• Butwal, Nepal
  • info@easyloksewa.com
  • +977-9867331082
साइन-अप लग-इन
लग-इन साइन-अप

लग-इन

पासवर्ड भुल्नु भयो ?

साइन-अप

approve हुन समय लग्यो भने 9867331082 whatsapp गर्नु होला
Logo
  • General Knowledge(GK)
  • Current Affairs
  • Syllabus
  • vacancy
  • Intellectual Level (IQ)
  • English
    • Grammar
    • Vocabulary
    • Reading Comprehension
  • Subjective
    • शाखा अधिकृत (section Officer )
    • नायब सुब्बा
    • Nepal Rastra Bank नेपाल राष्ट्र बैंक
    • नेपाल बैंक (Nepal Bank)
    • शिक्षक सेवा आयोग (Teachers Service Commission)
    • कानुन ऐन तथा नियमावली (Laws Acts and Regulations)
    • सुरक्षा निकायहरू (Security Agencies)
  • Blogs
  • अनलाइन परीक्षा
  • डेमो परीक्षा

धनतेरस पर्वको बारेमा जान्नै पर्ने कुराहरु र यो पर्व बारे प्रचलित कथा ।

  • गृह पृष्ठ
  • समसामयिक
  • धनतेरस पर्वको बारेमा जान्नै पर्ने कुराहरु र यो पर्व बारे प्रचलित कथा ।

धनतेरस पर्वको बारेमा जान्नै पर्ने कुराहरु र यो पर्व बारे प्रचलित कथा ।

👉️तिहारको धनतेरस अवसर पारेर राष्ट्र बैंकले सुन र चाँदीका सिक्का (असर्फी) बिक्री थालेको छ । काठमाडौं बबरमहलस्थित टक्सार विभागबाट ती सिक्काको बिक्री वितरण थालिएको छ ।

👉️पञ्चाङ्ग बमोजिम प्रत्येक वर्ष कार्तिक कृष्ण पक्षको त्रयोदशीका अथवा काग तिहारका दिन दिन धनवन्तरी त्रयोदशी अर्थात धनतेरस मनाउने चलन छ । धन त्रयोदशी र धनतेरस पनि यसै दिनलाई भन्ने गरिन्छ । यो दिन मूलतः आयुर्वेदका प्रवर्तक धन्वन्तरि र धनका देवता कुबेरको जन्मोत्सव मनाउने पर्व हो ।

👉️धनतेरसको सुरुवात कसरी ?

सनातन संस्कृतिमा काग, कुकुर, गाई, गोरु, दाजुभाइ र आफू स्वयंको पूजा गरी सबै प्राणीलाई सम्मान गर्न सिकाउने पर्व तिहार प्रत्येक वर्षको कार्तिक महिनामा पर्ने यमपञ्चकमा मनाउने चलन छ ।

यो पर्व अँध्यारोबाट उज्यालोतिर लिएर जाने प्रकाशको उत्सव हो । जडतारूपी औँसीको रातलाई चेतनारूपी बत्ती बालेर चुनौती दिने हुनाले यस चाडलाई दीपावली, दीपमाला, दीपमालिका, ज्योतिपर्व, प्रकाशपर्व आदि नामबाटसमेत सम्बोधन गर्ने गरिन्छ । प्रकाशको यो पर्व तिहार पनि अन्य चाडपर्वजस्तै ऋतुपरिवर्तनको खुसियालीमा मनाइने चाड हो ।

