• Butwal, Nepal
  • info@easyloksewa.com
  • +977-9867331082
साइन-अप लग-इन
लग-इन साइन-अप

लग-इन

पासवर्ड भुल्नु भयो ?

साइन-अप

approve हुन समय लग्यो भने 9867331082 whatsapp गर्नु होला
Logo
  • General Knowledge(GK)
  • Current Affairs
  • Syllabus
  • vacancy
  • Intellectual Level (IQ)
  • English
    • Grammar
    • Vocabulary
    • Reading Comprehension
  • Subjective
    • शाखा अधिकृत (section Officer )
    • नायब सुब्बा
    • Nepal Rastra Bank नेपाल राष्ट्र बैंक
    • नेपाल बैंक (Nepal Bank)
    • शिक्षक सेवा आयोग (Teachers Service Commission)
    • कानुन ऐन तथा नियमावली (Laws Acts and Regulations)
    • सुरक्षा निकायहरू (Security Agencies)
  • Blogs
  • अनलाइन परीक्षा
  • डेमो परीक्षा

सत्यमोहन जोशीका कीर्तिमान हरु ।

  • गृह पृष्ठ
  • समसामयिक
  • सत्यमोहन जोशीका कीर्तिमान हरु ।

सत्यमोहन जोशीका कीर्तिमान हरु ।


👉️ सत्यमोहन जोशीको जन्म १९७७ साल वैशाख ३० गते ललितपुरको बखुम्बहालमा भएको थियो । सानामा यी अति चकचके थिए । पिट्ता, कुट्ता पनि नभएपछि यिनलाई घरमा नै बाँधेर राखिन्थ्यो । त्यसो नगेको भए यिनी इनारमा पनि फाल हान्न सक्थे र घरको धुरीबाट पनि हाम फाल्न सक्थे । तर त्यतिखेर यी लाटा थिए । यिनका कुरा बुबा आमाले ईशारामा बुझ्नु पर्थ्यो ।

👉️जोशीले अमेरिकन साँस्कृतिक केन्द्रमा पनि जागिर खाए । उनले महेन्द्र राजमार्गको प्रचारप्रसार प्रमुख भएर पनि काम गरे । उनी पुरातत्व विभागमा पनि निर्देशक भए । उनले चीनको महाविद्यालयमा पनि जागिर खाए । उनले त्यहाँ चिनीयाहरुलाई नेपाली पढाए । उनले पढाएका चिनियाहरुले पेकिङ रेडियोबाट क्रमशः नेपाली कार्यक्रम पनि चलाउन थाले । चीनमा बस्ता माओ त्सेतुङले जोशीलाई स्नेह गरे । उनले पनि माओ त्सेतुङका कविता नेपाली भाषामा अनुवाद गरेर प्रकाशित गरे ।

👉️जोशी नेपाली भाषाको व्युत्पत्ति थलो जुम्लाको सिँजा पुगे । नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानबाट बजेट स्वीकृत गराएर त्यस ठाँउमा उनले अरु ५ जनालाई पनि लगे । त्यहाँ उनले विविध हस्तलिखित ग्रन्थ र शिलापत्रहरू पनि फेला पारे । जोशी नेपाली भाषाको व्युत्पत्ति थलो जुम्लाको सिँजा पुगे । नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानबाट बजेट स्वीकृत गराएर त्यस ठाँउमा उनले अरु ५ जनालाई पनि लगे । त्यहाँ उनले विविध हस्तलिखित ग्रन्थ र शिलापत्रहरू पनि फेला पारे ।  जोशीहरू भएर ‘कर्णलीलोक संस्कृति’ नामक पाँच ग्रन्थहरू लेखे । साथै ती पाँचै कृतिहरूका लागि पाँचै जनाले त्यसबेला संयुक्त रुपमा मदन पुरस्कार पाएका थिए ।

