• Butwal, Nepal
  • info@easyloksewa.com
  • +977-9867331082
साइन-अप लग-इन
लग-इन साइन-अप

लग-इन

पासवर्ड भुल्नु भयो ?

साइन-अप

approve हुन समय लग्यो भने 9867331082 whatsapp गर्नु होला
Logo
  • General Knowledge(GK)
  • Current Affairs
  • Syllabus
  • vacancy
  • Intellectual Level (IQ)
  • English
    • Grammar
    • Vocabulary
    • Reading Comprehension
  • Subjective
    • शाखा अधिकृत (section Officer )
    • नायब सुब्बा
    • Nepal Rastra Bank नेपाल राष्ट्र बैंक
    • नेपाल बैंक (Nepal Bank)
    • शिक्षक सेवा आयोग (Teachers Service Commission)
    • कानुन ऐन तथा नियमावली (Laws Acts and Regulations)
    • सुरक्षा निकायहरू (Security Agencies)
  • Blogs
  • अनलाइन परीक्षा
  • डेमो परीक्षा

सम्पत्ति शुद्धिकरणमा प्रविधि र विश्वव्यापिकरणको भुमीका र यसको निराकरणमा राष्ट्रिय अन्तर्राष्ट्रिय प्रयास

  • गृह पृष्ठ
  • समसामयिक
  • सम्पत्ति शुद्धिकरणमा प्रविधि र विश्वव्यापिकरणको भुमीका र यसको निराकरणमा राष्ट्रिय अन्तर्राष्ट्रिय प्रयास

सम्पत्ति शुद्धिकरणमा प्रविधि र विश्वव्यापिकरणको भुमीका र यसको निराकरणमा राष्ट्रिय अन्तर्राष्ट्रिय प्रयास

  • संसारमा प्राय सवैजसो आपराधिक कार्य र गैरकानुनी कार्य नाफा आर्जन गर्ने उद्देश्यले गरिन्छ । त्यस्तो अवैध रुपमा वा गैरकानुनी कारोवारबाट आर्जित रकमको वास्तविक स्रोत लुकाइ कानुनी रुपमा आर्जन भएको भनी देखाउने प्रवृत्ती नै सम्पत्ती शुद्धिकरण हो ।
  • सम्पत्ति शुद्धीकरण भनेको गैरकानूनी रूपमा प्राप्त रकमको स्रोत लुकाउने कार्य हो । यसले सम्पत्तिलाइ वैध स्रोतबाट उत्पन्न भएको देखाउछ । सम्पत्ति शुद्धीकरण सामान्यतया अपराधीहरूले, आतंकवादीहरूले तथा अन्य विभिन्न प्रवृत्तिका मानिसहरुले कर छली गर्न प्रयोग गर्छन्।
  • आईएमएफ (IMF) का अनुसार विश्वको सम्पत्ति शुद्धिकरण विश्वको कुल गार्हस्थ्य उत्पादनको २ देखि ५ प्रतिशतको बीचमा रहेको छ ।

सम्पत्ति शुद्धिकरणमा उदयीमान प्रविधिको योगदान

  • गैरकानुनी तरीकाबाट सञ्चालित क्रिप्टोकरन्सी र वैकल्पिक अनलाइन वित्त प्रणालीहरु को प्रयोग बाट सम्पत्ति शुद्धिकरणलाइ सहज बनाएको छ ।
  • सम्पत्ती शुद्धिकरण गर्ने क्रममा दलालहरुको विचमा भएका कुराकानीको गुप्तिकरण (Encrypt) गर्न सकिने भएकोले त्यस्ता कुराकानीहरू थप गोप्य र सहज बनेका छन् ।
  • अनलाइन बजारहरुमा हुने ठूलो मात्राका डिजिटल कारोवारहरूमा अबैध रकमलाइ बैध वनाउन प्रयोग गरिन्छ ।
  • क्रेडिट कार्डमा हुने व्याक्तिगत जानकारीको चोरी गरी त्यसको प्रयोगमार्फत अवैध रकमलाइ वैध वनाउने गरिन्छ ।

विश्वव्यापिकरणको सम्पत्ति शुद्धिकरणमा योगदान

  • विश्वव्यापी वित्तीय प्रणालीमा रकम स्थानान्तरण भएपश्चात विभिन्न देशका अनुसन्धानकर्ताहरु बीच  समन्वयको समस्या हुने भएकोले सम्पत्ति शुद्धिकरणमा योगदान पुग्दछ ।
  • केम्यान द्धिप, पानामा आदि जस्ता ट्याक्स हेवन (Tax Haven) देशहरूले Black Money को सहयोगमा आफ्नो अर्थव्यवस्थाको संरचना बनाएका छन् । (Tax Haven देशहरु अत्यन्त नगन्य मात्रामा कर लाग्ने देशहरु, यस्ता देशमा कुनै पनि कम्पनीले आफ्नो प्रधान कार्यालय बनाएमा ठुलो मात्रामा करबाट बच्ने गर्दछन् )
  • संसारभरका विभिन्न देशहरुमा व्याक्तिगत सम्पत्ति हुन सक्ने भएपश्चात अनुसन्धान प्रणाली थप जटिल र कठिन बन्न पुगेको छ ।

