स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार तराइका जिल्लाहरु कति रहेका छन् ?
उत्तर हेर्नुहोस्
उत्तर: १८ ओटा
भित्री मधेशका जिल्लाहरु कुन कुन हुन ? - क्रमश पुर्वदेखि पश्चिमतर्फ
उत्तर हेर्नुहोस्
उत्तर: उदयपुर, सिन्धुली, मकवानपुर, चितवन, नवलपुर, दाङ र सुर्खेत
तराइ प्रदेशको सवैभन्दा ठुलो जिल्ला दाङ हो भने सानो जिल्ला कुन हो ?
उत्तर हेर्नुहोस्
उत्तर: नवलपुर
भित्री मधेशलाई अर्को के नामले चिनिन्छ ?
उत्तर हेर्नुहोस्
उत्तर: दुन क्षेत्र
राजनीतिक एवम प्रशासनिक विभाजन
नेपालमा चिन र भारत दुवै देशलाइ छुने प्रदेशहरु कति छन् ?
उत्तर हेर्नुहोस्
उत्तर: ४ ओटा ( प्रदेश नं १, बाग्मती प्रदेश, गण्डकी प्रदेश र सुदुर पश्चीम प्रदेश )
चिनलाइ मात्र छुने प्रदेश कुन हो ?
उत्तर हेर्नुहोस्
उत्तर: कर्णाली प्रदेश
भारतलाइ मात्र छुने प्रदेश कुन कुन हुन ?
उत्तर हेर्नुहोस्
उत्तर: प्रदेश नं २ र लुम्विनी प्रदेश
चिनसँग मात्र सिमाना जोडिएका जिल्लाहरु कति छन् ?
उत्तर हेर्नुहोस्
उत्तर: १३ ओटा
भारतसँग मात्र सिमाना जोडिएका जिल्लाहरु कति छन् ?
उत्तर हेर्नुहोस्
उत्तर: २५ ओटा
चिन र भारत दुवैसँग सिमाना नजोडिएका जिल्लाहरु कति छन् ?
उत्तर हेर्नुहोस्
उत्तर: ३७ ओटा
चिन र भारत दुवै देशसँग सिमाना जोडिएका जिल्लाहरु कति छन् ?
उत्तर हेर्नुहोस्
उत्तर: २ ओटा ( ताप्लेजुङ र दार्चुला )
सवैभन्दा धेरै जिल्लासँग सिमाना जोडीएको जिल्ला कुन हो ?
उत्तर हेर्नुहोस्
उत्तर: सिन्धुली (१० जिल्लासँग सिमाना जोडिएको)
नेपालका दुइ जिल्लासँग ( सवैभन्दा कम ) मात्र सिमाना जोडिएका जिल्लाहरु कुन कुन हुन ?
उत्तर हेर्नुहोस्
उत्तर: झापा, दार्चुला र कञ्चनपुर
लिच्छवी कालमा नेपाललाइ कति क्षेत्रमा विभाजन गरिएको थियो ?
उत्तर हेर्नुहोस्
उत्तर: १३ क्षेत्रमा
पृथ्वीनारायण शाहको पालामा नेपाललाइ कति क्षेत्रमा विभाजन गरिएको थियो ?
उत्तर हेर्नुहोस्
उत्तर: १२ क्षेत्रमा
जंगबहादुर राणाको पालामा नेपाललाइ कति जिल्लामा विभाजन गरिएको थियो ?
उत्तर हेर्नुहोस्
उत्तर: ६९ जिल्लामा
भीमसेन थापाको पालामा नेपाललाइ कति क्षेत्रमा विभाजन गरिएको थियो ?
उत्तर हेर्नुहोस्
उत्तर: ३९ जिल्लामा
वीर शमसेरको पालामा - राणा शासनकालमा नेपाललाइ कति जिल्लामा विभाजन गरिएको थियो ?
उत्तर हेर्नुहोस्
उत्तर: ३५ जिल्लामा
राणा शासनकालमा पहाडमा २३ जिल्ला थिए भने तराइमा कति जिल्ला थिए ?
उत्तर हेर्नुहोस्
उत्तर: १२ जिल्ला
नेपाललाइ १४ अंचल र ७५ जिल्लामा कहिले विभाजन गरियो ?
उत्तर हेर्नुहोस्
उत्तर: २०७८ साल वैशाख १ गते
नेपाललाइ चार विकास क्षेत्रमा कहिले विभाजन गरियो ?
