समसामयिक सामान्य ज्ञान - २०२२ नोभेम्बर
२०२२ नोभेम्वर १
- अरब लिगको ३१औँ शिखर सम्मेलन अल्जेरियाको राजधानी अल्जियर्स, सन् २०२२ नोभेम्बर १ मा सुरुवात भएको छ ।
- ब्राजिलको राष्ट्रपतिमा लुइज इनासियो लुला द सिल्भा निर्वाचित भएका छन् ।
२०२२ नोभेम्बर ३
- इथियोपियामा चलिरहेको गृहयुद्धलाइ टिग्रे वार पनि भनिन्छ । इथियोपियन सरकार र टिग्रे पिपुल्स लिवरेसन फ्रन्ट वीच युद्धविराम सम्झौता भएको छ । यो युद्ध ३ नोभेम्बर २०२० देखि ३ नोभेम्बर २०२२ सम्म इथियोपियामा चलेको थियो ।
- पाकिस्तानी पुर्वप्रधानमन्त्री इमरान खानलाइ गोलि प्रहार भएको । पाकिस्तानको पन्जावको वाजिरावादमा एक र्यालिको क्रममा उनलाइ गोलि प्रहार भएको थियो । उनको खुट्टामा गोलि लागेको ।
- ह्विलचियर रग्वि विश्वकप लिग को २०२२ को उपाधि इङ्गल्याण्डले जितेको छ ।
नोभेम्बर ५
- क्यानडामा हालसम्मको उच्च तापक्रमको रेकर्ड कायम भएको छ । क्यानडाको क्युवेक शहरमा २५.३ डिग्रि सेल्सियस तापक्रम मापन गरिएको छ ।
नोभेम्बर ८
- डोटि जिल्लामा गएको ५.६ रेक्टर स्केलको भुकम्पको कारण ६ जनाको मृत्यु भएको छ ।
नोभेम्बर ११
- पुर्वी टिमोर आसियनको ११ औँ सदस्य राष्ट्र वन्ने भएको छ । यसअघि सन् २०२२ मा पुर्वी टिमोर आसियनको पर्यवेक्षक राष्ट्र बनेको थियो । आसियनको ४० औँ र ४१ औँ सम्मेलनले पुर्वी टिमोरलाई आसियनको सदस्यता प्रदान गर्ने सहमति भएको छ ।
नोभेम्बर १२
- न्युजिल्याण्डले सन २०२२ को महिला रग्वि विश्वकप जितेको छ । यो सँगै न्युजिल्याण्डले महिला रग्वि विश्वकप छैटौँ पटक जित्न सफल भएको छ ।
नोभेम्बर १३
- टी–२० विश्वकप क्रिकेट, २०२२ इंगल्याण्ड ले जितेको छ ।
|
20-20 विश्वकप क्रिकेट - २०२२
- सञ्चालन अवधि - १६ अक्टोवर - १३ नोभेम्वर २०२२
- विजेता - इङ्गल्याण्ड
- उपविजेता - पाकिस्तान
- सहभागि देश - १६
- जम्मा खेल - ४५
- प्लेयर अफ द सिरिज - स्याम करन
- सर्वाधिक रन बनाउने खेलाडि - विराट कोहली
- सर्वाधिक विकेट लिने खेलाडि - वानिन्डु हसरंगा (श्रीलंका)
|
- आसियानको ४० औँ र ४१ औँ शिखर सम्मेलन सन २०२२ नोभेम्बर १०-१३ मा कम्बोडियाको नोम पेन्हमा सम्पन्न भएको छ । यसको नारा "Asean A.C.T : Addressing Challenges Together" थियो । यसको शिखर सम्मेलन वर्षमा २ पटक हुन्छ र दुवै सम्मेलन एउटै देशले आयोजना गर्ने व्यवस्था रहेको छ ।
|
आसियन
- स्थापना - सन १९६७ अगष्ट ८ मा वैंकक घोषणापत्रमार्फत भएको ।
- Motto - "One vision, One Mission, One Community"
- प्रधान कार्यालय - इन्डोनेसियाको जकार्तामा रहेको
- सदस्य राष्ट्र - १०
- संस्थापक सदस्य राष्ट्र - ५ (थाइल्याण्ड, इन्डोनेसिया, मलेसिया, सिंगापुर, फिलिपिन्स)
- आसियनको त्रिमुर्ति - थाइल्याण्ड, मलेसिया, इन्डोनेसिया
- आसियन प्लस 3 भनेर चीन, जापान र दक्षिण कोरियालाई चिनिन्छ ।
- आसियन प्लस 2 भनेर अष्ट्रेलिया र न्युजिल्याण्डलाई चिनिन्छ ।
- आसियन प्लस 5 भनेर अष्ट्रेलिया, अमेरीका, क्यानडा, जापान र न्युजिल्याण्ड
- आसियनको प्रथम शिखर सम्मेलन सन १९७६ मा इन्डोनेसियाको वालिमा भएको थियो ।
- ४२ औँ र ४३ औँ शिखर सम्मेलन सन् २०२३ मा इन्डोनेसिया ले आयोजना गर्ने भएको छ ।
|
नोभेम्बर १५
- विश्वको जनसंख्या ८ अर्व पुगेको छ ।
|
वर्ल्ड पपुलेसन प्रस्पेक्टस २०२२
- वर्ल्ड पपुलेसन प्रोस्पेक्टस सार्वजनिक गर्ने निकाय - संयुक्त राष्ट्र संघको आर्थिक तथा सामाजिक मामिला विभाग
- विश्वको जनसंख्या ८ अर्ब पुग्ने मिति - सन् २०२२ नोभेम्बर १५
