• Butwal, Nepal
  • info@easyloksewa.com
  • +977-9867331082
साइन-अप लग-इन
लग-इन साइन-अप

लग-इन

पासवर्ड भुल्नु भयो ?

साइन-अप

approve हुन समय लग्यो भने 9867331082 whatsapp गर्नु होला
Logo
  • General Knowledge(GK)
  • Current Affairs
  • Syllabus
  • vacancy
  • Intellectual Level (IQ)
  • English
    • Grammar
    • Vocabulary
    • Reading Comprehension
  • Subjective
    • शाखा अधिकृत (section Officer )
    • नायब सुब्बा
    • Nepal Rastra Bank नेपाल राष्ट्र बैंक
    • नेपाल बैंक (Nepal Bank)
    • शिक्षक सेवा आयोग (Teachers Service Commission)
    • कानुन ऐन तथा नियमावली (Laws Acts and Regulations)
    • सुरक्षा निकायहरू (Security Agencies)
  • Blogs
  • अनलाइन परीक्षा
  • डेमो परीक्षा

गेहेन्द्रशमशेर : नेपालको पहिलो वैज्ञानिक

  • गृह पृष्ठ
  • समसामयिक
  • गेहेन्द्रशमशेर : नेपालको पहिलो वैज्ञानिक

गेहेन्द्रशमशेर : नेपालको पहिलो वैज्ञानिक

 

 

  • गेहेन्द्रशमशेरको जन्म विसं १९२८ सालको पुस महिनामा भारतको पुरानो राजधानी कलकत्तामा भएको थियो, जहाँ उनका पिता वीरशमशेरलाई नेपाली प्रतिनिधिका रूपमा काम गर्न खटाइएको थियो । उनको प्रारम्भिक शिक्षा निजी अंग्रेजी शिक्षक राखी घरमा नै व्यवस्था गरिएको थियो ।
  • पछि राणा शासनकालमा निर्मित नेपालकै प्रथम आधुनिक विद्यालय मानिने दरबार हाई स्कुलमा उनलाई औपचारिक शिक्षाका लागि भर्ना गरिएको थियो । त्यसो त उनको शैक्षिकस्तरबारे हालसम्म कुनै पनि आधिकारिक जानकारी उपलब्ध हुन सकेको छैन । गेहेन्द्रशमशेर नेपाली आविष्कारक, हातहतियारका प्रमुख डिजाइनर एवं तत्कालीन शाही नेपाली सेनामा जर्नेलसमेत बनेका थिए । उनलाई नेपालकै प्रथम वैज्ञानिकका रूपमा समेत चिनिन्छ । 
  • गेहेन्द्रशमशेर वीरशमशेरका जेठा छोरा थिए । उनी बाल्यकालदेखि नै विभिन्न यान्त्रिक सामान र हात हतियार निर्माणमा रुचि राख्थे । उनको यही अभिरुचिका कारण वीरशमशेरले आफू प्रधानमन्त्री हुँदा छोरा गेहेन्द्रलाई १४ वर्षको किशोरावस्थामै तत्कालीन शाही नेपाली सेनाको हातहतियार विभाग हेर्ने प्रमुखको जिम्मा दिए । जसले गर्दा गेहेन्द्रशमशेर हातहतियार र गोलीगट्ठा निर्माणमा पनि निकै उत्प्रेरित हुन पुगे । 
  • त्यस बखत विदेशी मुलुकबाट हातहतियार तथा गोलीगट्ठा आयात गर्न पाइँदैनथ्यो । त्यसैले वैज्ञानिक गेहेन्द्रले स्थानीय रूपमै उपलब्ध कच्चा सामग्री प्रयोग गरेर विभिन्न हातहतियार बनाउन थाले । यसका लागि उनले बेलायती मोडलको हातहतियार निर्माण कारखाना काठमाडौंको जमलस्थित आफ्नै  निवास सेतो दरबार अनि सुन्दरीजल, बालाजु र भोजपुरको मेगचन भन्ने ठाउँमा बनाए । त्यति मात्र नभई उनले तत्कालीन शाही नेपाली सेनाको आधुनिकीकरणमा समेत ठूलो योगदान पुर्‍याएको इतिहासकारहरू बताउँछन् ।
  • प्रधानमन्त्री वीरशमशेरको निधनपछि देवशमशेर चौथो राणा प्रधानमन्त्रीका रूपमा सत्तासीन भए । देवशमशेर र गेहेन्द्रशमशेरबीच पनि त्यतिखेर निकै राम्रो र घनिष्ठ सम्बन्ध थियो । त्यसैले, दरबारमा गेहेन्द्रको निकै राम्रो पोजिसन थियो । यस क्रममा उनलाई तत्कालीन प्रहरी सेवाको जासुसी प्रमुख अर्थात् स्पाई चिफका रूपमा समेत नियुक्त गरियो । पछि प्रधानमन्त्री देवशमशेरकै सल्लाह र आग्रहमा उनी हातहतियार निर्माणसम्बन्धी विभिन्न प्रविधि सिक्न जापान गए । विसं १९५६ को अन्त्यतिर जापानबाट फर्किएर गेहेन्द्रशमशेरले संयुक्त राज्य अमेरिकाको डेट्रोइटस्थित फोर्ड मोटर कम्पनीबाट मोटरकार मगाई उक्त मोटरकारको सबै पार्टपुर्जा खोलेर त्यसको बृहत् अध्ययन गरी आफैँ मोटरकार निर्माणमा समेत जुटे ।

