२०२२ अक्टुवर - समसामयिक घटनाक्रमहरु
२०२२ अक्टुवर - समसामयिक घटनाक्रमहरु
अक्टुबर १ -
- डोनेट्स्क क्षेत्रलाई रुसले आफुमा विलय गराएको एक दिनपछि युक्रेनी सेनाले डोनेटस्क शहरको लेमान क्षेत्रलाई पुन: कब्जा गरेको ।
- रुसको रक्षा मन्त्रालयले लेमान शहरबाट सेना फिर्ता गरेको बताएको छ।
- पूर्वी जेरुसेलममा इजरायली सैनिकहरूले १८ वर्षीय पुरुषको हत्या गरे, जुन यस वर्ष वेस्ट बैंकमा मारिएका १०० औं प्यालेस्टिनी हुन् । सन् २०१५ यता इजरायली आक्रमणबाट त्यहाँ मारिएका प्यालेस्टिनीहरूको यो सबैभन्दा ठूलो संख्या हो।
अक्टुबर ३
- युक्रेनी सेनाहरू खेरसन तर्फ साथ २० किलोमिटर (१२ माइल) भन्दा बढि अगाडि बढेका छन्, जसलाई "ठूलो सफलता" भनिएको छ ।
- स्विडिस geneticist स्वान्ते पाबोलाई चिकित्साशास्त्र तर्फको नोवेल पुरस्कार प्रदान गरिएको छ ।
- उनलाई " genomes of extinct hominins and human evolution" को खोजि गरेवापत उनलाइ नोवेल पुरस्कार प्रदान गरिएको हो ।
अक्टुबर ४
- युरोपेली संघले बहामास र टर्क्स र केकोस टापुहरूलाई यसको कर हेभन(Tax Heaven) कालोसूचीमा राखेको छ भने बर्मुडालाई सूचीबाट हटाइएको छ । कर हेभन(Tax Heaven) भनेका त्यस्ता देशहरु हुन जसमा विदेशी व्यवसायीहरूलाई उनीहरुको सम्पत्तिको लागी अति न्यूनतम कर लाग्ने वा कुनै कर नलाग्ने गरी कानुन बनाइएको हुन्छ । यी देशहरुलाई धनाड्यहरुले कर तिर्नबाट बच्ने अस्त्रको रुपमा प्रयोग गर्दै आएका छन् ।
- स्लोभेनियाको राष्ट्रिय संसदले समलिङ्गीहरुलाई समलिङ्गी विवाह गर्न र समलिङ्गी जोडीहरूलाई धर्मपुत्र ग्रहण गर्नको लागि कानुनी मान्यता दिएको छ । समलिङ्गी विवाहलाई मान्यता दिने पहिलो देश अमेरीका हो जसले सन् १९७१ मा मान्यता दिएको थियो ।
- फ्रान्सका एलेन एस्पेक्ट, संयुक्त राज्य अमेरिकाका जोन क्लाउजर र अस्ट्रियाका एन्टोन जेलिङ्गरलाई संयुक्त रूपमा भौतिकशास्त्रमा नोबेल पुरस्कार प्रदान गरिएको छ ।
- के का लागि नोवेल पुरस्कार प्रदान गरियो ? - "experiments with entangled photons, establishing the validity of Bell inequalities and pioneering quantum information science.
अक्टुबर ५
- रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले औपचारिक रूपमा डोनेट्स्क जन गणतन्त्र, लुहान्स्क जन गणतन्त्र, खेरसन, र जापोरिझियालाई रूसमा गाभ्ने कानुनमा हस्ताक्षर गरेका छन् । उक्त क्षेत्रहरुलाई रुसमा विलय गराउने भन्ने विषयलाइ रुसी संसद ले अक्टुबर ४ मा पारित गरेको थियो भने डोनेट्स्क, लुहान्स्क, खेरसन र जापोरिझिया क्षेत्रमा जनमत संग्रह सन् २०२२ सेप्टेम्बर ३० मा भ्लादिमिर पुटिनले जनमत संग्रहको परिणामको घोषणा गरेका थिए ।
- इथियोपियामा चलिरहेको ग्रहयुद्धलाई Tigray War पनि भनिन्छ ।
- अमेरिकी वैज्ञानिकहरु क्यारोलिन आर बर्टोजी, कार्ल ब्यारी शार्पलेस र डेन मोर्टेन पी. मेल्डललाई संयुक्त रूपमा रसायनशास्त्रमा नोबेल पुरस्कार प्रदान गरिएको छ ।
- के का लागि नोबेल पुरस्कार प्रदान गरियो ? -for "the development of click chemistry and bioorthogonal chemistry".
