२) मा सरकारले गभर्नर अधिकारीलाई निलम्बन गरेको थियो। तर, पछि सर्वोच्च अदालतको आदेशले उनलाई पुनर्बहाली गर्‍यो। कोभिड–१९ महामारीको समयमा मौद्रिक नीतिः गभर्नर अधिकारीको कार्यकालको सुरुवातमै कोभिड–१९ महामारी फैलिएको थियो। उनले महामारीको समयमा आर्थिक स्थायित्व कायम राख्न र प्रभावित क्षेत्रहरूलाई सहयोग पुर्‍याउन विभिन्न मौद्रिक नीतिहरू लागू गरे । उनको नेतृत्वमा डिजिटल बैंकिङ सेवाहरूको विस्तार र प्रवद्र्धनमा जोड दिइयो, जसले वित्तीय समावेशीकरणमा योगदान पुर्‍यायो। गभर्नर अधिकारीले बैंक तथा वित्तीय संस्थाहरूको सुपरिवेक्षण र नियमनलाई सुदृढ गरी वित्तीय स्थायित्वमा योगदान पुर्‍याए । केही राम्रा काम गरेपनि उनको कार्यकाल बढी विवादित बन्यो ।

थप पढ्नुहोस्

नेपालको इतिहासमा पहिलो महिला मुख्यसचिवको रूपमा लीलादेवी गड्तौला

Leela Devi Gadtaula appointed as the first female Chief Secretary in Nepal's in a history नेपालको इतिहासमा पहिलो पटक महिला मुख्यसचिवको रूपमा लीलादेवी गड्तौला नियुक्त भएकी छन्। यो नियुक्ति नेपाल प्रशासनिक सेवा तथा लैंगिक समानताको दृष्टिकोणले एक ऐतिहासिक र प्रेरणादायक उपलब्धि हो। 🔹 लीलादेवी गड्तौलाबारे संक्षिप्त जानकारी: पद: मुख्यसचिव, नेपाल सरकार नियुक्ति मिति: २०८१ साल, श्रावण १० गतेको मन्त्रिपरिषद् बैठकबाट सेवा अनुभव: उनी प्रशासनिक सेवामा लामो अनुभव बोकेकी वरिष्ठ अधिकारी हुन्। पद बहालीअघि: गड्तौला विशेष सचिवको रूपमा कार्यरत थिइन्।

थप पढ्नुहोस्

​​​​​​​प्यालेस्टिनी भुभागमा किन  इजरायलको स्थापना गरियो ?

१९४७ संयुक्त राष्ट्र संघ विभाजन योजना: संयुक्त राष्ट्र संघले प्यालेस्टाइनको लागि विभाजन योजना प्रस्तावित गर्यो, जसमा भूमि आफ्नो अलग-अलग यहूदी र अरब राष्ट्रहरूमा विभाजन गर्ने सुझाव थियो, साथै जेरुसेलमलाइ संयुक्त राष्ट्र संघ अन्तर्गत राख्ने योजना लागु गरियो ।

थप पढ्नुहोस्

वर्ल्ड कप क्रिकेट २०२३

विजेता :- अष्ट्रेलिया (छैटौं उपाधि) तथा अष्ट्रेलियाले भारतलाई ६ विकेटले पराजित गरेको  उपविजेता :- भारत सहभागीहरू :- 10 जम्मा खेल :- 48

थप पढ्नुहोस्

अमेरिकी उपविदेशमन्त्रि किन आइन नेपाल ?

सन् १९८३ मा राजा वीरेन्द्रले अमेरिकाको औपचारिक भ्रमण गरेका थिए । त्यस बेला अमेरिकी राष्ट्रपतिले नेपालका राजाले राखेको शान्ति क्षेत्र प्रस्तावमा दह्रो समर्थन गर्दै उनले भारतले पनि समर्थन गर्नुपर्छ भन्ने धारणा राखेका थिए । नेपालले सन् २०१५ मा संविधानसभाबाट जारी गरेको संविधानलाई नयाँ दिल्लीले चिसो प्रतिक्रिया जनाएपछि उत्पन्न असहज परिस्थितिमाझ वसिङटनले उक्त दस्ताबेजलाई कोशे ढुङ्गा भन्दै स्वागत गरेको थियो।

थप पढ्नुहोस्

भारतीय रुपैयाँ भन्दा नेपाली रुपैया किन बलियो ?

