• Butwal, Nepal
  • info@easyloksewa.com
  • +977-9867331082
साइन-अप लग-इन
लग-इन साइन-अप

लग-इन

पासवर्ड भुल्नु भयो ?

साइन-अप

approve हुन समय लग्यो भने 9867331082 whatsapp गर्नु होला
Logo
  • General Knowledge(GK)
  • Current Affairs
  • Syllabus
  • vacancy
  • Intellectual Level (IQ)
  • English
    • Grammar
    • Vocabulary
    • Reading Comprehension
  • Subjective
    • शाखा अधिकृत (section Officer )
    • नायब सुब्बा
    • Nepal Rastra Bank नेपाल राष्ट्र बैंक
    • नेपाल बैंक (Nepal Bank)
    • शिक्षक सेवा आयोग (Teachers Service Commission)
    • कानुन ऐन तथा नियमावली (Laws Acts and Regulations)
    • सुरक्षा निकायहरू (Security Agencies)
  • Blogs
  • अनलाइन परीक्षा
  • डेमो परीक्षा

१.२.३ उत्प्रेरणा, वृत्ति विकास, कार्य सम्पादन मुल्यांकन, अवकास

  • गृह पृष्ठ
  • बिसयगत
  • १.२.३ उत्प्रेरणा, वृत्ति विकास, कार्य सम्पादन मुल्यांकन, अवकास

१.२.३ उत्प्रेरणा, वृत्ति विकास, कार्य सम्पादन मुल्यांकन, अवकास

       उत्प्रेरणा

  • यो संगठन तथा व्यवस्थापन विशेष गरी कर्मचारी प्रशासनको महत्वपुर्ण पक्ष हो ।
  • उत्प्रेरणाले कर्मचारी तथा कामदारमा काम गर्ने इच्छा जागृत तुल्याउने कार्य गर्दछ ।
  • कर्मचारी तथा कामदारलाइ काम गर्नको लागि प्रोत्साहित गर्ने कार्य,प्रक्रिया एवं पद्धतिलाइ नै उत्प्रेरणा भनिन्छ ।
  • कर्मचारीलाइ खास उद्देश्य तथा कार्यप्रति अग्रसर तथा लगनशिल तुल्याउने आन्तरीक प्रेरणालाइ उत्प्रेरणा भनिन्छ ।
  • व्याक्तिमा निहित सम्भाव्य उर्जालाइ उत्पादनमुखी तथा गतिशिल उर्जामा रुपान्तरण गर्ने महत्वपुर्ण साधन उत्प्रेरणा हो ।
  • यो वृत्ति विकासको महत्वपुर्ण अवयव हो ।
  • यो प्रभावकारी कार्य सम्पादनको मुलभुत आधार एवं पुर्वशर्त हो ।  
  • यो संगठन तथा व्यवस्थापनको जिम्मेवारी हो ।
  • यसको विविध आयामहरु हुन्छन् ।         

