पृथ्वी जयन्ती Facts
- आजभन्दा लगभग ३०० बर्षअघि २२से अनि २४ से राज्यहरुका रुपमा नेपाल एउटा बिभाजित अनि ससाना राजारजौटाको देश थियो । यस्तै एउटा सामान्य राज्य हालको गोर्खामा थियो जहाँको राजपरिवारमा पृथ्वी नारायण शाहको जन्म भएको हो ।
- विक्रम सम्वत् १७७९ पौष २७ मा पिता राजा नरभुपाल शाह र माता कौशल्यावति देवीका प्रथम पुत्रको रुपमा जन्मीएका पृथ्वी नारायण शाहले नै आधूनिक नेपालको निर्माण गरेका हुन् ।
- हरेक बर्ष पौष २७ गते पृथ्वी नारायण शाहको जन्मजयन्ति मनाइन्छ ।
- राजा नरभुपाल शाह मृत्यु पश्चात वि स १७९९ मा २० बर्षमा नै पृथ्वीनारायण शाह गोर्खाका राजा भएका थिए । शाहले राजगद्दीमा बसे लगतै नेपाल एकीकरण अभियानको शुरूवात गरेका थिए ।
- बि स १८०१ असोज १५ गते नुवाकोट माथी बिजय हासिल गरेर उनले नेपाल एकीकरणको अभियान प्रारम्भ गरेका थिए । त्यसपछि कीर्तिपुर, कान्तिपुर ,पाटन, भक्तपुर, मकवानपुर हुँदै उहाले एकीकरण अभियानलाई पुर्बका चौदन्डि र बिजयपुर हुँदै टिष्टा सम्म पुर्याएका थिए।
- १८ औं र १९ औं शताब्दीको अन्तराष्ट्रिय राजनिती हेर्ने हो भने पनि अहिलेका बिशालयकाय बिभिन्न देशहरु त्सैसमयमा एकिकृत भएका देखिन्छन् । ससाना राज्य, शासक, कबीला अनि समुदायबाट एउटै देशको छानाभित्र सबैलाई ल्याउन यूद्धहरु त्यस बखत बिश्वभरि नै भएका थिए । चीन, जर्मन अनि ईटाली लगायतका देशहरु को पनि एकताका कथाहरु हाम्रो नेपालको भन्दा फरक छैनन् ।
- नेपालमा वि सं २००७ सम्म राणा शासन थियो भने सात सालको क्रान्ति पश्चात् नेपालमा स्थापना भएको प्रजातन्त्र पश्चात् योगी नरहरीनाथले नेपालमा राष्ट्रपिता पृथ्वीनारायण शाहको जन्मोत्सव मनाउनु पर्छ भनेर प्रक्रिया सुरु गरेका थिए।
- २००९ सालदेखि योगी नरहरीनाथले सरकारसँग समन्वय गरेर एउटा समारोह समिति गठन गरी आफै त्यो समितिमा बसेर राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीको रूपमा मनाउन प्रारम्भ गरिएको थियो।
- पुस २७ पृथ्वी जयन्ती यो दिनलाई २०६३ साल अघिसम्म राष्ट्रिय एकता दिवसका रुपमा सरकारले सार्वजनिक बिदा दिएर राष्ट्रिय चाडको रुपमा भब्यताका साथ मनाइन्थ्यो । तर जब गणतन्त्रका लागि २०६२/६३ सालमा दोस्रो जन आन्दोलन भयो तब यो दिनलाई राष्ट्रिय एकताको रूपमा मनाउन छोडियो । २०६२ र ६३ को जन-आन्दोलन अगाडी राजसंस्थाको शासनकालमा काठमाडौ सिंहदरवारको पश्चिमीद्वारको पृथ्वी नारायण शाहको सालिकमा भब्यरुपमा मानिस भेला हुने र फूलमाला अर्पण गरेर मनाईने चलन थियो । गणतन्त्रको शुरुवातसंगै राजसंस्था अनि राज धरोहरप्रतिको अकास्मात वितृष्णाले केही महत्वपूर्ण चलनहरुपनि बगाएर लगेको छ ।
