• Butwal, Nepal
  • info@easyloksewa.com
  • +977-9867331082
साइन-अप लग-इन
लग-इन साइन-अप

लग-इन

पासवर्ड भुल्नु भयो ?

साइन-अप

approve हुन समय लग्यो भने 9867331082 whatsapp गर्नु होला
Logo
  • General Knowledge(GK)
  • Current Affairs
  • Syllabus
  • vacancy
  • Intellectual Level (IQ)
  • English
    • Grammar
    • Vocabulary
    • Reading Comprehension
  • Subjective
    • शाखा अधिकृत (section Officer )
    • नायब सुब्बा
    • Nepal Rastra Bank नेपाल राष्ट्र बैंक
    • नेपाल बैंक (Nepal Bank)
    • शिक्षक सेवा आयोग (Teachers Service Commission)
    • कानुन ऐन तथा नियमावली (Laws Acts and Regulations)
    • सुरक्षा निकायहरू (Security Agencies)
  • Blogs
  • अनलाइन परीक्षा
  • डेमो परीक्षा

विश्वव्यापिकरण जसले नेपाललाइ परनिर्भरता तर्फ धकेल्यो ।

  • गृह पृष्ठ
  • समसामयिक
  • विश्वव्यापिकरण जसले नेपाललाइ परनिर्भरता तर्फ धकेल्यो ।

विश्वव्यापिकरण जसले नेपाललाइ परनिर्भरता तर्फ धकेल्यो ।

  • विश्वव्यापिकरण विश्वमा आर्थिक, राजनीतिक एवम् साँस्कृतिक पद्धतिहरुको एकिकरण हो । यसले संसारमा विचार, वस्तु तथा सेवाहरुको स्वतन्त्र आवागमनको पक्षपोषण गर्दछ ।
  • विश्वव्यापिकरणकै कारण संसार एउटा गाँउ बन्न पुगेको छ । विश्वका विभिन्न मुलुकहरु रोजगारीका लागि खुला भएका छन् । विश्व्यापिकरणकै परिणाम स्वरुप बैंक एवम् वित्तीय क्षेत्र, उत्पादन तथा सेवामुलक क्षेत्र, मानव संसाधनको विकास आदि क्षेत्रमा पुँजी एवम् प्रविधिको हस्तान्तरणमार्फत अर्थतन्त्रको विकासमा योगदान पुगेको छ ।
  • विश्वव्यापिकरणकै परिणामस्वरुप गुणस्तरीय वस्तु तथा सेवामा सवैको पहुँचमा वृद्धि भएको छ । प्रतिस्पर्धी बजार प्रणालीको विकास भएको छ । कम मुल्यमा गुणस्तरीय वस्तु तथा सेवा नेपाल जस्तो अल्पविकसित मुलुकमा समेत उपलब्ध हुन थालेका छन् । जुनसुकै मुलुक पनि गुणस्तरिय वस्तु तथा सेवाको साथमा विश्व व्यापारमा प्रवेश गर्न सक्ने बाटो खुला भएको छ ।
  • तर, विश्वव्यापिकरणबाट फाइदा लिन सकिने अनेकौँ अवसरका बावजुद नेपाल जस्ता अल्पविकसीत मुलुकहरुको लागी 'कागलाइ वेल' भनेजस्तै हुन पुगेको छ ।
  • नेपाली उत्पादनले विश्व बजार प्राप्त गरी लाभ लिन सकिने उद्देश्यका साथ वि.सं. २०४७ सालपश्चात आत्मसाथ गरिएको उदारीकरणको नीतिले विश्व बजारका उत्पादनलाइ नेपालि बजारमा प्रवेश गरायो र नेपाली उत्पादनले विदेशी उत्पादनसँग प्रतिस्पर्धा गर्न सकेनन् फलस्वरुप स्वदेशी बजार विदेशी उत्पादनको बजार बन्न पुग्यो । नेपालि उत्पादन र नेपालि उद्योगधन्दा लाइ नेपालि बजार बाट नै विस्थापित बनायो । त्यसकारण नेपालको व्यापार घाटा दिनप्रतिदिन बढ्दै जान थाल्यो ।
  • विश्वका विभिन्न मुलुकहरु रोजगारीको लागी खुला भएकै कारण नेपालको क्रयशक्ति सन्तुलनमा रहेको छ । यदि ती मुलुकहरुमा नेपाली श्रमिकको रोजगारी बन्द भएमा नेपालको स्थिति अत्यन्त नाजुक हुने पक्का छ ।
  • देशमा पश्चिमी सँस्कृति, भेष र भुषाले बजार पाएको छ । स्वदेशी सँस्कृति तथा मुल्य मान्यताहरु विस्थापित हुने अवस्थामा पुगेका छन् ।
  • नेपालको स्थानिय परम्परागत उत्पादन तथा सामाजिक प्रणालीहरु क्रमश हराउँदै गएका छन् ।
  • विश्वव्यापिकरण सँगै खुला भएको स्वदेशी तथा विदेशी बजारमा विकसित मुलुकहरुसँग प्रतिस्पर्धा गर्ने पुँजी र प्रविधि नेपालजस्तो मुलुकसँग पर्याप्त नहुनुको कारण नेपालको उत्पादन प्रणालीको विकास को साँचो समेत विदेशी दाताहरुको हातमा पुगेको छ ।
  • यदि नेपालले विश्वव्यापिकरणको वर्तमान स्वरुपलाइ नै आत्मसाथ गर्दै अघि बढेमा नेपाल झन बढी परनिर्भर र गरिव बन्दै जाने निश्चित छ ।
  • त्यसैले, नेपालले सर्वप्रथम नेपालमा आन्तरीक उत्पादनको उपभोगमा जोड दिनुपर्छ । प्रत्येक आन्तरीक उत्पादनलाइ ब्राण्डिङ गर्ने कार्यको नेतृत्व राज्यस्तरबाट नै हुनुपर्छ । स्वदेशी उत्पादनलाइ अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउनको लागी राज्यले सहयोग प्रदान गर्नुपर्दछ ।
  • विप्रेषणबाट प्राप्त आयलाइ उत्पादनमुलक क्षेत्रमा लगानी गरिनुपर्दछ र उक्त लगानीको सुरक्षाको प्रत्याभुति राज्यले गर्नुपर्दछ ।
  • मौलिक सँस्कृतिलाइ राज्यले सधै प्रोत्साहन गर्नुपर्दछ । विदेशी सँस्कृतिको नक्कल गर्न उत्प्रेरित गर्ने सम्पुर्ण वस्तु तथा सेवालाइ स्वदेशी बजारबाट निकाल्नुपर्दछ ।
  • विदेशी लगानी प्राप्त गर्दा अत्यन्त सुझबुझका साथ प्राप्त गर्नुपर्छ । दाताको स्वार्थको विवेकपुर्ण तरीकाले एकिन गर्नुपर्दछ । दाताको स्वार्थ र अनावश्यक सर्तसहितको लगानी तथा अनुदानलाइ अस्विकार गर्नुपर्छ ।

