• Butwal, Nepal
  • info@easyloksewa.com
  • +977-9867331082
साइन-अप लग-इन
लग-इन साइन-अप

लग-इन

पासवर्ड भुल्नु भयो ?

साइन-अप

approve हुन समय लग्यो भने 9867331082 whatsapp गर्नु होला
Logo
  • General Knowledge(GK)
  • Current Affairs
  • Syllabus
  • vacancy
  • Intellectual Level (IQ)
  • English
    • Grammar
    • Vocabulary
    • Reading Comprehension
  • Subjective
    • शाखा अधिकृत (section Officer )
    • नायब सुब्बा
    • Nepal Rastra Bank नेपाल राष्ट्र बैंक
    • नेपाल बैंक (Nepal Bank)
    • शिक्षक सेवा आयोग (Teachers Service Commission)
    • कानुन ऐन तथा नियमावली (Laws Acts and Regulations)
    • सुरक्षा निकायहरू (Security Agencies)
  • Blogs
  • अनलाइन परीक्षा
  • डेमो परीक्षा

१.१ शासनको आधारभुत पक्षहरु: अवधारणा, सन्दर्भ तथा विशेषताहरु

  • गृह पृष्ठ
  • बिसयगत
  • १.१ शासनको आधारभुत पक्षहरु: अवधारणा, सन्दर्भ तथा विशेषताहरु

१.१ शासनको आधारभुत पक्षहरु: अवधारणा, सन्दर्भ तथा विशेषताहरु

शासन

  • सार्वजनिक उद्देश्य प्राप्त गर्नको लागि नियमहरुको विकास गर्ने, लागु गर्ने, र परिपालना गराउने कार्य नै शासन हो ।
  • राज्यको आर्थिक, सामाजिक तथा कानुनी व्यवस्थापन गर्ने वैधानिक प्रक्रियालाइ नै शासन भनिन्छ ।
  • शासन मुलुकको सवै किसिमका मामिलाको व्यवस्थापन गर्न आर्थिक, प्रशासनिक तथा राजनैतिक अधिकारहरुको अभ्यास गर्ने कार्य हो ।
  • समग्रमा शासन राज्य सञ्चालन गर्ने प्रणाली तथा पद्धति हो ।
  • राज्य सञ्चालन सम्बन्धमा सरकारका कार्यहरुको समष्टि नै शासन हो ।
  • यसले सरकारको काम, कर्तव्य, अधिकार र जिम्मेवारीलाइ जनाउँदछ ।

 

शासनको अवधारणा                                       

  • जहाँ राज्य हुन्छ त्यहाँ शासन रहेको हुन्छ । राज्यसँगै शासनको सुरुवात भएको हो । शासनको प्रादुर्भाव राजतन्त्रात्मक, एकात्मक, केन्द्रिकृत एवं एकस्तरीय स्वरुपमा भएको हो ।
  • समयक्रमअनुसार शासनको संरचनात्मक, परिणात्मक तथा गुणात्मक विकास एवं विस्तार हुँदै आएको छ ।
  • शासनको विषयमा इशापुर्वदेखी नै बहस र परिचर्चा हुँदै आएको पाइन्छ । रोमन दार्शनिक प्लेटोले नागरिकमुखी शासन व्यवस्थामा जोड दिएका थिए । प्लेटो, अरस्तु लगायतका दार्शनिकहरुले प्रजातान्त्रिक शासन व्यवस्थामा जोड दिएका थिए ।
  • सन् १२१५ मा निरंकुश शासन प्रति अंकुश लगाउने र शासकिय अधिकार जनतामा स्थापित हुनु पर्दछ भन्ने मान्यताको साथ म्याग्नाकार्टा जारी भयो । जसबाट निरंकुश शासन प्रणालि विरुद्ध प्रजातान्त्रिक शासन प्रणाली स्थापनाको आधार तयार भयो ।
  • बेलायती संसदले सन १६२८ मा अधिकारको घोषणापत्र (Declaration of Rights) जारी गर्दै राजाका निरंकुश अधिकारहरु कटौती गर्ने र संसदको सर्वोच्चता कायम गर्ने घोषणा गरी लोकतान्त्रिक शासन प्रणालीको आधार तयार गरीयो ।
  • सन १६८८ मा Bill of Rights को घोषणा गरी राजाका अधिकारहरु संसदले प्रयोग गर्ने व्यवस्था भयो र जनताको प्रतिनिधिमुलक संस्थाको भुमीका बढ्न गइ शासनको लोकतान्त्रीकरण हुन पुग्यो ।
  • सन् १७४८ मा फ्रान्सेली दार्शनिक मन्टेस्क्युले शक्ति पृथकीकरणको सिद्धान्त मार्फत शक्तिलाइ कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकामा विभाजन गरी निरंकुशता कायम हुन नदिने कुरामा जोड दिए ।
  • अमेरीकाका जोन एडम्सले शक्तिको सन्तुलनको सिद्धान्त मार्फत राज्यका अंगहरुबाट हुन सक्ने स्वेच्छाचारी कार्यलाइ नियन्त्रण गरी लोकतान्त्रिक शासन पद्धतिमा जोड दिएका थिए ।
  • सन् १७८७ मा अमेरिकामा लोकतान्त्रिक संविधान जारी भएपश्चात त्यहाँ लोकतान्त्रिक शासन पद्धतिको स्थापना भयो ।
  • A V Dicey ले प्रतिपादन गरेको कानुनको शासनको अवधारणाले कानुन बमोजिम शासन गर्नुपर्ने, कानुन बनाएर शासन गर्नुपर्ने भन्ने अवधारणाको विकास गर्यो ।
  • आधुनिक कालमा लोकतान्त्रिक प्रणालिको अवलम्बन लाइ आदर्श मुलुकको पहिचानको रुपमा लिइएको छ । अधिकांश मुलुकरुमा जनमुखी, नागरिकमैत्री र प्रतिनिधिमुलक शैलिको अभ्यास हुँदै आएको छ ।
  • नेपाल विगतमा एकात्मक तथा केन्द्रिकृत शासन व्यवस्था लागु थियो तर वर्तमान समयमा लोकतान्त्रिक तथा संघीयतामा आधारीत शासन प्रणालि अवलम्वन गरिएको छ ।

