आज विश्व पोलियो दिवस - आयोग तयारीको लागि महत्वपुर्ण तथ्यहरु
आज विश्व पोलियो दिवस - आयोग तयारीको लागि महत्वपुर्ण तथ्यहरु
- आज लक्ष्मीपुजाको अतिरिक्त विश्व पोलियो दिवस पनि हो ।
- रोटरी इन्टरनेशनलको पहलमा २४ अक्टोबरका दिन यो दिवस विश्वभर मनाउन सुरु गरिएको हो ।
- पोलियो खोपको आविष्कारकर्ता 'जोनास साल्क' को जन्मदिनको अवसर पारी पोलियो दिवस मनाउन थालिएको हो ।
- यो रोगले मुख्यतया ५ वर्ष मुनिका बालबालिकालाई असर गर्छ।
- पोलियोलाई 'पोलियोमाइलाइटिस' वा 'बेबी स्ट्रोक' पनि भनिन्छ
- 'जोनास साल्क' ले सन् १९५५ मा पोलियो खोपको पत्ता लगाएका थिए ।
- सन २०१४ को मार्चमा नेपाल पोलियो मुक्त राष्ट्र घोषित भइसकेको छ ।
- यस वर्षको विश्व पोलियो दिवसको नारा ‘आमा र बालबालिकाहरुको लागि स्वस्थ भविष्य’ तय गरिएको छ ।
- नेपालमा सन् २०१० यता पोलियो रोगी भेटिएका छैनन्।