उत्प्रेरणाको प्रमुख सिद्धान्तहरु

  • अब्राहम मास्लोको आवश्यकताको श्रृङखलाको सिद्धान्त
  1. मानिस आफ्नो आवश्यकताको परिपुर्तिको आशमा अभिप्रेरित हुन्छ र ती आवश्यकताहरु तहगत रुपमा पुरा हुन सक्दछन् ।
  2. मास्लोका अनुसार आवश्यकताको श्रृङखला देहायबमोजिमको हुन्छ ।
  1. शारीरिक आवश्यकता
  2. सुरक्षा आवश्यकता
  3. सामाजिक आवश्यकता
  4. सम्मान आवश्यकता
  5. आत्मसन्तुष्टिको आवश्यकता
  • उत्प्रेरणा सम्बन्धी X र Y सिद्धान्त
  1. यो सिद्धान्त डग्लस म्याक्स ग्रेगरले प्रतिपादन गरेका थिए ।
  2. कर्मचारीलाइ उत्प्रेरित गर्न नकारात्मक तत्व एवं प्रक्रिया अवलम्बन गर्नुपर्ने कुरा Theory X ले र सकारात्मक तत्व एवं प्रक्रिया अवलम्वन गर्नुपर्ने कुरा  Theory Y ले उजागर गर्दछ ।
  3. Theory X ले मानिसले काम गर्न चाहँदैनन् र काम ठग्न खोज्छन्, मानिस जिम्मेवारीबाट पन्छिने स्वभावका हुन्छन् त्यसैले मानिसलाइ निर्देशन, दण्ड र नियन्त्रणको माध्यमबाट काममा लगाउन सकिन्छ भन्ने मान्यता राख्दछ ।
  4. Theory Y ले मानिस काम गर्न चाहने प्रकृतिको हुन्छ, मानिसले नयाँ चुनौति र जिम्मेवारीलाइ स्वीकार गर्दछ, मानिसमा सृजनात्मकता र निर्णय क्षमता हुन्छ, मानिस संगठनप्रति बफादार हुन्छ त्यसैले मानिसमा Y प्रवृत्तिलाइ बढाइ उत्प्रेरित तुल्याउनुपर्छ भन्ने मान्यता राख्दछ ।
  • उत्प्रेरणाको २ तत्व सिद्धान्त
  1. यो सिद्धान्त फ्रेडरिक हर्जवर्गले प्रतिपादन गरेका हुन ।
  2. यो सिद्धान्तअनुसार उत्प्रेरणाका २ मुलभुत तत्वहरु - आरोग्य तत्व (Hygiene Factors ) र उत्प्रेरक तत्व (Motivational Factors) हुन्छन् ।
  3. आरोग्य तत्व अन्तर्गत प्राथमिक तत्वहरु जस्तै- तलव सुविधा, संगठनको नीति, प्रशासनिक व्यवहार, सेवाको सुरक्षा, सहकर्मी तथा सुपरीवेक्षकसँगको सम्बन्ध, कार्य वातावरण जस्ता तत्वहरु पर्दछन् भने उत्प्रेरक तत्व अन्तर्गत द्धितिय तत्वहरु जस्तै- उपलब्धी, मान्यता, चुनौतिपुर्ण कार्य जिम्मेवारी, पहिचान, विकास, उत्तरदायित्व जस्ता तत्वहरु पर्दछन् ।

 

                      उत्प्रेरणाको विशेषता

  • उत्प्रेरणा मनोवैज्ञानिक अवधारणा हो । यसले कर्मचारीको व्यवहारलाइ मनोवैज्ञानिक रुपमा निर्देशित गर्दछ ।
  • यो कार्य गर्नको लागि उर्जा हो ।
  • यो निरन्तर एवं अनन्त प्रक्रिया हो ।
  • यो कार्य सन्तुष्टिको कारण होइन परिणाम हो ।
  • यसले कार्यक्षमता बढाउछ ।
  • यसले कर्मचारीको आवश्यकता तथा अपेक्षाहरुको सन्तुलित सम्बोधन मार्फत कर्मचारीमा निरन्तर क्रियाशिलता तथा उर्जा प्रदान गर्दछ ।
  • यसले कर्मचारीको मनोबलमा वृद्धि गर्दछ ।
  • कर्मचारीमा संगठनप्रति बफादारितामा वृद्धि गर्दछ ।
  • स्रोत साधनको अधिकतम सदुपयोग गर्न सहयोग पुर्याउदछ ।       

                     उत्प्रेरणाको तत्वहरु

  • संगठनमा मानव व्यवहारलाइ संगठनको उद्देश्यप्राप्ति उन्मुख बनाउनको लागि आवश्यक महत्वपुर्ण साधन उत्प्रेरणा हो ।
  • कुनै पनि संगठनको सार भनेको त्यहाँको मानव साधन हो । संगठनको सफलता तथा विफलता जनशक्तिको कार्यसम्पादन तथा कार्यसफलतामा निर्भर गर्दछ । कर्मचारी तथा जनशक्तिलाइ आफ्नो कार्यमा क्रियाशिल बनाइराख्नको लागि उत्प्रेरणाको सार्थक भुमिका रहन्छ । कर्मचारीलाइ आफ्नो कार्यप्रति उत्प्रेरीत बनाइराख्नको लागी मौद्रिक तथा गैरमौद्रिक तत्वहरुको प्रयोग गर्न सकिन्छ ।

