गोपालवंशीहरुको शासनकालपछि नेपालमा कुन वंशका शासकहरुले शासन सञ्चालन गरे ?
उत्तर हेर्नुहोस्
उत्तर: अहिरवंशी ( महिषपाल )
अन्तिम अहिरवंशी राजा को हुन्?
उत्तर हेर्नुहोस्
उत्तर: भुवन सिंह
गोपालवंशी र अहिरवंशी शासकहरु पश्चात उपत्यकामा कसले शासन चलाएका थिए?
उत्तर हेर्नुहोस्
उत्तर: किराँत
इतिहासकार राइटका अनुसार नेपालमा कतिजना गोपालवंशी राजाहरुले शासन गरेका थिए ?
उत्तर हेर्नुहोस्
उत्तर: ८ जना
गोपालवंशीहरुको शासन केन्द्र कहाँ रहेको थियो ?
उत्तर हेर्नुहोस्
उत्तर: माता तिर्थ
प्रथम अहिरवंशी अर्थात आभिरवंशी राजा को हुन् ?
उत्तर हेर्नुहोस्
उत्तर: वर सिंह
प्रथम किराँतवंशी राजा को हुन ?
उत्तर हेर्नुहोस्
उत्तर: यलम्बर
किराँतहरुका नाइके यलम्बरले कसलाई पराजित गरी सत्ता हात पारेका थिए?
उत्तर हेर्नुहोस्
उत्तर: भुवन सिंह
किराती राजा यलम्बरको पूर्ण कदको शालिक कहाँ रहेको छ ?
उत्तर हेर्नुहोस्
उत्तर: संखुवासभा
कुन किराँती राजाको पालामा गौतम बुद्रको काठमाडौँ उपत्कामा आगमन भएको थियो ?
उत्तर हेर्नुहोस्
उत्तर: सातौँ किराँती राजा जितेदास्ती
अन्तिम किराँतवंशी राजा को हुन् ?
उत्तर हेर्नुहोस्
उत्तर: गस्ती
कुन किराँती राजाको पालामा नेपालको पहाडि भागमा किरातरुपधारी शिव र अर्जनबीच युद्ध भएको थियो ?
उत्तर हेर्नुहोस्
उत्तर: छैठौँ किराती राजा हुमती
इतिहासकार राइटका अनुसार २९ जना किराँती राजाहरुले नेपालमा कति वर्ष शासन सञ्चालन गरेका थिए ? १११८ वर्ष
उत्तर हेर्नुहोस्
उत्तर: १११८ वर्ष
भाषा पाठशालाको स्थापना गर्ने राणा प्रधानमन्त्री को हुन्?
उत्तर हेर्नुहोस्
उत्तर: देवशमशेर
लिच्छवि काल
प्रथम लिच्छविवंशी राजा को हुन् ?
उत्तर हेर्नुहोस्
उत्तर: जयदेव प्रथम
भक्तपुर जिल्लामा रहेको चाँगुनारायणको मन्दिर बनाउने राजा को हुन् ?
उत्तर हेर्नुहोस्
उत्तर: मानदेव
गोकर्णमा मानव वस्ती बसाउने राजा को हुन् ?
उत्तर हेर्नुहोस्
उत्तर: मानदेव
मानदेवका छोराको नाम के हो ?
उत्तर हेर्नुहोस्
उत्तर: महिदेव
मानदेवका बाबु को थिए ?
उत्तर हेर्नुहोस्
उत्तर: धर्मदेव
मानगृहको निर्माण गर्ने लिच्छवि राजा को हुन् ?
उत्तर हेर्नुहोस्
उत्तर: मानदेव
नाग र वासुकी पूजाको चलन चलाउने राजा को हुन् ?
उत्तर हेर्नुहोस्
उत्तर: मानदेव
वैष्णव मुद्रा प्रचलनमा ल्याउने लिच्छवि राजा को हुन् ?
उत्तर हेर्नुहोस्
उत्तर: अशुवर्मा
अंशुवर्माको शासनकाललाई के भनी चिनिन्छ ?
उत्तर हेर्नुहोस्
उत्तर: लिच्छविकालको स्वर्णयुग
पशुपतिनाथलाई राजमान्यता दिने राजा को हुन् ?
उत्तर हेर्नुहोस्
उत्तर: अंशुवर्मा
सर्वप्रथम ‘महाराजाधिराज’ पदवी धारण गर्ने राजा को हुन् ?
उत्तर हेर्नुहोस्
उत्तर: अंशुवर्मा
‘शब्द विधा ’ ग्रन्थको रचना कसले गरेका हुन् ?
उत्तर हेर्नुहोस्
उत्तर: अंशुवर्मा
सत्ता प्राप्त गरी शासन चलाएर राज्यसत्ता पुन: सोही वंशलाई हस्तान्तरण गर्ने महान लिच्छवि राजा को हुन्?
उत्तर हेर्नुहोस्
उत्तर: अंशुवर्मा (यिनी रोलक्रमका राजा थिएनन् ।)
सर्वप्रथम शिलालेखको स्थापना गर्ने राजा को हुन् ?
उत्तर हेर्नुहोस्
उत्तर: मानदेव
बालकको सालनाल काट्ने चलन चलाउने राजा को हुन् ?
उत्तर हेर्नुहोस्
उत्तर: अंशुवर्मा
नेपालको इतिहासमा ‘आदर्श शासक ’ का रुपमा चिनिने राजा को हुन् ?
उत्तर हेर्नुहोस्
उत्तर: अंशुवर्मा
‘महासामन्त’ , ‘कलहाभिमानी’ , ‘पशुपतिपादानुगृहित’ पदवी धारण गर्ने राजा को हुन् ?
उत्तर हेर्नुहोस्
उत्तर: अंशुवर्मा
‘युवराजाधिराजको घोषणा सर्वप्रथम कसको पालादेखि सरु भएको हो ?
उत्तर हेर्नुहोस्
उत्तर: अंशवर्मा
अंशुवर्माले बनाएको कैलासकुट भवन कुन ठाउँमा रहेको थियो ?
उत्तर हेर्नुहोस्
उत्तर: देवपाटन (पशुपति नजिकै)
कैलाशकुट भवनको महिमा कहाँको शिलालेखमा उल्लेख छ ?
उत्तर हेर्नुहोस्
उत्तर: साँगाको शिलालेखमा
कहाँ भएको युद्धमा लिच्छविहरुद्धारा आठ सय किरातीहरु मारिएका थिए?
उत्तर हेर्नुहोस्
उत्तर: पाटनको च्यासल ( यो युद्धमा जित हासिल गरी लिच्छविहरुले सत्ता नियन्त्रण गरेका । )
पशुपतिनाथको मन्दिर स्थापना गर्ने राजा को हुन् ?
उत्तर हेर्नुहोस्
उत्तर: प्रचण्डदेव
लिच्छविकालमा प्रधानमन्त्रीलाई के भनिन्थ्यो ?
उत्तर हेर्नुहोस्
उत्तर: महासामन्त
लिच्छविकालमा राजकिय भाषा के थियो ?
उत्तर हेर्नुहोस्
उत्तर: संस्कृत
गुप्त सम्वत कसले चलाएका थिए ?
उत्तर हेर्नुहोस्
उत्तर: अंशुवर्मा
इन्द्र जात्रा, लाखे जात्रा, कृष्ण जात्रा, हिले जात्रा, श्रङ्गभेरि जात्राको चलन चलाउने राजा को हुन् ?
उत्तर हेर्नुहोस्
उत्तर: गुणकामदेव
लिच्छविकालमा व्यापारिक नेतालाई के भनिन्थ्यो ?
