• Butwal, Nepal
  • info@easyloksewa.com
  • +977-9867331082
साइन-अप लग-इन
लग-इन साइन-अप

लग-इन

पासवर्ड भुल्नु भयो ?

साइन-अप

approve हुन समय लग्यो भने 9867331082 whatsapp गर्नु होला
Logo
  • General Knowledge(GK)
  • Current Affairs
  • Syllabus
  • vacancy
  • Intellectual Level (IQ)
  • English
    • Grammar
    • Vocabulary
    • Reading Comprehension
  • Subjective
    • शाखा अधिकृत (section Officer )
    • नायब सुब्बा
    • Nepal Rastra Bank नेपाल राष्ट्र बैंक
    • नेपाल बैंक (Nepal Bank)
    • शिक्षक सेवा आयोग (Teachers Service Commission)
    • कानुन ऐन तथा नियमावली (Laws Acts and Regulations)
    • सुरक्षा निकायहरू (Security Agencies)
  • Blogs
  • अनलाइन परीक्षा
  • डेमो परीक्षा

भारतीय रुपैयाँ भन्दा नेपाली रुपैया किन बलियो ?

  • गृह पृष्ठ
  • समसामयिक
  • भारतीय रुपैयाँ भन्दा नेपाली रुपैया किन बलियो ?

भारतीय रुपैयाँ भन्दा नेपाली रुपैया किन बलियो ?

भारु भन्दा नेपाली रुपैयाँ बलियो (२०७९ माघ १४)

  • २०४१ देखि भारतको एक रुपैयाँ बराबर नेपालको १ रुपैयाँ ६० पैसा हुने स्थिर विनिमय दर कायम गरिएको थियो ।
  • नेपाली र भारतीय मुद्राबीच दशकौँदेखि स्थिर विनिमय दर रहँदै आएको छ अर्थात् नेपालमा १०० रुपैयाँ भारुको १६० रुपैयाँ नेरु तिर्नुपर्छ। अन्य मुद्राको सटही दर हरेक दिन परिवर्तन भए पनि भारुको हुँदैन। तर, वैध रुपमा कायम भएको यो सटही दर अहिले सीमावर्ती क्षेत्रमा कायम रहेको छैन ।
  • आजभोलि सीमावर्ती नेपाली बजारमा भारतीय रुपैयाँ लिन व्यापारीहरुले मानिरहेका छैनन् किनभने भारतिय रुपैयाँको सटही दर हाल १५५ रहेको छ जसले गर्दा उनिहरुलाइ भारतिय रुपैयाँ लिनुभन्दा नेपाली रुपैयाँ लिनुमै फाइदा रहेको छ ।
  • नेपालका सीमावर्ती क्षेत्रमा भारतीय रुपैयाँको सस्तोमा कारोबार हुन थाल्नुले नेपालमा ‘अनौपचारिक अर्थतन्त्र’को थप विस्तार भएको सङ्केत गर्दछ ।
  • यसले भारतीय रुपैयाँको तुलनामा नेपाली मुद्रा बलियो बनेको जस्तो देखिए पनि त्यसले नेपाली अर्थतन्त्रलाई “फाइदा भन्दा बेफाइदा नै बढी” हुनसक्ने देखिन्छ।
  • सीमा क्षेत्रमा ‘वित्तीय संयन्त्रबाहिर हुने अनौपचारिक’ कारोबारमा अहिले प्रति १०० रुपैयाँ भारुमा कम्तीमा पाँच रुपैयाँसम्म कमी आएको पाइएको छ ।
  • तर नेपाल राष्ट्र वैङ्कका पदाधिकारीहरुभने यसले नेपालि अर्थतन्त्रमा धेरै प्रभाव नपार्ने बताउछन् ।

 