 गेहेन्द्रशमशेरका प्रमुख आविष्कारहरू
पानीमुनि बत्ती

जतिखेर नेपालमा बिजुलीको प्रचलन थिएन, त्यतिखेर गेहेन्द्रशमशेरले पानीमुनि बत्ती बाल्ने प्रविधिको विकास गरे । तैल इन्जिनको प्रयोगद्वारा डिसी डाइनामो चलाएर त्यसबाट उत्पन्न बिजुलीलाई जम्मा गरी अर्थात् ब्याट्री चार्ज गरी त्यसबाट लाइन जोडी उनले बिजुलीबत्ती बाले । यो बत्ती पानीमुनि पनि बाल्न सकिन्थ्यो । आजको जस्तो जलविद्युत् शक्तिको सहज उपलब्धता नभएको त्यस समयमा डाइनामो चलाएर भए पनि यसरी बिजुलीबत्ती बाल्नुलाई इतिहासकारहरूले ठूलै उपलब्धि मानेका छन् । स्मरण रहोस् नेपालको सबैभन्दा पहिलो फर्पिङ जलविद्युत आयोजना निर्माणको थालनीमा पनि उनकै महत्वपूर्ण योगदान मानिन्छ ।

धान कुट्ने कल
काठमाडौंको जमलस्थित त्रिभुवन विश्वविद्यालयको पुरानो परीक्षा नियन्त्रण कार्यालय रहेकोे भवन र त्यसवरपर फैलिएको दरबारलाई त्यतिखेर सेतो दरबार भनिन्थ्यो । जुन दरबार उनलाई आफ्ना पिता वीरशमशेरले पैतृक सम्पत्तिका रूपमा प्रदान गरेका थिए । त्यही सेतो दरबारको कम्पाउन्डभित्र गेहेन्द्रशमशेरले यस्तो कलको स्थापना गरेका थिए जुन कलले धान कुट्ने, पीठो पिस्ने, तोरी पेल्ने आदि गरिन्थ्यो । यस कलका निम्ति उनले सातवटा ब्रोइलर इन्जिनसमेत जडान गरेका थिए । 

