• Butwal, Nepal
  • info@easyloksewa.com
  • +977-9867331082
साइन-अप लग-इन
लग-इन साइन-अप

लग-इन

पासवर्ड भुल्नु भयो ?

साइन-अप

approve हुन समय लग्यो भने 9867331082 whatsapp गर्नु होला
Logo
  • General Knowledge(GK)
  • Current Affairs
  • Syllabus
  • vacancy
  • Intellectual Level (IQ)
  • English
    • Grammar
    • Vocabulary
    • Reading Comprehension
  • Subjective
    • शाखा अधिकृत (section Officer )
    • नायब सुब्बा
    • Nepal Rastra Bank नेपाल राष्ट्र बैंक
    • नेपाल बैंक (Nepal Bank)
    • शिक्षक सेवा आयोग (Teachers Service Commission)
    • कानुन ऐन तथा नियमावली (Laws Acts and Regulations)
    • सुरक्षा निकायहरू (Security Agencies)
  • Blogs
  • अनलाइन परीक्षा
  • डेमो परीक्षा

पारिस्थितिक प्रणालीको बहन क्षमता_बहन क्षमता र विकास

  • गृह पृष्ठ
  • समसामयिक
  • पारिस्थितिक प्रणालीको बहन क्षमता_बहन क्षमता र विकास

पारिस्थितिक प्रणालीको बहन क्षमता_बहन क्षमता र विकास

  • मानवीय कारणले गर्दा पृथ्वीले अहिले छैठौँ सामूहिक विलुप्त युग (Mass Extinction Age) को सामना गरिरहेको छ । ग्लोवल फुटप्रिन्ट नेटवर्कको अनुसार सन् २०२२ मा जुलाई २८ पृथ्वी ओभरसुट दिवस (Earth Overshoot Day) बन्न पुगेको छ, अर्थात पृथ्वीले सन् २०२२ सालभरमा प्राकृतिक रुपमा पैदा गर्न सक्ने साधन स्रोतहरुलाई मानिसहरुले २०२२ जुलाई २८ मै खपत गरिसकेका छन् ।  जसले मानविय आवश्यकतालाई पृथ्वीको वहन क्षमताले धान्न सक्दैन भन्ने प्रष्ट भएको छ ।

पारिस्थितिक प्रणालीको बहन क्षमता के हो ?

  • विद्यमान पारिस्थितिक प्रणालीमा नकरात्मक असर नगरी पृथ्वीले दिर्घकालीन रुपमा धान्न सक्ने मानिसको अधिकतम संख्यालाई पारिस्थितिक प्रणालीको बहन क्षमता भनिन्छ । पारिस्थितिक प्रणालीको बहन क्षमताभन्दा मानिसको संख्या बढी भएमा पारिस्थितिक प्रणालीमा दिर्घकालीन क्षति हुन पुग्छ ।
  • रोग, चोरी शिकारी, स्रोतको प्रयोग र जनसंख्याको जस्ता तत्वहरुले पारिस्थितिक प्रणालीको बहन क्षमतालाइ असर गर्दछन् ।

बहन क्षमता र दिगो विकास

  • ब्रुटल्याण्ड आयोगद्धारा सन् १९८७ मा पेश गरिएको 'हाम्रो साझा भविष्य' नामक प्रतिवेदन ले दिगो विकासलाई "भविष्यका पुस्ताको आवश्यकताहरू पूरा गर्ने पृथ्वीको क्षमतामा असर नगरी वर्तमानका आवश्यकताहरू पूरा गर्ने विकास" भनेर परिभाषित गरेको छ । यो विचारले पारिस्थितिक प्रणालीको बहन क्षमताको सिमाभित्र विकास हुनुपर्छ भन्ने मान्यता राख्दछ ।

किन पारिस्थितिक प्रणालीको बहन क्षमता अनुसारको विकास योजना आवश्यक छ ?

