विश्वव्यापिकरण जसले नेपाललाइ परनिर्भरता तर्फ धकेल्यो ।
विश्वव्यापिकरण जसले नेपाललाइ परनिर्भरता तर्फ धकेल्यो ।
- विश्वव्यापिकरण विश्वमा आर्थिक, राजनीतिक एवम् साँस्कृतिक पद्धतिहरुको एकिकरण हो । यसले संसारमा विचार, वस्तु तथा सेवाहरुको स्वतन्त्र आवागमनको पक्षपोषण गर्दछ ।
- विश्वव्यापिकरणकै कारण संसार एउटा गाँउ बन्न पुगेको छ । विश्वका विभिन्न मुलुकहरु रोजगारीका लागि खुला भएका छन् । विश्व्यापिकरणकै परिणाम स्वरुप बैंक एवम् वित्तीय क्षेत्र, उत्पादन तथा सेवामुलक क्षेत्र, मानव संसाधनको विकास आदि क्षेत्रमा पुँजी एवम् प्रविधिको हस्तान्तरणमार्फत अर्थतन्त्रको विकासमा योगदान पुगेको छ ।
- विश्वव्यापिकरणकै परिणामस्वरुप गुणस्तरीय वस्तु तथा सेवामा सवैको पहुँचमा वृद्धि भएको छ । प्रतिस्पर्धी बजार प्रणालीको विकास भएको छ । कम मुल्यमा गुणस्तरीय वस्तु तथा सेवा नेपाल जस्तो अल्पविकसित मुलुकमा समेत उपलब्ध हुन थालेका छन् । जुनसुकै मुलुक पनि गुणस्तरिय वस्तु तथा सेवाको साथमा विश्व व्यापारमा प्रवेश गर्न सक्ने बाटो खुला भएको छ ।
- तर, विश्वव्यापिकरणबाट फाइदा लिन सकिने अनेकौँ अवसरका बावजुद नेपाल जस्ता अल्पविकसीत मुलुकहरुको लागी 'कागलाइ वेल' भनेजस्तै हुन पुगेको छ ।
- नेपाली उत्पादनले विश्व बजार प्राप्त गरी लाभ लिन सकिने उद्देश्यका साथ वि.सं. २०४७ सालपश्चात आत्मसाथ गरिएको उदारीकरणको नीतिले विश्व बजारका उत्पादनलाइ नेपालि बजारमा प्रवेश गरायो र नेपाली उत्पादनले विदेशी उत्पादनसँग प्रतिस्पर्धा गर्न सकेनन् फलस्वरुप स्वदेशी बजार विदेशी उत्पादनको बजार बन्न पुग्यो । नेपालि उत्पादन र नेपालि उद्योगधन्दा लाइ नेपालि बजार बाट नै विस्थापित बनायो । त्यसकारण नेपालको व्यापार घाटा दिनप्रतिदिन बढ्दै जान थाल्यो ।
- विश्वका विभिन्न मुलुकहरु रोजगारीको लागी खुला भएकै कारण नेपालको क्रयशक्ति सन्तुलनमा रहेको छ । यदि ती मुलुकहरुमा नेपाली श्रमिकको रोजगारी बन्द भएमा नेपालको स्थिति अत्यन्त नाजुक हुने पक्का छ ।
- देशमा पश्चिमी सँस्कृति, भेष र भुषाले बजार पाएको छ । स्वदेशी सँस्कृति तथा मुल्य मान्यताहरु विस्थापित हुने अवस्थामा पुगेका छन् ।
- नेपालको स्थानिय परम्परागत उत्पादन तथा सामाजिक प्रणालीहरु क्रमश हराउँदै गएका छन् ।
- विश्वव्यापिकरण सँगै खुला भएको स्वदेशी तथा विदेशी बजारमा विकसित मुलुकहरुसँग प्रतिस्पर्धा गर्ने पुँजी र प्रविधि नेपालजस्तो मुलुकसँग पर्याप्त नहुनुको कारण नेपालको उत्पादन प्रणालीको विकास को साँचो समेत विदेशी दाताहरुको हातमा पुगेको छ ।
- यदि नेपालले विश्वव्यापिकरणको वर्तमान स्वरुपलाइ नै आत्मसाथ गर्दै अघि बढेमा नेपाल झन बढी परनिर्भर र गरिव बन्दै जाने निश्चित छ ।
- त्यसैले, नेपालले सर्वप्रथम नेपालमा आन्तरीक उत्पादनको उपभोगमा जोड दिनुपर्छ । प्रत्येक आन्तरीक उत्पादनलाइ ब्राण्डिङ गर्ने कार्यको नेतृत्व राज्यस्तरबाट नै हुनुपर्छ । स्वदेशी उत्पादनलाइ अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउनको लागी राज्यले सहयोग प्रदान गर्नुपर्दछ ।
- विप्रेषणबाट प्राप्त आयलाइ उत्पादनमुलक क्षेत्रमा लगानी गरिनुपर्दछ र उक्त लगानीको सुरक्षाको प्रत्याभुति राज्यले गर्नुपर्दछ ।
- मौलिक सँस्कृतिलाइ राज्यले सधै प्रोत्साहन गर्नुपर्दछ । विदेशी सँस्कृतिको नक्कल गर्न उत्प्रेरित गर्ने सम्पुर्ण वस्तु तथा सेवालाइ स्वदेशी बजारबाट निकाल्नुपर्दछ ।
- विदेशी लगानी प्राप्त गर्दा अत्यन्त सुझबुझका साथ प्राप्त गर्नुपर्छ । दाताको स्वार्थको विवेकपुर्ण तरीकाले एकिन गर्नुपर्दछ । दाताको स्वार्थ र अनावश्यक सर्तसहितको लगानी तथा अनुदानलाइ अस्विकार गर्नुपर्छ ।