२.४ वैदेशिक सहायता र अन्तर्राष्ट्रिय सहयोग
वैदेशिक सहायता
- कुनै पनि मुलुकले अन्य मुलुक तथा दातृसंस्थाबाट प्राप्त गर्ने पुँजीगत, प्रविधिगत र मानवीय स्रोत साधनलाइ वैदेशिक सहायता भनिन्छ ।
- यस्तो सहयोग मुलत अविकसित र विकासोन्मुख मुलुकले विकसित मुलुकबाट प्राप्त गर्दछन् ।
- वैदेशिक सहायता निश्चित अवधिपछि फिर्ता गर्नुपर्ने ऋणको रुपमा वा फिर्ता गर्नु नपर्ने अनुदानको रुपमा दुवै रुपमा हुन सक्दछ । दुवै रुपलाइ वैदेशिक सहायता भनिन्छ ।
- वैदेशिक सहायता भनेको मुलत विकसित मुलुकहरुले विकासशील मुलुकहरुलाइ तिनको आर्थिक तथा सामाजिक विकासका लागि द्धिपक्षीय वा कुनै वहुपक्षीय संस्था मार्फत प्रदान गर्ने नगद, वस्तु, प्रविधि वा सीप नै वैदेशिक सहायता हो ।
नेपालमा वैदेशिक सहायताको महत्व
नेपाल जस्तो विकासशिल मुलुकको आर्थिक विकासको लागि लगानीको स्रोत जुटाउने महत्वपुर्ण स्रोत वैदेशिक सहायता हो । यसैको प्रवर्द्धनको लागि नेपालमा समय समयमा लगानी सम्मेलनहरु पनि गर्ने गरिन्छ । यसका मुलभुत महत्वहरुलाइ निम्नअनुसार उल्लेख गर्न सकिन्छ ।
- आर्थिक विकासको लागी लगानीको प्रवन्ध गर्न,
- आधुनिक सिप, प्रविधि र व्यवस्थापकीय ज्ञान भित्र्याउन,
- नेपालले अन्तराष्ट्रिय समुदाय समक्ष मानव विकासको लागि विभिन्न समयमा विभिन्न प्रतिबद्धता गरेको छ । ती अन्तर्राष्ट्रिय प्रतिवद्धता अनुसारको विकासका लक्ष्यहरु हासिल गर्न,
- भुक्तानी सन्तुलन कायम गर्न तथा वैदेशिक मुद्राको संचिती वृद्धि गरि देशको आर्थिक क्षमता वृद्धि गर्न,
- प्रत्यक्ष वैदेशिक लगानी तथा स्वदेशी निजी लगानी आकर्षित गर्न,
- लगानीको आवश्यकता तथा सिमीत स्रोत साधन बीचको खाडल पुर्न,
- प्राकृतिक विपत तथा संकटको सामना गर्न,
- अन्तराष्ट्रिय साझेदारीको माध्यमबाट मुलुकको आधुनिकीकरण गर्न,
- नेपाली जनशक्ति तथा संगठनहरुको क्षमता वृद्धि अन्तर्राष्ट्रिय स्तरको जनशक्त्ति तयार गर्न,
- उत्पादनशील क्षेत्रमा लगानी अभिवृद्धि गर्न,
- नेपालि जनशक्तिबाट सम्पन्न हुन नसक्ने कामका लागि प्राविधिक र व्यवस्थापकिय सेवा प्राप्त गर्न,
- नेपालका विविध विषयमा अध्ययन र अनुसन्धानको कार्य अघि बढाउन,
- गरिवी न्युनीकरण गर्न,
नेपालमा वैदेशिक सहायतामाथिको निर्भरतालाइ कसरी घटाउने
आर्थिक विकास, विपत व्यवस्थापन तथा लगानी वृद्धिको लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक नपर्ने अवस्था तयार गर्नु नै आत्मनिर्भर र समृद्ध देश निर्माण गर्नु हो । राष्ट्रिय अर्थव्यवस्था सञ्चालन र विकासको लागि वैदेशिक सहायतामाथिको निर्भरता कम गर्नको लागि देहायका कार्यहरु गरिनु आवश्यक छ ।
- आन्तरीक स्रोत साधनको दिगो परिचालन गर्ने,
- उत्पादनमुलक क्षेत्रमा लगानीको लागि प्रोत्साहन गर्ने,
- करको दर नभइ दायरा वृद्धि गर्ने,
- तुलनात्मक लाभको क्षेत्रमा लगानी अभिवृद्धि गरी निर्यात प्रवर्द्धन गर्ने,
- कृषि क्षेत्रको आधुनीकिकरण तथा व्यवसायिकरण गर्ने,
- चालु खर्चलाइ उपयुक्त्त सिमाभित्र राख्ने,
- वैदेशिक सहायतालाइ उत्पादनशिल र राष्ट्रिय प्राथमिकताको क्षेत्रमा परिचालन गर्ने,
- लगानीमैत्री वातावरण तयार गर्ने,
- राष्ट्रिय उत्पादन तथा उत्पादकत्व वृद्धि गर्ने,
नेपालमा विद्यमान वैदेशिक सहायता सम्वन्धि समस्याहरु
- वैदेशिक सहायताको सन्दर्भमा रहेका नीतिहरुको प्रभावकारी कार्यान्वयन नहुनु,
- राष्ट्रिय रुपले प्राथमिकतामा नपरेका र स्थानीय आवश्यकताभन्दा पृथक एवम् सहायता आवश्यकता नपर्ने क्षेत्रमा पनि सहायता परिचालन गरिनु,