                      मौद्रिक उत्प्रेरक तत्वहरु

  • तलव तथा भत्ता
  • वोनस
  • महंगी भत्ता
  • पोशाक भत्ता तथा चाडपर्व खर्च
  • भ्रमण भत्ता र खाना खाजा खर्च
  • औषधि उपचार खर्च
  • सञ्चय कोष तथा विमा
  • उपदान तथा निवृतिभरण
  • सहुलियतपुर्ण ऋण
  • सन्ततिको लागि छात्रवृद्धि
  • ग्रेड वृद्धि
  • अन्य मौद्रिक सुविधाहरु

                  गैरमौद्रिक उत्प्रेरक तत्वहरु

  • सेवाको सुरक्षा तथा योग्यता प्रणाली
  • पदोन्नति
  • सरुवा
  • बढुवा
  • अध्ययन, अध्ययन भ्रमण तथा तालिमहरु
  • विदाको सुविधा
  • सवारी साधन तथा आवासको सुविधा
  • मान, सम्मान एवं प्रतिष्ठा
  • सेवाको स्थायित्व

 

वृत्ति विकास

  • जीवन निर्वाहका लागि व्याक्तिले अवलम्बन गरेको पेशा वा व्यवसाय वृत्ति हो । यस्तो वृत्ति प्रणाली अन्तर्गत व्याक्तिको पेशागत जीवनमा हुने विकास लाइ नै वृत्ति विकास भनिन्छ ।
  • कुनै व्याक्तिले कुनै पदमा जागिर खाइ सेवा गर्न पाउने अवधिभर आफ्नो त्यो पेशा  वा कार्य क्षेत्रमा विस्तारै विस्तारै उन्नति गर्दै माथि बढ्न सक्ने व्यवस्थालाइ वृत्ति विकास भनिन्छ ।
  • वृत्ति विकास व्याक्तिको पेशागत वा व्यावसायिक जिवनमा हुने उन्नति प्रगति हो ।

वृत्ति विकासको महत्व

  • कर्मचारीको कार्यसम्पादनमा प्रभावकारीता ल्याउन ।
  • कर्मचारीलाइ आफ्नो काम, कर्तब्यप्रति लगनशील एवं वफादार बनाउन ।
  • सामुहिक योगदानबाट संगठनको ख्याति वृद्धि गर्न ।
  • कर्मचारी र व्यवस्थापनबीच राम्रो सम्बन्ध कायम गर्न ।
  • संगठनको कार्यसम्पादन तथा सेवा प्रवाहलाइ प्रभावकारी वनाउन ।
  • स्रोत साधनको प्रभावकारी परिचालन गरी चुहावट रोक्न ।
  • संगठन प्रतिको आकर्षणमा वृद्धि गर्न ।

वृत्ति विकासका आवश्यक सर्तहरु

  • दिगो सोचमा आधारित स्पष्ट एवं न्यायपुर्ण वृत्ति विकास नीति एवं योजना
  • वृत्ति विकासमा पर्याप्त लगानी एवं पर्याप्त अवसर
  • योग्यता प्रणालीको अवलम्वन
  • उपयुक्त व्याक्तिको उपयुक्त स्थानमा पदस्थापन
  • आन्तरिक पदोन्नति तथा बाह्य एवं छड्के प्रवेश बीचको सन्तुलन
  • वृत्ति प्रणालीको पारदर्शिता र पुर्वानुमान योग्यता
  • सेवाको सुरक्षा र प्रभावकारी दण्ड पुरस्कार प्रणाली
  • तालिम, अध्ययन, बढुवा जस्ता अवसरको पर्याप्तता
  • सवैका लागी समान अवसर
  • कार्यसम्पादन मुल्यांकनको वस्तुपरकता र प्रभावकारीता
  • मौद्रिक सुविधाको पर्याप्तता
  • भ्रष्टाचार नियन्त्रण
  • व्याक्तिको रुची, क्रियाशिलता र लगाव आदि

वृत्ति विकासका चरण तथा प्रक्रियाहरु

  • जनशक्ति योजना बनाउने
  • संगठनमा योग्य र सक्षम जनशक्ति भित्र्याउने
  • उपयुक्त व्याक्तिलाइ उपयुक्त स्थानमा पदस्थापन गर्ने
  • कामको आवश्यकता तथा कर्मचारीको क्षमता अनुसार उपयुक्त तालिमको व्यवस्था गर्ने
  • सिर्जनशिलता प्रदर्शन गर्ने अवसर प्रदान गर्ने
  • पर्याप्त आर्थिक तथा अन्य सुविधा प्रदान गर्ने
  • कार्यसम्पादनको वस्तुनिष्ठ मुल्यांकनको व्यवस्था गर्ने
  • कार्यसम्पादनको आधारमा बढुवा तथा अन्य अवसर एवं सुविधाहरु समेत उपलब्ध गराउने
  • प्रतिस्पर्धात्मक सक्षमता अभिवृद्धि गर्ने
  • पर्याप्त एवं न्यायपुर्ण सामाजिक सुरक्षाको व्यवस्था गर्ने