उत्तर हेर्नुहोस्
उत्तर: २०२९ असार १३ गते
नेपाललाइ पाँच विकास क्षेत्रमा कहिले विभाजन गरियो ?
उत्तर हेर्नुहोस्
उत्तर: २०३७ असोज २६ गते
नेपाललाइ ७ प्रदेश, ७७ जिल्ला र ७५३ स्थानीय तहमा कहिले विभाजन गरियो ?
उत्तर हेर्नुहोस्
उत्तर: २०७२ असोज ३ गते
हाल नेपालमा ६ महानगरपालिका, ११ उपमहानगरपालिका छन भने नगरपालिका कति छन् ?
उत्तर हेर्नुहोस्
उत्तर: २७६
हाल नेपालमा कति गाँउपालिका रहेका छन् ?
उत्तर हेर्नुहोस्
उत्तर: ४६०
नेपालको राजधानी काठमाण्डौ नेपालको संविधान २०७२ को कुन धारामा उल्लेख गरिएको छ ?
उत्तर हेर्नुहोस्
उत्तर: धारा २८८ मा
कुन प्रदेशमा कति जिल्ला रहेका छन् ?
उत्तर हेर्नुहोस्
उत्तर: प्रदेश १ - १४ जिल्ला,
मधेश प्रदेश - ८ जिल्ला,
बाग्मती प्रदेश - १३ जिल्ला,
गण्डकी प्रदेश - ११ जिल्ला,
लुम्विनी प्रदेश - १२ जिल्ला,
कर्णाली प्रदेश- १० जिल्ला,
सुदुरपश्चिम प्रदेश - ९ जिल्ला,
क्षेत्रफलको आधारमा ठुलो देखी सानो प्रदेश कुन कुन हुन् ?
उत्तर हेर्नुहोस्
उत्तर: क्रमश : कर्णाली, १ नं प्रदेश, गण्डकी प्रदेश, बाग्मती प्रदेश, सुदुरपश्चिम प्रदेश, लुम्विनी प्रदेश, मधेश प्रदेश
क्षेत्रफलको आधारमा १ नं प्रदेशको ठुलो जिल्ला ताप्लेजुङ हो भने सानो जिल्ला कुन हो ?
उत्तर हेर्नुहोस्
उत्तर: तेह्रथुम
क्षेत्रफलको आधारमा मधेश प्रदेशको ठुलो र सानो जिल्ला कुन कुन हुन ?
उत्तर हेर्नुहोस्
उत्तर: क्रमश - सप्तरी र महोत्तरी
भारत र चिन दुवै देशलाइ छुने गाउँपालिका कुन कुन हुन ?
उत्तर हेर्नुहोस्
उत्तर: दार्चुलाको व्यास र ताप्लेजुङको फक्तालुङमा गाउँपालिका
नेपालमा उपमहानगरपालिका नभएका प्रदेश कुन कुन हुन ?
उत्तर हेर्नुहोस्
उत्तर: गण्डकी र कर्णाली
महानगरपालिका नभएका प्रदेश कुन कुन हुन ?त्र
उत्तर हेर्नुहोस्
उत्तर: लुम्विनी , कर्णाली र सुदुर पश्चिम
उपमहानगरपालिका धेरै भएको प्रदेश कुन हो ?
उत्तर हेर्नुहोस्
उत्तर: लुम्विनी प्रदेश - ४ ओटा
महानगरपालिका धेरै भएको प्रदेश कुन हो ?
उत्तर हेर्नुहोस्
उत्तर: बाग्मती प्रदेश - ३ ओटा
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार नेपालमा अति दुर्गम स्थानीय तह कति छन् ?
उत्तर हेर्नुहोस्
उत्तर: १६२
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार नेपालमा दुर्गम स्थानीय तह कति छन् ?
उत्तर हेर्नुहोस्
उत्तर: २१८
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार नेपालमा मध्यम स्थानीय तह कति छन् ?
उत्तर हेर्नुहोस्
उत्तर: २७५
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार नेपालमा सुगम स्थानीय तह कति छन् ?