👉️शाहीकालीन समयमा नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानको बेग्लै गरिमा, रौनक र इज्जत थियो । त्यसबेला साँच्चैका प्राज्ञ मात्र त्यहाँ पुग्थे । त्यही फेरोमा जोशी पनि त्यहाँ सदस्यसचिव भए । त्यसबेला कुलपति चाहिं केदारमान व्यथित थिए र उनी प्रथम जन कुलपति थिए । व्यथित भन्दाअघि राजा महेन्द्र नै त्यहाँ कुलपति थिए । जोशीको कार्यकालदेखि प्रज्ञाप्रतिष्ठानको भौतिक र साँस्कृतिक विकास हुन थाल्यो । साथै त्यसै बेलादेखि त्यहाँ गाइजात्रा महोत्सव सुरु भएको थियो । साथै ‘महेन्द्र स्मृतिग्रन्थ’ पनि उनैको कार्यकाल र सम्पादनमा प्रकाशित भएको थियो ।

👉️१३औँ शताब्दीमा नेपालबाट चीन पुगेका अरनिकोबारे जोशी अध्ययनमा लागे । चीनमा रहँदा उनले अरनिकोको अस्तित्व भए ठाँउको खोज गरिरहे । उनी अरनिकोको समाधिस्थल पनि पुगे । जोशीले तिब्बतमा पनि अरनिकोले बनाएको चैत्य फेला पारे । यथेष्ट जानकारी लिएपछि उनी अरनिकोबारे प्रचारमा लागे । उनले अरनिको श्वेतचैत्यमा आधारित कथा र महाकाव्य पनि लेखे । अरनीको ६३ वर्षको उमेरमा सन् १३०६ मा चीनमा नै स्वर्गीय भए भन्ने कुरा जोशीले नेपाली भाषामा लिपिबद्ध गरिदिए ।

👉️जोशीकै समेत कारण जोडिएर अरनिको नेपालका राष्ट्रिय विभूति बने । जोशीले ‘कलाकार अरनिको’ नामक भव्य ग्रन्थ लेखे र त्यही भव्य कृति चीनको राजकीय भ्रमणताका राजा वीरेन्द्रले चीनका राष्ट्रपतिलाई उपहार दिएका थिए ।

👉️जोशीले तिब्बत गएर राजकुमारी भृकुटीबारे पनि धेरै जानकारी बटुले । त्यहाँ भृकुटीलाई देवी मानेर पूजा गरिएको पनि उनले देखे । भृकुटीलाई तिब्बतीहरुले हरिततारा भन्ने बेहोरा पनि जोशीले नेपालमा आएर प्रचार गरे ।

👉️जोशीले ‘नेपाली राष्ट्रिय मुद्राहरु’ नामक ग्रन्थ लेखे । उनले महेन्द्र मल्लको चाँदीको मुद्रा समेत पनि पत्ता लगाए । त्यसै बेलादेखि नेपालमा चाँदीको पैसाको पनि सुरुवात भएको उनैले पत्ता लगाए । प्राचीन कालदेखि तत्कालीन बेलासम्मका सबै मुद्राहरुको सङ्कलन, अन्वेषण र अध्ययन गरी उनैले ‘नेपाली राष्ट्रिय मुद्राहरु’ नामक आधिकारिक ग्रन्थ तयार पारेका थिए ।

👉️ जोशीका अनुसार  नेपालमा अन्तर्राष्ट्रिय मापदण्डको मुद्रा चाहिं राजा त्रिभुवनका पालामा आएको रहेछ । जोशीका अनुसार राजा महेन्द्रका पालादेखि विशिष्ट र आधुनिक नेपाली मुद्रा चलनचल्तीमा आए ।

👉️शताब्दी पुरुषको उपाधि :
नइको समेतको सौजन्यमा त्रिमूर्ति निकेतनले २०७१ साल मङ्सिर १५ गते जोशीलाई पाँच लाख रुपियाँ राशि सहित सप्तनाग जडित उनकै उचाईको कलात्मक काठको फ्रेममा ताम्रपत्र उनलाई समर्पण गरिएको थियो ।

नइ र त्रिमूर्ति निकेतनको अनुरोधमा नेपाल सरकारले समेत जोशीलाई २०७४ साल वैशाख २१ गते ‘वाङमय शताब्दी पुरुष’को उपाधिद्वारा विभूषित गर्यो । 

