• Butwal, Nepal
  • info@easyloksewa.com
  • +977-9867331082
साइन-अप लग-इन
लग-इन साइन-अप

लग-इन

पासवर्ड भुल्नु भयो ?

साइन-अप

approve हुन समय लग्यो भने 9867331082 whatsapp गर्नु होला
Logo
  • General Knowledge(GK)
  • Current Affairs
  • Syllabus
  • vacancy
  • Intellectual Level (IQ)
  • English
    • Grammar
    • Vocabulary
    • Reading Comprehension
  • Subjective
    • शाखा अधिकृत (section Officer )
    • नायब सुब्बा
    • Nepal Rastra Bank नेपाल राष्ट्र बैंक
    • नेपाल बैंक (Nepal Bank)
    • शिक्षक सेवा आयोग (Teachers Service Commission)
    • कानुन ऐन तथा नियमावली (Laws Acts and Regulations)
    • सुरक्षा निकायहरू (Security Agencies)
  • Blogs
  • अनलाइन परीक्षा
  • डेमो परीक्षा

चार नेपाली प्रवृत्ती जसले नेपाललाइ श्रीलंका बनाउदै छन् ।

  • गृह पृष्ठ
  • समसामयिक
  • चार नेपाली प्रवृत्ती जसले नेपाललाइ श्रीलंका बनाउदै छन् ।

चार नेपाली प्रवृत्ती जसले नेपाललाइ श्रीलंका बनाउदै छन् ।

श्रीलंका सन् १९४८ मा वेलायति उपनिवेशबाट स्वतन्त्र बनेको थियो । श्रीलंकाले स्वतन्त्र भएयताकै सवैभन्दा खराव आर्थिक संकट झेलिरहेको छ । नेपालले पनि श्रीलंकाकै बाटो पछ्याइरहेको विवरण समाचारहरुमा देख्न र सुन्न सकिन्छ । आज नेपालमा देखा परेका प्रवृत्तिहरु जसले नेपाललाइ श्रीलंकाको जस्तै आर्थिक संकटतर्फ अग्रसर बनाइरहेका छन, तिनै प्रवृत्तिहरुलाइ केलाउने प्रयत्न गरिएको छ ।

प्रवृत्ती नं १ - श्रीलंकाको विदेशी मुद्रा आर्जन गर्ने सवैभन्दा प्रमुख स्रोत पर्यटन हो । करिव ३ वर्षअघि कोलम्वोका चर्च र होटलहरुमा भएको आतंकवादी हमला तथा कोरोना महामारी पश्चात त्यहाँको पर्यटक आवागमन रोकिन पुग्यो । त्यसपश्चात त्यहाँको वैदेशिक मुद्रा सञ्चितिमा गिरावटको सुरुवात भयो । नेपालको विदेशी मुद्रा आर्जन गर्ने सवैभन्दा प्रमुख स्रोत भनेको रेमिट्यान्स हो। नेपालको विदेशी मुद्रा आर्जन गर्ने अन्य भरपर्दो स्रोतहरु छैनन् त्यसैले वैदेशीक रोजगारीको गन्तब्य मुलुकहरुमा अलिकति गिरावट आउन साथ नेपालको वैदेशिक मुद्रा सञ्चिति श्रीलंकाको जस्तै हुनेमा दुइमत छैन ।

प्रवृत्ती नं २ - वैदेशिक ऋण - श्रीलंकाको वैदेशिक ऋण करिव ४० विलियन अमेरीकी डलर (करिव ५१ खर्व) रहेको छ । Trading Economics का अनुसार सन् २०२० को डिसेम्बरमा श्रीलंकाको कुल ग्राहस्थ उत्पादनको १०१ प्रतिशत वैदेशिक ऋण थियो । उक्त ऋणको साँवा ब्याज भुक्तानी गर्दा नै श्रीलंकाको वैदेशिक मुद्रा सञ्चितिले नपुग्ने स्थिति पैदा भइ व्यापारीहरुलाइ अत्यावश्यक वस्तुको खरिदको लागी डलर उपलब्ध गराउन सकेन । नेपालको सन्दर्भमा कुल ग्राहस्थ उत्पादनको ४२ प्रतिशत वैदेशिक ऋण रहेको छ । नेपालको वैदेशिक ऋण करिव १९ खर्व पुगेको छ जसको साँवा व्याज भुक्तानीमा नेपालको कुल वार्षिक बजेटको १३ प्रतिशत हिस्सा खर्चिनु परेको छ ।