उत्तर हेर्नुहोस्
उत्तर: सार्थबाह
हिन्दु र बौद्ध दुवै धर्म मान्ने राजा को हुन् ?
उत्तर हेर्नुहोस्
उत्तर: अंशुवर्मा
लिच्छविकालमा पशुपालनमा लगाइने करलाई के भनिन्थ्यो ?
उत्तर हेर्नुहोस्
उत्तर: भोगकर
लिच्छविकालमा कृषि उत्पादनमा लगाइने करलाई के भनिन्थ्यो ?
उत्तर हेर्नुहोस्
उत्तर: भागकर
कान्तिपुरमा मानव बस्ती बसाल्ने राजा को हुन्?
उत्तर हेर्नुहोस्
उत्तर: गुणकामदेव
आधुनिक काठमाडौँका निर्माता भनी कसलाई चिनिन्छ ?
उत्तर हेर्नुहोस्
उत्तर: गुणकामदेव
गुणकामदेवलाई अर्को कुन नामले चिनिन्छ ?
उत्तर हेर्नुहोस्
उत्तर: लक्ष्मीकामदेव
शाक्यवंशको कन्यालाई कुमारि बनाई पूजा गर्ने चलन चलाउने राजा को हुन् ?
उत्तर हेर्नुहोस्
उत्तर: गुणकामदेव
‘शान्तिश्री’ का नामले चिनिने राजा को हुन्?
उत्तर हेर्नुहोस्
उत्तर: प्रचण्डदेव
नेपालको इतिहासमा “स्वर्णयुग “ भन्नाले कुन काललाई जनाउँछ ?
उत्तर हेर्नुहोस्
उत्तर: लिच्छविकाल
अंशुवर्मा कुन वंशका थिए ?
उत्तर हेर्नुहोस्
उत्तर: ठकुरी वंश
ठकुरि वंशका प्रथम राजा को हुन्?
उत्तर हेर्नुहोस्
उत्तर: भाष्कर देव
नेपालको सबभन्दा पुरानो मन्दिर कुनलाई मानिन्छ ?
उत्तर हेर्नुहोस्
उत्तर: स्वयम्भुनाथ
लिच्छवि राजाहरु कुन वंशका थिए ?
उत्तर हेर्नुहोस्
उत्तर: सूर्यवंशी
लिच्छविकालमा कपडामा लगाउने करलाई के भनिन्थ्यो ?
उत्तर हेर्नुहोस्
उत्तर: चैलकर
भोटो जात्राको चलन चलाउने राजा को हुन्?
उत्तर हेर्नुहोस्
उत्तर: नरेन्द्रदेव
‘महाराजाधिराज परम भट्टारक’ को पदवी धारण गर्न राजा को हुन् ?
उत्तर हेर्नुहोस्
उत्तर: नरेन्द्रदेव
लिच्छविकालिन आकाशको पूर्ण चन्द्र भनि चिनिने राजा को हुन् ?
उत्तर हेर्नुहोस्
उत्तर: नरेन्द्रदेव
लिच्छविकालिन समयमा पण र पुराण नामक मुद्रा प्रचलनमा थिए, १ पुराणमा कति पण हुन्थ्यो ?
उत्तर हेर्नुहोस्
उत्तर: १६ पण
लिच्छविकालमा धानचामल तथा घिउ, तेल, दूध नाप्न प्रयोग हुने एकाइ कुन थियो ?
उत्तर हेर्नुहोस्
उत्तर: मानिका
‘पण’ र ‘पुराण’ नामक मुद्रा चल्तीमा ल्याउने राजा को हुन् ?
उत्तर हेर्नुहोस्
उत्तर: नरेन्द्रदेव
बलम्बुमा मानवबस्ती बसाउने राजा को हुन् ?
उत्तर हेर्नुहोस्
उत्तर: अंशुवर्मा
‘बोधिसत्व’ को अवतार मानिने लिच्छवि राजा को हुन् ?
उत्तर हेर्नुहोस्
उत्तर: अंशुवर्मा
अंशुवर्मा पछि राजगदिमा आसिन हुने व्यक्ति को हुन् ?
उत्तर हेर्नुहोस्
उत्तर: उदयदेव
प्रसिद्ध भद्राधिवास भवनको निर्माण गर्ने लिच्छवि राजा को हुन् ?
उत्तर हेर्नुहोस्
उत्तर: नरेन्द्रदेव
रातो मच्छिन्द्रनाथको रथयात्राको चलन चलाउने राजा को हुन् ?
उत्तर हेर्नुहोस्
उत्तर: नरेन्द्रदेव
झ्यालमा बुट्टा राखने चलन कसले चलाएका थिए ?
उत्तर हेर्नुहोस्
उत्तर: नरेन्द्रदेव
नरेन्द्रदेवले कहिलेदेखि कहिलेसम्म शासन गरेका थिए ?
उत्तर हेर्नुहोस्
उत्तर: वि. स. ७०२ देखि ७३६ सम्म
‘सिहासन ’ शब्द कुन राजाको पालादेखि चल्तीमा आएको थियो ?
उत्तर हेर्नुहोस्
उत्तर: नरेन्द्रदेव
काठमाडौँ उपत्यकामा सबैभन्दा लामो समय मनाइने जात्रा …………हो ?
उत्तर हेर्नुहोस्
उत्तर: मच्छिन्द्रनाथ
सिकाली जात्रा ललितपुरको खोकनाका नेवार समुदायमा प्रचलित छ भने वैरागी जात्रा कहाँ प्रचलित छ ?
उत्तर हेर्नुहोस्
उत्तर: जुम्ला
स्वयम्भुको ज्योतिलाई छोपी सोमाथि चैत्यको निर्माण गर्ने राजा को हुन् ?
उत्तर हेर्नुहोस्
उत्तर: प्रचण्डदेव
ललितपुरमा मानब बस्ती बसाल्ने राजा को हुन् ?
उत्तर हेर्नुहोस्
उत्तर: वरदेव
सम्राट अशोक कसको पालामा नेपाल आएका थिए ?
उत्तर हेर्नुहोस्
उत्तर: स्थुँको
पशुपतिको मन्दिरमा सुनको छाना चढाउने राजा को हुन् ?
उत्तर हेर्नुहोस्
उत्तर: शिवदेव
लिच्छविकालमा राजदरबारसम्बन्धी विषय हेर्ने व्यक्तिलाई के भनिन्थ्यो ?
उत्तर हेर्नुहोस्
उत्तर: महाप्रतिहार
कुन राजालाई विश्वदेव भनी चिनिन्छ ?
उत्तर हेर्नुहोस्
उत्तर: वृषदेव
लिच्छविकालमा पसलमा लगाइने करलाई के भनिन्थ्यो ?
उत्तर हेर्नुहोस्
उत्तर: आपण कर
नेपाल सम्वत कुन राजाको पालादेखि प्रचलनमा आएको हो ?
उत्तर हेर्नुहोस्
उत्तर: राघवदेव ( वि. सं . ९३६ मा )
कीर्तिपुरको स्थापना कसले गरेका हुन् ?
उत्तर हेर्नुहोस्
उत्तर: शिवदेव तृतीय
स्वयम्भु चैत्य र चाबहिल चैत्यको स्थापना गर्ने राजा को हुन् ?
उत्तर हेर्नुहोस्
उत्तर: वृषदेव
लिच्छविकालमा साधारण व्यापारिलाई के भनि चिनिन्थ्यो ?
उत्तर हेर्नुहोस्
उत्तर: वणिक
पशुपतिनाथको देवल कसले बनाएका हुन्?