👉️शताब्दी पुरुष डा.सत्यमोहन जोशीकृत ७१ वटा पुस्तक प्रकाशित भैसकेका छन् । उनले नेपाली साजिलो वर्णमालादेखि ‘कीर्तिबाबुको स्मृति’सम्म नाउँका कृति लेखे । उनका कृतिहरू ३३ वटा नेपाली भाषा र ३७ वटा नेपाल भाषामा छन् ।

👉️नेपालका विभिन्न गाउँगाउँ गएर उनले विरही गीत सङ्कलन गर्दै जाँदा उनले ‘लोक संस्कृति’ नामक पुस्तक लेखेका थिए। पछि गएर यही पुस्तकले वि. सं २०१३ सालमा मदन पुरस्कार पाएको थियो। मदन पुरस्कार गुठीको स्थापनाकालमा नै उनले उक्त पुरस्कार प्राप्त गरेका थिए। नेपालमा लिच्छवि कालदेखि आधुनिक नेपालसम्म प्रयोग भएका मुद्राहरूको खोज तलास गर्दै र यही सेरोफेरोमा लेखिएको ‘नेपाल राष्ट्रिय मुद्रा’ नामक पुस्तकका लागि विसं. २०१७ मा उनले दोस्रोपटक मदन पुरस्कार प्राप्त गरेका थिए। तेस्रोपटक वि. सं. २०२८ सालमा उनले ‘कर्णाली लोक संस्कृति’ पुस्तकका लागि मदन पुरस्कार पाएका थिए। हालसम्म तीनपल्ट मदन पुरस्कार पाउने उनी एक्ला व्यक्ति हुन्।
👉️ सत्यमोहन जोशी को २०७९ असोज ३० गते १०३ वर्ष को उमेरमा निधन भयो । उनको निधनमा नेपाल सरकारले सार्वजनिक विदा दिएको थियो ।

प्रचलित

Top 10 Best-Ranked Universities in the USA (2025)

🌟 Top 10 Universities in the US (2025 QS Rankings)

<...

SEE 2081 Result: Check Your Result via SMS, IVR & Official Websites

 

SEE 2081 Result: Check Your Result via SMS, IVR, and Website—Official Details

 

The National Examination Board (NEB), Examination Control Office...

एयर इण्डिया फ्लाइट AI171: अहमदाबाद–लन्डन दुर्घटना भयको छ 

एयर इण्डिया फ्लाइट AI171: अहमदाबाद–लन्डन दुर्घटना भयको छ 

२०२५ को जुन १२ मा, भारतको अहमदाबादबाट लन्डन गेटविक जाने एयर इण्डिया फ्लाइट AI171, बोइङ ७८७-८ ड्रीमलाइ...

सबै हेर्नुहोस्
<

परिक्ष्याको लागि तयारी


लोक सेवा तयारीको लागी आवश्यक सम्पुर्ण सामाग्रीहरु । अनलाइन लोक सेवा तयारी को लागी सवैभन्दा प्रभावकारी स्रोत लोक सेवा तयारीको लागी आवश्यक सम्पुर्ण सामाग्रीहरु । अनलाइन लोक सेवा तयारी को लागी सवैभन्दा प्रभावकारी स्रोत लोक सेवा तयारीको लागी आवश्यक सम्पुर्ण सामाग्रीहरु । अनलाइन लोक सेवा तयारी को लागी सवैभन्दा प्रभावकारी स्रोत


अनलाइन परीक्षा    डेमो परीक्षा
Logo

सम्पर्क ठेगाना

  • info@easyloksewa.com
  • +977-9867331082
  • Butwal, Nepal

उपयोगी लिंकहरु

  • General Knowledge (GK)
  • Current Affairs
  • Syllabus
  • Vacancy
  • English
  • अनलाइन परीक्षा

© 2026 All Rights Reserved by easyloksewa

Coded with by KTMRush

लग आउट
के तपाईं निश्चित रूपमा लग आउट गर्न चाहनुहुन्छ ?
QS Rank University Location