२०४१ देखि भारतको एक रुपैयाँ बराबर नेपालको १ रुपैयाँ ६० पैसा हुने स्थिर विनिमय दर कायम गरिएको थियो । नेपालमा १०० रुपैयाँ भारुको १६० रुपैयाँ नेरु तिर्नुपर्छ। अन्य मुद्राको सटही दर हरेक दिन परिवर्तन भए पनि भारुको हुँदैन । हाल सिमावर्ती क्षेत्रमा भारतिय रुपैयाँको सटही दर हाल १५५ रहेको छ ।

थप पढ्नुहोस्

२२औ विश्वकप फुटबल - 2022

विजेता : अर्जेन्टिना •उपविजेता : फ्रान्स •तेस्रो स्थान : क्रोएसिया •चौथो स्थान : मोरोक्को •सर्वाधिक गोलकर्ता खेलाडी : किलियन एम्बाप्पे (८ गोल ), फ्रान्स

थप पढ्नुहोस्

उधौलि पर्व - सामान्य ज्ञान

कसले मनाउँछन् - किराँतहरुले कहिले मनाइन्छ - मंसिर पुर्णिमाको दिन उधौलि पर्वको दिन नाचिने नृत्य - साकेला उधौलि पर्वको दिन महिलाले लगाउने कपढा - छिट्को गुन्यु

थप पढ्नुहोस्

Time Person Of The Year:- 2022

Time person of the year 2022 :- भ्लादिमिर जेलेन्सकी घोषणा मिति - २०२२ डिसेम्बर ७ सुरुवात - सन् १९२७

थप पढ्नुहोस्

समसामयिक सामान्य ज्ञान - २०२२ नोभेम्बर

पुर्वी टिमोर आसियनको ११ औँ सदस्य राष्ट्र वन्ने भएको छ । यसअघि सन् २०२२ मा पुर्वी टिमोर आसियनको पर्यवेक्षक राष्ट्र बनेको थियो । आसियनको ४० औँ र ४१ औँ सम्मेलनले पुर्वी टिमोरलाई आसियनको सदस्यता प्रदान गर्ने सहमति भएको छ ।

थप पढ्नुहोस्

कोप - २७ ( Cop -27 Details )

सम्पन्न भएको स्थान - इजिप्टको शार्म एल शेष मिति - २०२२ नोभेम्बर ६-२० कोप २८ सन् २०२३ मा दुबैमा हुँदै छ ।

थप पढ्नुहोस्

राष्ट्रिय कर दिवस,२०७९ - सामान्य ज्ञान

ब्याक्तिगत आयतर्फ सवैभन्दा धेरै कर तिर्ने करदाता - विजयकुमार शाह सबैभन्दा धेरै कर बुझाउने कम्पनी - सुर्य नेपाल प्रा.लि. सबैभन्दा धेरै आयकर बुझाउने कम्पनी - नेपाल टेलिकम

थप पढ्नुहोस्

समसामयिक सामान्य ज्ञान - २०७९ कार्तिक

बेलायतको इतिहासमा सबैभन्दा छोटो कार्यकालको प्रधानमन्त्री को हुन् ? - लिज ट्रस G-20 को सत्रौँ सम्मेलन २०२२ कुन देशमा भएको छ ? - इन्डोनेसियाको वाली (१५-१६ नोभेम्वर २०२२) सत्यमोहन जोशिको मृत्यु कहिले भयो ? - २०७९ असोज ३० रग्वी खेलको २०२२ को विश्वकप प्रतियोगिता कुन देशमा आयोजना भयो ? - न्युजिल्याण्ड

थप पढ्नुहोस्

स्टार्टअप अवार्ड -२०२२

विजेता - कारोबार (यसले साना पसलको खाता व्यवस्थापन सम्बन्धी आइडिया) र डेलिस डेरी (प्रोटिनयुक्त दुग्ध पदार्थ उत्पादन गर्ने आइडिया ) आयोजक - युवा उद्यमी मञ्च, नेपाल-काठमाडौं च्याप्टर

थप पढ्नुहोस्

चौथो महिला SAFF U-15  फुटवल च्याम्पियनसिप

आयोजक देश - बंगलादेश विजेता - नेपाल उपविजेता - बंगलादेश

थप पढ्नुहोस्

कर्णाली प्रदेश - सामान्य ज्ञान (सातौँ तह विशेष)

ठुलो जिल्ला - डोल्पा सानो जिल्ला - रुकुम पश्चिम प्रदेश राजधानी - सुर्खेत जम्मा स्थानीय तह - ७९ जम्मा नगरपालिका - ५४ जम्मा गाउँपालिका - २५ जम्मा वडा - ७१८