उत्तर हेर्नुहोस्
उत्तर: ९८
प्रमुख हिमश्रृङखला
नेपालमा रहेका ८ हजार मिटरभन्दा अग्ला हिमशिखरहरुको नामहरु क्रमश _:
उत्तर हेर्नुहोस्
उत्तर: सगरमाथा ८८४८ मिटर , कञ्चनजंघ ८५८६ मिटर ,ल्होत्से ५१६ मिटर , मकालु ८४६३ मिटर,
चोयु ८२०१ मिटर, धौलागिरी ८१६७ मिटर, मनास्लु ८१६३ मिटर, अन्नपूर्ण ८०९१ मिटर
नेपालमा कति ओटा हिमश्रृङ्खला रहेका छन् ?
उत्तर हेर्नुहोस्
उत्तर: २८
नेपालका हिमालहरुको वैज्ञानिक मानचित्र बनाउने ब्याक्ति को हुन ?
उत्तर हेर्नुहोस्
उत्तर: फ्रान्सका मौरिस हर्गोज
हालसम्म नेपालमा आरोहणका लागि खुला गरिएका हिमाल कति छन् ?
उत्तर हेर्नुहोस्
उत्तर: ४१५ ओटा तर हाल ३२७ मात्र खुला रहेका छन् ।
नेपालमा हिमाल आरोहणको लागी खुला गरिएको पहिलो हिमाल कुन हो ?
उत्तर हेर्नुहोस्
उत्तर: अन्नपुर्ण हिमाल - यसलाइ सन १९४९ मा आरोहण खुला गरिएको थियो ।
हिमरेखा कति मिटरको उचाइमा अवस्थित छ ?
उत्तर हेर्नुहोस्
उत्तर: ५००० मिटर
काल्पनिक वृक्ष रेखा कति मिटरको उचाइमा अवस्थित छ ?
उत्तर हेर्नुहोस्
उत्तर: ४००० मिटर
सवैभन्दा होँचो हिमरेखा कुन हो ?
उत्तर हेर्नुहोस्
उत्तर: गोरखाको रुपीनाला - ४५०० मिटर उचाइ रहेको
नेपालमा ८००० मिटर भन्दा अग्ला ८ ओटा हिमाल पर्दछन् भने ८००० भन्दा अग्ला कति ओटा हिमश्रङ्खला पर्दछन् ?
उत्तर हेर्नुहोस्
उत्तर: ५ ओटा
लेडिज पिक भनेर कुन हिमाललाइ चिनिन्छ ?
उत्तर हेर्नुहोस्
उत्तर: अमादब्लम
Technical हिमाल भनेर कुन हिमाललाइ चिनिन्छ ?
उत्तर हेर्नुहोस्
उत्तर: अमादब्लम हिमाल
किलर माउन्टेन भनेर कुन हिमाललाइ चिनिन्छ ?
उत्तर हेर्नुहोस्
उत्तर: मनास्लु
जुन्नु हिमाल भनेर कुन हिमाललाइ चिनिन्छ ?
उत्तर हेर्नुहोस्
उत्तर: कुम्भकर्ण हिमाल - संखुवासभा - यसलाइ फक्तालुङमा हिमाल पनि भनिन्छ ।
१५ औँ चुली भनेर कुन हिमाललाइ चिनिन्छ ?
उत्तर हेर्नुहोस्
उत्तर: सगरमाथा
जासम्बा हिमाल भनेर कुन हिमाललाइ चिनिन्छ ?
उत्तर हेर्नुहोस्
उत्तर: पासाङ ल्हामु हिमाल - सोलुखुम्वु
नेपाल हिमाल भनेर कुन हिमाललाइ चिनिन्छ ?
उत्तर हेर्नुहोस्
उत्तर: कञ्चनजंगा हिमाल
पाँच चुलीको हिमाल भनेर कुन हिमाललाइ चिनिन्छ ?
उत्तर हेर्नुहोस्
उत्तर: कञ्चनजंगा हिमाल
६ चुलीको हिमाल भनेर कुन हिमाललाइ चिनिन्छ ?
उत्तर हेर्नुहोस्
उत्तर: धौलागीरी हिमाल - यसलाइ सेतो हिमाल पनि भनिन्छ ।
शान्ति शिखर भनेर कुन हिमाललाइ चिनिन्छ ?
उत्तर हेर्नुहोस्
उत्तर: सार्जे हिमाल
भैरव टाकुरा भनेर कुन हिमाललाइ चिनिन्छ ?
उत्तर हेर्नुहोस्
उत्तर: जुगल हिमाल
कुमारी हिमाल भनेर कुन हिमाललाइ चिनिन्छ ?