उत्तर हेर्नुहोस्
उत्तर: सुपुष्प
लिच्छविकालमा शिक्षाको माध्यम भाषा कुन थियो ?
उत्तर हेर्नुहोस्
उत्तर: संस्कृत र पाली
लिच्छविकालिन समयमा केन्द्रमा बस्ने जनतालाई पौर भनिन्थ्यो भने प्रान्तमा बस्ने जनतालाई के भनिन्थ्यो ?
उत्तर हेर्नुहोस्
उत्तर: जानपद
लिच्छविकालका आदि पुरुष कसलाई मानिन्छ ?
उत्तर हेर्नुहोस्
उत्तर: सुपुष्प
लिच्छविकालमा प्रधानसेनापतिलाई के भनिन्थ्यो ?
उत्तर हेर्नुहोस्
उत्तर: महाबलाध्यक्ष
‘लिच्छवि कुलकेतु’ पदवी कुन लिच्छवि राजाले धारण गरेका थिए ?
उत्तर हेर्नुहोस्
उत्तर: शिवदेव प्रथम
लिच्छविकालमा ललितपुरलाई के भनिन्थ्यो ?
उत्तर हेर्नुहोस्
उत्तर: युपग्राम
कुन राजाको पालादेखि नेपालमा द्धैध शासन व्यवस्थाको सुरुआत भएको थियो ?
उत्तर हेर्नुहोस्
उत्तर: वसन्तदेव
कसको पालादेखि नेपालमा द्धैध शासन व्यवस्थाको अन्त्य भएको थियो ?
उत्तर हेर्नुहोस्
उत्तर: नरेन्द्रदेव
लिच्छवि कालमा व्यापारिक केन्द्रलाई के भनिन्थ्यो ?
उत्तर हेर्नुहोस्
उत्तर: द्रंग
अंशुवर्मालाई महासामन्तको पदवी प्रदान गर्ने राजा को हुन् ?
उत्तर हेर्नुहोस्
उत्तर: शिवदेव
कर्षापण, पशुपति कुन कालमा प्रयोगमा ल्याइएका मुद्रा हुन् ?
उत्तर हेर्नुहोस्
उत्तर: लिच्छवि
लिच्छविकालमा शिक्षासम्बन्धी कार्य गर्ने संस्थालाई के भनिन्थ्यो ?
उत्तर हेर्नुहोस्
उत्तर: अग्रहार
लिच्छविकालमा जिल्लास्तरीय प्रशासनिक इकाइलाई के भनिन्थ्यो ?
उत्तर हेर्नुहोस्
उत्तर: विषय
सरकारले नेपाल संवतलाई राष्ठ्रय मान्यता कहिले प्रदान गरेको हो ?
उत्तर हेर्नुहोस्
उत्तर: वि. सं. २०६५ कार्तिक ८ (२०६८ मा राष्ट्रय क्यालेण्डरमा प्रयोगमा ल्याउने निर्णय)
लिच्छविकालमा कतिवटा अधिकरणको व्यवस्था गरिएको थियो?
उत्तर हेर्नुहोस्
उत्तर: चार ( कुथेर, माप्चोक, लिंगवल , शुल्ली वा शोल्ल)
लिच्छविकालमा राजस्व संकलन, जग्गा खरिद बिक्रि तथा भुमिसम्बन्धी मुद्दा हेर्ने अड्डडालाई के भनिन्थ्यो ?
उत्तर हेर्नुहोस्
उत्तर: कुथेर अधिकरण
विवाह पारपाचुके तथा सम्पतिसम्बन्धी कार्यको व्यवस्थापन गर्ने निकायलाई के भनिन्थ्यो ?
उत्तर हेर्नुहोस्
उत्तर: माप्चोक अधिकरण
कुलो तथा खानेपानीसम्बन्धी कार्यको व्यवस्थापन गर्ने निकायलाई के भनिन्थ्यो ?
उत्तर हेर्नुहोस्
उत्तर: लिङबल
लिच्छविकालमा पञ्चापराधसम्बन्धी मुद्दा हेर्ने निकायलाई के भनिन्थ्यो ?
उत्तर हेर्नुहोस्
उत्तर: शुल्ली वा शोल्ल
मध्यकाल
भक्तपुरको नवदुर्गा नाच कुन मल्ल राजाको पालादेखि सुरु गरियको मानिन्छ
उत्तर हेर्नुहोस्
उत्तर: सुवर्ण मल्ल
प्रथम मल्ल राजा कसलाई मानिन्छ ?
उत्तर हेर्नुहोस्
उत्तर: अरिदेव
अभय मल्लका बाबु को हुन् ?
उत्तर हेर्नुहोस्
उत्तर: अरिदेव
महेन्द्र मल्लले प्रचलनमा ल्याएको मुद्रालाई के भनिन्छ ?
उत्तर हेर्नुहोस्
उत्तर: महेन्द्र मल्ली
चाँदीको मोहर चलनमा ल्याउने राजा को हुन् ?
उत्तर हेर्नुहोस्
उत्तर: महेन्द्र मल्ल
प्रजा मर्दा छाक छाड्ने राजा को हुन् ?
उत्तर हेर्नुहोस्
उत्तर: महेन्द्र मल्ल
प्रताप मल्लका बाबु को थिए ?
उत्तर हेर्नुहोस्
उत्तर: लक्ष्मी नरसिंह मल्ल
आफ्नो नामको अगाडि ‘कविन्द्र’ लेख्ने राजा को हुन् ?
उत्तर हेर्नुहोस्
उत्तर: प्रताप मल्ल
कुचविहारबाट डोला झिकाई विवाह गर्ने राजा को हुन् ?
उत्तर हेर्नुहोस्
उत्तर: प्रताप मल्ल
श्वेत विनायक जात्राको चलन कसले चलाएका हुन् ?
उत्तर हेर्नुहोस्
उत्तर: महेन्द्र मल्ल
जयप्रकाश मल्लका बाबु को थिए ?
उत्तर हेर्नुहोस्
उत्तर: जगज्जय मल्ल
रानी पोखरीको निर्माण गर्ने राजा को हुन् ?
उत्तर हेर्नुहोस्
उत्तर: प्रताप मल्ल
श्रीनिवास मल्लका बाबु को हुन् ?
उत्तर हेर्नुहोस्
उत्तर: सिद्धिनरसिंह मल्ल
पशुपतिमा भट्ट पूजारी राख्ने चलन कसले चलाएका थिए ?
उत्तर हेर्नुहोस्
उत्तर: यक्ष मल्ल
स्वर्ण मुद्रा र असर्फी प्रयोगमा ल्याउने राजा को हुन् ?
उत्तर हेर्नुहोस्
उत्तर: जयप्रकाश मल्ल
२१ गजुर भएको पाटनको कृष्ण मन्दिर कसले बनाएका हुन्?
उत्तर हेर्नुहोस्
उत्तर: सिद्धिनरसिंह मल्ल
भक्तपुरको दत्तात्रेयको मन्दिर निर्माण गर्ने राजा को हुन् ?
उत्तर हेर्नुहोस्
उत्तर: यक्ष मल्ल
अरिदेवपछि राजा हुने व्यक्ति को हुन् ?
उत्तर हेर्नुहोस्
उत्तर: अभय मल्ल
पशुपतिमा महास्नान गराउने राजा को हुन्?
उत्तर हेर्नुहोस्
उत्तर: अभय मल्ल
भुकम्पमा परी मर्ने राजा को हुन् ?
उत्तर हेर्नुहोस्
उत्तर: अभय मल्ल
सामाजिक सुधार गर्ने राजा भनी कसलाई चिनिन्छ ?