थप पढ्नुहोस्

बिमस्टेक (BIMSTEC) - सामान्य जानकारी

(BISTEC) को स्थापना - सन १९९७ जुन ६ BIMSTEC को स्थापना - सन् १९९७ डिसेम्वर २२ (म्यानमार सदस्य भएपछि) विमस्टेक स्थापना गर्ने सम्झौता - Bankok Declaration

थप पढ्नुहोस्

विश्व भोकमरी सुचकांक (Global Hunger Index) 2022

नेपाल विश्व भोकमरी सुचकांक (Global Hunger Index) मा ८१ औँ स्थानमा पुगेको छ ।

थप पढ्नुहोस्

Global Innovation Index - 2022

विश्व बौद्धिक सम्पत्ति संगठन (WIPO) ले सार्वजनिक गरेको एक प्रतिवेदन अनुसार नेपाल Global Innovation Index (GII) 2022 मा नेपाल विश्वका १३२ मुलुकहरुमध्ये १११ औँ स्थानमा परेको छ ।

थप पढ्नुहोस्

२०२२ अक्टुवर - समसामयिक घटनाक्रमहरु

इथियोपियामा चलिरहेको ग्रहयुद्धलाई Tigray War पनि भनिन्छ । अमेरिकी वैज्ञानिकहरु क्यारोलिन आर बर्टोजी, कार्ल ब्यारी शार्पलेस र डेन मोर्टेन पी. मेल्डललाई संयुक्त रूपमा रसायनशास्त्रमा नोबेल पुरस्कार प्रदान गरिएको छ ।

थप पढ्नुहोस्

छठ पर्व : रोचक तथ्यहरु

ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो । त्यस समयमा पाण्डवहरू विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । लोककथनबमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो ।

थप पढ्नुहोस्

गाई पुजा, गोरु पुजा तथा हलि पुजा विशेष:

द्वापरयुगमा नै इन्द्रले पानी नपारिदिएकाले कृषि पेसामा संलग्न कर्मयोगी गोपालहरू अत्यन्त चिन्तित थिए। यो अवस्थामा भगवान् श्रीकृष्णले गोबर्धन पर्वतको पूजा गर्ने सल्लाह दिए। गोपालहरूले त्यसै गरे, फलस्वरूप वर्षा भयो। सबै अन्न र ऐश्वर्यबाट समृद्ध भए। गाई र गोरुको संख्यामा पनि वृद्धि हुन पुग्यो। यसरी गोरुतिहार पर्व गोवर्धन पर्वतसँग गाँसिन पुगेको मानिन्छ ।

थप पढ्नुहोस्

आज विश्व पोलियो दिवस - आयोग तयारीको लागि महत्वपुर्ण तथ्यहरु

रोटरी इन्टरनेशनलको पहलमा २४ अक्टोबरका दिन यो दिवस विश्वभर मनाउन सुरु गरिएको हो । पोलियो खोपको आविष्कारकर्ता 'जोनास साल्क' को जन्मदिनको अवसर पारी पोलियो दिवस मनाउन थालिएको हो ।

थप पढ्नुहोस्

२०७९ असोज - समसामयिक सामान्य ज्ञानहरु

सन्  २०२२ को म्यान बुकर पुरस्कार कसले जितेका छन् ?                                                                                                                                                                   उत्तर- श्रीलंकाका लेखक शेहान करुणातिलाका:- श्रीलंकाको  गृहयुद्धको बारेमा व्यंग्यात्मक तरिकाले  शेहान करुणातिलाका द्वारा लेखिएको कृति "The Seven Moons of Maali Almeida" ले बुकर पुरस्कार जितेको छ । यो पुरस्कारको सर्बप्रथम वितरण सन्  २००५ मा गरिएको थियो ।  यो पुरस्कार हरेक २-२ वर्षमा प्रदान गरिन्छ । दशौ रास्ट्रिय खेलकुद कहाँ हुने भएको छ ?                                                                                                                                                                                                उत्तर- कर्णाली प्रदेशमा

थप पढ्नुहोस्

आज महाकवि देवकोटाको ११४औं जन्मजयन्ती: देवकोटाको बारेमा दुर्लभ जानकारिहरु

उनले तीन महिनामा ‘शाकुन्तल’ महाकाव्य, दशदिनमै ‘सुलोचना’ महाकाव्य र एकै दिनमा ‘कुञ्जिनी’ खण्डकाव्य लेखेका थिए ।

थप पढ्नुहोस्

लक्ष्मिपुजा विशेष:- आयोग तयारीको लागि महत्त्वपूर्ण तथ्यहरु

वर्षका चार महत्त्वपूर्ण रातहरू मध्ये लक्ष्मी पूजाको रातलाई सुखरात्रि भनिन्छ। यस दिन स्त्री जाति विशेष गरी कुमारी केटीहरूले घरघरै गई भैलो खेल्ने चलन छ। लक्ष्मी धनकी देवीलाई भनिन्छ ।