उत्तर हेर्नुहोस्
उत्तर: माछापुच्छ्रे हिमाल
Matterhorn Of Nepal भनेर कुन हिमाललाइ चिनिन्छ ?
उत्तर हेर्नुहोस्
उत्तर: माछापुच्छ्रे हिमाल
कञ्चनजंगा हिमाललाइ लिम्वु भाषामा के भनिन्छ ?
उत्तर हेर्नुहोस्
उत्तर: सेवालुङ
सगरमाथाकी छोरी भनेर कुन हिमाललाइ चिनिन्छ ?
उत्तर हेर्नुहोस्
उत्तर: पुमोरी हिमाल
माछापुच्छ्रे हिमाल आरोहण गर्न रोक कहिलेदेखि लगाइएको हो ?
उत्तर हेर्नुहोस्
उत्तर: वि सं २०२० फागुन ५
गोरख हिमाल कुन जिल्लामा पर्दछ ?
उत्तर हेर्नुहोस्
उत्तर: हुम्ला
वरुण हिमाल कुन जिल्लामा पर्दछ ?
उत्तर हेर्नुहोस्
उत्तर: सोलुखुम्वु र संखुवासभाको बीचमा
गणेश हिमाल कुन जिल्लामा पर्दछ ?
उत्तर हेर्नुहोस्
उत्तर: गोरखा
रत्न चुली कुन जिल्लामा पर्दछ ?
उत्तर हेर्नुहोस्
उत्तर: मनाङ
धर्म पिक कुन जिल्लामा पर्दछ ?
उत्तर हेर्नुहोस्
उत्तर: सोलुखुम्वु
जासम्वा हिमाल कुन जिल्लामा पर्दछ ?
उत्तर हेर्नुहोस्
उत्तर: सोलुखुम्वु
कालापत्थर कुन जिल्लामा पर्दछ ?
उत्तर हेर्नुहोस्
उत्तर: सोलुखुम्वु
कुम्भकर्ण हिमाल कुन जिल्लामा पर्दछ ?
उत्तर हेर्नुहोस्
उत्तर: संखुवासभा
सैपाल हिमाल कुन जिल्लामा पर्दछ ?
उत्तर हेर्नुहोस्
उत्तर: बझाङ
जेठी वहुरानी हिमाल कुन जिल्लामा पर्दछ ?
उत्तर हेर्नुहोस्
उत्तर: बझाङ
अपि हिमाल कुन जिल्लामा पर्दछ ?
उत्तर हेर्नुहोस्
उत्तर: दार्चुला
लिपुधुरा कुन जिल्लामा पर्दछ ?
उत्तर हेर्नुहोस्
उत्तर: दार्चुला
किराँत चुली कुन जिल्लामा पर्दछ ?
उत्तर हेर्नुहोस्
उत्तर: ताप्लेजुङ
सिंहलिला पर्वत कुन जिल्लामा पर्दछ ?
उत्तर हेर्नुहोस्
उत्तर: ताप्लेजुङ
रोल्वालिङ हिमाल कुन जिल्लामा पर्दछ ?
उत्तर हेर्नुहोस्
उत्तर: दोलखा
गौरीशंकर हिमाल / पाथिभरा हिमाल कुन जिल्लामा पर्दछ ?
उत्तर हेर्नुहोस्
उत्तर: दोलखा
अरनिको हिमाल कुन जिल्लामा पर्दछ ?
उत्तर हेर्नुहोस्
उत्तर: डोल्पा
मुकुट हिमाल कुन जिल्लामा पर्दछ ?
उत्तर हेर्नुहोस्
उत्तर: डोल्पा
भैरवकुण्ड लेक र जुगल हिमाल कुन जिल्लामा पर्दछन ?
उत्तर हेर्नुहोस्
उत्तर: सिन्धुपाल्चोक
जोमसोम हिमाल कुन जिल्लामा पर्दछ ?
उत्तर हेर्नुहोस्
उत्तर: मुस्ताङ
भृकुटी हिमाल कुन जिल्लामा पर्दछ ?
उत्तर हेर्नुहोस्
उत्तर: मनाङ/मुस्ताङ
मानापाथि हिमाल कुन जिल्लामा पर्दछ ?
उत्तर हेर्नुहोस्
उत्तर: म्याग्दी
सुर्मा सरोवर कुन जिल्लामा पर्दछ ?
उत्तर हेर्नुहोस्
उत्तर: बझाङ
नेपालमा सर्वप्रथम पर्वतारोहणको लागि कहिले खुल्ला गरिएको थियो ?