 

प्रचलित

Top 10 Best-Ranked Universities in the USA (2025)

🌟 Top 10 Universities in the US (2025 QS Rankings)

<...

SEE 2081 Result: Check Your Result via SMS, IVR & Official Websites

 

SEE 2081 Result: Check Your Result via SMS, IVR, and Website—Official Details

 

The National Examination Board (NEB), Examination Control Office...

एयर इण्डिया फ्लाइट AI171: अहमदाबाद–लन्डन दुर्घटना भयको छ 

एयर इण्डिया फ्लाइट AI171: अहमदाबाद–लन्डन दुर्घटना भयको छ 

२०२५ को जुन १२ मा, भारतको अहमदाबादबाट लन्डन गेटविक जाने एयर इण्डिया फ्लाइट AI171, बोइङ ७८७-८ ड्रीमलाइ...

सबै हेर्नुहोस्
<

परिक्ष्याको लागि तयारी


लोक सेवा तयारीको लागी आवश्यक सम्पुर्ण सामाग्रीहरु । अनलाइन लोक सेवा तयारी को लागी सवैभन्दा प्रभावकारी स्रोत लोक सेवा तयारीको लागी आवश्यक सम्पुर्ण सामाग्रीहरु । अनलाइन लोक सेवा तयारी को लागी सवैभन्दा प्रभावकारी स्रोत लोक सेवा तयारीको लागी आवश्यक सम्पुर्ण सामाग्रीहरु । अनलाइन लोक सेवा तयारी को लागी सवैभन्दा प्रभावकारी स्रोत


अनलाइन परीक्षा    डेमो परीक्षा
Logo

सम्पर्क ठेगाना

  • info@easyloksewa.com
  • +977-9867331082
  • Butwal, Nepal

उपयोगी लिंकहरु

  • General Knowledge (GK)
  • Current Affairs
  • Syllabus
  • Vacancy
  • English
  • अनलाइन परीक्षा

© 2026 All Rights Reserved by easyloksewa

Coded with by KTMRush

लग आउट
के तपाईं निश्चित रूपमा लग आउट गर्न चाहनुहुन्छ ?
QS Rank University Location