• Butwal, Nepal
  • info@easyloksewa.com
  • +977-9867331082
साइन-अप लग-इन
लग-इन साइन-अप

लग-इन

पासवर्ड भुल्नु भयो ?

साइन-अप

approve हुन समय लग्यो भने 9867331082 whatsapp गर्नु होला
Logo
  • General Knowledge(GK)
  • Current Affairs
  • Syllabus
  • vacancy
  • Intellectual Level (IQ)
  • English
    • Grammar
    • Vocabulary
    • Reading Comprehension
  • Subjective
    • शाखा अधिकृत (section Officer )
    • नायब सुब्बा
    • Nepal Rastra Bank नेपाल राष्ट्र बैंक
    • नेपाल बैंक (Nepal Bank)
    • शिक्षक सेवा आयोग (Teachers Service Commission)
    • कानुन ऐन तथा नियमावली (Laws Acts and Regulations)
    • सुरक्षा निकायहरू (Security Agencies)
  • Blogs
  • अनलाइन परीक्षा
  • डेमो परीक्षा

आर्थिक कुटनीति- विगत देखि वर्तमान- यसका उपलब्धिहरु

  • गृह पृष्ठ
  • समसामयिक
  • आर्थिक कुटनीति- विगत देखि वर्तमान- यसका उपलब्धिहरु

आर्थिक कुटनीति- विगत देखि वर्तमान- यसका उपलब्धिहरु

  • नेपालको व्यापार, व्यवसाय लिच्छविकाल देखि नै भारत र तिब्बतसम्म फैलिएको पाइन्छ । मल्लकालमा पनि नेपालमा उत्पादित कलात्मक सामग्रीहरुको व्यापक माग तिब्बतमा थियो । प्रताप मल्ल, भुपतीन्द्र मल्ल, रणजित मल्ल आदि राजाहरुले तिब्बतसँगको व्यापारलाइ उच्च प्राथमिकता दिएका थिए र तत्कालीन समयमा नेपाली मुद्र तिब्बतमा प्रचलनमा ल्याएका थिए । यी ऐतिहासीक तथ्यहरुले नेपालले अप्रत्यक्ष रुपमा भएपनि आर्थिक कुटनीति सुरुवातदेखी नै अवलम्वन गरेको पाइन्छ ।
  • वर्तमान समयमा नेपालले विश्व अर्थव्यवस्थाबाट तुलनात्मक तथा प्रतिस्पर्धी लाभ लिनको लागि आर्थिक कुटनीतिलाइ अवलम्वन गरेको छ । संसारबाट भिन्न भएर रहने अवस्थामा नेपाल नरहेको कारण अन्तर्राष्ट्रिय साझेदारी मार्फत आर्थिक विकास गर्ने नीति लिएको छ ।
  • नेपालले सन् १०५१ देखि वैदेशिक सहायता प्राप्त गर्न थालेको पाइन्छ । सन् १९६० को दशकबाट विश्वसँगको आर्थिक सम्बन्धलाइ बढाउँदै लगेको पाइन्छ ।
  • सन् १९९० मा नेपालले खुला तथा उदारवादी अर्थव्यवस्था अवलम्वन गरेपश्चात नेपालको अन्तर्राष्ट्रिय आर्थिक सम्वन्ध अझ फराकिलो बन्दै गएको हो ।
  • सन् १९९६ मा आर्थिक कुटनीतिलाइ प्रवर्द्धन गर्ने उद्देश्यले पुर्व परराष्ट्र सचिव उद्धवेव भट्टको संयोजकत्वमा High Level Task Force  (HLTF)  को गठन भयो ।
  • HLTF को सिफारिसमा अन्तर्राष्ट्रिय व्यापार मञ्चको गठन भयो । आर्थिक कुटनीतिमा निजि क्षेत्रको सहभागितालाइ जोड दिइयो ।
  • परराष्ट्र मन्त्रालयमा आर्थिक सम्वन्ध तथा समन्वय महाशाखाको स्थापना गरियो ।