उत्तर हेर्नुहोस्
उत्तर: सन् १९४९ मा
विश्वमा सर्वप्रथम आरोहण खुल्ला भएको ८००० मिटर भन्दा अग्लो हिमाल कुन हो ?
उत्तर हेर्नुहोस्
उत्तर: अन्नपुर्ण हिमाल
अन्नपुर्ण हिमालको सफल आरोहण गर्ने पहिलो व्याक्ति को हुन र कहिले आरोहण गरेका थिए ?
उत्तर हेर्नुहोस्
उत्तर: फ्रेन्च नागरिक मौरिस हर्गोज ले सन् १९५० जुन ३ मा
सिंहलिला पर्वत कुन जिल्लामा पर्दछ ?
उत्तर हेर्नुहोस्
उत्तर: ताप्लेजुङ
नेपालको प्रामाणिक समय कुन हिमाललाई आधार मनाएर निर्धारण गरिएको छ ?
उत्तर हेर्नुहोस्
उत्तर: दोलखा जिल्लामा पर्ने गौरीशंकर हिमाल (७१३४ मि), वि सं २०४२ वैशाख १ गते देखि निर्धारण गरिएको ।
शान्ति शिखर भनेर कुन हिमाललाई चिनिन्छ ?
उत्तर हेर्नुहोस्
उत्तर: सार्जे हिमाल
अन्य देशसँग सिमाना नजोडिई नेपालभित्र रहेका ८०० मिटर भन्दा अग्ला हिमालहरु कति छन् ?
उत्तर हेर्नुहोस्
उत्तर: ३ ओटा - मनास्लु, अन्नपुर्ण र धौलागिरी
नेपालमा ८००० मिटरभन्दा अग्ला हिमाल मध्ये प्रदेश नं १ मा ५ वटा हिमाल छन् भने गण्डकी प्रदेशमा कति वटा हिमाल रहेका छन् ?
उत्तर हेर्नुहोस्
उत्तर: ३ वटा
३ वटा ८००० मिटर भन्दा अग्ला हिमाल हुने जिल्ला कुन हो ?
उत्तर हेर्नुहोस्
उत्तर: सोलुखुम्वु
सगरमाथा
जर्ज एभरेष्टको नामबाट सगरमाथाको नाम Mt. Everest नामाकरण कहिले भएको थियो ?
उत्तर हेर्नुहोस्
उत्तर: सन् १९६५
विश्वको सबैभन्दा अग्लो शिखर कुन हो ?
उत्तर हेर्नुहोस्
उत्तर: सगरमाथा
सगरमाथाको उचाई कति छ ?
उत्तर हेर्नुहोस्
उत्तर: ८८४८.८६ मिटर । नयाँ उचाइ यसअघि नेपालले मानिआएको उचाइभन्दा ८६ सेन्टिमिटरले बढी छ।
नेपाल र चीनका सर्भे अधिकारीले छुट्टाछुट्टै गरेको सर्वेक्षणको संयुक्त रूपमा प्रशोधन गरी अन्तिम रूप दिएको भनिएको सगरमाथाको उचाइलाई नेपाल सरकारले कहिले अनुमोदन गर्यो ?
उत्तर हेर्नुहोस्
उत्तर: २०७७ मंसिर १० को मन्त्रिपरिषदको निर्णयले
सगरमाथा कुन गाँउपालिकामा पर्दछ ?
उत्तर हेर्नुहोस्
उत्तर: सोलुखुम्बु जिल्लाको खुम्वु पासाङ ल्हामु गाँउपालिका वडा नं ४ मा
सगरमाथाको अंग्रेजी नाम कसले राखेका थिए ?
उत्तर हेर्नुहोस्
उत्तर: सर्वेयर एण्ड्रयु वाँ ले ब्रिटिस सर्वेयर जर्ज एभरेष्टका नाममा सन १८६५ मा माउन्ट एभरेष्ट नाम राखेका थिए ।
सगरमाथा शिखरको खोजि कस्ले गरेका थिए ?
उत्तर हेर्नुहोस्
उत्तर: सर्वेयर राजानाथ सिकन्दर र नेपालका तेजविर बुढाथोकिले सन् १९५२ मा खोजि गरेका थिए । उनिहरुले यो शिखरको नाम पन्ध्रौँ चुलि (Peak XV) राखेका थिए ।
सगरमाथाको नेपालि नामाकरण 'सगरमाथा ' कसले गरेका थिए ?