थप पढ्नुहोस्

कुकुर तिहारको धार्मिक महत्व:-

कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मीठो खान दिए यमलोकको यात्रा गर्दा यमराजको पहरेदारका रूपमा मूलढोकामा बस्ने श्याम र सबल नाम गरेका कुकुरले सहजरूपमा बाटो छोडिदिने धार्मिक विश्वास छ ।

थप पढ्नुहोस्

काग तिहारको बारेमा जान्नै पर्ने कुराहरु ।

हिन्दू धर्मशास्त्रका अनुसार यमलोकका अधिपति यमराजले पृथ्वी लोकका मानिसहरुको जन्म मृत्युको विवरण राख्ने गर्दछन् । त्यस्तो विवरण पृथ्वीलोकमा ल्याउने र लैजाने काम भने कागले गर्छ भन्ने धार्मिक मान्यता रहेको छ ।

थप पढ्नुहोस्

नवौँ राष्ट्रिय खेलकुद विशेष

👉सञ्चालन अवधि - २०७९ असोज २८ देखि कार्तिक ३ गते सम्म 👉 जम्मा टिम संख्या - ११ 👉नवौं बृहत खेलकुदको च्याम्पियन - नेपाली सेनाको त्रिभुवन आर्मी क्लब 👉 नवौँ राष्ट्रिय खेलकुद भएको स्थान - गण्डकी प्रदेशको पोखरा

थप पढ्नुहोस्

धनतेरस पर्वको बारेमा जान्नै पर्ने कुराहरु र यो पर्व बारे प्रचलित कथा ।

धनतेरसको सम्बन्ध धनका देवता कुबेर र आयुर्वेदका प्रवर्तक धन्वन्तरिसित रहेको पाइन्छ । धर्मशास्त्रमा उल्लेख भएबमोजिम यस दिन यी दुवैको जन्मदिन हो । धन्वन्तरी आरोग्यका देवता तथा कुबेर धनधान्य र समृद्धिका देवता भएकाले यो दिन सम्पत्ति अभिवृद्धिका निमित्त उपयुक्त ठहर्याइएको हुनुपर्छ ।

थप पढ्नुहोस्

म्यान बुकर पुरस्कार -२०२२

सन् २०२२ को म्यान बुकर पुरस्कार: श्रीलंकाका लेखक शेहान करुणातिलाका ने जितेका छन् ।

थप पढ्नुहोस्

सत्यमोहन जोशीका कीर्तिमान हरु ।

जोशीकै समेत कारण जोडिएर अरनिको नेपालका राष्ट्रिय विभूति बने । जोशीले ‘कलाकार अरनिको’ नामक भव्य ग्रन्थ लेखे र त्यही भव्य कृति चीनको राजकीय भ्रमणताका राजा वीरेन्द्रले चीनका राष्ट्रपतिलाई उपहार दिएका थिए ।

थप पढ्नुहोस्

बेलन डि ओर अवार्ड २०२२ ( Ballon d' Or 2022 )

रियल मड्रिड र फ्रान्सका फरवार्ड करिम बेन्जेमाले पहिलो पटक वर्षको उत्कृष्ट फुटबलरको अवार्ड बालोन डी’ओर २०२२ जितेका छन् । यो पुरस्कारको स्थापना सन १९५६ मा गरि सोही वर्ष प्रदान गरिएको थियो ।

थप पढ्नुहोस्

के सार्वजनिक खर्च नेपाल सरकारको टाउको दुखाई हो ?

शाखा अधिकृत (चतुर्थ पत्र) अन्तर्गत बजेट सँग सम्बन्धित । नेपालमा सन् १९८० को दशकबाट आर्थिक उदारीकरणको लहरको सुरुवात भएको हो । नेपालमा उदारीकरणको सुरुवात भएसँगै सरकारको भूमिका आर्थिक विकासको संवाहकबाट आर्थिक विकास प्रक्रियाको सहजकर्ताको भूमिकामा परिणत भएको छ जसले बजेट निर्माणमा नयाँ चुनौतिहरू निम्त्याएको छ । आर्थिक वर्ष २०७९/८० को बजेट अनुसार सो आर्थिक वर्षमा हुने कुल खर्च मध्ये करिव ५५ अर्व वैदेशिक अनुदानबाट, करिव साडे २ खर्ब वैदेशिक ऋणबाट र करिव साडे २ खर्व आन्तरिक ऋणबाट व्यहोरिने उल्लेख छ । जसबाट सार्वजनिक खर्च व्यवस्थापन नेपाल सरकारको लागी कति चुनौतिपुर्ण छ भन्ने कुरा प्रष्ट हुन्छ ।

