• Butwal, Nepal
  • info@easyloksewa.com
  • +977-9867331082
साइन-अप लग-इन
लग-इन साइन-अप

लग-इन

पासवर्ड भुल्नु भयो ?

साइन-अप

approve हुन समय लग्यो भने 9867331082 whatsapp गर्नु होला
Logo
  • General Knowledge(GK)
  • Current Affairs
  • Syllabus
  • vacancy
  • Intellectual Level (IQ)
  • English
    • Grammar
    • Vocabulary
    • Reading Comprehension
  • Subjective
    • शाखा अधिकृत (section Officer )
    • नायब सुब्बा
    • Nepal Rastra Bank नेपाल राष्ट्र बैंक
    • नेपाल बैंक (Nepal Bank)
    • शिक्षक सेवा आयोग (Teachers Service Commission)
    • कानुन ऐन तथा नियमावली (Laws Acts and Regulations)
    • सुरक्षा निकायहरू (Security Agencies)
  • Blogs
  • अनलाइन परीक्षा
  • डेमो परीक्षा

२.५ वैदेशिक लगानी: पोर्टफोलियो र प्रत्यक्ष

  • गृह पृष्ठ
  • बिसयगत
  • २.५ वैदेशिक लगानी: पोर्टफोलियो र प्रत्यक्ष

२.५ वैदेशिक लगानी: पोर्टफोलियो र प्रत्यक्ष

  • एक देशले अर्को देशमा गर्ने लगानी नै वैदेशिक लगानी हो । यस्तो लगानी पुँजी, प्रविधि, श्रम, वस्तु तथा सेवा वा अन्य भौतिक स्रोत साधनको रुपमा हुने गर्दछ । यसलाइ बाह्य लगानी पनि भन्ने गरिन्छ । यसलाइ सिमापार लगानी पनि भनिन्छ ।
  • यसलाइ वैदेशिक सहायता समेत भन्न सकिन्छ ।
  • यो नाफामुलक उद्देश्यले गरिएको व्यवसायिक गतिविधि हो ।
  • यो वैदेशिक निजी लगानी हो ।
  • यो प्रत्यक्ष लगानी र अप्रत्यक्ष लगानी गरि दुइ किसिमको हुन्छ ।
  • यो आर्थिक कुटनीतिको आधारभुत विषयवस्तु हो ।
  • यो आर्थिक उदारिकरण, निजीकरण तथा विश्वव्यापिकरणको उपज हो ।

नेपालमा वैदेशिक लगानीको प्रभाव

विश्वव्यापिकरणको अवधारणासँगै विभिन्न वहुराष्ट्रिय कम्पनीहरुले एक देशमा मात्र सिमित नभइ विभिन्न देशमा आफ्नो व्यवसाय विस्तार गर्ने कार्यमा तिव्रता आइरहेको छ । देशभित्रका स्रोत साधनको अधिकतम सदुपयोग गर्दै आर्थिक विकास गर्ने उद्देश्यको साथ सवै देशहरुले वैदेशिक लगानीलाइ आमन्त्रण गरिरहेका छन् । वैदेशिक लगानी भित्रिने देशमा पर्ने प्रभावलाइ सकारात्मक र नकारात्मक गरी दुइ भागमा विभाजन गरी अध्ययन गर्न सकिन्छ । जुन निम्न रहेका छन् ।

१. सकारात्मक प्रभाव

  • यसले अर्थतन्त्रलाइ चलायमान बनाउँछ ।
  • रोजगारी सिर्जना हुन्छ ।
  • गरिवी न्युनीकरणमा सहयोग पुग्दछ ।
  • मुलुकभित्रका स्रोतहरुको परिचालन क्षमता वृद्धि हुन्छ ।
  • आर्थिक वृद्धिको लागि अनुकुल वातावरण तयार हुन्छ ।
  • स्रोत साधनको उत्पादनशिल उपयोग हुन्छ ।
  • नविन तथा आधुनिक प्रविधिको विकास तथा विस्तार हुन्छ ।
  • प्राविधिक सिपको विस्तार हुन्छ ।
  • राजश्वमा वृद्धि हुन्छ ।
  • निर्यात प्रवर्द्धनमा सहयोग पुग्दछ ।
  • पुर्वाधार विकास हुन्छ ।
  • व्यापार घाटा कम हुने सम्भावना हुन्छ ।

२. नकारात्मक प्रभाव

  • सरकारको नीति निर्धारणमा बहुराष्ट्रिय कम्पनीहरुको प्रभाव बढ्न सक्दछ ।
  • प्राकृतिक स्रोत तथा साधनहरुमा स्थानीय अधिकार कुण्ठित हुन सक्छ ।
  • प्राकृतिक स्रोत साधनहरुको उपयोगको बारेमा विभिन्न विवाद तथा द्धन्द्ध सिर्जना हुन सक्दछ ।
  • देशका परम्परागत व्यावसाय, सिप तथा उद्यम खतरामा पर्दछन् ।
  • सामाजिक तथा साँस्कृतिक विशृङखलता आउन सक्छ ।
  • बहुराष्ट्रिय लगानीको कारण स्वदेशी लगानीको महत्व घट्छ ।
  • विश्वमा देखिने आर्थिक उतारचढावको सिधा प्रभाव राष्ट्रिय अर्थतन्त्रमा पर्दछ ।