उत्तर हेर्नुहोस्
उत्तर: बाबुराम आचार्य
सगरमाथालाई चिनिया भाषामा के भनिन्छ ?
उत्तर हेर्नुहोस्
उत्तर: चोमोलोङमा
सगरमाथालाई तिब्बती भाषामा के भनिन्छ ?
उत्तर हेर्नुहोस्
उत्तर: मिते गुती चापु लोङमा
सगरमाथालाई तेस्रो ध्रुव भनि नामाकरण कसले गरेका थिए ?
उत्तर हेर्नुहोस्
उत्तर: माइकल कर्ग
सगरमाथाको सर्वप्रथम सफल आरोहण कसले गरेका थिए ?
उत्तर हेर्नुहोस्
उत्तर: एडमण्ड हिलारी र तेन्जीङ नोर्गे शेर्पाले सन् १९५३ मे २९ (वि.सं. २०१० ज्येष्ठ १६) मा
सगरमाथा दिवस कहिले मनाइन्छ ?
उत्तर हेर्नुहोस्
उत्तर: हरेक वर्षको मे २९ मा
सगरमाथा आरोहण गर्ने प्रथम महिला को हुन ?
उत्तर हेर्नुहोस्
उत्तर: जुन्को तावेई (जापान) सन् १९७५ मे १६ मा
नेपालबाट सगरमाथाको आरोहण गर्ने पहिलो महिला को हुन ?
उत्तर हेर्नुहोस्
उत्तर: पासाङ ल्हामु शेर्पा (विसं २०५० वैशाख १०)
विश्वका ८००० मिटर भन्दा अग्ला सवै चुचुरा आरोहण पहिलो महिला को हुन ?
उत्तर हेर्नुहोस्
उत्तर: ओ युन सुन
विश्वको सवैभन्दा बढी उचाईमा रहेका राष्ट्रिय निकुञ्जहरु कुन कुन हुन ?
उत्तर हेर्नुहोस्
उत्तर: सगरमाथा राष्ट्रिय निकुञ्ज (नेपाल) र चोमोलोङ्मा नेश्नल पार्क (चीन)
विश्वका ८००० मिटरभन्दा अग्ला सवै पर्वतहरुको विना अक्सिजन आरोहण गर्ने व्याक्ति को हुन ?
उत्तर हेर्नुहोस्
उत्तर: इटालीका राइन होल्ड मेस्नर
हिमनदि बगेको ठाउँमा हुने कुवा जस्तो गहिरो खाल्डोलाई के भनिन्छ ?
उत्तर हेर्नुहोस्
उत्तर: खार्पोस
सातओटै महादेशका सवैभन्दा अग्ला पर्वत हरु आरोहण गर्ने प्रथम नेपालि महिला को हुन ?
उत्तर हेर्नुहोस्
उत्तर: सुस्मिता मास्के
अन्तर्राष्ट्रिय पर्वतारोहण संग्राहलय कुन जिल्लामा रहेको छ ?
उत्तर हेर्नुहोस्
उत्तर: कास्की
अन्तर्राष्ट्रिय पर्वतारोहण उद्यान कहाँ रहेको छ
उत्तर हेर्नुहोस्
उत्तर: ककनी
नदिनाला : जलविद्युत
नेपालका नदिनालाहरुबाट कति जलविधुत् उत्पादन गर्न सकिने सम्भावना छ ?
उत्तर हेर्नुहोस्
उत्तर: ८३ हजार मेगावट
नदिनाला : जलक्षेत्र
नेपालको कुन नदिमा दुर्लभ प्राणी डल्फिन पाइएको छ ?
उत्तर हेर्नुहोस्
उत्तर: कर्णाली
नेपालको सबभन्दा ठुलो नदि कुन हो ?
उत्तर हेर्नुहोस्
उत्तर: कोशी
कोशी नदिका सात सहायक नदि कुनकुन हन्?
उत्तर हेर्नुहोस्
उत्तर: सुनकोशी , दुधकोशी, इन्द्रावती, तामाकोशी, अरुण, तमोर र लिखु
नेपालमा विश्वको कुल जलस्रोतको कति भाग रहेको छ ?
उत्तर हेर्नुहोस्
उत्तर: २. २७ प्रतिशत
कर्णाली प्रदेश भन्नाले कुन् क्षेत्रलाइ जनाउँछ?
