१.२.३ उत्प्रेरणा, वृत्ति विकास, कार्य सम्पादन मुल्यांकन, अवकास
उत्प्रेरणा
- यो संगठन तथा व्यवस्थापन विशेष गरी कर्मचारी प्रशासनको महत्वपुर्ण पक्ष हो ।
- उत्प्रेरणाले कर्मचारी तथा कामदारमा काम गर्ने इच्छा जागृत तुल्याउने कार्य गर्दछ ।
- कर्मचारी तथा कामदारलाइ काम गर्नको लागि प्रोत्साहित गर्ने कार्य,प्रक्रिया एवं पद्धतिलाइ नै उत्प्रेरणा भनिन्छ ।
- कर्मचारीलाइ खास उद्देश्य तथा कार्यप्रति अग्रसर तथा लगनशिल तुल्याउने आन्तरीक प्रेरणालाइ उत्प्रेरणा भनिन्छ ।
- व्याक्तिमा निहित सम्भाव्य उर्जालाइ उत्पादनमुखी तथा गतिशिल उर्जामा रुपान्तरण गर्ने महत्वपुर्ण साधन उत्प्रेरणा हो ।
- यो वृत्ति विकासको महत्वपुर्ण अवयव हो ।
- यो प्रभावकारी कार्य सम्पादनको मुलभुत आधार एवं पुर्वशर्त हो ।
- यो संगठन तथा व्यवस्थापनको जिम्मेवारी हो ।
- यसको विविध आयामहरु हुन्छन् ।
उत्प्रेरणाको प्रमुख सिद्धान्तहरु
- अब्राहम मास्लोको आवश्यकताको श्रृङखलाको सिद्धान्त
- मानिस आफ्नो आवश्यकताको परिपुर्तिको आशमा अभिप्रेरित हुन्छ र ती आवश्यकताहरु तहगत रुपमा पुरा हुन सक्दछन् ।
- मास्लोका अनुसार आवश्यकताको श्रृङखला देहायबमोजिमको हुन्छ ।
- शारीरिक आवश्यकता
- सुरक्षा आवश्यकता
- सामाजिक आवश्यकता
- सम्मान आवश्यकता
- आत्मसन्तुष्टिको आवश्यकता
- उत्प्रेरणा सम्बन्धी X र Y सिद्धान्त
- यो सिद्धान्त डग्लस म्याक्स ग्रेगरले प्रतिपादन गरेका थिए ।
- कर्मचारीलाइ उत्प्रेरित गर्न नकारात्मक तत्व एवं प्रक्रिया अवलम्बन गर्नुपर्ने कुरा Theory X ले र सकारात्मक तत्व एवं प्रक्रिया अवलम्वन गर्नुपर्ने कुरा Theory Y ले उजागर गर्दछ ।
- Theory X ले मानिसले काम गर्न चाहँदैनन् र काम ठग्न खोज्छन्, मानिस जिम्मेवारीबाट पन्छिने स्वभावका हुन्छन् त्यसैले मानिसलाइ निर्देशन, दण्ड र नियन्त्रणको माध्यमबाट काममा लगाउन सकिन्छ भन्ने मान्यता राख्दछ ।
- Theory Y ले मानिस काम गर्न चाहने प्रकृतिको हुन्छ, मानिसले नयाँ चुनौति र जिम्मेवारीलाइ स्वीकार गर्दछ, मानिसमा सृजनात्मकता र निर्णय क्षमता हुन्छ, मानिस संगठनप्रति बफादार हुन्छ त्यसैले मानिसमा Y प्रवृत्तिलाइ बढाइ उत्प्रेरित तुल्याउनुपर्छ भन्ने मान्यता राख्दछ ।
- उत्प्रेरणाको २ तत्व सिद्धान्त
- यो सिद्धान्त फ्रेडरिक हर्जवर्गले प्रतिपादन गरेका हुन ।
- यो सिद्धान्तअनुसार उत्प्रेरणाका २ मुलभुत तत्वहरु - आरोग्य तत्व (Hygiene Factors ) र उत्प्रेरक तत्व (Motivational Factors) हुन्छन् ।
- आरोग्य तत्व अन्तर्गत प्राथमिक तत्वहरु जस्तै- तलव सुविधा, संगठनको नीति, प्रशासनिक व्यवहार, सेवाको सुरक्षा, सहकर्मी तथा सुपरीवेक्षकसँगको सम्बन्ध, कार्य वातावरण जस्ता तत्वहरु पर्दछन् भने उत्प्रेरक तत्व अन्तर्गत द्धितिय तत्वहरु जस्तै- उपलब्धी, मान्यता, चुनौतिपुर्ण कार्य जिम्मेवारी, पहिचान, विकास, उत्तरदायित्व जस्ता तत्वहरु पर्दछन् ।
