• Butwal, Nepal
  • info@easyloksewa.com
  • +977-9867331082
साइन-अप लग-इन
लग-इन साइन-अप

लग-इन

पासवर्ड भुल्नु भयो ?

साइन-अप

approve हुन समय लग्यो भने 9867331082 whatsapp गर्नु होला
Logo
  • General Knowledge(GK)
  • Current Affairs
  • Syllabus
  • vacancy
  • Intellectual Level (IQ)
  • English
    • Grammar
    • Vocabulary
    • Reading Comprehension
  • Subjective
    • शाखा अधिकृत (section Officer )
    • नायब सुब्बा
    • Nepal Rastra Bank नेपाल राष्ट्र बैंक
    • नेपाल बैंक (Nepal Bank)
    • शिक्षक सेवा आयोग (Teachers Service Commission)
    • कानुन ऐन तथा नियमावली (Laws Acts and Regulations)
    • सुरक्षा निकायहरू (Security Agencies)
  • Blogs
  • अनलाइन परीक्षा
  • डेमो परीक्षा

उत्प्रेरणा, यसको विशेषता र तत्वहरु

  • गृह पृष्ठ
  • बिसयगत
  • उत्प्रेरणा, यसको विशेषता र तत्वहरु

उत्प्रेरणा, यसको विशेषता र तत्वहरु

उत्प्रेरणा

  • यो संगठन तथा व्यवस्थापन विशेष गरी कर्मचारी प्रशासनको महत्वपुर्ण पक्ष हो ।
  • उत्प्रेरणाले कर्मचारी तथा कामदारमा काम गर्ने इच्छा जागृत तुल्याउने कार्य गर्दछ ।
  • कर्मचारी तथा कामदारलाइ काम गर्नको लागि प्रोत्साहित गर्ने कार्य,प्रक्रिया एवं पद्धतिलाइ नै उत्प्रेरणा भनिन्छ ।
  • कर्मचारीलाइ खास उद्देश्य तथा कार्यप्रति अग्रसर तथा लगनशिल तुल्याउने आन्तरीक प्रेरणालाइ उत्प्रेरणा भनिन्छ ।
  • व्याक्तिमा निहित सम्भाव्य उर्जालाइ उत्पादनमुखी तथा गतिशिल उर्जामा रुपान्तरण गर्ने महत्वपुर्ण साधन उत्प्रेरणा हो ।
  • यो वृत्ति विकासको महत्वपुर्ण अवयव हो ।
  • यो प्रभावकारी कार्य सम्पादनको मुलभुत आधार एवं पुर्वशर्त हो ।  
  • यो संगठन तथा व्यवस्थापनको जिम्मेवारी हो ।
  • यसको विविध आयामहरु हुन्छन् ।                                             

                      उत्प्रेरणाको विशेषता

  • उत्प्रेरणा मनोवैज्ञानिक अवधारणा हो । यसले कर्मचारीको व्यवहारलाइ मनोवैज्ञानिक रुपमा निर्देशित गर्दछ ।
  • यो कार्य गर्नको लागि उर्जा हो ।
  • यो निरन्तर एवं अनन्त प्रक्रिया हो ।
  • यो कार्य सन्तुष्टिको कारण होइन परिणाम हो ।
  • यसले कार्यक्षमता बढाउछ ।
  • यसले कर्मचारीको आवश्यकता तथा अपेक्षाहरुको सन्तुलित सम्बोधन मार्फत कर्मचारीमा निरन्तर क्रियाशिलता तथा उर्जा प्रदान गर्दछ ।
  • यसले कर्मचारीको मनोबलमा वृद्धि गर्दछ ।
  • कर्मचारीमा संगठनप्रति बफादारितामा वृद्धि गर्दछ ।
  • स्रोत साधनको अधिकतम सदुपयोग गर्न सहयोग पुर्याउदछ ।       

                     उत्प्रेरणाको तत्वहरु

  • संगठनमा मानव व्यवहारलाइ संगठनको उद्देश्यप्राप्ति उन्मुख बनाउनको लागि आवश्यक महत्वपुर्ण साधन उत्प्रेरणा हो ।
  • कुनै पनि संगठनको सार भनेको त्यहाँको मानव साधन हो । संगठनको सफलता तथा विफलता जनशक्तिको कार्यसम्पादन तथा कार्यसफलतामा निर्भर गर्दछ । कर्मचारी तथा जनशक्तिलाइ आफ्नो कार्यमा क्रियाशिल बनाइराख्नको लागि उत्प्रेरणाको सार्थक भुमिका रहन्छ । कर्मचारीलाइ आफ्नो कार्यप्रति उत्प्रेरीत बनाइराख्नको लागी मौद्रिक तथा गैरमौद्रिक तत्वहरुको प्रयोग गर्न सकिन्छ ।

                      मौद्रिक उत्प्रेरक तत्वहरु

  • तलव तथा भत्ता
  • वोनस
  • महंगी भत्ता
  • पोशाक भत्ता तथा चाडपर्व खर्च
  • भ्रमण भत्ता र खाना खाजा खर्च
  • औषधि उपचार खर्च
  • सञ्चय कोष तथा विमा
  • उपदान तथा निवृतिभरण
  • सहुलियतपुर्ण ऋण
  • सन्ततिको लागि छात्रवृद्धि
  • ग्रेड वृद्धि
  • अन्य मौद्रिक सुविधाहरु

                  गैरमौद्रिक उत्प्रेरक तत्वहरु

  • सेवाको सुरक्षा तथा योग्यता प्रणाली
  • पदोन्नति
  • सरुवा
  • बढुवा
  • अध्ययन, अध्ययन भ्रमण तथा तालिमहरु
  • विदाको सुविधा
  • सवारी साधन तथा आवासको सुविधा
  • मान, सम्मान एवं प्रतिष्ठा
  • सेवाको स्थायित्व

सेवा समुह सम्वन्धि विषयहरु (चतुर्थ पत्र)

१.१ सार्वजनिक व्यवस्थापन र यसको कार्यक्षेत्र

१.१० सार्वजनिक सेवा प्रवाहमा सञ्चार प्रविधिको प्रयोगबाट सृजित अवसर तथा चुनौतिहरु

१.५ नेपालको सार्वजनिक प्रशासनको विकासक्रम, यसको आधारभुत संरचना, विशेषता सुधारका प्रयास एवं चुनौतिहरु

उत्प्रेरणा, यसको विशेषता र तत्वहरु

१.२.१ कर्मचारी व्यवस्थापन, निजामति सेवाको वर्गीकरण

सबै हेर्नुहोस्
Logo

सम्पर्क ठेगाना

  • info@easyloksewa.com
  • +977-9867331082
  • Butwal, Nepal

उपयोगी लिंकहरु

  • General Knowledge (GK)
  • Current Affairs
  • Syllabus
  • Vacancy
  • English
  • अनलाइन परीक्षा

© 2026 All Rights Reserved by easyloksewa

Coded with by KTMRush

लग आउट
के तपाईं निश्चित रूपमा लग आउट गर्न चाहनुहुन्छ ?