उत्तर हेर्नुहोस्
उत्तर: जयस्थिति मल्ल
अपराधीलाई आर्थिक दण्ड दिने चलन कसले चलाएका थिए ?
उत्तर हेर्नुहोस्
उत्तर: जयस्थिति मल्ल
उपत्यकाको राज्य विभाजन गरी आफ्ना छोराहरुलाई बाँड्ने राजा को हुन्?
उत्तर हेर्नुहोस्
उत्तर: यक्ष मल्ल
‘नेपाल मण्डलेश्वर’ उपाधि धारण गर्ने राजा को हुन् ?
उत्तर हेर्नुहोस्
उत्तर: यक्ष मल्ल
‘मानव न्यायशास्त्र’ का लेखक को हुन् ?
उत्तर हेर्नुहोस्
उत्तर: जयस्थिति मल्ल
जग्गा जमिनको नापजाँच गर्ने तथा जग्गा जमिन धितो राखी ऋण लिने चलन चलाउने को हुन्?
उत्तर हेर्नुहोस्
उत्तर: जयस्थिति मल्ल
विवाहपछि महिलाको थर पुरुषको थरमा बदल्ने चलन चलाउने राजा को हुन् ?
उत्तर हेर्नुहोस्
उत्तर: जयस्थिति मल्ल
जयस्थिति मल्ल कुन वंशका थिए ?
उत्तर हेर्नुहोस्
उत्तर: कर्नाट
राजघरानाको दाहसंस्कारको बेला ‘दिपक राग’ बजाउने चलन चलाउने राजा को हुन् ?
उत्तर हेर्नुहोस्
उत्तर: जयस्थिति मल्ल
जग्गाधनीलाई तल्सिङ र जग्गा कमाउनेलाई मोही भन्ने चलन चलाउने राजा को हुन् ?
उत्तर हेर्नुहोस्
उत्तर: जयस्थिति मल्ल
सर्वप्रथम व्यावासायिक शिक्षाको सरुआत गर्ने राजा को हुन् ?
उत्तर हेर्नुहोस्
उत्तर: जयस्थिति मल्ल
कुन राजाको पालामा ब्राहमणलाई पञ्चगौड र पञ्चद्रविडमा विभाजन गरिएको थियो ?
उत्तर हेर्नुहोस्
उत्तर: जयस्थिति मल्ल
ललितपुरको कुभ्भेश्वर मन्दिर र पशुपतिनाथको मन्दिर छेउमा रहेको उन्मुक्त भैरवको मन्दिर निर्माण गर्ने राजा को हुन् ?
उत्तर हेर्नुहोस्
उत्तर: जयस्थिति मल्ल
देवपाटनस्थित जयवागेश्वरीको मन्दिर तथा पशुपति छेउको लव र कुशको मन्दिर कसले बनाएका थिए ?
उत्तर हेर्नुहोस्
उत्तर: जयस्थिति मल्ल
गोरखाका राजा रामशाहसँग व्यापारिक सम्बन्ध कायम गर्ने राजा को हुन् ?
उत्तर हेर्नुहोस्
उत्तर: सिद्धिनरसिंह मल्ल
पृथ्वीनारायण शाहसँग छाता र जुत्ता माग्ने राजा को हुन् ?
उत्तर हेर्नुहोस्
उत्तर: जयप्रकाश मल्ल
भक्तपुरमा आदि भैरवको रथयात्रा निकाल्ने चलन चलाउने राजा को हुन् ?
उत्तर हेर्नुहोस्
उत्तर: जगतज्योति मल्ल
जगतज्योति मल्ल पछि भादगाँउको राजा को भएका थिए ?
उत्तर हेर्नुहोस्
उत्तर: नरेन्द्र मल्ल
इन्द्रजात्रामा कुमारीको रथ घुमाउने चलन कसले चलाए ?
उत्तर हेर्नुहोस्
उत्तर: जयप्रकाश मल्ल
राजर्षि हुने नेपालका पहिलो राजा को हुन् ?
उत्तर हेर्नुहोस्
उत्तर: सिद्धिनरसिंह मल्ल
बालाजुको २१ धारा तथा गोकर्णेश्वरको मन्दिर कसले बनाएका हुन् ?
उत्तर हेर्नुहोस्
उत्तर: जयप्रकाश मल्ल
‘हरगौरी विवाह’, ‘कुञ्जविहारि नाटक’, ‘संगितचन्द्र’, ‘श्लोकसार संग्रह’ जस्ता ग्रन्थहरुको रचना कसले गरेका थिए ?
उत्तर हेर्नुहोस्
उत्तर: जगतज्योति मल्ल
पाटनका अन्तिम मल्ल राजा को हुन् ?
उत्तर हेर्नुहोस्
उत्तर: तेजनरसिंह मल्ल
खस राज्यका संस्थापक को हुन् ?
उत्तर हेर्नुहोस्
उत्तर: नागराज
मल्ल कालमा सैनिकलाई के भनिन्थ्यो ?
उत्तर हेर्नुहोस्
उत्तर: उमराव
कान्तिपुरको नामकरण कुन राजाको पालामा भएको थियो ?
उत्तर हेर्नुहोस्
उत्तर: लक्ष्मीनरसिंह मल्ल
महामारीमा परेर मर्ने राजा को हुन् ?
उत्तर हेर्नुहोस्
उत्तर: भाष्कर मल्ल
नेपालमा मुसलमानहरुको प्रवेश कसको पालादेखि भएको थियो ?
उत्तर हेर्नुहोस्
उत्तर: रत्न मल्ल
तीर्थ गर्न जाँदा बाटोमै मर्ने राजा को हुन् ?
उत्तर हेर्नुहोस्
उत्तर: भुपालेन्द्र मल्ल
सैनिक बहादुरी देखाउनेलाई चुडामणि पदक दिने राजा को हुन् ?
उत्तर हेर्नुहोस्
उत्तर: योगनरेन्द्र मल्ल
काष्ठमण्डपलाई अर्को के नामले चिनिन्छ ?
उत्तर हेर्नुहोस्
उत्तर: मरुसत्तल
नेपालमा वास्तुकला र ललितकलाको विकास कुन कालमा सर्वाधिक मात्रामा भएको थियो ?
उत्तर हेर्नुहोस्
उत्तर: मल्ल काल
संहिता पाठ नामक हस्तलिखित ग्रन्थका रचनाकार को हुन्?
उत्तर हेर्नुहोस्
उत्तर: यक्ष मल्ल
आफ्नो नामको अगाडि सुमती लेख्ने राजा को हुन् ?
उत्तर हेर्नुहोस्
उत्तर: जितामित्र
बौलाहा राजा भनी कसलाई चिनिन्छ ?
उत्तर हेर्नुहोस्
उत्तर: लक्ष्मीनरसिंह मल्ल
मल्ल कालमा हनुमान ढोका दरबारलाई के भनिन्थ्यो ?
उत्तर हेर्नुहोस्
उत्तर: गुतपौँ
कर्नाटवंशका प्रथम राजा को थिए ?
उत्तर हेर्नुहोस्
उत्तर: नान्यदेव
कर्नाटवंशका अन्तिम राजा को थिए ?
उत्तर हेर्नुहोस्
उत्तर: हरिसिंह देव
खस मल्ल राज्यको विखण्डन भई कुन राज्य बनेका थिए ?
उत्तर हेर्नुहोस्
उत्तर: बाईसे
मध्यकालमा सुदुरपश्चिममा बाईसे राज्यहरु थिए भने मध्य क्षेत्रमा कस्ता राज्य थिए ?