- विश्वको जनसंख्या ९ अर्ब पुग्ने मिति - सन् २०३७
- विश्वको जनसंख्या १० अर्ब पुग्ने मिति - सन् २०५८
- सन २०५० सम्ममा सबैभन्दा तिब्र गतिमा जनसंख्या वृद्धि हुने ८ देशहरु - कंगो, इजिप्ट, इथियोपिया, भारत, नाइजेरिया, पाकिस्तान, फिलिपिन्स र तान्जानिया
|
- G20 को सत्रौँ शिखर सम्मेलन इन्डोनेसियाको वालिमा सुरुवात भएको छ ।
- स्थापना - सन् १९९९ सेप्टेम्वर २६
- सदस्य राष्ट्र - २०
- पहिलो सम्मेलन - सन् २००८ मा वासिंटन डिसी, अमेरिकामा भएको
- अठारौँ सम्मेलन- सन् २०२३ सेप्टेम्बर मा भारतमा आयोजना हुने ।
- बीसौँ सम्मेलन - सन् २०२५ मा दक्षिण अफ्रिकामा आयोजना हुने ।
|
नोभेम्वर १७
- २३ औँ ल्याटिन ग्रामि अवार्ड उरुग्वेका गित लेखक जर्ज ड्रेक्सलेर ले प्राप्त गरेका छन् ।
नोभेम्बर १८
- International bureau of weights and measures को General Conference On Weight And Measures को २७ औँ सम्मेलन फ्रान्समा भएको छ । जसमा सन् २०३५ बाट लिप सेकेण्डलाई हटाइ DUT1 लागु गर्ने निर्णय भएको छ ।
- लिप सेकेण्ड भएको मिनेटमा ६१ सेकेण्ड हुन्छ ।
- सर्वप्रथम सन १९७२ जुन ३० मा लिप सेकेण्ड युनिभर्सल समयमा जोडिएको थियो ।
- यो लिप सेकेण्ड पर्ने वर्षको जुन वा डिसेम्बर महिनको अन्त्यमा जोडने गरिन्छ ।
- न्युक्लियर समय लाइ सौर्य समय सँग तालमेल मिलाउनको लागि लिप सेकेण्डको प्रयोग गरिन्छ ।
- हालसम्म २७ ओटा लिप सेकेण्डको प्रयोग गरिएको छ ।
|
|
DUT1
लिप सेकेण्डको प्रयोगवाट न्युक्लियर समय र सौर्य समय बीचको फरक ९ सेकेण्ड कायम गर्न सकिएकोमा DUT1 को प्रयोगबाट न्युक्लियर समय र सौर्य समय बीचको फरक १ सेकेण्ड कायम गर्न सकिन्छ । त्यसैले लिप सेकेण्डको प्रयोग भन्दा DUT1 लाइ प्रभावकारी मानिन्छ ।
|
नोभेम्बर २०
- नेपालमा प्रतिनिधिसभा र प्रदेश सभाको चुनाव सम्पन्न भएको ।
- सन् २०२२ को विश्वकप फुटवल कतारमा सुरुवात भएको ।
- इजिप्टको शार्म अर शेष शहरमा कोप २७ सम्पन्न भएको जसबाट जलवायु परिवर्तनका असरहरु न्युनीकरण तथा अनुकुलनका लागि कोष खडा गर्ने निर्णय भएको ।
|
कोप २७
- प्रथम कोप सम्मेलन - सन् १९९५ मा जर्मनिको वर्लिनमा
- COP को पुरा रुप - Conference Of Parties
- क्योटो प्रोटोकल कोप ३ बाट पारित भएको थियो ।
- कोप २७ सम्पन्न मिति - सन २०२२ को ६ नोभेम्बर देखि १८ नोभेम्बर सम्म
- कोप २८ कहाँ हुँदै छ ? - UAE मा सन् २०२३ मा
|
नोभेम्वर २५
- CITES को १९ औँ सम्मेलन पानामा शहरमा सम्पन्न भएको छ । यो सम्मेलनले Requiem family अन्तर्गतका ५४ प्रजातिका शार्क र hammerhead Shark प्रजातिको विक्रिवितरणलाई नियन्त्रण गर्ने सम्झौता भएको छ ।
|
CITES
- पुरा रुप - Convention on International Trade in Endangered Species of Wild Fauna and Flora.
- स्थापना - सन् १९७३ मार्च ३
- प्रधान कार्यालय - जेनेभा, स्वीटजरल्याण्ड
- सदस्य - १८४ (१८४ देशहरु र युरोपियन युनियन)
- यसले ३८००० प्रजातिलाइ संरक्षित प्रजातिको सुचीमा राखेको ।
- यसको प्रथम सम्मेलन - सन १९७६ मा स्विटजरल्याण्डको वर्न मा भएको थियो ।
- अठारौँ सम्मेलन सन् २०१९ मा जेनेभामा भएको थियो ।
- उन्नाइसौँ सम्मेलन सन २०२२ नोभेम्बर १४ देखि २५ सम्म पानामा शहरमा भएको थियो ।
|
नोभेम्वर २९
- विश्व स्वास्थ्य संगठनले मंकिपक्स रोगलाई एम पक्स नामाकरण गरेको छ ।
प्रोजेक्ट २२२२० के संग सम्बन्धित छ ?
- यो रुसद्धारा सञ्चालित न्युक्लियर शक्तिसम्पन्न आइसब्रेकरको निर्माण गर्ने प्रोजेक्ट हो ।