यस पर्वमा यसरी नै किनमेल गर्नुपर्छ भन्ने सन्दर्भ कहिले र कसरी आरम्भ भयो भन्ने विषयमा कुनै निश्चित प्रमाण त छैन । धनतेरसको सम्बन्ध धनका देवता कुबेर र आयुर्वेदका प्रवर्तक धन्वन्तरिसित रहेको पाइन्छ । धर्मशास्त्रमा उल्लेख भएबमोजिम यस दिन यी दुवैको जन्मदिन हो । धन्वन्तरी आरोग्यका देवता तथा कुबेर धनधान्य र समृद्धिका देवता भएकाले यो दिन सम्पत्ति अभिवृद्धिका निमित्त उपयुक्त ठहर्याइएको हुनुपर्छ । मूलतः धन्वन्तरीलाई आयुर्वेदका जन्मदाता मानिन्छ । उनले संसारभरिका वनस्पतिको अध्ययन र अनुसन्धान गरी राम्रो र नराम्रो प्रभाव र गुणको पहिचान गरेका थिए । उनको जन्म प्रसंगका सम्बन्धमा पुराणहरूमा मतमतान्तर पाइन्छ ।

एउटा मतमा उनी काशीका राजा धन्वका छोरा थिए, काशीका अर्का प्रतिष्ठित राजा दिवोदास यिनका नाति थिए भन्ने भनाइ छ । तर, अर्को प्रसंगअनुसार उनी समुद्र मन्थनका क्रममा भगवान् विष्णुका अंशावतारका रूपमा उत्पन्न भएका थिए । हातमा अमृतले भरिएको स्वर्णकलश लिएको स्वरूपमा उनको उत्पत्ति भएको थियो । समुद्र मन्थनकै क्रममा उनीभन्दा पहिले माता लक्ष्मी आविर्भाव भएकी हुँदा उनी लक्ष्मीका सहोदर भाइ मानिन्छन् । कतिपय प्रसंगमा यिनलाई आयुको छोराका रूपमा समेत चिनाइएको देखिन्छ । उनले धन्वन्तरी संहिता नामक आयुर्वेद सम्बद्ध ग्रन्थको रचना गरेका थिए, अनि उनकै शिष्य परम्परामा सुश्रुत, चरक आदि आयुर्वेदका विद्वानहरू रहेका देखिन्छन् ।

यिनको जीवनको सबैभन्दा ठूलो उपलब्धि भनेको जरा (बुढ्याइँ) र मृत्युको निवारण गर्ने अमृतको वैज्ञानिक प्रयोग हो । त्यसैले, धन्वन्तरीको सम्बन्ध स्वस्थ र सम्पन्न जीवनसँग जोडिएको हो । अमृतले भरिएको कलश हातमा लिई धन्वन्तरीको प्रादुर्भाव भएकाले हुन सक्छ, यस दिनलाई भाँडाकुँडा किनमेलका लागि शुभ मान्न थालिएको हो ।

परम्पराअनुसार धनतेरसका दिन यमपञ्चक पनि प्रारम्भ हुन्छ, त्यसैले यस दिन साँझको समयमा यमराजको स्वागतार्थ एउटा दियो बाली घरको मूल दैलोबाहिर बाटोमा राख्ने चलन छ । यस दिन बहिनी यमुनाको निम्तो मान्न यमलोक (नरक)का सबै काम बन्द गरी यमराज पृथ्वीतलमा ओर्लन्छन् । बहिनीका घरतर्फ हिँडेका कालका देवता यमराज झुक्किएर आफ्ना घरमा नपसून् अर्थात् परिवारका कुनै सदस्यलाई शारीरिक रोगव्याधी र दुःखकष्ट नहोस् भनेर उनको प्रसन्नताका लागि त्यसरी घरबाहिर बत्ती बालिएको हो ।

समय, काल र परिवेशअनुरूप भिन्न–भिन्न समुदायका व्यक्तिहरूले यस पर्वलाई आफ्नो मौलिक रङमा घोलेर मनाउने गर्दछन् । त्यसैले आधार र सारतत्व एउटै भए पनि यस पर्वलाई फरक–फरक ढंगले मनाउन थालिएको हो । विधिविधान र प्रचलनमा विविधता देखिए पनि यस पर्वको सार उज्यालो, सुखसमृद्धि, आरोग्यता, सुख र विलासितापूर्ण आनन्दी जीवन आदिसँग जोडिएको पाइन्छ ।