उत्प्रेरणाको विशेषता
- उत्प्रेरणा मनोवैज्ञानिक अवधारणा हो । यसले कर्मचारीको व्यवहारलाइ मनोवैज्ञानिक रुपमा निर्देशित गर्दछ ।
- यो कार्य गर्नको लागि उर्जा हो ।
- यो निरन्तर एवं अनन्त प्रक्रिया हो ।
- यो कार्य सन्तुष्टिको कारण होइन परिणाम हो ।
- यसले कार्यक्षमता बढाउछ ।
- यसले कर्मचारीको आवश्यकता तथा अपेक्षाहरुको सन्तुलित सम्बोधन मार्फत कर्मचारीमा निरन्तर क्रियाशिलता तथा उर्जा प्रदान गर्दछ ।
- यसले कर्मचारीको मनोबलमा वृद्धि गर्दछ ।
- कर्मचारीमा संगठनप्रति बफादारितामा वृद्धि गर्दछ ।
- स्रोत साधनको अधिकतम सदुपयोग गर्न सहयोग पुर्याउदछ ।
उत्प्रेरणाको तत्वहरु
- संगठनमा मानव व्यवहारलाइ संगठनको उद्देश्यप्राप्ति उन्मुख बनाउनको लागि आवश्यक महत्वपुर्ण साधन उत्प्रेरणा हो ।
- कुनै पनि संगठनको सार भनेको त्यहाँको मानव साधन हो । संगठनको सफलता तथा विफलता जनशक्तिको कार्यसम्पादन तथा कार्यसफलतामा निर्भर गर्दछ । कर्मचारी तथा जनशक्तिलाइ आफ्नो कार्यमा क्रियाशिल बनाइराख्नको लागि उत्प्रेरणाको सार्थक भुमिका रहन्छ । कर्मचारीलाइ आफ्नो कार्यप्रति उत्प्रेरीत बनाइराख्नको लागी मौद्रिक तथा गैरमौद्रिक तत्वहरुको प्रयोग गर्न सकिन्छ ।
मौद्रिक उत्प्रेरक तत्वहरु
- तलव तथा भत्ता
- वोनस
- महंगी भत्ता
- पोशाक भत्ता तथा चाडपर्व खर्च
- भ्रमण भत्ता र खाना खाजा खर्च
- औषधि उपचार खर्च
- सञ्चय कोष तथा विमा
- उपदान तथा निवृतिभरण
- सहुलियतपुर्ण ऋण
- सन्ततिको लागि छात्रवृद्धि
- ग्रेड वृद्धि
- अन्य मौद्रिक सुविधाहरु
गैरमौद्रिक उत्प्रेरक तत्वहरु
- सेवाको सुरक्षा तथा योग्यता प्रणाली
- पदोन्नति
- सरुवा
- बढुवा
- अध्ययन, अध्ययन भ्रमण तथा तालिमहरु
- विदाको सुविधा
- सवारी साधन तथा आवासको सुविधा
- मान, सम्मान एवं प्रतिष्ठा
- सेवाको स्थायित्व
वृत्ति विकास
- जीवन निर्वाहका लागि व्याक्तिले अवलम्बन गरेको पेशा वा व्यवसाय वृत्ति हो । यस्तो वृत्ति प्रणाली अन्तर्गत व्याक्तिको पेशागत जीवनमा हुने विकास लाइ नै वृत्ति विकास भनिन्छ ।
- कुनै व्याक्तिले कुनै पदमा जागिर खाइ सेवा गर्न पाउने अवधिभर आफ्नो त्यो पेशा वा कार्य क्षेत्रमा विस्तारै विस्तारै उन्नति गर्दै माथि बढ्न सक्ने व्यवस्थालाइ वृत्ति विकास भनिन्छ ।
- वृत्ति विकास व्याक्तिको पेशागत वा व्यावसायिक जिवनमा हुने उन्नति प्रगति हो ।
वृत्ति विकासको महत्व
- कर्मचारीको कार्यसम्पादनमा प्रभावकारीता ल्याउन ।
- कर्मचारीलाइ आफ्नो काम, कर्तब्यप्रति लगनशील एवं वफादार बनाउन ।
- सामुहिक योगदानबाट संगठनको ख्याति वृद्धि गर्न ।