कारण

  • नेपाल भित्रिने रेमिट्यान्सको कारोबार हुन्डीबाट हुँदा त्यसको प्रभाव भारुको अवमूल्यनका रूपमा देखा परेको हुन सक्दछ । पहिले १६७ देखि १७० मा कारोबार भइरहेको भारु अहिले १५५ मा भइरहेको छ। त्यसको कारण विदेशबाट आउने डलर रेमिट्यान्स नेपालमा नआएर सुरुमा हुन्डीको माध्यमबाट भारत जाने र उक्त रकम त्यहाँबाट नेपालीलाई बुझाउनु पर्दा धेरै नेपाली रकम साट्नुपर्ने भएको कारण नेपाली मुद्राको माग धेरै भइ यस्तो अवस्था आएको हो।
  • नेपालबाट भारतमा धेरै सुन तस्करी हुने गरेको कारण पनि भारतियहरुले नेपालि तस्करलाई भुक्तानी गर्नुपर्ने भएकोले भारु सस्तिएको हुन सक्ने अनुमान रहेको छ ।
  • नेपाल र भारतबीच अवैध कारोबार बढेकाले भारतीय रुपैयाँको आपूर्ति धेरै भएको हुनसक्ने मानिएको छ । चोरी निकासीमार्फत भित्रिएको रकम बैंकमा साट्दा स्रोत खुलाउनुपर्ने भएकाले व्यवसायीले भाउ घटेर भए पनि अनौपचारिक माध्यमबाटै सटही गर्न थालेका हुन ।
  • नेपालसँग सीमा जोडिएका भारतका उत्तर प्रदेश तथा विहारलगायतका राज्यमा मदिरा बिक्री बन्द हुँदा नेपालका सीमावर्ती क्षेत्रमा भारतीयहरूको चहलपहल बढ्ने गरेको छ । त्यसका कारण नेपाली सीमा क्षेत्रमा भारतीय मुद्राको आपूर्ति बढेको र त्यसले नेपालीका तुलनामा त्यो सस्तो भएको हुनसक्ने पनि कतिपयको भनाइ छ ।
  • नेपालमा स्थानीय तह, सङ्घ र प्रदेशको निर्वाचनका क्रममा पनि भारततर्फ रहेका नेपाली उम्मेदवारहरूका आफन्तहरूले रकम पठाइदिएको हुनसक्ने पनि आशङ्का गरिएको छ । उक्त रकम पनि भारुमै आएको कारण तराई क्षेत्रमा भारुको आपूर्ति बढाएको हुनसक्छ ।
  • ठूला कारोबारमा ५ सय र २ हजार दरका भारु नोट प्रयोग हुने, तर ती दरका नोट बैंकले सटही नगरिदिने भएकोले पनि व्यवसायी अनौपचारिक माध्यमबाट रकम साट्न रुचाउँने गरेका छन् ।
  • पूर्वभारतीय सैनिकलाई एसबीआई बैंकले भारुमै पेन्सन वितरण गरेकोकारण पनि नेपालमा भारु सस्तिएको हुन सक्ने अनुमान छ ।

 

परिणाम

  • हाम्रो व्यापारिक क्षमता, सेवा, व्यापार को कारण नेपाली मुद्रा बलियो हुनु राम्रो हो तर आर्थिक विकृति र नियमनको अभावका कारण यस्तो अवस्था आएको हुनले यसले अर्थतन्त्रमा सहयोग पुर्‍याउने अवस्था कम हुने देखिन्छ ।
  • यसले नेपाली अर्थतन्त्रलाई टेवा पुर्‍याउनुको साटो अनौपचारिक अर्थतन्त्रलाई बढावा दिने देखिन्छ ।

प्रचलित

Top 10 Best-Ranked Universities in the USA (2025)

🌟 Top 10 Universities in the US (2025 QS Rankings)

<...

SEE 2081 Result: Check Your Result via SMS, IVR & Official Websites

 

SEE 2081 Result: Check Your Result via SMS, IVR, and Website—Official Details

 

The National Examination Board (NEB), Examination Control Office...

एयर इण्डिया फ्लाइट AI171: अहमदाबाद–लन्डन दुर्घटना भयको छ 

एयर इण्डिया फ्लाइट AI171: अहमदाबाद–लन्डन दुर्घटना भयको छ 

२०२५ को जुन १२ मा, भारतको अहमदाबादबाट लन्डन गेटविक जाने एयर इण्डिया फ्लाइट AI171, बोइङ ७८७-८ ड्रीमलाइ...

सबै हेर्नुहोस्
<

परिक्ष्याको लागि तयारी


लोक सेवा तयारीको लागी आवश्यक सम्पुर्ण सामाग्रीहरु । अनलाइन लोक सेवा तयारी को लागी सवैभन्दा प्रभावकारी स्रोत लोक सेवा तयारीको लागी आवश्यक सम्पुर्ण सामाग्रीहरु । अनलाइन लोक सेवा तयारी को लागी सवैभन्दा प्रभावकारी स्रोत लोक सेवा तयारीको लागी आवश्यक सम्पुर्ण सामाग्रीहरु । अनलाइन लोक सेवा तयारी को लागी सवैभन्दा प्रभावकारी स्रोत


अनलाइन परीक्षा    डेमो परीक्षा
Logo

सम्पर्क ठेगाना

  • info@easyloksewa.com
  • +977-9867331082
  • Butwal, Nepal

उपयोगी लिंकहरु

  • General Knowledge (GK)
  • Current Affairs
  • Syllabus
  • Vacancy
  • English
  • अनलाइन परीक्षा

© 2026 All Rights Reserved by easyloksewa

Coded with by KTMRush

लग आउट
के तपाईं निश्चित रूपमा लग आउट गर्न चाहनुहुन्छ ?
QS Rank University Location