उत्तर हेर्नुहोस्
उत्तर: पूर्वमा धौलागिरी हिमालदेखि पश्चिममा व्यास ऋषि हिमाल नन्दादेवीसम्मा
गण्डकी प्रदेश भन्नाले कुन क्षेत्रलाइ बुझाउँछ ?
उत्तर हेर्नुहोस्
उत्तर: पूर्वमा लामटाङदेखि पश्चिममा धौलागिरी हिमालसम्मा
कोशी प्रदेश भन्नाले कुन क्षेत्रलाई बुझाउँछ?
उत्तर हेर्नुहोस्
उत्तर: पूर्वमा कञ्चनजंघा हिमालदेखि पश्चिममा लामटङ हिमालसम्मा
सप्तकोशीका सहायक नदीहरुमध्ये सबैभन्दा पूर्वमा तमोर नदी रहेको छ भने सबैभन्दा पश्चिममा कुन नदी रहेको छ ?
उत्तर हेर्नुहोस्
उत्तर: इन्द्रावती
नेपालको सबभन्दा गहिरो नदी कुन् हो ?
उत्तर हेर्नुहोस्
उत्तर: गण्डकी
नेपालमा एउटै नामले दुईतिर बग्ने नदीको नाम के हो ?
उत्तर हेर्नुहोस्
उत्तर: राप्ती
गण्डकी नदिको नामकरण कुन ऋषिको नामबाट राखिएको हो ?
उत्तर हेर्नुहोस्
उत्तर: गण्ड ऋषि
सप्तगण्डकीको सबैभन्दा लामो नदी कुन हो ?
उत्तर हेर्नुहोस्
उत्तर: मर्स्याङ्दी
सेति नदि र बाहुलीगाडको दोभानमा कुन ठाउँ रहेको छ ?
उत्तर हेर्नुहोस्
उत्तर: चैनपुर (बझाङ)
लिखु नदिलाइ अर्को के नामले चिनिन्छ?
उत्तर हेर्नुहोस्
उत्तर: वरुण
मकवानुरबाट उत्पति भएको पूर्वी राप्ती कुन नदिमा मिसिन्छ ?
उत्तर हेर्नुहोस्
उत्तर: नारायणी
तराईमा पुगेपछि वाग्मती नदिले कुन कुन जिल्लाको सिमानाको काम गरेको छ?
उत्तर हेर्नुहोस्
उत्तर: रौतहट र सर्लाही
दुधमती भनेर चिनिने नदि कुन हो ?
उत्तर हेर्नुहोस्
उत्तर: पूर्वी राप्ती नदी - यसको जल निर्मल स्वच्छ रहेकोले
कोशी नदिको नामकरण कुन ऋषिको नामबाट भएको हो ?
उत्तर हेर्नुहोस्
उत्तर: कुशिक
कर्णाली नदीको औसत जलप्रवाह कति रहेको छ ?
उत्तर हेर्नुहोस्
उत्तर: १३१६ क्युविक मिटर प्रति सेकेन्ड
सप्तगण्डकी को औसत जलप्रवाह कति रहेको छ?
उत्तर हेर्नुहोस्
उत्तर: १७१३ क्युविक मिटर प्रति सेकेन्ड
सप्तगण्डकीको सबभन्दा ठूलो सहायक नदि र सानो सहायक नदि कुनकुन हो?
उत्तर हेर्नुहोस्
उत्तर: कालीगण्डकी र दरौँदी
चीनको ह्वाङहो नदि पछि विश्वको सबैभन्दा बढि बालुवा बोक्ने नदि कुन हो ?
उत्तर हेर्नुहोस्
उत्तर: कोशी (विश्वमा दोस्रो बढि बालुवा बोकने नदि)
उत्तरवाहिनी भनेर कर्मनाशा नदिलाइ चिनिन्छ भने यो कुन दिशातर्फ बग्ने नदी हो ?
उत्तर हेर्नुहोस्
उत्तर: दक्षिणबाट उत्तर
नेपालको उत्तरगंगा भनेर कुन नदिलाई चिनिन्छ ?
उत्तर हेर्नुहोस्
उत्तर: सानो भेरी
नेपाल भित्र सर्वोच्च हिमश्रोत भएको नदी कुन हो ?
उत्तर हेर्नुहोस्
उत्तर: दुध कोशी
प्राचिन कालमा गण्डकीपारीको क्षेत्रलाई के भनिन्थ्यो ?