तिहारको यो पर्व कार्तिक कृष्णपक्षको त्रयोदशी तिथिबाट प्रारम्भ हुन्छ । हिन्दूसंस्कृतिमा यस दिन यमपञ्चक प्रारम्भ भएको दिन मानिन्छ । प्रत्येक प्राणीलाई कर्मअनुसारको फल भोगाउने काममा खटिएका यमराज यमपञ्चकको यस अवधिमा आफ्नो कामबाट पाँच दिनका लागि छुट्टी लिई चित्रगुप्तलाई आफ्नो सारा काम जिम्मा लगाएर आफ्नी बहिनी यमुनाकहाँ जान्छन् भन्ने शास्त्रीय कथा छ ।

त्यसैले यसलाई यमपञ्चक भनिएको हो र यसै दिनबाट पाँच दिनसम्म तिहारका विविध कृत्यहरू सम्पादन हुन्छन् । तिहारको प्रारम्भकै दिन अर्थात् कार्तिक कृष्ण त्रयोदशीका दिन खासगरी भारत र नेपालको सहरी परिवेशमा किनमेल गर्ने दिनका रूपमा धनतेरस पर्व मनाउने गरिन्छ ।

सायंकालमा किनमेल गर्न फुर्सदिलो समय हुने धारणाअनुरूप तिथिको घटबढका कारण कुनै वर्ष यो पर्व यमपञ्चक प्रारम्भ हुनु एक दिन अघि अर्थात् द्वादशीकै दिन पनि पर्ने गर्दछ । पारिवारिक सुखका लागि भाँडाकुँडा र गरगहनाको अपरिहार्यता भएकाले हरेक गृहस्थीले धनकी अधिष्ठात्री लक्ष्मीको जन्मोत्सव मनाउने पूर्वसन्ध्यामा पर्ने धनतेरसका दिन नयाँ–नयाँ भाँडाकुँडा र सुनचाँदीका गरगहना किनमेल गर्ने परम्परा छ । विशेषगरी, सहरी क्षेत्रमा बसोवास गर्ने सबै तह र तप्काका मानिसले यस परम्पराको अनुसरण गर्दै आ–आफ्नो गच्छेअनुसार घरायसी आवश्यकताका सरसामग्रीको किनमेल गर्छन् । भाँडाकुँडा र गरगहनाका अतिरिक्त विलासिताका निमित्त प्रयोग हुने मोटरवाहन र इलेक्ट्रोनिक सरसामग्री खरिदका निमित्तसमेत धनतेरस दिनको उपयोग गर्ने गरिन्छ ।

👉️ धनतेरसका दिन नेपालको तराइ क्षेत्र र समस्त भारतमा नयाँनयाँ भाँडाकुडा र सुनचाँदीका गरगहना किनमेल गर्ने परम्परा छ ।

👉️त्यस क्षेत्रमा समाजका उच्च, मध्यम वा निम्न सबै वर्गका व्यक्तिहरूमा आफ्ना आवश्यकता र विलासिताका कतिपय महत्त्वपूर्ण चिजबिजको किनमेलका लागि वर्षभरि यही विशिष्ट दिनको प्रतीक्षा गर्ने गर्दछन् । यस पर्वमा यसरी नै किनमेल गर्नुपर्छ भन्ने सन्दर्भ कहिले र कसरी आरम्भ भयो भन्ने विषयमा कुनै निश्चित प्रमाण त छैन तर धन्वन्तरिको प्रादुर्भाव समुद्रमन्थनबाट भएको र उत्पन्न हुँदा उनले हातमा अमृतले भरिएको कलश लिएर आएका हुनाले यस दिनलाई भाँडाकुडा किनमेलका लागि शुभ मान्न थालिएको हो ।

