२०७९ असोज - समसामयिक सामान्य ज्ञानहरु
२०७९ असोज - समसामयिक सामान्य ज्ञानहरु
- सन् २०२२ को म्यान बुकर पुरस्कार कसले जितेका छन् ? उत्तर- श्रीलंकाका लेखक शेहान करुणातिलाका:- श्रीलंकाको गृहयुद्धको बारेमा व्यंग्यात्मक तरिकाले शेहान करुणातिलाका द्वारा लेखिएको कृति "The Seven Moons of Maali Almeida" ले बुकर पुरस्कार जितेको छ । यो पुरस्कारको सर्बप्रथम वितरण सन् २००५ मा गरिएको थियो । यो पुरस्कार हरेक २-२ वर्षमा प्रदान गरिन्छ ।
- दशौ रास्ट्रिय खेलकुद कहाँ हुने भएको छ ? उत्तर- कर्णाली प्रदेशमा
- नवौँ राष्ट्रिय खेलकुद कहाँ भएको थियो ? उत्तर- २०७९ असोज २८ देखि कार्तिक ३ गते सम्म
- नवौँ राष्ट्रिय खेलकुदमा कति टिम सहभागि भएका थिए ? उत्तर - ११
- नवौं बृहत खेलकुदको च्याम्पियन कुन टिम बनेको थियो ? उत्तर - नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, दोस्रो एपिएफ भएको थियो भने तेस्रो नेपाल प्रहरी भएको थियो ।
- नवौँ राष्ट्रिय खेलकुद कहाँ आयोजना गरिएको थियो ? उत्तर- गण्डकी प्रदेशको पोखरा
- राष्ट्रिय खेलकुदको इतिहासमै पहिलो पटक डपिङ परीक्षण कुन राष्ट्रिय खेलकुदमा गरिएको थियो ?उत्तर - नवौँ राष्ट्रिय खेलकुदमा
- नवौँ राष्ट्रिय खेलकुदको मस्कट के थियो ?उत्तर - गण्डकी प्रदेशमा पनि पाइने कस्तुरी मृग
- सन २०२२ को बालेन डि ओर अवार्ड(उत्कृष्ट फुटवलरको उपाधि) कसले जित्न सफल भए ? उत्तर - करिम बेन्जेमा - उनी फ्रान्सका खेलाडी हुन । यो पुरस्कारको स्थापना सन १९५६ मा गरि सोही वर्ष प्रदान गरिएको थियो । यो अवार्ड सर्वप्रथम वेलायती फुटवलर स्ट्यान्ली म्याथन्युजले जितेका थिए । फ्रान्सेलि न्युज म्याग्जिन France Football ले यो पुरस्कारको वितरण गर्दछ ।
- पद्मश्री पुरस्कार–२०७८ कसलाई प्रदान गरियो ? उत्तर - केशवराज ज्ञवाली (कथा सङ्ग्रह : अर्को भोर) २०७९ असोज २३ मा ज्ञवालीलाई सो अवार्ड प्रदान गरिएको। त्यस्तै पद्मश्री साधना सम्मान माया ठकुरी र पद्मश्री गौरव सम्मान चिकित्सक सन्दुक रुइतलाई प्रदान गरिएको। (तीनवटै पुरस्कारको राशि जनही तीन लाख रुपियाँ रहेको। )
- सन् २०२२ अक्टोबरमा अमेरिकामा आएको शक्तिशाली समुद्री आँधीलाई के नामकरण गरिएको छ ? उत्तर - इयान (यस आँधीले फ्लोरिडा राज्यमा ठूलो भौतिक क्षति पु-याएको।)
- नेपाल हरित हाइड्रोजन सम्मेलन–२०२२ कहिले सम्पन्न भएको हो ? उत्तर- वि.सं. २०७९ असोज २४–२५ ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, एनआरएनए फाउन्डेसन, एमआइटी फाउन्डेसन, विन्ड पावर नेपाललगायतको संयुक्त आयोजनामा सम्पन्न सो सम्मेलन नेपालमा हरित हाइड्रोजन उत्पादनको प्राविधिक ज्ञान हस्तान्तरण, लगानीका सम्भावना एवं नीतिगत व्यवस्थापनलगायतका विषयमा केन्द्रित रहेको । सम्मेलनको नारा : ‘नेपाल हरित हाइड्रोजन सम्मेलन :
- कोप–२६ मा सहभागी हुँदै नेपालले कहिले सम्ममा कार्बन तटस्थ बन्ने प्रतिबद्धता जनाएको छ ? उत्तर - सन् २०४५