सम्पत्ति शुद्धीकरण नियन्त्रण गर्न निम्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उपायहरू लागू गरिएको छ:

  • सम्पत्ति शुद्धिकरण निवारण ऐन, २०६४ र नियमावली, २०६६
  • मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४
  • भ्रष्टाचार निवारण ऐन, २०५९
  • लागु औषध नियन्त्रण ऐन, २०३३
  • बैंकिङ्ग कसुर तथा सजाय सम्वन्धि ऐन, २०६४
  • नेपाल राष्ट्र बैंकमा सम्पत्ति शुद्धिकरणसम्वन्धी सुचना संकलन तथा विश्लेषणका लागि वित्तीय जानकारी इकाइको व्यवस्था गरिएको ।
  • सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको गठन गरिएको ।
  • भियना कन्भेन्सनअनुसार लागुऔषध तस्करीबाट आर्जित पैसाको शुद्धीकरणलाई अपराध मानिएको छ ।
  • सम्पत्ति शुद्धिकरण र आतंकवादमा हुने वित्तीय लगानीमा नियन्त्रण गर्नको लागी सन् १९८९ मा फ्रान्सको पेरिसमा वित्तीय कारवाही कार्यदल (FATF) को स्थापना गरिएको ।
  • सम्पत्ति शुद्धिकरण र आतंकवादमा हुने वित्तीय लगानी नियन्त्रण गर्नको लागी अष्ट्रेलियाको सिड्नीमा प्रधान कार्यालय रहेको एशिया प्रशान्त क्षेत्र समुह (APG) को गठन गरिएको ।

सम्पत्ति शुद्धिकरण एक विश्वव्यापी खतरा हो जसलाई रोक्न विश्वव्यापी प्रयास आवश्यक छ। सम्पत्ति शुद्धीकरणको खतरालाई रोक्न राष्ट्रहरू, वित्तीय संस्थाहरू र ठूला डाटा र आर्टिफिसियल इन्टेलिजेन्स जस्ता प्राविधिक प्रतिरोधात्मक उपायहरूको प्रयोगको साथमा पारस्परिक सहयोग आवश्यक छ ।

प्रचलित

Top 10 Best-Ranked Universities in the USA (2025)

🌟 Top 10 Universities in the US (2025 QS Rankings)

<...

SEE 2081 Result: Check Your Result via SMS, IVR & Official Websites

 

SEE 2081 Result: Check Your Result via SMS, IVR, and Website—Official Details

 

The National Examination Board (NEB), Examination Control Office...

एयर इण्डिया फ्लाइट AI171: अहमदाबाद–लन्डन दुर्घटना भयको छ 

एयर इण्डिया फ्लाइट AI171: अहमदाबाद–लन्डन दुर्घटना भयको छ 

२०२५ को जुन १२ मा, भारतको अहमदाबादबाट लन्डन गेटविक जाने एयर इण्डिया फ्लाइट AI171, बोइङ ७८७-८ ड्रीमलाइ...

सबै हेर्नुहोस्
<

परिक्ष्याको लागि तयारी


लोक सेवा तयारीको लागी आवश्यक सम्पुर्ण सामाग्रीहरु । अनलाइन लोक सेवा तयारी को लागी सवैभन्दा प्रभावकारी स्रोत लोक सेवा तयारीको लागी आवश्यक सम्पुर्ण सामाग्रीहरु । अनलाइन लोक सेवा तयारी को लागी सवैभन्दा प्रभावकारी स्रोत लोक सेवा तयारीको लागी आवश्यक सम्पुर्ण सामाग्रीहरु । अनलाइन लोक सेवा तयारी को लागी सवैभन्दा प्रभावकारी स्रोत


अनलाइन परीक्षा    डेमो परीक्षा
Logo

सम्पर्क ठेगाना

  • info@easyloksewa.com
  • +977-9867331082
  • Butwal, Nepal

उपयोगी लिंकहरु

  • General Knowledge (GK)
  • Current Affairs
  • Syllabus
  • Vacancy
  • English
  • अनलाइन परीक्षा

© 2026 All Rights Reserved by easyloksewa

Coded with by KTMRush

लग आउट
के तपाईं निश्चित रूपमा लग आउट गर्न चाहनुहुन्छ ?
QS Rank University Location