उत्तर हेर्नुहोस्
उत्तर: चौबिसे
झण्डै २२६ वर्ष अविच्छिन्न रुपमा रहेको खस राज्य कुन राजाको पालामा बाईसी, चौबिसी राज्यमा टुक्रिएको थियो ?
उत्तर हेर्नुहोस्
उत्तर: अभय मल्ल
जुम्लाका प्रथम राजा बली हुन भने अन्तिम राजा को हुन्?
उत्तर हेर्नुहोस्
उत्तर: सूर्यमान शाह
मध्यकालमा पाल्पा, गुल्मी, अर्घाखाँची र पूर्वी नेपालका मकवानपुर ,चौदण्डी (उदयपुर) तथा विजयपुरमा कुन वंशका राजाले राज्य गर्थे ?
उत्तर हेर्नुहोस्
उत्तर: सेनवंशी
सिमरौनगढमा आक्रमण गर्ने दिल्लीका मुसलमान बादशाह को थिए ?
उत्तर हेर्नुहोस्
उत्तर: गयासुद्धिन तुगलक (वि. सं. १३८१ )
तिरहुत राजवंशले आफुलाई के भन्न रुचाउँथ्यो ?
उत्तर हेर्नुहोस्
उत्तर: कर्नाटवंशीय क्षेत्रीय
जगातिपुर दरबार कहाँ पर्दछ ?
उत्तर हेर्नुहोस्
उत्तर: जाजरकोट हरि (शाहद्धारा निर्मित )
मल्लकालमा चौतारासहित कति जनाको मन्त्रिपरिषद् हुन्थ्यो ?
उत्तर हेर्नुहोस्
उत्तर: ५
बाईसे, चौबिसे राज्यहरुमा नववर्ष शुभारम्भका दिन कुन चाड मनाइन्थ्यो ?
उत्तर हेर्नुहोस्
उत्तर: विसु
नेपालको राजगद्दिमा बस्ने प्रथम महिला को हुन् ?
उत्तर हेर्नुहोस्
उत्तर: नायकदेवी
जितारि मल्लले कुन राजाको पालामा काठमाडौँ आक्रमण गरेका थिए ?
उत्तर हेर्नुहोस्
उत्तर: आनन्द मल्ल (वि सं १३४४)
आफुलाई ‘गन्धर्व विधागुरु’ भनी लेख्ने राजा को हुन् ?
उत्तर हेर्नुहोस्
उत्तर: जगतप्रकाश मल्ल
नेपालको एकीकरण
नेपालको आधुनिक इतिहास कहिलेदेखि सुरु भएको मानिन्छ?
उत्तर हेर्नुहोस्
उत्तर: वि. सं. १८२५
पृथ्वीनारायण शाहका बाबु नरभुपाल शाह थिए भने आमा को थिइन् ?
उत्तर हेर्नुहोस्
उत्तर: कौशल्यावती (माइली रानी )
“प्रजा मोटो भए दरबार बलियो हुन्छ” भन्ने भनाइ कसको हो ?
उत्तर हेर्नुहोस्
उत्तर: पृथ्वीनारायण शाह
पृथ्वीनारायण शाहले मकवानपुर विजय कहिले गरे ?
उत्तर हेर्नुहोस्
उत्तर: वि. सं. १८१९ मा
मकवानपुरमाथि विजय हासिल गरेपछि पृथ्वीनारायण शाहको विरुद्धमा मकवानपुरका राजा दिग्वन्धन सेनको आग्रहमा बंगालका राजाद्रारा पठाइएको अभियानलाई के भनिन्छ ?
उत्तर हेर्नुहोस्
उत्तर: मिरकासिम अभियान
मकवानपुरमा पृथ्वीनारायण शाहले कोसँग लडाँइ लडी विजय प्राप्त गरेका थिए ?
उत्तर हेर्नुहोस्
उत्तर: पृथ्वीनारायण शाहका जेठान दिग्वन्धन सेन
‘बुलेट महाराज’ भनेर कसलाई भनिन्छ ?
उत्तर हेर्नुहोस्
उत्तर: युवराज त्रैलोक्य
सुगौलि सन्धि कहिले भएको थियो ?
उत्तर हेर्नुहोस्
उत्तर: ४ मार्च १८१६
सुगौली सन्धिमा नेपालका तर्फबाट कसले हस्ताक्षर गरेका थिए ?
उत्तर हेर्नुहोस्
उत्तर: गजराज मिश्र
कसको पालामा नेपालको सिमाना पूर्वमा मेचिदेखि पश्चिममा महाकालीसम्म कायम भयो ?
उत्तर हेर्नुहोस्
उत्तर: गिर्वाणयुद्ध विक्रम शाह
सुगौली सन्धी कसको पालामा भएको थियो ?
उत्तर हेर्नुहोस्
उत्तर: गिर्वाणयुद्ध विक्रम शाह
‘स्वामी महाराज’ भनेर कसलाई चिनिन्छ ?
उत्तर हेर्नुहोस्
उत्तर: रणबहादुर शाह
विरविक्रम उपाधि पाउने पहिलो शाहवंशीय राजा को हुन् ?
उत्तर हेर्नुहोस्
उत्तर: गिर्वाणयुद्ध
बहादुर शाहको पालामा नेपालको सिमा कहाँसम्म पुगेको थियो ?
उत्तर हेर्नुहोस्
उत्तर: पूर्वमा टिष्टादेखि पश्चिममा सतलजसम्म, नेपालको सीमा झण्डै तेब्बर भएको
वि सं १८७२ असोज ९ मा सुरु भएको नेपाल र अंग्रेजबीच भएको जैथकको युद्ध कसले जितेको थियो ?
उत्तर हेर्नुहोस्
उत्तर: नेपाल
पृथ्वीनारायण शाहले उपत्यका विजयका लागि कस्तो निती अवलम्बन गरेका थिए ?
उत्तर हेर्नुहोस्
उत्तर: आर्थिक नाकाबन्दी
कीर्तिपुरको विजयपछि कान्तिपुरमा आक्रमण हुने डरले जयप्रकाश मल्लले अंग्रेजसँग सहयोग माग गरेपछि पृथ्वीनारायण शाहका विरुद्ध नेपाल आएको अभियानलाई के भनिन्छ ?
उत्तर हेर्नुहोस्
उत्तर: किनलक अभियान
पृथ्वीनारायण शाहको मृत्यु कहिले र कहाँ भयो ?
उत्तर हेर्नुहोस्
उत्तर: वि. सं १८३१ माघ १, नुवाकोटको देवीघाटमा
पृथ्वीनारायण शाहले काठमाडौंलाई नेपालको राजधानी कहिले घोषण गरे ?
उत्तर हेर्नुहोस्
उत्तर: वि. सं. १८२६ चैत्र १०
पृथ्वीनारायण शाहले राजकीय छापमा रातो रङको प्रयोग गर्नुअघि कुन रङ प्रयोग गरिन्थ्यो ?
उत्तर हेर्नुहोस्
उत्तर: कालो
पृथ्वीनारायण शाहले काठमाडौं विजय कहिले गरे ?
उत्तर हेर्नुहोस्
उत्तर: वि. सं .१८२५ आश्विन १३ गते
पृथ्वीनारायण शाहले सर्वप्रथप विजय हासिल गरेको ठाउँ कुन हो ?
उत्तर हेर्नुहोस्
उत्तर: नुवाकोट
सबभन्दा बढी उमेरमा राजा हुने व्यक्ति को हुन् ?