उत्तर हेर्नुहोस्
उत्तर: मल्लपुरी
सप्तकोशी नदिको सबैभन्दा ठुलो सहायक नदी त्रिशुली हो भने सवैभन्दा सानो सहायक नदी कुन हो ?
उत्तर हेर्नुहोस्
उत्तर: लिखु
सप्तकोशी नदिको वार्षिक औसत बहाव क्षमता कति छ ?
उत्तर हेर्नुहोस्
उत्तर: १५६४ घनमिटर प्रति सेकेण्ड
विहारको दुख भनेर कुन नदिलाई चिनिन्छ ?
उत्तर हेर्नुहोस्
उत्तर: कोशी नदि
कोशी बाँधको निर्माण कहिले देखी कहिलेसम्म भएको थियो ?
उत्तर हेर्नुहोस्
उत्तर: सन् १९५४ देखि सन् १९६२ सम्म
कालिगण्डकी नदिको उत्पत्ति कहाँबाट भएको थियो ?
उत्तर हेर्नुहोस्
उत्तर: मुस्ताङ भोट हिमाल नजिकैबाट
विश्वको सबैभन्दा गहिरो गल्छी कुन हो ?
उत्तर हेर्नुहोस्
उत्तर: कालिगण्डकी गल्छी - अन्नपुर्ण प्रथम र धौलागिरी हिमालको बीचमा रहेको
कालिगण्डकी नदिको पौराणिक नाम के हो ?
उत्तर हेर्नुहोस्
उत्तर: हरिगंगा
त्रिशुली नदिको पौराणिक नाम के हो ?
उत्तर हेर्नुहोस्
उत्तर: हरगंगा
हरिगंगा र हरगंगाको संगमस्थललाई हरिहर क्षेत्र भनिएको देवघाटलाई अर्को के नामले चिनिन्छ ?
उत्तर हेर्नुहोस्
उत्तर: आदिप्रयाग
कुन नदिलाई चक्राकार नदि भनेर चिनिन्छ ?
उत्तर हेर्नुहोस्
उत्तर: कालिगण्डकि नदि
सप्तगण्डकीको नेपालभित्रको लम्वाई कति छ ?
उत्तर हेर्नुहोस्
उत्तर: ३३८ किलोमिटर
सप्तगण्डकी नदिको वार्षिक जलप्रवाह क्षमता कति छ ?
उत्तर हेर्नुहोस्
उत्तर: १७१३ घनमिटर प्रतिसेकेण्ड
कर्णाली नदिको उत्पत्ति कहाँबाट भएको हो ?
उत्तर हेर्नुहोस्
उत्तर: तिब्बतको मानसरोबरबाट
पश्चिम राप्ति नदि कहाँबाट उत्पत्ति भएको छ ?
उत्तर हेर्नुहोस्
उत्तर: रोल्पा जिल्लाको महाभारत पर्वतबाट
तराईमा पुगेपछी बाग्मती नदीले कुन कुन जिल्लाको सिमानाको काम गर्दछ ?
उत्तर हेर्नुहोस्
उत्तर: रौतहट र सर्लाही
नदिनाला : नदिहरुको उद्गम स्थान
भोटमा मुल भएका ६ वटा नदि कुनकुन हो ?
उत्तर हेर्नुहोस्
उत्तर: अरुण ,तमोर ,सुनकोशी, तामाकोशी ,कर्णाली र त्रिशुलि
भोटमा मुल भएका नदीहरु कति छन् ?
उत्तर हेर्नुहोस्
उत्तर: ६ वटा
विश्वको सर्वोच्च स्थानबाट उत्पति भएको नदी कुन हो?
उत्तर हेर्नुहोस्
उत्तर: अरुण
भोटमा मूल भएका ६ वटा नदि कुनकुन हुन्?
उत्तर हेर्नुहोस्
उत्तर: अरुण , तमोर , सुनकोशी, तामाकोशी ,कर्णाली र त्रिशुली
इन्द्रवतीको उदगमस्थल कुन हो ?
उत्तर हेर्नुहोस्
उत्तर: पाँचपोखरी
बबई नदीको उदगमस्थल कहाँ रहेको छ ?
उत्तर हेर्नुहोस्
उत्तर: सल्यान जिल्ला स्थित महाभारत पर्वत
ओलाङचुङ्गोला घाँटीबाट नेपाल प्रवेश गरेको एक मात्र नदी कुन हो ?