- विश्वकै ठुलो नोबल पुरस्कार कहिलेदेखि प्रदान गर्न थालिएको हो ? उत्तर- सन् १९०१ -अर्थशास्त्रतर्फको नोबल पुरस्कार भने सन् १९६८ देखि दिन थालिएको। नोबल शान्ति पुरस्कार नर्वेको राजधानी ओस्लोमा दिइन्छ भने अन्य विधाका पुरस्कार स्विडेनको राजधानी स्टकहोममा प्रदान गरिन्छ । यो पुरस्कार संयुक्त रूपमा तीन जनासम्मले पाउन सक्छन।
- सन् २०२२ मा अर्थशास्त्रतर्फको नोबल पुरस्कार कसलाई प्रदान गरियो ? उत्तर - तीन अमेरिकी अर्थशास्त्री बेन एस बर्नान्के, डग्लस डायमन्ड र फिलिप डाइबविग बैङ्क तथा वित्तीय संस्थामा सङ्कट र त्यस्तो अवस्थामा वित्तीय संस्थाको भूमिकाबारे गरिएको अध्ययनलाई सम्मान गर्दै उनीहरूलाई सो पुरस्कार प्रदान गरिएको। - भौतिकशास्त्र : अलिआँ आस्पेक्ट (फ्रान्स), जोन एफ क्लाउसर (अमेरिका र एन्टोन जेइलिङ्गर (अस्ट्रिया)। - रसायनशास्त्र : क्यारोलिन बेर्टोजी (अमेरिका), मोर्टेन मेल्डल (डेनमार्क) र के. बेरी सार्पलेस (अमेरिका) (क्लिक केमिस्ट्री र बायोर्थोगोनल केमिस्ट्रीको विकासका लागि।) -चिकित्साशास्त्र : स्भान्टे पेबोह (जन्म : स्विडेन, हाल : जापान) (मानव प्रजातिको विकासक्रमसम्बन्धी कार्य गरेबापत।) - साहित्य : एनी एर्नक्स - शान्ति : एलेस विलियाट्स्की (बेलारुसी मानव अधिकारकर्मी), मेमोरियल (रसियन मानव अधिकारवादी संस्था) र सेन्टर फर सिभिल लिवर्टिज (युक्रेनको मानव अधिकारवादी संस्था) (युद्ध अपराध, मानव अधिकार उल्लङ्घन एवं शक्ति दुरुपयोगको अभिलेखीकरणका लागि।)
- विश्व बैङ्कले नेपालका सडक कालोपत्रे गर्न भित्र्याएको प्रविधिलाई के भनी चिनिन्छ ? उत्तर- ओटासिल प्रविधि
- सरकारले कुन दशकलाई शैक्षिक सबलीकरण दशकका रूपमा घोषणा गरेको छ ? उत्तर- वि.सं. २०७६–२०८५
- नेपालमा पहिलो पटक निर्यात दिवस कहिले मनाइयो ? उत्तर- वि.सं. २०७३ पुस २२
- सरकारले प्रदेश र स्थानीय तहबीच बहुआयामिक नेटवर्क निर्माण गर्ने उद्देश्यका साथ स्थानीय तहको केन्द्रदेखि प्रदेशको राजधानीसम्म सडक सञ्जाल जोड्ने कार्यको थालनी कहिलेदेखि गर्ने उल्लेख गरेको छ ? उत्तर- आ.व. २०७९/८०
- सारस प्रजनन केन्द्र कहाँ रहेको छ ? उत्तर- कपिलवस्तु - नेपालमा सबैभन्दा बढी सारस पाइने जिल्ला कपिलवस्तु हो। सारसलाई किसानको साथी भनेर पनि चिनिन्छ।
- अपराधको विशिष्टीकृत अनुसन्धानका लागि नेपाल प्रहरीमा केन्द्रीय साइबर ब्युरोको स्थापना कहिले गरिएको हो ? उत्तर - वि.सं. २०७६ वैशाख २९
- वाणिज्य बैङ्कहरूमा एन्टी मनी लाउन्ड्रिङसम्बन्धी कार्यक्रम ‘गो–एएमएल’ कहिलेदेखि लागू भएको हो ? उत्तर- वि.सं. २०७६ माघ १
- नेपालको अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिले आगामी ओस्कार अवार्ड (९५औँ, २०२३)का लागि सिफारिस गरिएको चलचित्र कुन हो ? उत्तर- ऐना झ्यालको पुतली
- विभिन्न उत्पादकले आफ्ना सामग्रीमा प्रयोग गर्ने क्यु.आर. कोडको पूरा रूप के हो ? उत्तर- क्विक रेस्पोन्स कोड
- प्रोटोकल १८ केसँग सम्बन्धित छ ? उत्तर- मानव अधिकार