अक्टुबर ६
- फ्रान्सेली लेखिका एनी एर्नाक्सलाई यस वर्षको साहित्यतर्फको नोवेल पुरस्कार प्रदान गरिएको छ । उनी नोवेल पुरस्कार प्राप्त गर्ने १६ औँ फ्रेन्च लेखक हुन भने प्रथम फ्रेन्च महिला हुन । उनी सम्पुर्ण विश्वमा साहित्यतर्फको नोवेल पुरस्कार प्राप्त गर्ने १७औँ महिला हुन । उनका प्रमुख कृतिहरु Cleaned Out, Shame, Happening, Getting Lost, The Years, A Girls Story हरु रहेका छन् ।
अक्टुबर ७
- बेलारूसी अभियन्ता एलेस बिलियात्स्की, रुसी मानव अधिकार समाज मेमोरियल र युक्रेनी मानवअधिकार संगठन द सेन्टर फर सिभिल लिबर्टिजलाई नोबेल शान्ति पुरस्कार प्रदान गरिएको छ ।
अक्टुबर ८
- केर्च स्ट्रेट ब्रिज (यो पुलले रसिया र क्रिमियालाई जोड्दछ)मा एक बम विस्फोट भएको छ । परिणामस्वरूप पुलको सडक खण्डको आंशिक भाग ध्वस्त बन्न पुगेको छ । तीन जनाको ज्यान गएको छ । रूसी अनुसन्धान समितिले यो घटनालाई युक्रेनी आक्रमण बताएको छ । सि अफ अजोभ र ब्ल्याक सि लाई जोडने स्ट्रेट लाई केर्च स्ट्रेट भनिन्छ ।
अक्टुबर ९
- राष्ट्रपति विद्यादेवि भण्डारीलाई कोभिड संक्रमण भएपछि अस्पताल भर्ना गरिएको छ ।
- गाम्बियामा गत तीन महिनामा ६६ बालबालिकाको मृत्यु भएकोमा अनुसन्धान सुरु गरिएको छ । चारवटा ब्रान्डका आयातित कफ सिरपको कारण बालबालिकाको मृत्यु भएको आसंका गरिएको छ ।
अक्टुबर १०
- अमेरिकी अर्थशास्त्रीहरू बेन बर्नान्के, डगलस डायमन्ड र फिलिप एच डिबभिगलाई बैंक र वित्तीय संकटहरूमा अनुसन्धानको लागि "अर्थशास्त्रमा नोबेल मेमोरियल पुरस्कार" प्रदान गरिएको छ।
- मलेसियाका प्रधानमन्त्री इस्माइल साबरीले यस वर्षको अन्त्यमा तत्काल निर्वाचन हुने गरी संसद भंग गरेका छन् ।
अक्टुवर ११
- मेक्सिकोले समलिङ्गी विवाहलाई वैधानिकता दिएको छ।
अक्टुवर १२
- संयुक्त राष्ट्र संघको महासभाले रुसले युक्रेनी भूभागलाई गैरकानुनी रूपमा कब्जा गर्ने प्रयासको निन्दा गर्ने प्रस्ताव पारित गरेको छ । बेलारुस, निकारागुआ, उत्तर कोरिया, रुस र सिरियाले मात्र निन्दा प्रस्तावको विपक्षमा मतदान गरे ।
- नेपालको मुख्यत कर्णाली प्रदेशमा भीषण बाढीका कारण कम्तीमा ३३ जनाको मृत्यु भएको छ ।
- पाकिस्तानको कराँचीमा ४७ जना बाढी पीडित बोकेको बसमा आगलागी हुँदा १८ जनाको मृत्यु भएको छ भने अन्य घाइते भएका छन् ।
अक्टुवर १३
- सत्तारुढ चिनियाँ कम्युनिष्ट पार्टीको २० औं राष्ट्रिय महाधिवेशन अघि बेइजिङमा सरकारको "शून्य-कोविड" नीतिको विरोध गर्दै चिनमा विरलै देखिने सरकार विरोधी प्रदर्शनहरू भएका छन्।