  • स्रोतको उपलब्धता, पारिस्थितिक प्रणालीको बहन क्षमता र अर्थतन्त्रको आवश्यकताको सावधानीपूर्वक विश्लेषण गरी वातावरणीय असरहरुलाई न्यूनीकरण गर्दै साधन-स्रोतको अधिकतम उपयोगका लागि उपयुक्त रणनीतिहरू विकास गर्नुपर्छ, अन्यथा वातावरण र मानवीय क्रियाकलापबीचको तालमेल बिग्रीन गइ प्राकृतिक विपत् निम्तिन्छ ।
  • पृथ्वीको वहन क्षमता अनुरुपको जनसंख्यालाई कायम गर्नको लागी आवश्यक नीतिगत व्यवस्था तथा योजना हुनुपर्दछ ।
  • राष्ट्रिय निकुञ्ज र वन्यजन्तु आरक्षहरूलाई जनावरहरूको जनसंख्या र तिनीहरुको शिकार को उपलब्धता बीच सन्तुलन हुने गरी विकास योजना तर्जुमा गरिनुपर्छ । वनको वहन क्षमताभन्दा बढी जनावरहरूको संख्याले मानिस र वन्यजन्तुबीच द्वन्द्व निम्त्याउँछ ।
  • विकास योजनामा माटोको प्रकृतिअनुसारको कृषि कार्यमा जोड दिइनुपर्छ । पानी को उपलब्धता कम हुने क्षेत्रहरुमा सोही अनुसारको कृषि प्रणाली अवलम्वन गरिनुपर्छ ।
  • प्रत्येक सहरी क्षेत्रमा आधारभूत सहरी सुविधाहरू उपलब्ध हुनुपर्छ । सहरी सेवाहरूको वहन क्षमताभन्दा बढी जनसंख्या वृद्धि भएमा अव्यवस्थित सहरीकरण, प्रदूषण, फोहोर इत्यादि समस्यालाई निम्त्याउँछ । यसले शहरी क्षेत्रहरूमा जीवन स्तर घटाउँछ र त्यहाँका बासिन्दाहरूमा दीर्घकालीन स्वास्थ्य प्रभाव पार्छ ।
  • आज पृथ्वीको उत्पादन क्षमताले धान्न सक्ने भन्दा धेरै जनसंख्या पृथ्वीमा विद्यमान छ । यदि यही अवस्था अझै जारी रहेमा व्यापक खाद्य अभावको खतरा देखिन्छ । त्यसैले जनसंख्यालाई पृथ्वीको वहन क्षमतासँग तालमेल हुने गरी नियन्त्रण गर्न दिर्घकालीन योजनाको आवश्यक छ ।
अबको कार्यदिशा
  • सहरी विकास योजनामा ​​सहर र आसपासको क्षेत्रको वहन क्षमताको अध्ययन प्रतिवेदन समावेश गर्नुपर्छ ।
  • जनचेतना वृद्धि गरी वातावरण संरक्षणमा जोड दिने (वहन क्षमताका कारण संकटबाट बच्नको लागी)
  • प्राकृतिक वनको संरक्षण गर्ने (जसले बहन क्षमतामा वृद्धि गर्छ )

जनसंख्याको तिव्र वृद्धिदरलाइ नियन्त्रण गर्दै पृथ्वीको बहन क्षमता र मानव जनसंख्या बीच तालमेल मिलाउनु आजको प्रमुख आवश्यकता हो । योजनाविदहरुले पृथ्वीको बहन क्षमतालाइ समेत मध्यनजर गर्दै विकास कार्यक्रम सञ्चालन गर्नु आवश्यक छ ।

प्रचलित

Top 10 Best-Ranked Universities in the USA (2025)

🌟 Top 10 Universities in the US (2025 QS Rankings)

<...

SEE 2081 Result: Check Your Result via SMS, IVR & Official Websites

 

SEE 2081 Result: Check Your Result via SMS, IVR, and Website—Official Details

 

The National Examination Board (NEB), Examination Control Office...

एयर इण्डिया फ्लाइट AI171: अहमदाबाद–लन्डन दुर्घटना भयको छ 

एयर इण्डिया फ्लाइट AI171: अहमदाबाद–लन्डन दुर्घटना भयको छ 

२०२५ को जुन १२ मा, भारतको अहमदाबादबाट लन्डन गेटविक जाने एयर इण्डिया फ्लाइट AI171, बोइङ ७८७-८ ड्रीमलाइ...

सबै हेर्नुहोस्
<

परिक्ष्याको लागि तयारी


लोक सेवा तयारीको लागी आवश्यक सम्पुर्ण सामाग्रीहरु । अनलाइन लोक सेवा तयारी को लागी सवैभन्दा प्रभावकारी स्रोत लोक सेवा तयारीको लागी आवश्यक सम्पुर्ण सामाग्रीहरु । अनलाइन लोक सेवा तयारी को लागी सवैभन्दा प्रभावकारी स्रोत लोक सेवा तयारीको लागी आवश्यक सम्पुर्ण सामाग्रीहरु । अनलाइन लोक सेवा तयारी को लागी सवैभन्दा प्रभावकारी स्रोत


अनलाइन परीक्षा    डेमो परीक्षा
Logo

सम्पर्क ठेगाना

  • info@easyloksewa.com
  • +977-9867331082
  • Butwal, Nepal

उपयोगी लिंकहरु

  • General Knowledge (GK)
  • Current Affairs
  • Syllabus
  • Vacancy
  • English
  • अनलाइन परीक्षा

© 2026 All Rights Reserved by easyloksewa

Coded with by KTMRush

लग आउट
के तपाईं निश्चित रूपमा लग आउट गर्न चाहनुहुन्छ ?
QS Rank University Location