वृत्ति प्रणालीको प्रकार

  • खुला वृत्ति प्रणाली
  1. संगठन भित्र र बाहिर दुवै तर्फका उम्मेदवारलाइ पदपुर्तिमा समान अवसर दिइने प्रणाली
  2. खुला प्रतिस्पर्धात्मक परीक्षामा जोड दिने
  3. माथिल्ला पदमा नयाँ प्रतिभा आकर्षित गरी संगठनमा नवप्रवर्तनशीलता र परिवर्तन व्यवस्थापनलाइ आत्मसाथ गर्नुपर्छ भन्ने मान्यता
  4. नयाँ जनशक्तिलाइ उच्च तथा मध्यम तहमा प्रवेश गराइ प्रतिस्पर्धी क्षमताको उपयोग गर्ने
  5. नयाँ व्यवस्थाकीय सिद्धान्त र खुला बजार प्रणालीमा आधारीत
  6. बजारमुखी वृत्ति प्रणाली ।
  • बन्द वृत्ति प्रणाली
  1. खास प्रवेश विन्दुभन्दा माथिल्ला पदमा संगठनभित्रकै कर्मचारीबाट पदपुर्ति गरिने प्रणाली
  2. बढुवा, सरुवा, र आन्तरीक प्रतिस्पर्धामा जोड दिने
  3. अनुभवी कर्मचारीले माथिल्लो पदमा उत्कृष्ट कार्यसम्पादन गर्न सक्छन भन्ने मान्यतामा आधारीत
  4. पुराना कर्मचारीलाइ बढुवाको अवसर प्रदान गरेर उत्प्रेरीत तुल्याउने
  5. परम्परागत कर्मचारीतन्त्रीय सिद्धान्त र दर्जामुलक प्रणालीमा आधारीत
  6. संगठन केन्द्रित वृत्ति प्रणाली

नेपालको निजामती सेवामा वृत्ति प्रणाली

  • नेपालको निजामती सेवामा खुला र बन्द वृत्ति प्रणालीको मिश्रित प्रयोग भएको पाइन्छ ।
  • रा.प.अनं. द्धितीय र रा.प. तृतीय श्रेणीलाइ सेवा प्रवेश विन्दुको रुपमा मानी सो तहका अधिकांश पदमा खुला प्रतिस्पर्धाबाट पदपुर्ति गरिने अथवा खुला वृत्ति प्रणाली अवलम्बन गरिएको छ ।
  • सेवा प्रवेश विन्दुदेखि बाहेकका तह र श्रेणीमा बढुवाबाट बढी संख्यामा पदपुर्ति गर्ने नीति अथवा बन्द वृत्ति प्रणाली अवलम्बन गरिएको छ ।
  • व्यवस्थापनको उच्च मध्यम तहका रुपमा रहेका रा.प. प्रथम र द्धितिय श्रेणीमा रिक्त पदको १० प्रतिशत पद खुला प्रतिस्पर्धाबाट पुर्ति गर्ने व्यवस्था गरिएको ।
  • छडके प्रवेशको प्रतिस्पर्धामा कार्यरत कर्मचारीले पनि भाग लिन पाउने व्यवस्था हुँदा संगठनभित्रकै जनशक्तिले खुल्लातर्फको अवसर पनि उपभोग गर्न पाउने व्यवस्था रहेको ।

कार्य सम्पादन मुल्यांकन

  • पुर्वनिर्धारित लक्ष्य, उद्देश्य र मापदण्डको आधारमा कर्मचारीले सम्पादन गरेका कार्यको लेखाजोखा गरी कमीकमजोरी पत्ता लगाउने र सुधारका लागि समुचित पृष्ठपोषण समेत प्रदान गर्ने प्रक्रियालाइ कार्यसम्पादन मुल्यांकन भनिन्छ ।
  • यो कर्मचारीद्धारा सम्पादित कार्यहरुको वस्तुनिष्ठ मुल्यांकन हो ।
  • यसअन्तर्गत तोकिएको कार्यहरु तोकिएको समय, गुणस्तर, परिमाण र मुल्य अनुरुप छ वा छैन भनी जाँच गर्ने गरिन्छ ।