 

शासनको विशेषता

शासनको मुलभुत विशेषतालाइ निम्नअनुसार उल्लेख गर्न सकिन्छ ।

  • शासन सापेक्ष एवं गतिशिल विषय हो ।
  • यो राज्य सञ्चालनको कार्यप्रक्रिया एवं पद्धति हो ।
  • यसका विविध आयाम हुन्छन । राजनितिक, प्रशासनिक, सामाजिक, साँस्कृतिक लगायतका विभिन्न आयामहरु हुने भएकोले यो बहुआयामिक विषय हो ।
  • यो सार्वभौमसत्ता सँग सम्बन्धित विषय हो । सार्वभौमसत्ताको प्रयोग भन्नु नै शासन हो । सार्वभौमसत्ता एवं राजकिय सत्ता जनतामा निहीत  रहनुपर्दछ ।
  • शासन मुलुक तथा सरकारको मुल्यांकन सुचक हो ।
  • बहुदलिय लोकतान्त्रिक शासन प्रणाली,
  • मानवअधिकारको प्रत्याभुति,
  • कानुनको शासन,
  • स्वतन्त्र न्यायपालिका,
  • राजनैतिक र प्रशासनिक उत्तरदायित्व,
  • सरोकारवालाहरुसँग शासनमा सहकार्य
  • नियमनकारी शासन व्यवस्थाको अवलम्वन,
  • सामाजिक न्यायको स्थापना,

 

शासनको नविन प्रवृत्तिहरु

  • विश्वव्यापिकरणको अवधारणा सँगै विश्व एक गाँउको रुपमा लिन थालिएको सन्दर्भमा विश्व भु राजनीतिमा राजनीतिक क्षेत्रको मात्र नभइ आर्थिक क्षेत्रको समेत निर्णायक भुमिका रहन थालेको छ । विश्वको भु राजनीतिक सम्वन्धहरु राजनैतिक सिद्धान्तको आधारमा मात्र नभइ आर्थिक एजेण्डाको आधारमा निर्धारण हुन थालेको हुनाले आर्थिक शासन लाइ शासनको नविन अवधारणाको रुपमा लिइएको छ ।
  • वर्तमान समयमा शासन शब्दको अर्थ नियन्त्रणमा राख्नु, निर्देशन गर्नु, आफुप्रति वफादार बनाउनु मात्र नभइ नागरिकहरुको रुचि, चाहना र अपेक्षाअनुरुपको शासन हुनुपर्दछ । नागरिकको आशा र अपेक्षालाइ बुझेर तीनलाइ सम्बोधन गरी सेवा प्रवाह गर्नुपर्ने भएकोले शासन व्यवस्था नागरिकप्रति थप जिम्मेवार बन्नु आवश्यक छ । त्यसैले जिम्मेवार शासन लाइ शासनको नविन अवधारणाको रुपमा लिइएको छ ।
  • वर्तमान समयमा शासन एक राज्यको सिमारेखा भित्र मात्र सिमित रहेन । शासन प्रणालीमा विश्वव्यापि दबाव र प्रभावहरु रहन थालेका छन् । नेपालको विभिन्न अन्तर्राष्ट्रिय संघ तथा संगठनमा आवद्धता तथा विभिन्न सन्धि सम्झौतामा पक्षराष्ट्र भएसँगै देशको शासन व्यवस्थामा देशको मात्र निर्णायक क्षमता नरही शासन व्यवस्थामा विश्वस्तरीय प्रभावहरु निर्णायक बन्न पुगेका छन । त्यसैले विश्वव्यापि शासन पनि शासनको एक नविन अवधारणा हो ।
  • राष्ट्रमा रहेका सवै जात, वर्ग तथा समुदायहरुलाइ राज्यको साधन, स्रोत तथा अवसरहरुमा समान सहभागिताको अवसर दिइनुपर्दछ भन्ने मान्यता विकसित हुँदै आएको छ । यो नै समावेशी शासनको अवधारणा हो । सवै वर्ग तथा समुदायबाट समान सहभागिताबाट मात्र शासन प्रणाली राम्रो हुने भएकोले समावेशि शासन लाइ शासनको नविन अवधारणाको रुपमा लिइएको छ ।

शासन प्रणाली System of Governance (द्धितीय पत्र)

१.१ शासनको आधारभुत पक्षहरु: अवधारणा, सन्दर्भ तथा विशेषताहरु

१.२ शासनको राजनीतिक तथा प्रशासनिक संरचना

१.३ सुचनाको हक र पारदर्शिता

४.६ सहभागितामुलक योजना र विकास

सबै हेर्नुहोस्
Logo

सम्पर्क ठेगाना

  • info@easyloksewa.com
  • +977-9867331082
  • Butwal, Nepal

उपयोगी लिंकहरु

  • General Knowledge (GK)
  • Current Affairs
  • Syllabus
  • Vacancy
  • English
  • अनलाइन परीक्षा

© 2026 All Rights Reserved by easyloksewa

Coded with by KTMRush

लग आउट
के तपाईं निश्चित रूपमा लग आउट गर्न चाहनुहुन्छ ?