२.५ वैदेशिक लगानी: पोर्टफोलियो र प्रत्यक्ष
- एक देशले अर्को देशमा गर्ने लगानी नै वैदेशिक लगानी हो । यस्तो लगानी पुँजी, प्रविधि, श्रम, वस्तु तथा सेवा वा अन्य भौतिक स्रोत साधनको रुपमा हुने गर्दछ । यसलाइ बाह्य लगानी पनि भन्ने गरिन्छ । यसलाइ सिमापार लगानी पनि भनिन्छ ।
- यसलाइ वैदेशिक सहायता समेत भन्न सकिन्छ ।
- यो नाफामुलक उद्देश्यले गरिएको व्यवसायिक गतिविधि हो ।
- यो वैदेशिक निजी लगानी हो ।
- यो प्रत्यक्ष लगानी र अप्रत्यक्ष लगानी गरि दुइ किसिमको हुन्छ ।
- यो आर्थिक कुटनीतिको आधारभुत विषयवस्तु हो ।
- यो आर्थिक उदारिकरण, निजीकरण तथा विश्वव्यापिकरणको उपज हो ।
नेपालमा वैदेशिक लगानीको प्रभाव
विश्वव्यापिकरणको अवधारणासँगै विभिन्न वहुराष्ट्रिय कम्पनीहरुले एक देशमा मात्र सिमित नभइ विभिन्न देशमा आफ्नो व्यवसाय विस्तार गर्ने कार्यमा तिव्रता आइरहेको छ । देशभित्रका स्रोत साधनको अधिकतम सदुपयोग गर्दै आर्थिक विकास गर्ने उद्देश्यको साथ सवै देशहरुले वैदेशिक लगानीलाइ आमन्त्रण गरिरहेका छन् । वैदेशिक लगानी भित्रिने देशमा पर्ने प्रभावलाइ सकारात्मक र नकारात्मक गरी दुइ भागमा विभाजन गरी अध्ययन गर्न सकिन्छ । जुन निम्न रहेका छन् ।
१. सकारात्मक प्रभाव
- यसले अर्थतन्त्रलाइ चलायमान बनाउँछ ।
- रोजगारी सिर्जना हुन्छ ।
- गरिवी न्युनीकरणमा सहयोग पुग्दछ ।
- मुलुकभित्रका स्रोतहरुको परिचालन क्षमता वृद्धि हुन्छ ।
- आर्थिक वृद्धिको लागि अनुकुल वातावरण तयार हुन्छ ।
- स्रोत साधनको उत्पादनशिल उपयोग हुन्छ ।
- नविन तथा आधुनिक प्रविधिको विकास तथा विस्तार हुन्छ ।
- प्राविधिक सिपको विस्तार हुन्छ ।
- राजश्वमा वृद्धि हुन्छ ।
- निर्यात प्रवर्द्धनमा सहयोग पुग्दछ ।
- पुर्वाधार विकास हुन्छ ।
- व्यापार घाटा कम हुने सम्भावना हुन्छ ।
२. नकारात्मक प्रभाव
- सरकारको नीति निर्धारणमा बहुराष्ट्रिय कम्पनीहरुको प्रभाव बढ्न सक्दछ ।
- प्राकृतिक स्रोत तथा साधनहरुमा स्थानीय अधिकार कुण्ठित हुन सक्छ ।
- प्राकृतिक स्रोत साधनहरुको उपयोगको बारेमा विभिन्न विवाद तथा द्धन्द्ध सिर्जना हुन सक्दछ ।
- देशका परम्परागत व्यावसाय, सिप तथा उद्यम खतरामा पर्दछन् ।
- सामाजिक तथा साँस्कृतिक विशृङखलता आउन सक्छ ।
- बहुराष्ट्रिय लगानीको कारण स्वदेशी लगानीको महत्व घट्छ ।
- विश्वमा देखिने आर्थिक उतारचढावको सिधा प्रभाव राष्ट्रिय अर्थतन्त्रमा पर्दछ ।
प्रत्यक्ष वैदेशिक लगानी
- यो कुनै एक देशको व्याक्त्ति, व्यावसायिक फर्म वा कम्पनीले अर्को देशमा गएर मुर्त सम्पत्तिहरुमा गर्ने लगानी हो ।
- विदेशी लगानीकर्ताले पुँजी लगानी गर्ने तथा व्यवस्थापनमा समेत संलग्न रहने प्रक्रिया एवं पद्धति नै प्रत्यक्ष वैदेशिक लगानी हो ।
- यसबाट पुँजीको साथै प्रविधि ( ज्ञान, सिप तथा व्यवस्थापकीय कौशल) समेतको हस्तान्तरण हुन्छ ।
- यसमा सम्पुर्ण जोखिमको बहन विदेशी लगानीकर्ता स्वयंले नै गर्दछन् ।
- वहुराष्ट्रिय कम्पनीहरुले आफ्नो व्यावसाय विस्तारको क्रममा समेत यस प्रकारको लगानीलाइ प्रयोग गर्दछन् ।
- यो नै वास्तवमा वैदेशिक लगानी हो । यसवाट नै मुलुकको विकासमा टेवा मिल्दछ ।
- नेपालले प्रत्यक्ष वैदेशिक लगानीलाइ प्राथमिकता दिएको छ ।
- नेपालको कुल लगानीमा वैदेशिक लगानीको हिस्सा करिव १५ प्रतिशत छ । यो सम्पुर्ण वैदेशिक लगानी प्रत्यक्ष वैदेशिक लगानी हो ।
- नेपालमा रु ५० करोड सम्मको प्रत्यक्ष वैदेशीक लगानीको स्वीकृति उद्योग विभागले दिन्छ, रु ६ अर्व सम्मको प्रत्यक्ष वैदेशिक लगानीको स्वीकृति औद्योगिक प्रवर्द्धन बोर्डले दिन्छ भने रु ६ अर्व भन्दा बढिको प्रत्यक्ष वैदेशिक लगानीको स्वीकृति लगानी वोर्डले दिने व्यवस्था छ ।
अप्रत्यक्ष वैदेशिक लगानी
- वैदेशिक पुँजी लगानी हुने तथा व्यवस्थापकिय संलग्नता नहुने प्रक्रिया एवं पद्धति नै अप्रत्यक्ष वैदेशिक लगानी हो ।
- यसमा कम्पनी व्यवस्थापन तथा सञ्चालनमा लगानीकर्ताको खास चासो हुँदैन ।
- यो शेयर, बण्ड तथा डिबेन्चरको माध्यमबाट पुँजी लगानी गरिएको तर उद्योग व्यवसायमा प्रत्यक्ष संलग्न नभएको अवस्थाको लगानी हो ।
- यो प्राथमिक तथा द्धितिय बजार मार्फत हुने गर्दछ ।
- यसलाइ पोर्टफोलियो लगानी पनि भन्ने गरिन्छ ।
- यसलाइ वास्तविक लगानी मानिदैन । यो अल्पकालिन प्रकृतिको हुन्छ ।
- नेपालमा विदेशी लगानीकर्ताहरुले शेयर बजारमा लगानी गर्न नपाउने भएकोले नेपालमा यसको हिस्सा शुन्य नै रहेको छ ।