कार्यसम्पादन मुल्यांकनको आवश्यकता तथा महत्व

  • सम्पादित कार्यहरुको वस्तुगत मुल्यांकन गर्न,
  • काममा आधारीत भुक्तानी प्रणालीलाइ व्यवहारमा प्रयोग गर्न,
  • गुणस्तर, परिमाण, मुल्य र समयजस्ता सुचकहरुको आधारमा कार्यको वस्तुनिष्ठ मुल्यांकन गर्न,
  • कर्मचारीको उत्प्रेरणा तथा मनोबललाइ उच्च राख्न,
  • कार्यसम्पादनको समस्या र कठिनाइहरुको पहिचान गर्न,
  • समस्या तथा चुनौतिहरुको समाधान गर्न,
  • कर्मचारीको कार्यसम्पादन क्षमतामा वृद्धि गर्न,
  • संगठन तथा नेतृत्वलाइ आगामी नीति निर्माणको आधार प्रदान गर्न,
  • उपयुक्त सांगठनिक निर्णय गर्न,

कार्यसम्पादन मुल्यांकनका तरिकाहरु

  • निरपेक्ष विधि
  1. कुनै खास घटनालाइ हेरेर गरिने,
  2. सुचकका आधारमा कामलाइ हेरेर मुल्यांक गरिने,
  3. चिन्ह लगाएर गरिने,
  4. निश्चित गुणलाइ छान्नै पर्ने,
  5. गुण दोषको वर्णन गरेर,
  6. स्थलगत अवलोकन गरेर,
  • सापेक्ष विधि
  1. समुहगत श्रेणी बनाएर,
  2. प्रत्येक व्याक्तिलाइ श्रेणीबद्ध गरेर,
  3. परस्पर तुलना गरेर,
  • उद्देश्यमा आधारित विधि
  1. लागत प्रभावकारीताको मुल्यांकन,
  2. कार्यदक्षता र समयबद्धताको मुल्यांकन,
  3. सीप र कार्य परिमाणको मुल्यांकन,
  4. कार्यको गुणस्तर मापन,

नेपालको निजामती सेवामा कार्यसम्पादन मुल्यांकन

  • कार्यसम्पादन मुल्यांकनलाइ बढुवाको आधार बनाइएको छ ।
  • सुपरीवेक्षक, पुनरावलोकनकर्ता र पुनरावलोकन समितिको व्यवस्था गरिएको छ ।
  • सुपरीवेक्षकले २५, पुनरावलोकनकर्ताले १० र समितिले ५ अंक दिन सक्ने व्यवस्था छ ।
  • राजपत्रांकित श्रेणी का कर्मचारीलाइ वर्षमा २ पटक कार्यसम्पादन मुल्यांकन फारम भरी मुल्यांकन गर्नुपर्ने व्यवस्था गरिएको छ ।
  • राजपत्र अनंकित तथा सहायक स्तरका कर्मचारीलाइ वर्षमा १ पटक कार्यसम्पादन मुल्यांकन फारम भरी मुल्यांकन गर्नुपर्ने व्यवस्था गरिएको छ ।
  • निजामति सेवा पुरस्कारको लागि छनौटको एक आधार कार्यसम्पादन मुल्यांकन रहेको ।

नेपालमा कार्यसम्पादन मुल्यांकन सम्बन्धी समस्याहरु

  • मुल्यांकन वस्तुगत र प्रभावकारी हुन नसक्नु,
  • कार्यसम्पादनको नतिजालाइ सुविधा र वृत्ति विकासका अवसरसँग आबद्ध गर्न नसकिनु,
  • मुल्यांकनको नतिजाको सम्बन्धमा कर्मचारीलाइ पृष्ठपोषण दिइ सुधार गर्ने परिपाटीको अवलम्वन नगरिएको ।
  • कार्यसम्पादन मुल्यांकनको नतिजामा काम गर्ने र नगर्नेबीच फरक नदेखिनु ।
  • सेवाग्राहीद्धारा मुल्यांकन गर्ने पद्धतिलाइ आन्तरिकीकरण गर्न नसकिएको ।
  • कार्यसम्पादन मुल्यांकन फारमलाइ कामको प्रकृतिअनुसार विशिष्टिकरण नगरिएको ।
  • मुल्यांकन प्रक्रियालाइ पारदर्शी तुल्याउन नसकिएको ।