अक्टुवर १६
- अष्ट्रेलियामा जारी टी–२० विश्वकपको उद्घाटन खेलमा नामिबियाले पूर्व च्याम्पियन श्रीलंकालाई ५५ रनले पराजित गर्दै ऐतिहासिक जित हासिल गरेको छ ।
अक्टुवर १७
- युरोपेली संघले EUMAM (European Union Military Assistance Mission in support of Ukraine[) युक्रेन स्थापना गरेको छ । यो एक विशेष सैन्य मिसन हो, जसले EU सदस्य राष्ट्रहरूमा युक्रेनी सशस्त्र बलहरूलाई प्रशिक्षण प्रदान गर्दछ ।
- श्रीलंकाका लेखक शेहान करुणातिलाकाले उनको उपन्यास "द सेभेन मुन्स अफ माली अल्मेडा"का लागि २०२२ को बुकर पुरस्कार जितेका छन्।
- करिम बेन्जेमाले आफ्नो करियरमा पहिलो पटक बालोन डी'ओर जितेका छन् । उनले रियल म्याड्रिडबाट २०२१/२२ को ला लिगा र २०२१/२२ UEFA च्याम्पियन्स लिग र फ्रान्सबाट २०२०/२१ UEFA नेसन्स लिग जिताउन योगदान गरेका थिए ।
- एलेक्सिया पुटेलासले महिला बालोन डी’ओर उपाधि जितेकी छिन् । उनले यस सिजनमा बार्सिलोनाका लागि १८ गोल गरेकी थिइन । यस सिजनमा बार्सिलोनाले आफ्ना सबै ३० लिग खेलहरू, साथै स्पेनिस कप र सुपर कप जितेको छ र महिला च्याम्पियन्स लिगको फाइनलमा पनि पुगेको छ।
अक्टुबर १९
- रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको भर्खरै विलय गरिएको क्षेत्रहरूमा बिहीबार मध्यरातदेखि मार्सल ल लागू गरेका छन्।
- युरोपेली संसदले "युक्रेनका जनता" लाई सखारोभ पुरस्कार प्रदान गरेको छ । सखारोभ पुरस्कार मानव अधिकारको क्षेत्रमा सक्रिय व्याक्तित्वलाइ प्रदान गरिन्छ ।
अक्टुवर २०
- बेइजिङमा थप प्रतिबन्धहरू लगाइएका छन् । सहरमा COVID-19 केसहरूको संख्या चार गुणा बढेको छ ।
- वेलायति प्रधानमन्त्रि लिज ट्रसले राजिनामा दिएकी छन् ।
अक्टुवर २३
- चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिले चिनियाँ कम्युनिष्ट पार्टीको महासचिवमा सी जिनपिङलाई पुन: निर्वाचित गरेको छ र उनले चीनको सर्वोच्च नेताको रूपमा तेस्रो कार्यकालको सुरुवात गरेका छन् ।
अक्टुवर २५
- ऋषि सुनक वेलायतको प्रधानमन्त्रिमा नियुक्त भएका छन् ।
अक्टुवर २७
- उद्यमी एलोन मस्कले ४४ अर्ब डलरको सम्झौतामा Twitter को स्वामित्व ग्रहण गरेका छन् । मस्कले ट्विटरका प्रमुख कार्यकारी अधिकृत पराग अग्रवाल, प्रमुख वित्तीय अधिकारी नेड सेगल र कानूनी नीति प्रमुख विजया गड्डेलाई पदभार ग्रहण गरेपछि बर्खास्त गरेका छन्।
अक्टुवर २९
- दक्षिण कोरियाको इटावोन, सियोलमा हेलोवीन मनाउने क्रममा भीडले लडेर कम्तीमा १५१ जनाको मृत्यु भएको छ भने ८२ जना घाइते भएका छन् ।