प्रत्यक्ष वैदेशिक लगानी

  • यो कुनै एक देशको व्याक्त्ति, व्यावसायिक फर्म वा कम्पनीले अर्को देशमा गएर मुर्त सम्पत्तिहरुमा गर्ने लगानी हो ।
  • विदेशी लगानीकर्ताले पुँजी लगानी गर्ने तथा व्यवस्थापनमा समेत संलग्न रहने प्रक्रिया एवं पद्धति नै प्रत्यक्ष वैदेशिक लगानी हो ।
  • यसबाट पुँजीको साथै प्रविधि ( ज्ञान, सिप तथा व्यवस्थापकीय कौशल) समेतको हस्तान्तरण हुन्छ ।
  • यसमा सम्पुर्ण जोखिमको बहन विदेशी लगानीकर्ता स्वयंले नै गर्दछन् ।
  • वहुराष्ट्रिय कम्पनीहरुले आफ्नो व्यावसाय विस्तारको क्रममा समेत यस प्रकारको लगानीलाइ प्रयोग गर्दछन् ।
  • यो नै वास्तवमा वैदेशिक लगानी हो । यसवाट नै मुलुकको विकासमा टेवा मिल्दछ ।
  • नेपालले प्रत्यक्ष वैदेशिक लगानीलाइ प्राथमिकता दिएको छ ।
  • नेपालको कुल लगानीमा वैदेशिक लगानीको हिस्सा करिव १५ प्रतिशत छ । यो सम्पुर्ण वैदेशिक लगानी प्रत्यक्ष वैदेशिक लगानी हो ।
  • नेपालमा रु ५० करोड सम्मको प्रत्यक्ष वैदेशीक लगानीको स्वीकृति उद्योग विभागले दिन्छ, रु ६ अर्व सम्मको प्रत्यक्ष वैदेशिक लगानीको स्वीकृति औद्योगिक प्रवर्द्धन बोर्डले दिन्छ भने रु ६ अर्व भन्दा बढिको प्रत्यक्ष वैदेशिक लगानीको स्वीकृति लगानी वोर्डले दिने व्यवस्था छ ।

अप्रत्यक्ष वैदेशिक लगानी

  • वैदेशिक पुँजी लगानी हुने तथा व्यवस्थापकिय संलग्नता नहुने प्रक्रिया एवं पद्धति नै अप्रत्यक्ष वैदेशिक लगानी हो ।
  • यसमा कम्पनी व्यवस्थापन तथा सञ्चालनमा लगानीकर्ताको खास चासो हुँदैन ।
  • यो शेयर, बण्ड तथा डिबेन्चरको माध्यमबाट पुँजी लगानी गरिएको तर उद्योग व्यवसायमा प्रत्यक्ष संलग्न नभएको अवस्थाको लगानी हो ।
  • यो प्राथमिक तथा द्धितिय बजार मार्फत हुने गर्दछ ।
  • यसलाइ पोर्टफोलियो लगानी पनि भन्ने गरिन्छ ।
  • यसलाइ वास्तविक लगानी मानिदैन । यो अल्पकालिन प्रकृतिको हुन्छ ।
  • नेपालमा विदेशी लगानीकर्ताहरुले शेयर बजारमा लगानी गर्न नपाउने भएकोले नेपालमा यसको हिस्सा शुन्य नै रहेको छ ।

सेवा समुह सम्वन्धि विषयहरु (चतुर्थ पत्र)

१.१ सार्वजनिक व्यवस्थापन र यसको कार्यक्षेत्र

१.१० सार्वजनिक सेवा प्रवाहमा सञ्चार प्रविधिको प्रयोगबाट सृजित अवसर तथा चुनौतिहरु

१.५ नेपालको सार्वजनिक प्रशासनको विकासक्रम, यसको आधारभुत संरचना, विशेषता सुधारका प्रयास एवं चुनौतिहरु

उत्प्रेरणा, यसको विशेषता र तत्वहरु

१.२.१ कर्मचारी व्यवस्थापन, निजामति सेवाको वर्गीकरण

सबै हेर्नुहोस्
Logo

सम्पर्क ठेगाना

  • info@easyloksewa.com
  • +977-9867331082
  • Butwal, Nepal

उपयोगी लिंकहरु

  • General Knowledge (GK)
  • Current Affairs
  • Syllabus
  • Vacancy
  • English
  • अनलाइन परीक्षा

© 2026 All Rights Reserved by easyloksewa

Coded with by KTMRush

लग आउट
के तपाईं निश्चित रूपमा लग आउट गर्न चाहनुहुन्छ ?