- कर्मचारी र व्यवस्थापनबीच राम्रो सम्बन्ध कायम गर्न ।
- संगठनको कार्यसम्पादन तथा सेवा प्रवाहलाइ प्रभावकारी वनाउन ।
- स्रोत साधनको प्रभावकारी परिचालन गरी चुहावट रोक्न ।
- संगठन प्रतिको आकर्षणमा वृद्धि गर्न ।
वृत्ति विकासका आवश्यक सर्तहरु
- दिगो सोचमा आधारित स्पष्ट एवं न्यायपुर्ण वृत्ति विकास नीति एवं योजना
- वृत्ति विकासमा पर्याप्त लगानी एवं पर्याप्त अवसर
- योग्यता प्रणालीको अवलम्वन
- उपयुक्त व्याक्तिको उपयुक्त स्थानमा पदस्थापन
- आन्तरिक पदोन्नति तथा बाह्य एवं छड्के प्रवेश बीचको सन्तुलन
- वृत्ति प्रणालीको पारदर्शिता र पुर्वानुमान योग्यता
- सेवाको सुरक्षा र प्रभावकारी दण्ड पुरस्कार प्रणाली
- तालिम, अध्ययन, बढुवा जस्ता अवसरको पर्याप्तता
- सवैका लागी समान अवसर
- कार्यसम्पादन मुल्यांकनको वस्तुपरकता र प्रभावकारीता
- मौद्रिक सुविधाको पर्याप्तता
- भ्रष्टाचार नियन्त्रण
- व्याक्तिको रुची, क्रियाशिलता र लगाव आदि
वृत्ति विकासका चरण तथा प्रक्रियाहरु
- जनशक्ति योजना बनाउने
- संगठनमा योग्य र सक्षम जनशक्ति भित्र्याउने
- उपयुक्त व्याक्तिलाइ उपयुक्त स्थानमा पदस्थापन गर्ने
- कामको आवश्यकता तथा कर्मचारीको क्षमता अनुसार उपयुक्त तालिमको व्यवस्था गर्ने
- सिर्जनशिलता प्रदर्शन गर्ने अवसर प्रदान गर्ने
- पर्याप्त आर्थिक तथा अन्य सुविधा प्रदान गर्ने
- कार्यसम्पादनको वस्तुनिष्ठ मुल्यांकनको व्यवस्था गर्ने
- कार्यसम्पादनको आधारमा बढुवा तथा अन्य अवसर एवं सुविधाहरु समेत उपलब्ध गराउने
- प्रतिस्पर्धात्मक सक्षमता अभिवृद्धि गर्ने
- पर्याप्त एवं न्यायपुर्ण सामाजिक सुरक्षाको व्यवस्था गर्ने
वृत्ति प्रणालीको प्रकार
- संगठन भित्र र बाहिर दुवै तर्फका उम्मेदवारलाइ पदपुर्तिमा समान अवसर दिइने प्रणाली
- खुला प्रतिस्पर्धात्मक परीक्षामा जोड दिने
- माथिल्ला पदमा नयाँ प्रतिभा आकर्षित गरी संगठनमा नवप्रवर्तनशीलता र परिवर्तन व्यवस्थापनलाइ आत्मसाथ गर्नुपर्छ भन्ने मान्यता
- नयाँ जनशक्तिलाइ उच्च तथा मध्यम तहमा प्रवेश गराइ प्रतिस्पर्धी क्षमताको उपयोग गर्ने
- नयाँ व्यवस्थाकीय सिद्धान्त र खुला बजार प्रणालीमा आधारीत
- बजारमुखी वृत्ति प्रणाली ।
- खास प्रवेश विन्दुभन्दा माथिल्ला पदमा संगठनभित्रकै कर्मचारीबाट पदपुर्ति गरिने प्रणाली
- बढुवा, सरुवा, र आन्तरीक प्रतिस्पर्धामा जोड दिने
- अनुभवी कर्मचारीले माथिल्लो पदमा उत्कृष्ट कार्यसम्पादन गर्न सक्छन भन्ने मान्यतामा आधारीत
- पुराना कर्मचारीलाइ बढुवाको अवसर प्रदान गरेर उत्प्रेरीत तुल्याउने
- परम्परागत कर्मचारीतन्त्रीय सिद्धान्त र दर्जामुलक प्रणालीमा आधारीत
- संगठन केन्द्रित वृत्ति प्रणाली
नेपालको निजामती सेवामा वृत्ति प्रणाली