थप पढ्नुहोस्

पारिस्थितिक प्रणालीको बहन क्षमता_बहन क्षमता र विकास

शाखा अधिकृत तृतीय पत्र अन्तर्गत वातावरणसँग सम्बद्ध मामिलाहरु सँग सम्बन्धित । ग्लोवल फुटप्रिन्ट नेटवर्कको अनुसार सन् २०२२ मा जुलाई २८ पृथ्वी ओभरसुट दिवस (Earth Overshoot Day) बन्न पुगेको छ, अर्थात पृथ्वीले सन् २०२२ सालभरमा प्राकृतिक रुपमा पैदा गर्न सक्ने साधन स्रोतहरुलाई मानिसहरुले २०२२ जुलाई २८ मै खपत गरिसकेका छन् ।  जसले मानविय आवश्यकतालाई पृथ्वीको वहन क्षमताले धान्न सक्दैन भन्ने प्रष्ट भएको छ ।

थप पढ्नुहोस्

के सांसदहरु पार्टिको टेवुल ठोक्ने हतियार मात्र हुन ? संसदिय बहसको गुणस्तर न्युनस्तरको किन छ ?

सांसदले संसदमा गई नीति निर्माण कार्यमा राष्ट्रहितलाइ केन्द्रमा राखेर रचनात्मक सहयोग गर्ने नभइ आबद्ध राजनीतिक दलको शीर्ष नेताहरुको आदेशपालक बन्न पुगेका छन् । पार्टि अनुशासनको कठोरताले गर्दा सांसदहरुले राष्ट्रिय मुद्दाहरुमा आफ्नै दृष्टिकोण विकास गर्न र स्वतन्त्र रुपमा व्यक्त गर्न सक्दैनन् । सांसदहरु पार्टि नेतृत्वको कठपुतली बन्न पुगेका छन् ।

थप पढ्नुहोस्

सम्पत्ति शुद्धिकरणमा प्रविधि र विश्वव्यापिकरणको भुमीका र यसको निराकरणमा राष्ट्रिय अन्तर्राष्ट्रिय प्रयास

संसारमा प्राय सवैजसो आपराधिक कार्य र गैरकानुनी कार्य नाफा आर्जन गर्ने उद्देश्यले गरिन्छ । त्यस्तो अवैध रुपमा वा गैरकानुनी कारोवारबाट आर्जित रकमको वास्तविक स्रोत लुकाइ कानुनी रुपमा आर्जन भएको भनी देखाउने प्रवृत्ती नै सम्पत्ती शुद्धिकरण हो । सम्पत्ति शुद्धीकरण भनेको गैरकानूनी रूपमा प्राप्त रकमको स्रोत लुकाउने कार्य हो । आईएमएफ (IMF) का अनुसार विश्वको सम्पत्ति शुद्धिकरण विश्वको कुल गार्हस्थ्य उत्पादनको २ देखि ५ प्रतिशतको बीचमा रहेको छ ।

थप पढ्नुहोस्

आर्थिक कुटनीति- विगत देखि वर्तमान- यसका उपलब्धिहरु

नेपालको व्यापार, व्यवसाय लिच्छविकाल देखि नै भारत र तिब्बतसम्म फैलिएको पाइन्छ । मल्लकालमा पनि नेपालमा उत्पादित कलात्मक सामग्रीहरुको व्यापक माग तिब्बतमा थियो । प्रताप मल्ल, भुपतीन्द्र मल्ल, रणजित मल्ल आदि राजाहरुले तिब्बतसँगको व्यापारलाइ उच्च प्राथमिकता दिएका थिए र तत्कालीन समयमा नेपाली मुद्र तिब्बतमा प्रचलनमा ल्याएका थिए । यी ऐतिहासीक तथ्यहरुले नेपालले अप्रत्यक्ष रुपमा भएपनि आर्थिक कुटनीति सुरुवातदेखी नै अवलम्वन गरेको पाइन्छ

थप पढ्नुहोस्

मौद्रिक नीति, २०७९/०८० विशेष

मौद्रिक नीति, २०७९/०८० नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मिति २०७९ साउन ६ गते प्रस्तुत गरेका थिए । नेपालमा मौद्रिक नीति प्रस्तुत गर्ने कार्यको सुरुवात - आ. व. २०५९/६० देखि भएको हो । केन्द्रिय तथ्यांक विभागका अनुसार आ.व. २०७८/७९ मा नेपालको आर्थिक वृद्धिदर ५.८४ प्रतिशत रहने अनुमान गरिएको छ । आ.व. २०७७/०७८ मा नेपालको आर्थिक वृद्धिदर ४.२५ प्रतिशत रहेको थियो ।