- वैदेशिक सहायतालाइ राष्ट्रिय आवश्यकता तथा प्राथमिकताअनुसार परिचालन गर्न नसकिनु,
- वैदेशिक सहायताबाट सञ्चालित आयोजनाहरुमा सरकारी अपनत्वको अभाव हुनु,
- दाताका सर्त र दवावहरु हावि भइ वैदेशिक सहायताको स्वतन्त्र रुपमा परिचालन गर्न नसकिनु,
- एउटै प्रकृतिको परियोजनामा एकभन्दा बढि दाताको संलग्नता रहन गइ समन्वयको अभावमा काममा दोहोरोपना हुन जानु,
- प्रतिवद्धता अनुसारको सहायता समयमै प्राप्त हुन नसक्नु,
- राष्ट्रिय बजेट प्रणालीमा सवै वैदेशिक सहायतालाइ परिचालन गर्न नसकिनु,
- वैदेशिक सहायताको ठुलो हिस्सा अनुत्पादक र औपचारिकता पुरा गर्ने कार्यमा खर्च हुनु,
- अन्तर्राष्ट्रिय संघ संस्थाबाट खर्च हुने सहायताको ठुलो परिमाण सरकारको नियन्त्रण बाहिर रहनु,
- प्राविधिक सहायता मार्फत प्राप्त सहायतामा आफ्नो क्षमता विकास गर्ने र प्रविधिको विस्तार गर्ने कार्यमा प्रभावकारिता नदेखिनु,
- सरकारी समन्वय, अनुगमन र मुल्यांकन फितलो हुनु,
- प्राथमिकता प्राप्त क्षेत्रमा सहायताको परिचालन नहुनु,
अन्तर्राष्ट्रिय सहयोग
- कुनै पनि देशलाइ अन्तर्राष्ट्रिय संस्था वा राष्ट्रबाट हुने विशेष सहयोग नै अन्तर्राष्ट्रिय सहयोग हो । यस्तो सहयोग राज्यको आपतकालिन अवस्था वा संकटपुर्ण अवस्था, मानवीय सहयोग प्राप्त गर्नुपर्ने अवस्थामा प्राप्त हुन्छ ।
- यो कुनै पनि राष्ट्रिय समस्यालाइ सम्बोधन गर्न त्यस देशको सरकारले माग गरे वा नगरेपनि विशेष परिस्थितिमा अन्तर्राष्ट्रिय सहयोग हुन सक्दछ ।
- यो मुलत संकट व्यवस्थापनको स्रोत हो ।
अन्तर्राष्ट्रिय सहयोगको प्रकार
- आपतकालिन मानविय सहयोग:- यो मुलुकभित्रको द्धन्द्ध तथा युद्धको अवस्थामा प्राप्त हुने मानवीय सहयोग, प्राकृतिक प्रकोपको समयमा प्राप्त हुने मानवीय सहयोग हो ।
- सुरक्षा सहयोग:- कुनै पनि देशमा भइरहेको आतंककारी गतिविधि रोक्न तथा बाह्य आक्रमणको खतरालाइ रोक्न यस्तो प्रकारको सहयोग प्राप्त हुन सक्दछ ।
- शान्ति स्थापनार्थ सहयोग:- दुइ देशबीच भइरहेको युद्धलाइ रोक्न, देशभित्रैको गृहयुद्धलाइ रोक्नको लागी यस्तो प्रकारको सहयोग प्राप्त हुन सक्दछ । द्धन्द्धरत पक्षबीच संवाद गराइ वा मध्यस्थता गरी द्धन्द्ध कम गराउनको लागि समेत यस्तो सहयोग प्राप्त हुन सक्दछ ।
- शरणार्थी व्यवस्थापन:- कुनै पनि देशमा रहेका वाह्य देशका शरणार्थी वा आन्तरिक रुपले विस्थापित मानिसहरुको व्यवस्थापनको निमित्त यस्तो प्रकारको सहयोग प्राप्त हुन सक्दछ ।
वैदेशिक सहायता र अन्तर्राष्ट्रिय सहयोगबीचको फरक
|
क्र.स.
|
वैदेशिक सहयोग
|
अन्तर्राष्ट्रिय सहायता
|
|
१
|
यो लगानीको स्रोत हो ।
|
यो संकट व्यवस्थापनको स्रोत हो ।
|
|
२
|
मुलत यो बजेटमा समाहित हुन्छ ।
|
यो बजेटमा समाहित हुँदैन ।
|
|
३
|
यो नियमित तथा निरन्तर प्रक्रिया हो ।
|
यो आवश्यकता तथा परिवेशमा निर्भर गर्दछ ।
|
|
४
|
यो अधिकार र दायित्वको विषय हो ।
|
यो मानवीय र कल्याणकारी विषय हो ।
|
|
५
|
यो विकसित मुलुकबाट विकासोन्मुख मुलुकलाइ प्रवाहित हुन्छ ।
|
यो दुवै तर्फबाट प्रवाहित हुन सक्दछ ।
|
|
६
|
यो अनुदान र ऋणको रुपमा हुन्छ ।
|
यो मानविय सहायता, सैनिक सहायता, वस्तुगत सहायता वा प्राविधिक सहायताको रुपमा हुन्छ ।
|
|
७
|
यो औपचारीक हुन्छ । यो दुइ सरकारबीचको विषय हो ।
|
यो औपचारीक वा अनौपचारीक दुवै हुन सक्दछ । यो सर्वाङ्गिण पक्षको विषय हुन्छ ।
|
|
८
|
यसको उद्देश्य विकासमुलक र दिर्घकालिन हुन्छ ।
|
यसको उद्देश्य संकट तथा विपत व्यवस्थापन र तत्कालिन समस्या समाधान गर्ने हुन्छ ।
|