👉️धनतेरस पर्व सम्बन्धी कथा 

पौराणिक गाथामा धन्वन्तरिको जन्मवृत्तान्त देवता र असुरद्वारा गरिएको समुद्रमन्थनसँग सम्बद्ध देखापर्छ । समुद्रमन्थनका क्रममा धन्वन्तरिको उत्पत्ति भएको हो । उनी सर्वप्रथम आफ्ना हातमा अमृत भरिएको कलश लिएर प्रकट भएका थिए । त्यसैले उनको अर्को नाम ‘पीयूषपाणि धन्वन्तरि’ पनि हो । उनलाई भगवान् विष्णुको अवतार पनि मानिन्छ । त्यसबाहेक परम्पराअनुसार धनतेरसका दिन सन्ध्याकालमा यमराजलाई इङ्गित गरी एउटा दियो बाली घरको मूल दैलोमा राखिन्छ, उनलाई घर भित्र नपस्न र कसैलाई दुःखकष्ट नपुर्याउन अनुरोध र पूजा गरिन्छ ।

यस धार्मिक मान्यताले आममनुष्यको स्वास्थ्य र दीर्घायुसँग सम्बन्ध राख्दछ । प्रत्येक वर्ष तिहारको प्रारम्भमा नै मनाइने धनतेरस पर्वसँग जोडिएको एउटा लोक कथा छ । जसबमोजिम एक पटक राजा हिमालयले आफ्ना छोराको जन्मकुण्डली निर्माण गराउने क्रममा ज्योतिषीका मुखबाट विवाह गरेको ठिक चौथो दिन सर्पले टोकेर छोराको मृत्यु हुने कुरा थाहा पाए । विवाह त भयो तर जब हिमालयकी बुहारीले यो कुरो थाहा पाइन्, त्यसपछि उनले जुनसुकै तरिकाले आफ्ना पतिलाई यमराजको प्रकोपबाट मुक्त तुल्याउने विचार गरिन् । विवाहको ठिक चार दिनका दिन उनले आफ्न पतिको कोठाबाहिर घरका सबै गहनागुरियाको थुप्रो बनाएर पहाड झैं अग्लो चुली बनाइन् र आफु स्वयं सँगै बसेर पतिलाई अनेकानेक गीत, भजन र कथा सुनाउँदै आफ्नो लोग्नेलाई निद्रा नआओस् भनेर भुल्याउन थालिन् । रात्रीकालमा यमराज सर्पको रूप धारण गरी हिमालयका छोरालाई डस्ने विचारले त्यही ठाउँमा आइपुगे, तर गहनागुरियाको पहाडलाई तिनले नाँघ्न सकेनन्, जसैतसै सर्पका रूपमा यमराज त्यस थुप्रोको टुप्पामा त पुगे, तर त्यहाँ पुग्दा निक्कै थकाइ लागेकाले बिसाउनु पर्यो । बिसाउने क्रममा उनको कानमा भित्र राजकुमारीले गाएका मिठामिठा गीत र भजनको ध्वनि गुन्जियो, जसलाई सुनेर उनी मन्त्रमुग्ध भए । ती गीत, भजन र कथाहरू सुन्दासुन्दै उज्यालो भयो । भोलिपल्ट बिहान सर्पका रूपमा त्यहाँ आएका यमराजले खाली हात फर्कनुपर्यो ।

यसरी राजकुमारीले आफ्ना पतिको जीवनरक्षा गरिन् । यसै घटना पछि मानिसहरूले आफ्नो घरका सद्स्यहरूको आयु, आरोग्य र सुखसमृद्धिका निमित्त धन त्रयोदशीका दिन सायंकालमा आफ्ना घर बाहिर यमराजलाई बाटो छेक्न एउटा दियो बाल्ने गरिन्छ । यस कर्मको प्रतीकात्मक अर्थ हो- पारिवारिक सुख र सुस्वास्थ्य । हाम्रो आर्य संस्कृतिमा स्वास्थ्यलाई धनसम्पत्तिभन्दा महत्त्वपूर्ण वस्तुका रूपमा लिइन्छ, त्यसैले धनधान्य र सम्मृद्धिकी देवी लक्ष्मीको उपासनासँग सम्बद्ध यस पर्वमा सबैभन्दा पहिले यमराजको उपासना गर्ने गरिन्छ ।