थप पढ्नुहोस्

चार नेपाली प्रवृत्ती जसले नेपाललाइ श्रीलंका बनाउदै छन् ।

श्रीलंकन सरकारले ठुलो मात्रामा सस्तो लोकप्रियताको लागी विभिन्न कार्यक्रमको रूपमा कर छुटका सुविधाहरू दिन थाल्यो, जसको अंक बढेर कुल गार्हस्थ्य उत्पादनको १.२ प्रतिशतसम्म पुग्यो । श्रीलंकाको राष्ट्रपतिले देशमा अर्गानिक खेती विस्तार गर्ने भनी रासायनिक मल आयात गर्न बन्द गरेपछि खाद्यान्न उत्पादन मात्रै होइन कि चिया उत्पादन पनि २५ प्रतिशतले घट्न गई भुक्तानी असन्तुलन अरू बिग्रन गयो । श्रीलंका विश्वको चोथो ठूलो चिया निर्यातकको देश थियो । नेपालको राजनीतिक नेतृत्व पनि चुनावि लोकप्रियताको लागी जस्तोसुकै कार्यक्रम लागु गर्न पछि पर्दैनन् जुन राष्ट्रिय अर्थतन्त्रको लागी हानिकारक हुन्छ ।

थप पढ्नुहोस्

विश्वव्यापिकरण जसले नेपाललाइ परनिर्भरता तर्फ धकेल्यो ।

विश्वव्यापिकरण सँगै खुला भएको स्वदेशी तथा विदेशी बजारमा विकसित मुलुकहरुसँग प्रतिस्पर्धा गर्ने पुँजी र प्रविधि नेपालजस्तो मुलुकसँग पर्याप्त नहुनुको कारण नेपालको उत्पादन प्रणालीको विकास को साँचो समेत विदेशी दाताहरुको हातमा पुगेको छ ।

थप पढ्नुहोस्

के नेपाल बैदेशिक सहायताको परिबन्धमा परी दाताहरुको अर्धउपनिवेश बनेको हो ?

महाकाली सन्धिले खाइपाइ आएको पानी कटाएर बाँकी पानीमा दुई देशको हक लाग्ने गरी अग्राधिकारको गलत नजिर स्थापित गरेको छ । जसका कारण महाकालीको पानीमा नेपालको भागमा मुस्किलले ४ प्रतिशतभन्दा कम पानी परेको छ । फलस्वरुप आफ्नै देशको पानिको स्वतन्त्र उपभोग गर्न नपाउने स्थितिमा नेपाल पुगेको छ ।

थप पढ्नुहोस्

के सामाजिक तथा साँस्कृतिक रुपान्तरणले मानिसलाइ संवेदनहिन बनाउदै लगिरहेको छ ?

मानिसले सामाजिक मुल्य, मान्यता तथा समाजका जटिल अन्तरसम्बन्धहरुलाइ आत्मसाथ गरी सामाजिक भुमिका तथा जिम्मेवारी वहन गर्दै जिवनयापन गरिरहेको हुन्छ । समयक्रमअनुसार ती सामाजिक मुल्य, मान्यता तथा सामाजिक अन्तरआबद्धताहरुमा आउने परिवर्तन नै सामाजिक रुपान्तरण हो ।

थप पढ्नुहोस्

महत्वपुर्ण छोटकरी रुपहरु

AML = Anti Money Laundering ARV = Anti-Retro Viral COPOMIS = Co-oprative and Poverty Related Management Information System

थप पढ्नुहोस्

पृथ्वी जयन्ती Facts

२००९ सालदेखि योगी नरहरीनाथले सरकारसँग समन्वय गरेर एउटा समारोह समिति गठन गरी आफै त्यो समितिमा बसेर राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीको रूपमा मनाउन प्रारम्भ गरिएको थियो। गाह्रो बन्याको जग्गामा घर भया पनि अरु जग्गामा सारी कुलो काटि खेत बनाई आवाद गर्नु। पृथ्वीनारायण शाहले उहिले नै बुझेका थिए । मेरा साना दुखले आर्ज्याको मुलुक होइन सबै जातको साझा फुलबारी हो सबैलाई चेतना भया ,यो फुलबारी छोटा बडा चारै बर्ण र छत्तीसै जातले यसलाई सम्भार गर्नु भनेका थिए ।