छाला प्रशोधन कारखानाः
गेहेन्द्रशमशेरले काठमाडौंको बालाजुमा छाला प्रशोधन कारखाना पनि स्थापना गरेका थिए । यसबाट देशभित्रै काँचो छालालाई प्रशोधन गर्ने काम सम्भव भएको थियो । यस कारखानाले नेपालको औद्योगिक विकासमा समेत निकै महत्वपूर्ण थालनी गरेको मानिएको छ । 

हावा मिलः
इनारको पानीलाई तानी बाहिर ल्याउने यो मिल हावाको गतिले पंखालाई घुमाएका आधारमा चल्दथ्यो । त्यसै बहेर खेर जाने हावालाई उनले मानव जातिको उपयोगितामा लगाए । उनको यो प्रविधिलाई त्यतिखेर सेतो दरबारको कम्पाउन्डभित्र इनारको पानी बाहिर ल्याई बगैँचामा सिँचाइ गर्नसमेत प्रयोग गर्ने गरिएको थियो । 

गेहेन्द्र राइफल
गेहेन्द्रशमशेरका वैज्ञानिक उपलब्धि धेरैजसो तोप, बन्दुक, राइफल आदि हातहतियारको निर्माण र नयाँ प्रयोगमा नै केन्द्रित थियो । त्यतिखेर सरकारी सेनाको उपयोगका लागि पनि ती हतियारहरू प्रयोग हुने गर्दथे । यी हतियारहरूमध्ये एकथरी राइफललाई गेहेन्द्रशमशेरले आफ्नै  नामबाट ‘गेहेन्द्र राइफल’ भनी नामाकरण पनि गरेका थिए । यो राइफलमा दुईनाले कार्टिज्स समावेश थियो । त्यतिखेर सैनिकहरूको अभ्यासको निमित्त यी राइफल वितरण गरिएका थिए । 

गे–गन
गेहेन्द्र शमशेरले एकथरी यस्तो तोप बनाएका थिए जुन तोपलाई बसेर पनि प्रहार गर्न सकिन्थ्यो । यसलाई उनले आफ्नै नामको सुरुको अक्षर गे बाट ‘गे–गन’ भनी नामाकरण गरेका थिए । यसको प्रमुख विशेषता के थियो भने प्रहार गर्दा यो पछाडि सर्दैनथ्यो । जब कि अरू तोपहरूमा गोली प्रहार भई छुटेर गएपछि गन जोडले पछाडि सर्ने गर्दथ्यो । तर, यो गे–गन चलाउँदा चलाउने मान्छेलाई गोली लाग्न नपाओस् भनी यसमा अगाडिपट्टि मान्छेको टाउको छेकिने गरी धातुको पातासमेत जडान गरिएको थियो । साथै यस गनको अर्को महत्वपूर्ण विशेषता के पनि थियो भने यसलाई केही डिग्री घुमाएर पनि प्रहार गर्न सकिन्थ्यो । यस हिसाबले यो गन आजको चौतर्फी प्रहार गर्न सक्ने आधुनिक ट्यांकरकै एउटा प्रारम्भिकस्वरूप थियो भनेर कतिपय इतिहासकारहरूले टिप्पणी गरेका छन् । 

वीर–गन
विसं १९५३ मा गेहेन्द्रशमशेरले अर्को दुईनाले तोप पनि बनाए । यसलाई उनले आफ्नाे पिता वीरशमशेरको नामसँग जोडेर ‘वीर–गन’ भन्ने नाम दिएका थिए । यसका दुवै नालबाट क्रमशः गोली चलाउन सकिन्थ्यो । यो पनि केही डिग्री घुमाएर प्रहार गर्न सकिने गरी बनाइएको थियो । 

धीर–गन र चारनाले तोप
आफ्नो बाजे धीरशमशेरको नाममा गेहेन्द्रशमशेरले विकास गरेको यो तोपको बारेमा इतिहासकारहरूले पर्याप्त जानकारी प्राप्त गर्न सकेका त छैनन्, तर पनि त्यस समयमा यो गन पनि गेहेन्द्रशमशेरको महत्वपूर्ण वैज्ञानिक उपलब्धिकै रूपमा रहेको मानिएको छ । यस्तै, उपलब्धिका रूपमा रहेको अर्को एकथरी तोपको बारेमा पनि कमै मात्र जानकारी प्राप्त छ ।