उत्तर हेर्नुहोस्
उत्तर: श्री ५ ज्ञानेन्द्र
पृथ्वीनारायण शाहले नुवाकोटमाथि कहिले विजय प्राप्त गरेका थिए ?
उत्तर हेर्नुहोस्
उत्तर: वि. सं. १८०१
किर्तिपुरमाथि पहिलो तथा द्रोसो आक्रमण क्रमश : वि. सं. १८१४ र वि सं १८२१ मा भएको थियो भने तेस्रो तथा विजयी आक्रमण कहिले भएको थियो ?
उत्तर हेर्नुहोस्
उत्तर: वि . सं. १८२२
लालमोहर लगाउने एवं राष्टिय झण्डाको चलन कसले चलाएका हुन्?
उत्तर हेर्नुहोस्
उत्तर: पृथ्वीनारायण शाह
पृथ्वीनारायण शाहले कोसँग मीत लगाएका थिए ?
उत्तर हेर्नुहोस्
उत्तर: वीरनरसिंह मल्ल (रणजित मल्लका छोरा)
नेपाल एकीकरणर अभियानमा पृथ्वीनारायण शाहले पहिलो आक्रमण कहाँ गरेका थिए ?
उत्तर हेर्नुहोस्
उत्तर: नुवाकोट
पृथ्वीनारायण शाहले गंगाजलमा बसी जाजरकोटे राजा हरि शाहसँग कुन सन्धि गरेका थिए ।
उत्तर हेर्नुहोस्
उत्तर: धर्म
पृथ्वीनारायण शाहका बाबु नरभुपाल शाह ले कहिले नुवाकोटमाथि आक्रमण गरेका थिए ।
उत्तर हेर्नुहोस्
उत्तर: वि. सं. १७९४
पृथ्वीनारायण शाहले सिन्धुलीगडी माथि कहिले आफ्नो आधिपत्य जमाए ?
उत्तर हेर्नुहोस्
उत्तर: वि. सं. १८१९
पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्ने समयमा त्रिशुक्ति भन्नाले कुनकुन राज्यलाई बुझिन्थ्यो ?
उत्तर हेर्नुहोस्
उत्तर: पाल्पा तनहुँ र लमजुङ
प्रत्येक १२ वर्षमा मनाइने सम्यक महादान पूजाको चलन कुसले चलाएका हुन् ?
उत्तर हेर्नुहोस्
उत्तर: पृथ्वीनारायण शाह
सुगौली सन्धिमा इस्ट इन्डिया कम्पनीका तर्फबाट कसले हस्ताक्षर गरेका थिए ?
उत्तर हेर्नुहोस्
उत्तर: लेफिटनेन्ट जनरल ब्राडशा
नेपाल प्रजा परिषदको स्थापना कहिले भएको थियो ?
उत्तर हेर्नुहोस्
उत्तर: वि .सं . १९९३ जेठ २०
शाहवंश अगाडि गोरखामा कसले राज्य गर्थे ?
उत्तर हेर्नुहोस्
उत्तर: खड्काहरुले
ढक, तराजु, माना, पाथीको चलन चलाउने राजा को हुन्?
उत्तर हेर्नुहोस्
उत्तर: राम शाह
सुमति तन्त्र भनेको के हो ?
उत्तर हेर्नुहोस्
उत्तर: सबैभन्दा पुरानो तन्त्रविधा
कैदी अवस्थामै स्वर्गारोहाण हुने राजा को हुन्?
उत्तर हेर्नुहोस्
उत्तर: श्री ५ राजेन्द्र विक्रम शाह
शाहवंशमा बाजेको निधन पछी राजगद्दि सम्हाल्ने राजा को हुन् ?
उत्तर हेर्नुहोस्
उत्तर: नरभुपाल शाह र पृथ्वीवीरविक्रम शाह
द्रव्य शाहले गोरखा राज्यको स्थापना कहिले गरेका थिए ?
उत्तर हेर्नुहोस्
उत्तर: वि सं १६१६ भाद्र २५
शाहवंशमा दाजुको निधन पछि राजगद्दि सम्हाल्ने एक मात्र राजा को हुन् ?
उत्तर हेर्नुहोस्
उत्तर: राम शाह
कुन घटनालाई बासट्टीहरण भनिन्छ ?
उत्तर हेर्नुहोस्
उत्तर: ब्राहमणहरुको विर्ता र देवीदेवताहरुको गुठी मासी सैकिक सुदृढ गरेको घटना
राणा शासनकाल
कोतपर्व कुन ठाउँमा भएको थियो ?
उत्तर हेर्नुहोस्
उत्तर: वसन्तपुर (भण्डारखाल पर्व : बागेश्वरी काठमाडौँ)
राणाकालिन समयमा कर्मचारीलाई खुसि पार्न दिइने दस्तुरलाई के भनिन्थ्यो ?
उत्तर हेर्नुहोस्
उत्तर: पानफुल
विर अस्पतालको निर्माण कसले गरेका हुन्?
उत्तर हेर्नुहोस्
उत्तर: वीरशमशेर
नारायणहिटी राजदरबार र घण्टाघरको निर्माण कसले गरेका हुन् ?
उत्तर हेर्नुहोस्
उत्तर: वीरशमशेर
तेजारथ अड्डाको स्थापना कसले गरेका हुन्?
उत्तर हेर्नुहोस्
उत्तर: रणोद्धिप सिंह
कोतपर्व कहिले भएको थियो ?
उत्तर हेर्नुहोस्
उत्तर: वि सं १९०३ आश्विन २ गते
नेपालको राजदरबार हनुमान ढोकाबाट नारायणहिटी कसको पालामा सारिएको थियो ?
उत्तर हेर्नुहोस्
उत्तर: श्रि ५ पृथ्वीवीरविक्रम शाहदेव (वि. सं. १९४३ मा )
कोतपर्व हुँदा नेपालका प्रधानमन्त्री को थिए ?
उत्तर हेर्नुहोस्
उत्तर: फत्तेजंग शाह
कोतपर्वमा सर्वप्रथम मारिने व्यक्ति की थिए ?
उत्तर हेर्नुहोस्
उत्तर: अभिमानसिंह बस्नेत
भण्डारखाल पर्व कहिले भएको थियो ?
उत्तर हेर्नुहोस्
उत्तर: वि. सं. १९०३ कार्तिक १२ गते
भण्डारखाल पर्वमा स्रवप्रथम मारिने व्यक्ति को हुन्?
उत्तर हेर्नुहोस्
उत्तर: वीरध्वज बस्नेत
अलौ पर्व कहिले भएको थियो ?
उत्तर हेर्नुहोस्
उत्तर: वि. सं. १९०४ श्रावण
थापाथली सन्धि कसको पालामा भएको थियो ?
उत्तर हेर्नुहोस्
उत्तर: श्री ३ जंगबहादुर
कुन राणा प्रधानमन्त्रीले एग्नेट प्रथा लागु गरेका थिए ?
उत्तर हेर्नुहोस्
उत्तर: जंगबहादुर
जंगबहादुरलाई राणाको पदवी कसले प्रदान गरेका थिए ?
उत्तर हेर्नुहोस्
उत्तर: श्री ५ सुरेन्द्र (वि. सं. १९०५ मा)
धीरशमशेरका कतिजना छोराहरु प्रधानमन्त्री बनेका थिए ?
उत्तर हेर्नुहोस्
उत्तर: ५ (विर, देव, चन्द्र, भीम र जुद्ध)
बेलायतकी महारानीले जंगबहादुर राणालाई के उपाधि प्रदान गरेकी थिइन ?