धनतेरस भनिने कार्त्तिक कृष्णपक्षको त्रयोदशीका दिन सुनचाँदीका भाँडाकुडा, सिक्काहरू, आभूषण आदि किन्ने परम्परा पनि छ। हिजोआज मोटरवाहन, मोबाइल, कम्प्युटर जस्ता विलासिताका वस्तुहरू खरीद गर्न पनि यसै दिनलाई पर्खने चलन चलेको छ । रीतिरिवाज र परम्परासँग जोडिन पुगेको यो ‘धनतेरस’पर्वले आर्थिक लगानीको सुरक्षणसँग आफुलाई गाँसेको पनि देखिन्छ। यसले आर्थिक हैसियत र क्षमतालाई पनि प्रदर्शन गरिरहेको देखिन्छ, एकातिर उच्च र मध्यम वर्गका व्यक्तिहरू धनतेरसका दिन विलासिताका वस्तुहरू किनेर आनन्द अभिबृद्धि गर्न खोज्छन् भने अर्कातिर विपन्न र निम्न वर्गका मानिसहरू आफ्नो आवश्यकता र खाँचोका वस्तुहरू खरीद गरी यस पर्वलाई मनाउने गर्दछन् । सारांशमा आआफ्ना सामर्थ्य-अनुकूल समग्र भारत र नेपालको तराई क्षेत्रमा यस पर्वलाई मनाउने चलन छ ।

प्रचलित

Top 10 Best-Ranked Universities in the USA (2025)

🌟 Top 10 Universities in the US (2025 QS Rankings)

<...

SEE 2081 Result: Check Your Result via SMS, IVR & Official Websites

 

SEE 2081 Result: Check Your Result via SMS, IVR, and Website—Official Details

 

The National Examination Board (NEB), Examination Control Office...

एयर इण्डिया फ्लाइट AI171: अहमदाबाद–लन्डन दुर्घटना भयको छ 

एयर इण्डिया फ्लाइट AI171: अहमदाबाद–लन्डन दुर्घटना भयको छ 

२०२५ को जुन १२ मा, भारतको अहमदाबादबाट लन्डन गेटविक जाने एयर इण्डिया फ्लाइट AI171, बोइङ ७८७-८ ड्रीमलाइ...

सबै हेर्नुहोस्
<

परिक्ष्याको लागि तयारी


लोक सेवा तयारीको लागी आवश्यक सम्पुर्ण सामाग्रीहरु । अनलाइन लोक सेवा तयारी को लागी सवैभन्दा प्रभावकारी स्रोत लोक सेवा तयारीको लागी आवश्यक सम्पुर्ण सामाग्रीहरु । अनलाइन लोक सेवा तयारी को लागी सवैभन्दा प्रभावकारी स्रोत लोक सेवा तयारीको लागी आवश्यक सम्पुर्ण सामाग्रीहरु । अनलाइन लोक सेवा तयारी को लागी सवैभन्दा प्रभावकारी स्रोत


अनलाइन परीक्षा    डेमो परीक्षा
Logo

सम्पर्क ठेगाना

  • info@easyloksewa.com
  • +977-9867331082
  • Butwal, Nepal

उपयोगी लिंकहरु

  • General Knowledge (GK)
  • Current Affairs
  • Syllabus
  • Vacancy
  • English
  • अनलाइन परीक्षा

© 2026 All Rights Reserved by easyloksewa

Coded with by KTMRush

लग आउट
के तपाईं निश्चित रूपमा लग आउट गर्न चाहनुहुन्छ ?
QS Rank University Location