मौद्रिक नीति, २०७८/०७९ को मुलभुत विशेषताहरु
आर्थिक वर्ष २०७८/०७९ को मौद्रिक नीति २०७८ साउन २९ गते नेपाल राष्ट्र वैकका गवर्नर श्री महाप्रसाद अधिकारीले सार्वजनिक गरेका थिए । मौद्रिक नीति २०७८/०७९ का मुलभुत विशेषताहरु निम्नअनुसार रहेका छन् ।
- सन् २०२० मा ३.२ प्रतिशतले संकुचन भएको विश्व अर्थतन्त्र सन् २०२१ मा ६.० प्रतिशतले बिस्तार हुने अन्तर्राष्ट्रिय मुद्रा कोषको अनुमान छ र र सन् २०२२ मा ४.९ प्रतिशतले वृद्धि हुने प्रक्षेपण छ । । सन् २०१९ मा विश्व अर्थतन्त्र २.८ प्रतिशतले बिस्तार भएको थियो ।
- आर्थिक वर्ष २०७६/७७ मा २.०९ प्रतिशतले संकुचनमा गएको नेपालको अर्थतन्त्र आर्थिक वर्ष २०७७/७८ मा ४.०१ प्रतिशतले बिस्तार हुनेकेन्द्रीय तथ्याङ्क विभागको अनुमान रहेको छ । तर चौथो त्रयमासमा भएको संक्रमणको दोस्रो लहरले यो वृद्धिदर कायम हुन चुनौतीपूर्ण देखिएको छ ।
- आर्थिक वर्ष २०७८/७९ मा उपभोक्ता मुद्रास्फीति औसत ६.५ प्रतिशतभित्र सीमित राख्ने लक्ष्य लिइएको छ ।
- सन् २०२० मा ४.६ प्रतिशतले संकुचन भएको विकसित मुलुकहरूको अर्थतन्त्र सन् २०२१ मा ५.६ प्रतिशतले बिस्तार हुनेप्रक्षेपण रहेको छ । त्यसैगरी, सन् २०२० मा २.१ प्रतिशतले संकुचन हुने अनुमान रहेको उदीयमान तथा विकासशील अर्थतन्त्र सन् २०२१ मा ६.३ प्रतिशतले बिस्तार हुने प्रक्षेपण छ । सन् २०१९ मा विकसित अर्थतन्त्र र उदीयमान तथा विकासशील अर्थतन्त्रको वृद्धिदर क्रमशः १.६ प्रतिशत र ३.७ प्रतिशत रहेको थियो ।
- सन् २०२० मा विश्व व्यापार आयतन ८.३ प्रतिशतले संकुचन भएकोमा सन् २०२१ मा ९.७ प्रतिशतले बिस्तार हुने प्रक्षेपण छ ।
- सन् २०२० मा पेट्रोलियम पदार्थको मूल्यमा ३२.७ प्रतिशतले कमी आएकोमा सन् २०२१ मा ५६.६ प्रतिशतले वृद्धि हुनेप्रक्षेपण छ ।
- आर्थिक वर्ष २०७७/७८ मा वार्षिक उपभोक्ता मुद्रास्फीति औसत ७ प्रतिशतको सीमाभित्र राख्ने लक्ष्य रहेकोमा ३.६० प्रतिशत कायम रहेको छ । वार्षिक बिन्दुगत आधारमा २०७८ असारमा उपभोक्ता मुद्रास्फीति ४.१९ प्रतिशत रहेको छ ।
- आर्थिक वर्ष २०७७/७८ मा निर्यात ४४.४ प्रतिशतले र आयात २८.७ प्रतिशतले बढेको छ । यस अवधिमा वस्तु व्यापार घाटा २७.३ प्रतिशतले बढेको छ । विप्रेषण आप्रवाह ९.८ प्रतिशतले वृद्धि भएको छ ।
- आर्थिक वर्ष २०७७/७८ मा विस्तृत मुद्राप्रदायको वार्षिक वृद्धिदर १८.० प्रतिशत हुने प्रक्षेपण रहेकोमा २१.८ प्रतिशत कायम भएको छ