- नेपालको निजामती सेवामा खुला र बन्द वृत्ति प्रणालीको मिश्रित प्रयोग भएको पाइन्छ ।
- रा.प.अनं. द्धितीय र रा.प. तृतीय श्रेणीलाइ सेवा प्रवेश विन्दुको रुपमा मानी सो तहका अधिकांश पदमा खुला प्रतिस्पर्धाबाट पदपुर्ति गरिने अथवा खुला वृत्ति प्रणाली अवलम्बन गरिएको छ ।
- सेवा प्रवेश विन्दुदेखि बाहेकका तह र श्रेणीमा बढुवाबाट बढी संख्यामा पदपुर्ति गर्ने नीति अथवा बन्द वृत्ति प्रणाली अवलम्बन गरिएको छ ।
- व्यवस्थापनको उच्च मध्यम तहका रुपमा रहेका रा.प. प्रथम र द्धितिय श्रेणीमा रिक्त पदको १० प्रतिशत पद खुला प्रतिस्पर्धाबाट पुर्ति गर्ने व्यवस्था गरिएको ।
- छडके प्रवेशको प्रतिस्पर्धामा कार्यरत कर्मचारीले पनि भाग लिन पाउने व्यवस्था हुँदा संगठनभित्रकै जनशक्तिले खुल्लातर्फको अवसर पनि उपभोग गर्न पाउने व्यवस्था रहेको ।
कार्य सम्पादन मुल्यांकन
- पुर्वनिर्धारित लक्ष्य, उद्देश्य र मापदण्डको आधारमा कर्मचारीले सम्पादन गरेका कार्यको लेखाजोखा गरी कमीकमजोरी पत्ता लगाउने र सुधारका लागि समुचित पृष्ठपोषण समेत प्रदान गर्ने प्रक्रियालाइ कार्यसम्पादन मुल्यांकन भनिन्छ ।
- यो कर्मचारीद्धारा सम्पादित कार्यहरुको वस्तुनिष्ठ मुल्यांकन हो ।
- यसअन्तर्गत तोकिएको कार्यहरु तोकिएको समय, गुणस्तर, परिमाण र मुल्य अनुरुप छ वा छैन भनी जाँच गर्ने गरिन्छ ।
कार्यसम्पादन मुल्यांकनको आवश्यकता तथा महत्व
- सम्पादित कार्यहरुको वस्तुगत मुल्यांकन गर्न,
- काममा आधारीत भुक्तानी प्रणालीलाइ व्यवहारमा प्रयोग गर्न,
- गुणस्तर, परिमाण, मुल्य र समयजस्ता सुचकहरुको आधारमा कार्यको वस्तुनिष्ठ मुल्यांकन गर्न,
- कर्मचारीको उत्प्रेरणा तथा मनोबललाइ उच्च राख्न,
- कार्यसम्पादनको समस्या र कठिनाइहरुको पहिचान गर्न,
- समस्या तथा चुनौतिहरुको समाधान गर्न,
- कर्मचारीको कार्यसम्पादन क्षमतामा वृद्धि गर्न,
- संगठन तथा नेतृत्वलाइ आगामी नीति निर्माणको आधार प्रदान गर्न,
- उपयुक्त सांगठनिक निर्णय गर्न,
कार्यसम्पादन मुल्यांकनका तरिकाहरु
- कुनै खास घटनालाइ हेरेर गरिने,
- सुचकका आधारमा कामलाइ हेरेर मुल्यांक गरिने,
- चिन्ह लगाएर गरिने,
- निश्चित गुणलाइ छान्नै पर्ने,
- गुण दोषको वर्णन गरेर,
- स्थलगत अवलोकन गरेर,
- समुहगत श्रेणी बनाएर,
- प्रत्येक व्याक्तिलाइ श्रेणीबद्ध गरेर,
- परस्पर तुलना गरेर,
- लागत प्रभावकारीताको मुल्यांकन,
- कार्यदक्षता र समयबद्धताको मुल्यांकन,
- सीप र कार्य परिमाणको मुल्यांकन,
- कार्यको गुणस्तर मापन,
नेपालको निजामती सेवामा कार्यसम्पादन मुल्यांकन
- कार्यसम्पादन मुल्यांकनलाइ बढुवाको आधार बनाइएको छ ।
- सुपरीवेक्षक, पुनरावलोकनकर्ता र पुनरावलोकन समितिको व्यवस्था गरिएको छ ।
- सुपरीवेक्षकले २५, पुनरावलोकनकर्ताले १० र समितिले ५ अंक दिन सक्ने व्यवस्था छ ।