थप पढ्नुहोस्

तमु ल्होसार विशेष

तमु ल्होसार गुरुङ जातिको महान चाड हो । यो चाड खासगरी नेपालमा र विश्वका अन्य देशहरूमा पनि मनाइन्छ । ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनुभएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । हाल यो हिन्दू जातिको भारतिय पात्रो बिक्रम सम्बतको पुस महिनाको १५ गतेलाई आधार मानेर मनाइने चलन छ । गुरुङ समुदायलाई जनाउने अर्को नाम तमु हो । तमु ल्होसारले गुरूङ समुदायको भित्तेपात्रोमा नयाँ सम्वत शुरू भएको सङ्केत गर्दछ । प्राचीन तमु प्यो शास्त्रको अनुसार तमु ल्होसारको दिन तमुहरूका प्रथम महापुरुषको उत्त्पती भएको मानिन्छ ।

थप पढ्नुहोस्

मौद्रिक नीति, २०७८/०७९ को मुलभुत विशेषताहरु

सन् २०२० मा ३.२ प्रतिशतले संकुचन भएको विश्व अर्थतन्त्र सन् २०२१ मा ६.० प्रतिशतले बिस्तार हुने अन्तर्राष्ट्रिय मुद्रा कोषको अनुमान छ र  र सन् २०२२ मा ४.९ प्रतिशतले वृद्धि हुने प्रक्षेपण छ । । सन् २०१९ मा विश्व अर्थतन्त्र २.८ प्रतिशतले बिस्तार भएको थियो ।

थप पढ्नुहोस्

कोरोना भाइरस सम्वन्धी लोक सेवा आयोग परीक्षामा सोध्न सकिने अति सम्भावित जानकारीहरु

कोरोना भाइरस २०१९ ( कोभिड १९ ) severe acute respiratory syndrome coronavirus 2 ( SARS-CoV-2 ) भाइरसबाट लाग्ने सरुवा रोग हो । यसको Genetic Material लाइ ssRNA  भनिन्छ । मानिसहरुमा कोरोना भाइरस सर्वप्रथम सन १९६० मा देखिएको थियो ।

थप पढ्नुहोस्

३० औँ अन्तर्राष्ट्रिय १६ दिने लैंगिक हिंसा विरुद्धको अभियान

यसको सुरुवात सन् १९९१ मा Centre for womens global leadership नामक संस्थाको सहयोगमा विभिन्न २३ देशका महिला अधिकारकर्मी समुहले गरेको थियो ।

थप पढ्नुहोस्

बेलन डि ओर अवार्ड २०२१ ( Ballon d' Or 2021 )

यो पुरस्कारको स्थापना सन १९५६ मा गरि सोही वर्ष प्रदान गरिएको थियो । यो अवार्ड सर्वप्रथम वेलायती फुटवलर स्ट्यान्ली म्याथन्युजले जितेका थिए ।

थप पढ्नुहोस्

टि २० विश्वकप क्रिकेट २०२१

विजेता:- अष्ट्रेलिया उपविजेता :- न्युजिल्याण्ड फाइनल खेलको प्लेयर अफ द म्याच:- मिचेल मार्स (अष्ट्रेलिया)

थप पढ्नुहोस्

कोप २६ (COP 26 Facts)

हालै कोप २६ सन २०२१ अक्टोवर ३१ देखी नोभेम्वर १३ सम्म UK को ग्लास्गो मा सम्पन्न भएको छ । यसमा १९० भन्दा धेरै देशका राष्ट्रप्रमुख तथा प्रतिनिधिहरु सहभागी भए ।  जसबाट ग्लास्गो मौसम सम्झौता भएको छ ।

थप पढ्नुहोस्

गेहेन्द्रशमशेर : नेपालको पहिलो वैज्ञानिक

गेहेन्द्रशमशेरको जन्म विसं १९२८ सालको पुस महिनामा भारतको पुरानो राजधानी कलकत्तामा भएको थियो, जहाँ उनका पिता वीरशमशेरलाई नेपाली प्रतिनिधिका रूपमा काम गर्न खटाइएको थियो । उनको प्रारम्भिक शिक्षा निजी अंग्रेजी शिक्षक राखी घरमा नै व्यवस्था गरिएको थियो । पछि राणा शासनकालमा निर्मित नेपालकै प्रथम आधुनिक विद्यालय मानिने दरबार हाई स्कुलमा उनलाई औपचारिक शिक्षाका लागि भर्ना गरिएको थियो । त्यसो त उनको शैक्षिकस्तरबारे हालसम्म कुनै पनि आधिकारिक जानकारी उपलब्ध हुन सकेको छैन । गेहेन्द्रशमशेर नेपाली आविष्कारक, हातहतियारका प्रमुख डिजाइनर एवं तत्कालीन शाही नेपाली सेनामा जर्नेलसमेत बनेका थिए । उनलाई नेपालकै प्रथम वैज्ञानिकका रूपमा समेत चिनिन्छ । 