वर्तमान अवस्था तथा उपलब्धिहरु

  • नेपालको संविधान,२०७२ को धारा ५० को उपधारा ४ मा वैदेशिक पुँजी तथा प्रविधि परिचालन गर्ने, गैर आवासीय नेपालीको ज्ञान, सीप, प्रविधि र पुँजीलाइ आर्थिक विकासमा उपयोग गर्ने नीति लिइएको छ ।
  • विदेशी लगानी नीति, २०७१ र विकास सहायता नीति, २०७६ तर्जुमा गरी कार्यान्वयन गरिएको छ ।
  • गैरआवासीय नेपालीको ज्ञान, सीप, प्रविधि र पुँजीलाइ परिचालनको लागि गैरआवासीय नेपाली ऐन, २०६४ ल्याइएको छ ।
  • २०५२ सालमा आर्थिक नीतिको बारेमा सुझाव दिन गठन गरिएको कार्यदलले आर्थिक कुटनीतिको प्रव्रद्धन गर्न कुटनीतिक नियोगलाइ क्रियाशिल बनाउने लगायतका सुझावहरु दिएको थियो । उक्त्त कार्यदलको सुझाव अनुसार केही कामहरु भएका थिए ।
  • नेपालले विभिन्न देशसँग द्धिपक्षीय कुटनीतिक सम्वन्ध कायम गरेको छ ।
  • परराष्ट्रमन्त्रीको अध्यक्षतामा आर्थिक कुटनीति कार्यान्वयन तथा अनुगमन समिति गठन गरिएको छ ।
  • परराष्ट्र मन्त्रालयमा आर्थिक कुटनीति महाशाखाको व्यवस्था गरिएको छ ।
  • महावाणिज्य दुत, श्रम सहचारीहरुले आर्थिक कुटनीतिको काम गरिरहेका छन् ।
  • नेपालले अन्तर्राष्ट्रिय संघसङ्घठनहरु जस्तै विश्व वैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष, सार्क, विमस्टेक आदि जस्ता मञ्चहरु मार्फत देशको हितको लागि विभिन्न कामहरु गरेको छ ।
  • नेपालमा समय समयमा हुने लगानी सम्मेलनले नेपाल र विश्वबीच आर्थिक सम्बन्ध कायम गर्न सहयोग पुर्याँउदछ ।
  • विभिन्न राष्ट्रहरुसँग श्रम समझदारी भएको छ । हालसम्म ११ देशसँग दोहोरो करमुक्त्ती सम्झौता र ६ ओटा देशसँग विप्पा सम्झौता गरिएको छ ।

 

 

 

प्रचलित

Top 10 Best-Ranked Universities in the USA (2025)

🌟 Top 10 Universities in the US (2025 QS Rankings)

<...

SEE 2081 Result: Check Your Result via SMS, IVR & Official Websites

 

SEE 2081 Result: Check Your Result via SMS, IVR, and Website—Official Details

 

The National Examination Board (NEB), Examination Control Office...

एयर इण्डिया फ्लाइट AI171: अहमदाबाद–लन्डन दुर्घटना भयको छ 

एयर इण्डिया फ्लाइट AI171: अहमदाबाद–लन्डन दुर्घटना भयको छ 

२०२५ को जुन १२ मा, भारतको अहमदाबादबाट लन्डन गेटविक जाने एयर इण्डिया फ्लाइट AI171, बोइङ ७८७-८ ड्रीमलाइ...

सबै हेर्नुहोस्
<

परिक्ष्याको लागि तयारी


लोक सेवा तयारीको लागी आवश्यक सम्पुर्ण सामाग्रीहरु । अनलाइन लोक सेवा तयारी को लागी सवैभन्दा प्रभावकारी स्रोत लोक सेवा तयारीको लागी आवश्यक सम्पुर्ण सामाग्रीहरु । अनलाइन लोक सेवा तयारी को लागी सवैभन्दा प्रभावकारी स्रोत लोक सेवा तयारीको लागी आवश्यक सम्पुर्ण सामाग्रीहरु । अनलाइन लोक सेवा तयारी को लागी सवैभन्दा प्रभावकारी स्रोत


अनलाइन परीक्षा    डेमो परीक्षा
Logo

सम्पर्क ठेगाना

  • info@easyloksewa.com
  • +977-9867331082
  • Butwal, Nepal

उपयोगी लिंकहरु

  • General Knowledge (GK)
  • Current Affairs
  • Syllabus
  • Vacancy
  • English
  • अनलाइन परीक्षा

© 2026 All Rights Reserved by easyloksewa

Coded with by KTMRush

लग आउट
के तपाईं निश्चित रूपमा लग आउट गर्न चाहनुहुन्छ ?
QS Rank University Location