अवकास

  • कर्मचारीलाइ संगठन वा तोकिएको कार्य जिम्मेवारीबाट स्थायी रुपमा अलग गर्ने कार्यलाइ अवकाश भनिन्छ ।
  • यो कर्मचारीको जागिरे जीवनको समाप्ति हो ।
  • अवकाश कर्मचारी प्रशासन र व्यवस्थापनको अन्तिम कार्य हो ।

अवकाशका तरिकाहरु

  • अनिवार्य अविकाश - यो उमेर हद वा तोकिएको अवधि पुरा गरेपछि अनिवार्य रुपमा गरिने  अवकाश हो । यो नियमअनुसार स्वत हुने अवकाश हो ।
  • स्वेच्छिक अवकाश - यो तोकिएको सेवा अवधि पुगेको कर्मचारीले स्वयं लिने अवकाश हो । सरकारले विशेष अवसरमा समेत यस्तो प्रस्ताव गर्न सक्छन् ।
  • अशक्तताको कारण दिइने अवकाश - यो शारीरिक तथा मानसिक कारणले काम गर्न नसक्ने भएमा यस्तो अवकाश दिइने गरिन्छ ।
  • सजायस्वरुप गरिने अवकाश - तोकिएको कानुन उल्लंघन गरेवापत सजायस्वरुप यस्तो अवकाश दिइने गरिन्छ ।
  • गोल्डेन ह्याण्डसेक मार्फत गरिने अवकाश - कर्मचारी कटौती गर्नुपर्ने विशेष अवस्थामा यस्तो उपायको उपयोग गर्ने गरिन्छ ।

नेपालको निजामती सेवामा अवकाश सम्बन्धी व्यवस्था

  • तोकिएको उमेरहद पुरा गरेपछि अवकाश हुने व्यवस्था ।
  • मुख्य सचिवमा तीन र सचिवमा पाँच वर्ष सेवा गरेपछि स्वत अवकाश हुने व्यवस्था ।
  • शारीरिक तथा मानसिक रुपमा असमर्थ भइ काम गर्न नसक्ने भएमा बढीमा सात वर्षसम्मको सेवा अवधि थप गरी अवकाश दिन सकिने व्यवस्था ।
  • निवृत्तिभरण पाउने अवधि र पचास वर्ष पुरा गरेका निजामती कर्मचारीले स्वेच्छिक अवकाश लिन पाउने व्यवस्था ।
  • सरकारले तोकिए बमोजिमको गर्न नहुने कार्य गरे बापत सजाय स्वरुप अवकाश दिन सक्ने व्यवस्था ।
  • सरकारले Golden Handshake को उपाय प्रयोग गरी स्वेच्छिक अवकाशको लागि आग्रह गर्न सक्ने ।

सेवा समुह सम्वन्धि विषयहरु (चतुर्थ पत्र)

१.१ सार्वजनिक व्यवस्थापन र यसको कार्यक्षेत्र

१.१० सार्वजनिक सेवा प्रवाहमा सञ्चार प्रविधिको प्रयोगबाट सृजित अवसर तथा चुनौतिहरु

१.५ नेपालको सार्वजनिक प्रशासनको विकासक्रम, यसको आधारभुत संरचना, विशेषता सुधारका प्रयास एवं चुनौतिहरु

उत्प्रेरणा, यसको विशेषता र तत्वहरु

१.२.१ कर्मचारी व्यवस्थापन, निजामति सेवाको वर्गीकरण

सबै हेर्नुहोस्
Logo

सम्पर्क ठेगाना

  • info@easyloksewa.com
  • +977-9867331082
  • Butwal, Nepal

उपयोगी लिंकहरु

  • General Knowledge (GK)
  • Current Affairs
  • Syllabus
  • Vacancy
  • English
  • अनलाइन परीक्षा

© 2026 All Rights Reserved by easyloksewa

Coded with by KTMRush

लग आउट
के तपाईं निश्चित रूपमा लग आउट गर्न चाहनुहुन्छ ?