उत्तर हेर्नुहोस्
उत्तर: Kinghthood of the Grand Cross
नेपालको इतिहासमा गर्भे जनरल भनी कसलाई चिनिन्छ?
उत्तर हेर्नुहोस्
उत्तर: वीरजंग (कुँवर) राणा, जंगबहादुर राणाका कान्छा छोरा
३८ सालको पर्व तथा ४२ सालको पर्व कसको पालामा भएका थिए ?
उत्तर हेर्नुहोस्
उत्तर: पृथ्वी वीरविक्रम शाहदेव
धीरशमशेरका छोराहरुले आफ्नै काका श्री ३ रणोद्धिपको हत्या गरेको घटानालाई के भनी चिनिन्छ ?
उत्तर हेर्नुहोस्
उत्तर: ४२ सालको पर्व
पञ्चाङ्गको प्रकाशन कसको पालामा भएको थियो ?
उत्तर हेर्नुहोस्
उत्तर: रणोद्धिप सिंह
३८ सालको पर्वका मुख्य योजनाकार को हुन्?
उत्तर हेर्नुहोस्
उत्तर: नरेन्द्रविक्रम शाह
अङ्गभंगको सजायमाथि प्रतिबन्ध लगाएने प्रधानमन्त्री को हुन् ?
उत्तर हेर्नुहोस्
उत्तर: जंगबहादुर
नेपाली समाजलाई तागाधारी; मतवाली र पानी नचल्ने गरी ३ भागमा विभाजन गर्ने को हुन् ?
उत्तर हेर्नुहोस्
उत्तर: जंगबहादुर
सोह्र वर्ष मुनीका हमिला र ५ वर्षमुनिका छोराछोरी छाडी सति जान नपाउने नियम बसाल्ने व्यक्ति को हुन् ?
उत्तर हेर्नुहोस्
उत्तर: जंगबहादुर राणा
‘राष्टापिता’ तथा ‘जनताका राजा’ भनी कसलाई चिनिन्छ ?
उत्तर हेर्नुहोस्
उत्तर: श्री ५ त्रिभुवन
श्री ५ त्रिभुवनको पालामा कति जना प्रधानमन्त्री भएका थिए?
उत्तर हेर्नुहोस्
उत्तर: ६ जना
मकै पर्व कसको पालामा भएको थियो ?
उत्तर हेर्नुहोस्
उत्तर: चन्द्रशमशेर
मकै पर्व कहिले भएको थियो ?
उत्तर हेर्नुहोस्
उत्तर: वि. सं. १९७७
खड्ग निशाना छापको चलन कसले चलाए ?
उत्तर हेर्नुहोस्
उत्तर: चन्द्रशमशेर
मिलिटरी अस्पताल र सिंहदरबारको निर्माण गर्ने को हुन् ?
उत्तर हेर्नुहोस्
उत्तर: चन्द्रशमशेर
फपिंङ जलविधुत् केन्द्रको स्थापना कसले गरेका हुन्?
उत्तर हेर्नुहोस्
उत्तर: चन्द्रशमशेर
नेपालको पहिलो राष्ट्रिय जनगणना कसको पालामा भएको थियो ?
उत्तर हेर्नुहोस्
उत्तर: चन्द्रशमशेर
प्रथम विश्व युद्ध हुँदा नेपालका प्रधानमन्त्री को थिए ?
उत्तर हेर्नुहोस्
उत्तर: चन्द्रशमशेर
सर्वप्रथम एसएलसी पास गर्ने प्रधानमन्त्री को हुन्?
उत्तर हेर्नुहोस्
उत्तर: चन्द्रशमशेर
आफ्नो नामको पछाडी जबरा लेख्ने पहिलो राणा प्रधानमन्त्री को हुन् ?
उत्तर हेर्नुहोस्
उत्तर: वीरशमशेर
कुन राणा प्रधानमन्त्रीको पालादखि सर्वसाधरण जनताका छोराछोरीले दरबार स्कुलमा पढ्न पाए ?
उत्तर हेर्नुहोस्
उत्तर: वीरशमशेर
लालदरबार र सेतो दरबार कसले बनाएका हुन् ?
उत्तर हेर्नुहोस्
उत्तर: वीरशमशेर
नेपालमा प्रथम मोटर चढ्ने व्यक्ति को हु न् ?
उत्तर हेर्नुहोस्
उत्तर: वीरशमशेर (वि. सं. १९५० मा)
नेपालको पहिलो कारागार केन्द्रिय कारागार कहिले स्थापना भएको हो ?
उत्तर हेर्नुहोस्
उत्तर: वि. सं. १९५१ ( विरशमशेरका पालामा )
गोरखापत्रको प्रकाशन कहिले र कसको पालामा भएको हो ?
उत्तर हेर्नुहोस्
उत्तर: वि. सं. १९५८, देवशमशेर
‘मकैको खेती’ नामक पुस्तकका लेखक को हुन् ?
उत्तर हेर्नुहोस्
उत्तर: सुब्बा कृष्णालाल
लोग्नेको मृत्युपछि लोग्नेको चितामै पत्नीले पनी त्याग्ननु पर्ने नेपालको प्राचिन चलन सति प्रथाको उन्मुलन कसले गरेका हुन् ?
उत्तर हेर्नुहोस्
उत्तर: चन्द्रशमशेर (वि .सं. १९७७)
मोहन आकाशवाणीको सञ्चालन कहिलेदेखि भएको हो ?
उत्तर हेर्नुहोस्
उत्तर: वि स २००६
श्री ५ सुरेन्द्रले जंगबहादुरलाई कास्की र लमजुङको श्रि ३ महाराजको पदवी कहिले प्रदान गरे ?
उत्तर हेर्नुहोस्
उत्तर: वि सं १९१३
द्धितिय विश्व युद्ध कसको पालामा भएको थियो ?
उत्तर हेर्नुहोस्
उत्तर: जुद्धशमशेर
जय नेपाल शब्द प्रयोग गर्ने पहिलो व्यक्ति को हुन् ?
उत्तर हेर्नुहोस्
उत्तर: सहिद शुक्रराजशास्त्री
गंगालालको जन्म कहिले र कहाँ भएको थियो ?
उत्तर हेर्नुहोस्
उत्तर: वि सं १९७५ रामेछाप
नेपालको कुन सहिदलाई सहिद माइला उपनामले चिनिन्छ?
उत्तर हेर्नुहोस्
उत्तर: दशरथ चन्द
सबभन्दा छोटो कार्यकाल भएका राणा प्रधानमन्त्री को हुन्?
उत्तर हेर्नुहोस्
उत्तर: देवशमशेर (११४ दिन)
चन्द्रशमशेरले कहिले देखि कहिलेसम्म शासन गरे ?
उत्तर हेर्नुहोस्
उत्तर: वि सं १९५८ देखि १९८६ सम्म (२९ वर्ष )
छोराछोरीलाई बन्धक राख्ने चलन कसले हटाएका हुन् ?
उत्तर हेर्नुहोस्
उत्तर: भीमशमशेर
नेपालमा महाभुकम्प कहिले र कसको पालामा गएको थियो ?
उत्तर हेर्नुहोस्
उत्तर: वि सं १९९० माघ २, जुद्धशमशेर
महावीर इन्स्टिच्युट नामक स्कुलको स्थापना कहिले भएको थियो ?
उत्तर हेर्नुहोस्
उत्तर: वि सं १९९३
वैशाख १ गतेलाई औपचारिक रुपमा नयाँ वर्षका रुपमा कहिलेदेखि मनाउन थालिएको हो ?