थप पढ्नुहोस्

तिज ( Facts about Teej )

धार्मिक कथनअनुसार हिमालयपुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी व्रत बसेकी र उनको व्रत पूर्ण भै महादेव पति पाएको दिनलाई हिन्दू नारीहरूले हरितालिका तीजका रूपमा मनाउँदै आएका छन् । पार्वतीले महादेवलाई श्रीमान्का रूपमा पाउन १०७ जन्मसम्म घोर तपस्या गरे पनि १०८ औं जन्ममा मात्र उनको तपस्या पूरा भएको कुरा विभिन्न शास्त्रमा उल्लेख छ । यही मान्यतालाई अनुशरण गर्दै विवाहित महिलाले आफ्ना श्रीमान्को दीर्घायु एवं अविवाहित महिलाले सुयोग्य वर पाऊँ भनी तीजको व्रत बस्ने चलन छ ।

थप पढ्नुहोस्

गाइजात्रा को बारेमा जान्नै पर्ने कुराहरु ( Facts about Gaijatra )

नेवार समुदायले मनाउने यो पर्व पुत्रवियोगमा रहेकी आफ्नी रानीलाई त्यसबाट पार पाउन प्रेरित गर्न राजा प्रताप मल्लले सुरु गरेको ठानिन्छ

थप पढ्नुहोस्

अफगानिस्तानमा तालिवानको उदय ( Raise of Taliban in Afganistan )

थप पढ्नुहोस्

Olympics Games (ओलम्पिक खेल )

..करीव ३००० साल पहिले इशाइपुर्व ७७६ मा सर्वप्रथम ग्रिसमा ओलम्पिक खेलको आयोजना गरीएको थियो । यो इशाइपुर्वको चौथो शताब्दीसम्म चलेको थियो । त्यस समयमा चार वर्षमा एक पटक अगस्त ६ देखी सेप्ट्म्बर १९ सम्म आयोजना गरीन्थ्यो । ओलम्पिक खेलको आयोजना ओलम्पिया शहरको state of elis मा गरिन्थ्यो । यो खेलको आयोजना Zews भगवानको सम्मानमा आयोजना गरिन्थ्यो।..

थप पढ्नुहोस्

प्रचलित

नेपालको भूगोल (Nepal Geography GK)

आर्थिक विकास ( Economic development )

विश्वको इतिहास ( World History GK )

समसामयिक घटना तथा नविनतम गतिविधिहरु ( Current affairs )

विश्वको भूगोल (World Geography)

नेपालको इतिहास (Nepal History GK)

विज्ञान र प्रविधि ( GK Science and Technology)

शासन पद्धति र शासन

अन्तर्राष्ट्रिय मामिला तथा अन्तर्राष्ट्रिय संघ / संस्था

SAARC (दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन)

बैंक तथा वित्तीय संस्था (Bank and Financial Institutions)

दिगो विकास (Sustainable Development)

Blogs

Top 10 Best-Ranked Universities in the USA (2025)

🌟 Top 10 Universities in the US (2025 QS Rankings)

<...

SEE 2081 Result: Check Your Result via SMS, IVR & Official Websites

 

SEE 2081 Result: Check Your Result via SMS, IVR, and Website—Official Details

 

The National Examination Board (NEB), Examination Control Office...

एयर इण्डिया फ्लाइट AI171: अहमदाबाद–लन्डन दुर्घटना भयको छ 

एयर इण्डिया फ्लाइट AI171: अहमदाबाद–लन्डन दुर्घटना भयको छ 

२०२५ को जुन १२ मा, भारतको अहमदाबादबाट लन्डन गेटविक जाने एयर इण्डिया फ्लाइट AI171, बोइङ ७८७-८ ड्रीमलाइ...

सबै हेर्नुहोस्
Logo

सम्पर्क ठेगाना

  • info@easyloksewa.com
  • +977-9867331082
  • Butwal, Nepal

उपयोगी लिंकहरु

  • General Knowledge (GK)
  • Current Affairs
  • Syllabus
  • Vacancy
  • English
  • अनलाइन परीक्षा

© 2026 All Rights Reserved by easyloksewa

Coded with by KTMRush

लग आउट
के तपाईं निश्चित रूपमा लग आउट गर्न चाहनुहुन्छ ?
QS Rank University Location