प्रवृत्ती नं ३ - श्रीलंकामा झैं नेपालमा पनि अहिले संकीर्ण, कृत्रिम र पाखण्डी राष्ट्रवादको भावना प्रबल भएको छ । लोकतान्त्रिक विश्वसँग वैचारिक शत्रुता राख्ने राजनीतिक शक्तिले जनताको मनोविज्ञानमा अनेक भ्रमको खेती गर्दैछन् । लोकतान्त्रिक शक्तिहरूले त्यसको बलियो प्रतिरोध गर्न सकिरहेका छैनन् । फलतः नेपालमा पनि उदार, संघवादी, समावेशी तथा प्रगतिशील लोकतान्त्रिक शक्तिहरू कमजोर हुने र अनुदार, रुढिवादी तथा राष्ट्रवादी शक्ति बलियो हुने जोखिम बढेर गएको छ ।

प्रवृत्ती नं ४ -  श्रीलंकन सरकारले ठुलो मात्रामा सस्तो लोकप्रियताको लागी विभिन्न कार्यक्रमको रूपमा कर छुटका सुविधाहरू दिन थाल्यो, जसको अंक बढेर कुल गार्हस्थ्य उत्पादनको १.२ प्रतिशतसम्म पुग्यो । श्रीलंकाको राष्ट्रपतिले देशमा अर्गानिक खेती विस्तार गर्ने भनी रासायनिक मल आयात गर्न बन्द गरेपछि खाद्यान्न उत्पादन मात्रै होइन कि चिया उत्पादन पनि २५ प्रतिशतले घट्न गई भुक्तानी असन्तुलन अरू बिग्रन गयो । श्रीलंका विश्वको चोथो ठूलो चिया निर्यातकको देश थियो । नेपालको राजनीतिक नेतृत्व पनि चुनावि लोकप्रियताको लागी जस्तोसुकै कार्यक्रम लागु गर्न पछि पर्दैनन् जुन राष्ट्रिय अर्थतन्त्रको लागी हानिकारक हुन्छ ।

चुनावमा राजनीतिक पार्टिहरुले सस्तो लोकप्रियताको लागी गर्ने प्रतिबद्धताको कारण राष्ट्रिय अर्थतन्त्र संकटउन्मुख बन्न सक्छ भन्ने कुरा श्रीलंकन संकटबाट नेपालि राजनितिज्ञहरुले सिक्नुपर्छ ।

प्रचलित

Top 10 Best-Ranked Universities in the USA (2025)

🌟 Top 10 Universities in the US (2025 QS Rankings)

<...

SEE 2081 Result: Check Your Result via SMS, IVR & Official Websites

 

SEE 2081 Result: Check Your Result via SMS, IVR, and Website—Official Details

 

The National Examination Board (NEB), Examination Control Office...

एयर इण्डिया फ्लाइट AI171: अहमदाबाद–लन्डन दुर्घटना भयको छ 

एयर इण्डिया फ्लाइट AI171: अहमदाबाद–लन्डन दुर्घटना भयको छ 

२०२५ को जुन १२ मा, भारतको अहमदाबादबाट लन्डन गेटविक जाने एयर इण्डिया फ्लाइट AI171, बोइङ ७८७-८ ड्रीमलाइ...

सबै हेर्नुहोस्
<

परिक्ष्याको लागि तयारी


लोक सेवा तयारीको लागी आवश्यक सम्पुर्ण सामाग्रीहरु । अनलाइन लोक सेवा तयारी को लागी सवैभन्दा प्रभावकारी स्रोत लोक सेवा तयारीको लागी आवश्यक सम्पुर्ण सामाग्रीहरु । अनलाइन लोक सेवा तयारी को लागी सवैभन्दा प्रभावकारी स्रोत लोक सेवा तयारीको लागी आवश्यक सम्पुर्ण सामाग्रीहरु । अनलाइन लोक सेवा तयारी को लागी सवैभन्दा प्रभावकारी स्रोत


अनलाइन परीक्षा    डेमो परीक्षा
Logo

सम्पर्क ठेगाना

  • info@easyloksewa.com
  • +977-9867331082
  • Butwal, Nepal

उपयोगी लिंकहरु

  • General Knowledge (GK)
  • Current Affairs
  • Syllabus
  • Vacancy
  • English
  • अनलाइन परीक्षा

© 2026 All Rights Reserved by easyloksewa

Coded with by KTMRush

लग आउट
के तपाईं निश्चित रूपमा लग आउट गर्न चाहनुहुन्छ ?
QS Rank University Location