- पृथ्वी नारायण शाहका वाणी अनि देश बनाउन गरेका क्रियाकलापहरुका दस्तावेजले नेपाल अनि देशको सुशासनप्रतिको उनको मोहलाई स्पष्ट पार्छ, समग्रमा राष्ट्रिय एकताको सन्देश दिन्छ ।
दिव्योपदेश
- पृथ्वीनारायण शाहलले आफ्नो जिवनको अन्तिम समयमा शेरा दरबारमा बसेर दिव्योपदेश दिएका थिए ।
- हाम्रा छिमेकी सँग कस्तो सम्बन्ध राखेर आफ्नो राष्ट्रलाई आत्मानिर्भर र स्वाधिन बनाउन सकिन्छ भन्ने अहिलेका राजनितिज्ञ अझै अलमलमा छ्न तर पृथ्वीनारायण शाहले उहिले नै नेपाललाइ दुइ ढुंगा बिचको तरुल भनेका थिए ।
- ‘यो राजे दुई ढुंगाको तरुल जस्तो रहेछ। चीन बादशाहसित ठुलो घाहा राष्नु। दषिन समुद्रको बादशाह सित पनि घाहा त राख्नु। तर त्यो महाचतुर छ। हिन्दुस्थाना दबाईराख्या छ। सरजिमी मा परिरहेछ हिन्दुस्थाना जाग्यो भने कठीन पर्ने छ भनी किल्ला खोज्न आउन्या छ।’
- देशको समृद्धि ,ब्यापार र अनि देशको शासन चलाउनेलाई उनको अर्ति थियो, आफ्नो देशको जिनिस ,जडिबुटी देश लैजानु र नगद खैची राख्नु र प्रजा मोटा भया दरबार बलियो हुन्छ ,राजाका भण्डार भनेकै रैतानहरु हुन।
- ‘भोटको घाहा कालु पाण्डेका सन्तानलाई नछुटाउनु
- कपडा बुन्न जान्नेलाई नमुना बनाई देखाइदिनु
- आजको विकासको मोडेल धेरैलाई मनपरिरहेको छैन । धान फल्ने खेतमा पलटिङ्ग गरिन्छ र यस्ता धेरै अरु पनि उदाहरण छ्न,यस्तो अबस्था आउला भन्ने उनले पुर्बाअनुमान नै गरेका छ्न नत्र किन भन्थे । खानी भयाका ठाउमा गाउँ भया भने पनि गाउँ अरु जग्गामा सारिकन पनि खानी चलाउनु ।
- गाह्रो बन्याको जग्गामा घर भया पनि अरु जग्गामा सारी कुलो काटि खेत बनाई आवाद गर्नु। पृथ्वीनारायण शाहले उहिले नै बुझेका थिए । मेरा साना दुखले आर्ज्याको मुलुक होइन सबै जातको साझा फुलबारी हो सबैलाई चेतना भया ,यो फुलबारी छोटा बडा चारै बर्ण र छत्तीसै जातले यसलाई सम्भार गर्नु भनेका थिए ।
- राज्य परिबेशमा कृषिमा क्रान्ति ,औधौगिक क्रान्ति ,आर्थिक क्रान्ति लगायतका अन्य जतिसुकै क्रान्तिका बिगुल फुके पनि यदि देशमा शुसासन र भ्रष्टाचार नियन्त्रण छैन भने देश कहिलै पनि आत्मनिर्भर र स्वाधिन बन्न सक्दैन त्यसैले आफ्नो उपदेशमा शाहले भनेका छ्न ,अन्याय मुलुकमा हुन नदिनु,न्याय निसाफ बिर्गान्या भनेका घुस दिन्या र घुस खान्या हुन,यी दुइको त धनजित गरि लियाको पनि पाप हुदैन ,यी राजाका महाशत्रुर हुन।उनले न्यायलाय कसरि चलउने भन्ने सन्दर्भमा आफ्नो उपदेशमा भनेका छ्न,अदालतमा पनि ढकुरी जाची डिष्ठा राख्नु मगर जाची बिस्परी थप्नु कचहरी पिछे यकयक पिण्डित राषि शास्त्र बमोजिम अदालत चलाउनु।