- राजपत्रांकित श्रेणी का कर्मचारीलाइ वर्षमा २ पटक कार्यसम्पादन मुल्यांकन फारम भरी मुल्यांकन गर्नुपर्ने व्यवस्था गरिएको छ ।
- राजपत्र अनंकित तथा सहायक स्तरका कर्मचारीलाइ वर्षमा १ पटक कार्यसम्पादन मुल्यांकन फारम भरी मुल्यांकन गर्नुपर्ने व्यवस्था गरिएको छ ।
- निजामति सेवा पुरस्कारको लागि छनौटको एक आधार कार्यसम्पादन मुल्यांकन रहेको ।
नेपालमा कार्यसम्पादन मुल्यांकन सम्बन्धी समस्याहरु
- मुल्यांकन वस्तुगत र प्रभावकारी हुन नसक्नु,
- कार्यसम्पादनको नतिजालाइ सुविधा र वृत्ति विकासका अवसरसँग आबद्ध गर्न नसकिनु,
- मुल्यांकनको नतिजाको सम्बन्धमा कर्मचारीलाइ पृष्ठपोषण दिइ सुधार गर्ने परिपाटीको अवलम्वन नगरिएको ।
- कार्यसम्पादन मुल्यांकनको नतिजामा काम गर्ने र नगर्नेबीच फरक नदेखिनु ।
- सेवाग्राहीद्धारा मुल्यांकन गर्ने पद्धतिलाइ आन्तरिकीकरण गर्न नसकिएको ।
- कार्यसम्पादन मुल्यांकन फारमलाइ कामको प्रकृतिअनुसार विशिष्टिकरण नगरिएको ।
- मुल्यांकन प्रक्रियालाइ पारदर्शी तुल्याउन नसकिएको ।
अवकास
- कर्मचारीलाइ संगठन वा तोकिएको कार्य जिम्मेवारीबाट स्थायी रुपमा अलग गर्ने कार्यलाइ अवकाश भनिन्छ ।
- यो कर्मचारीको जागिरे जीवनको समाप्ति हो ।
- अवकाश कर्मचारी प्रशासन र व्यवस्थापनको अन्तिम कार्य हो ।
अवकाशका तरिकाहरु
- अनिवार्य अविकाश - यो उमेर हद वा तोकिएको अवधि पुरा गरेपछि अनिवार्य रुपमा गरिने अवकाश हो । यो नियमअनुसार स्वत हुने अवकाश हो ।
- स्वेच्छिक अवकाश - यो तोकिएको सेवा अवधि पुगेको कर्मचारीले स्वयं लिने अवकाश हो । सरकारले विशेष अवसरमा समेत यस्तो प्रस्ताव गर्न सक्छन् ।
- अशक्तताको कारण दिइने अवकाश - यो शारीरिक तथा मानसिक कारणले काम गर्न नसक्ने भएमा यस्तो अवकाश दिइने गरिन्छ ।
- सजायस्वरुप गरिने अवकाश - तोकिएको कानुन उल्लंघन गरेवापत सजायस्वरुप यस्तो अवकाश दिइने गरिन्छ ।
- गोल्डेन ह्याण्डसेक मार्फत गरिने अवकाश - कर्मचारी कटौती गर्नुपर्ने विशेष अवस्थामा यस्तो उपायको उपयोग गर्ने गरिन्छ ।
नेपालको निजामती सेवामा अवकाश सम्बन्धी व्यवस्था
- तोकिएको उमेरहद पुरा गरेपछि अवकाश हुने व्यवस्था ।
- मुख्य सचिवमा तीन र सचिवमा पाँच वर्ष सेवा गरेपछि स्वत अवकाश हुने व्यवस्था ।
- शारीरिक तथा मानसिक रुपमा असमर्थ भइ काम गर्न नसक्ने भएमा बढीमा सात वर्षसम्मको सेवा अवधि थप गरी अवकाश दिन सकिने व्यवस्था ।
- निवृत्तिभरण पाउने अवधि र पचास वर्ष पुरा गरेका निजामती कर्मचारीले स्वेच्छिक अवकाश लिन पाउने व्यवस्था ।
- सरकारले तोकिए बमोजिमको गर्न नहुने कार्य गरे बापत सजाय स्वरुप अवकाश दिन सक्ने व्यवस्था ।
- सरकारले Golden Handshake को उपाय प्रयोग गरी स्वेच्छिक अवकाशको लागि आग्रह गर्न सक्ने ।