उत्तर हेर्नुहोस्
उत्तर: वि सं १९६१ (चन्द्रशमशेरद्धारा सुरुवात गरिएको हो)
नेपालमा राणा प्रधानमन्त्री कतिजना भएका थिए ?
उत्तर हेर्नुहोस्
उत्तर: १० जना
कुन राणा प्रधानमन्त्रीलाई स्कुलका पिता भनिन्छ ?
उत्तर हेर्नुहोस्
उत्तर: पदमशमशेर
सर्वसाधरण जनतालाई रेडियो राख्न अनुमति दिने राणा प्रधानमन्त्री को हुन् ?
उत्तर हेर्नुहोस्
उत्तर: मोहनशमशेर
नेपालको ‘उधोग संस्थापक’ कसलाई भनिन्छ?
उत्तर हेर्नुहोस्
उत्तर: श्री ३ जुद्धशमशेर
नेपालको ताजमहल भनी चिनिने पाल्पाको रानि महल कसले बनाएका हुन् ?
उत्तर हेर्नुहोस्
उत्तर: खड्गशमशेर (दिवंगत रानी तेजकुमारी को सम्झानामा)
खड्ग निशानालाई कहिले देखि कुन् राणा प्रधानमन्त्रीले निशाना छापमा परिवर्तन गराए ?
उत्तर हेर्नुहोस्
उत्तर: वि सं १९७३ , चन्द्रशमशेर
राणाकालमा सर्वोच्च न्यायालयका रुपमा कुन अडडाले काम गथ्यो ?
उत्तर हेर्नुहोस्
उत्तर: बिन्तीपत्र निक्सारी अडडा
एकतन्त्रिय राणा शासन कालमा कुन कुन प्रधानमन्त्रीलाई बलपूर्वक पदमुक्त गरिएको थियो?
उत्तर हेर्नुहोस्
उत्तर: देवशमशेर र पदमशमशेर
लाइर्बेरी पर्व, वसन्तशमशेर पर्व ,प्रचण्ड गोरखा पर्व कसको पालामा भएको थियो?
उत्तर हेर्नुहोस्
उत्तर: भीमशमशेर
नेपालमा कागजी नोटको प्रचलन कुन राजाको पालालेखि सुरु भएको हो ?
उत्तर हेर्नुहोस्
उत्तर: जुद्धशमशेर
‘राजर्षि महाराज’ भनी कसलाई चिनिन्छ ?
उत्तर हेर्नुहोस्
उत्तर: जुद्धशमशेर
एसएलसी बोर्डको स्थापना, चिडियाखानाको स्थापना, जन्म, मृत्यु दर्ता , अडडाको स्थापना तथा उधोग परिषदको स्थापना कसको पालामा भएको थियो ?
उत्तर हेर्नुहोस्
उत्तर: जुद्धशमशेर
वि .सं. १९९० को महाभुकम्पको केन्द्रविन्दु कहाँ थियो ?
उत्तर हेर्नुहोस्
उत्तर: भारतको मोतिहारि
शुक्रराज शास्त्रीको अध्यक्षतामा वि. सं १९९४ मा गठित संस्था कुन् हो ?
उत्तर हेर्नुहोस्
उत्तर: नागरिक अधिकार समिति
सोह्र वर्ष मुनीका महिला र ५ वर्ष मुनिका छोराछोरी छाडि सति जान नपाउने नियम बनाउने व्यक्ति को हुन् ?
उत्तर हेर्नुहोस्
उत्तर: जंगबहादुर राणा
गोरखा दक्षिण बाहु र प्रियदर्शन उपाधिको स्थापना कसले गरेका थिए ?
उत्तर हेर्नुहोस्
उत्तर: वीरशमशेर
कार्यालय समय १०_ ५ निर्धारण गर्ने राणा प्रधानमन्त्री को हुन् ?
उत्तर हेर्नुहोस्
उत्तर: देवशमशेर
नेपालका कुन प्रधानमन्त्रीका पालामा महिला शिक्षाको सुरुआत भएको थियो ?
उत्तर हेर्नुहोस्
उत्तर: वीरशमशेर
दासत्वमोचन कहिले भएको थियो ?
उत्तर हेर्नुहोस्
उत्तर: वि सं १९८१
नेपालको सबभन्दा पुरानो नहर ‘चन्द्र नहर’ कहिले र कसको पालामा बनेको थियो ?
उत्तर हेर्नुहोस्
उत्तर: वि सं १९६५ ,चन्द्रशमशेर
प्रख्यात अलौको युद्ध कसकसको बिचमा भएको थियो ?
उत्तर हेर्नुहोस्
उत्तर: श्री ५ राजेन्द्रबिक्रम शाह र जंगबहादुर राणाका बिच
कार्यालय समय फागुनदेखि कार्तिकसम्म १० _ ५ र मंसिरदेखि माघसम्म १० _ ४ कायम गर्ने व्यक्ति को हुन् ?
उत्तर हेर्नुहोस्
उत्तर: पदमशमशेर
‘रुन्चे प्रधानमन्त्री’ भनी कसलाई चिनिन्छ ?
उत्तर हेर्नुहोस्
उत्तर: पदमशमशेर
राणाकालमा सुन, चादि, आभुषणसम्बन्धी कार्य कुन निकायले गर्दथ्यो ?
उत्तर हेर्नुहोस्
उत्तर: कंडेल चोक
पदमा छँदै हत्या भएका नेपालका प्रधानमन्त्री को को हुन् ?
उत्तर हेर्नुहोस्
उत्तर: माथवरसिंह थापा , फत्तेजंग शाह र रणोद्धिप सिंह
बाँके, बर्दिया, कैलाली, कञ्चनपुर कुन राजाको पालामा फिर्ता भएका हुन ?
उत्तर हेर्नुहोस्
उत्तर: श्री ५ सुरेन्द्र
२००७ साल पश्चातको घटनाक्रम
नेपालको शान्ति क्षेत्रको प्रस्तावलाई हालस्मा कति राष्ट्रले समर्थन जनाएका छन्?
उत्तर हेर्नुहोस्
उत्तर: ११६
‘उसैका लागि’ (२०१५) र ‘फेरी उसैका लागि’ (२०२१) काव्य कृतिका रचनाकार को हुन्?
उत्तर हेर्नुहोस्
उत्तर: श्री ५ महेन्द्र
२०१५ सालको आमनिर्वाचनमा सबभन्दा बढी मत ल्याउने को हुन्?
उत्तर हेर्नुहोस्
उत्तर: काशीप्रसाद श्रीवास्तव
जनमत सङग्रहको घोषणा कहिले गरिएको थियो ?
उत्तर हेर्नुहोस्
उत्तर: वि सं २०३६ जेठ १०
श्री ५ वीरेन्द्रको समूल वंश नाश हुने गरि विभत्स नरसंहाकारि नारायणहिटि हत्याकाण्ड कहिले भएको थियो ?
उत्तर हेर्नुहोस्
उत्तर: वि सं २०५८ जेठ १९
श्री ५ वीरेन्द्रबाट नेपाललाई शान्ति क्षेत्र घोषित गरियोस् भन्नी प्रस्ताव कहिले पेश गरिएको थियो ?
उत्तर हेर्नुहोस्
उत्तर: वि सं २०३१ फागुन १३ (शुभराज्याभिसेकको भोलिपल्ट)
जनमत सङ्ग्रहको निर्वाचन कहिले सम्पन्न भएको थियो ?
उत्तर हेर्नुहोस्
उत्तर: वि सं २०३७ वैशाख २०
२०३७ सालको एतिहासिक जनमत संग्रहका क्रममा गठित राष्ट्रिय चुनाव आयोगका अध्यक्ष को थिए?