"घुस लिन्या र घुस दिन्या दुबै राष्ट्रका शत्रु हुन्"
"नेपाल दुई ढुङ्गाबिचको तरुल हो"
- यस्ता दिव्योपदेशका दूरगामी तथा अर्थपूर्ण सरल परिभाषा अहिले पनि उत्तिकै सान्दर्भिक छन् । पृथ्वी नारायण शाहको कुरा गर्दा यीनका साहसी सेनानीहरु कालु पाण्डे लगायतलाई ईतिहासले विर्सन हुँदैन ।किर्तिपुर युद्धमा पृथ्वी नारायण शाहका दाहिने हात मानिएका कालु पाण्डेले वीरगति प्राप्त गरेका थिए । अन्त्येष्टि पश्चात स-सम्मान काठमाण्डौ थानकोट नजिक ईन्द्रदहमा उनको समाधी अझै पनि त्यहि ठाँउमा रहेको छ ।
- आधुनिक नेपालको एकीकरण अभियानमा युद्धको अग्रमोर्चाको आफैँ नेतृत्व गरेका राजा पृथ्वीनारायण शाहले नेपाली सेनाभित्र साङ्गठनिक जग निर्माणका लागि महत्त्वपूर्ण भूमिका खेलेको अभिलेख पाइन्छ।
- पृथ्वीनारायण शाहको विक्रम सम्वत् १८३१ मा माघे सक्रान्तिको दिन ५२ वर्षको उमेरमा नुवाकोटको त्रिशुली र तादीको दोभान देवीघाट मोहनतीर्थमा मृत्यु भएको थियो । कतिपय इतिहासकारले यीनको मृत्यु विरामी भएर भएको भनेका छन् भने कतिपयले बाघको आक्रमणले भएको पनि भनेका छन् ।
- भक्तपुरको राजपरिवारसंग मितेरि साईनो गाँसेर पनि आक्रमण गरि विजय प्राप्त गरेकाले अवसरवादीको आरोप पृथ्वी नारायण शाहमाथि लागेको छ । तैपनि राजनीति र युद्धको आधारभूत संरचनामा समबन्ध भन्दा पनि राष्ट्रियताले निर्देशित राष्ट्रसेवक र योद्धाका रुपमा सदैव नेपाली हृदयमा रहनेछन् । युद्धका क्रममा धेरै पटकको पराजय पछि विजय भएकोमा रिसले किर्तिपुर वासीका नाक कान काटिदिने आदेश दिएका पृथ्वी नारायण शाहको आज सम्म पनि किर्तिपुरवासीहरुले पुराना क्रुरताका कथाहरु भन्दछन् । जे होस् आधूनिक नेपालका यी रचयीताको आजको जन्मदिनमा सम्पूर्ण नेपालीहरुसमक्ष एकता र मेलमिलाप मिश्रीत अमर भावको विकास होस् । एउटा कुरा भने स्पष्ट छ कि यदि पृथ्वी नारायण शाहले उतीखेर नेपाली एकताको कसरतमा हार मानेका या बिफल नै भएका थिए भने आज स्वतन्त्र अनि सार्वभौम नेपाल पक्कै हुने थिएन् ।
- सदन अनि सडक दुबैतर्फ अहिले लोकतन्त्र अनि शक्तिको बिकेन्द्रिकरणका नाराहरु छन् तथापि यी सबै संरचना अनि पृष्ठभूमि तयार गरिदिने मान्छेलाई भने कहिकतै देश अनि देशबासीले भुल्न पो आँटेका हुन कि भन्ने भान सबैलाई भएको छ ।