फोटोग्राफी
गेहेन्द्रशमशेर बहुआयामिक प्रतिभा भएका व्यक्ति थिए । संगीत, खेलकुद, चित्रकलादेखि लिएर फोटोग्राफीमा समेत रुचि भएका र तालिम लिएका उनले त्यतिखेरको नेपालका निम्ति नयाँ प्रविधिकै रूपमा रहेको फोटोग्राफीको क्षेत्रमा पनि महत्वपूर्ण योगदान पुर्‍याएका थिए । यस क्रममा उनले फोटोग्राफीका निम्ति प्रयोग हुने रसायन आफ्नै  खर्चमा विदेशबाट मगाएका थिए । यसरी फोटोग्राफीको प्रयोग र विकास गरी उनले थुप्रै फोटाहरू बनाउने काम पनि गरेका थिए । 

यस्ता बहुप्रतिभाशाली नेपाली वैज्ञानिक गेहेन्द्रशमशेरको अन्ततः विसं १९६३ मा ३५ वर्षको अल्पायुमै अत्यन्त रहस्यमय ढंगले मृत्यु भयो । उनको मृत्युको कारणबारे वास्तविक रहस्य अझै खुल्न सकेको छैन । राजनीतिक र सैन्य प्रभावबाट आशंकित भएर उनको षड्यन्त्रपूर्वक हत्या गराएको हुन सक्ने केही इतिहासकारहरूले उल्लेख गरेका छन् ।

प्रचलित

Top 10 Best-Ranked Universities in the USA (2025)

🌟 Top 10 Universities in the US (2025 QS Rankings)

<...

SEE 2081 Result: Check Your Result via SMS, IVR & Official Websites

 

SEE 2081 Result: Check Your Result via SMS, IVR, and Website—Official Details

 

The National Examination Board (NEB), Examination Control Office...

एयर इण्डिया फ्लाइट AI171: अहमदाबाद–लन्डन दुर्घटना भयको छ 

एयर इण्डिया फ्लाइट AI171: अहमदाबाद–लन्डन दुर्घटना भयको छ 

२०२५ को जुन १२ मा, भारतको अहमदाबादबाट लन्डन गेटविक जाने एयर इण्डिया फ्लाइट AI171, बोइङ ७८७-८ ड्रीमलाइ...

सबै हेर्नुहोस्
<

परिक्ष्याको लागि तयारी


लोक सेवा तयारीको लागी आवश्यक सम्पुर्ण सामाग्रीहरु । अनलाइन लोक सेवा तयारी को लागी सवैभन्दा प्रभावकारी स्रोत लोक सेवा तयारीको लागी आवश्यक सम्पुर्ण सामाग्रीहरु । अनलाइन लोक सेवा तयारी को लागी सवैभन्दा प्रभावकारी स्रोत लोक सेवा तयारीको लागी आवश्यक सम्पुर्ण सामाग्रीहरु । अनलाइन लोक सेवा तयारी को लागी सवैभन्दा प्रभावकारी स्रोत


अनलाइन परीक्षा    डेमो परीक्षा
Logo

सम्पर्क ठेगाना

  • info@easyloksewa.com
  • +977-9867331082
  • Butwal, Nepal

उपयोगी लिंकहरु

  • General Knowledge (GK)
  • Current Affairs
  • Syllabus
  • Vacancy
  • English
  • अनलाइन परीक्षा

© 2026 All Rights Reserved by easyloksewa

Coded with by KTMRush

लग आउट
के तपाईं निश्चित रूपमा लग आउट गर्न चाहनुहुन्छ ?
QS Rank University Location