• Butwal, Nepal
  • info@easyloksewa.com
  • +977-9867331082
साइन-अप लग-इन
लग-इन साइन-अप

लग-इन

पासवर्ड भुल्नु भयो ?

साइन-अप

approve हुन समय लग्यो भने 9867331082 whatsapp गर्नु होला
Logo
  • General Knowledge(GK)
  • Current Affairs
  • Syllabus
  • vacancy
  • Intellectual Level (IQ)
  • English
    • Grammar
    • Vocabulary
    • Reading Comprehension
  • Subjective
    • शाखा अधिकृत (section Officer )
    • नायब सुब्बा
    • Nepal Rastra Bank नेपाल राष्ट्र बैंक
    • नेपाल बैंक (Nepal Bank)
    • शिक्षक सेवा आयोग (Teachers Service Commission)
    • कानुन ऐन तथा नियमावली (Laws Acts and Regulations)
    • सुरक्षा निकायहरू (Security Agencies)
  • Blogs
  • अनलाइन परीक्षा
  • डेमो परीक्षा

१.४.४ सार्वजनिक व्यवस्थापनमा सुपरिवेक्षण, अनुगमन र मुल्यांकन

  • गृह पृष्ठ
  • बिसयगत
  • १.४.४ सार्वजनिक व्यवस्थापनमा सुपरिवेक्षण, अनुगमन र मुल्यांकन

१.४.४ सार्वजनिक व्यवस्थापनमा सुपरिवेक्षण, अनुगमन र मुल्यांकन

सुपरिवेक्षण (Supervision)

  • संगठनको लक्ष्य तथा उद्देश्य बमोजिम संगठनको कार्यसम्पादन भएको छ वा छैन भनी रेखदेख तथा मार्गदर्शन गर्ने कार्यलाई सुपरिवेक्षण भनिन्छ ।
  • सुपरिवेक्षकले सुपरिवेक्षण मार्फत मातहतको निकायलाई तोकिएको समय, लागत, र प्रक्रियाअनुसार प्रभावकारी कार्यसम्पादनको लागि सहयोग, सुझाव, हौसला तथा निर्देशन दिन्छन् ।
  • सुपरिवेक्षण गर्दा संगठनको संरचनागत, नीतिगत, व्यवस्थापकीय तथा प्रक्रियागत सबै पक्षहरु हेरिन्छ ।

सुपरिवेक्षणको दायरा (Span Of Supervision)

एक जना सुपरिवेक्षकले सुपरिवेक्षण गर्न सक्ने मातहतका कर्मचारीको संख्या सुपरिवेक्षणको दायरा हो । सुपरिवेक्षणको दायरा निर्धारण गर्दा ध्यान दिनुपर्ने विषयहरु निम्न छन् ।

  • सांगठनिक संरचना,
  • कार्यप्रकृति,
  • जनशक्तिको सिप तथा क्षमता,
  • सुपरिवेक्षकको क्षमता,
  • सांगठनिक एकताको स्थिति,
  • संगठनमा समुह गतिशिलताको स्थिति,
  • समन्वयको अवस्था,
  • भौगोलिक अनुकुलता,

सुपरिवेक्षणको प्रकार(Types Of Supervision)

सुपरिवेक्षणको प्रकारलाई निम्नअनुसार उल्लेख गर्न सकिन्छ ।

  • प्रत्यक्ष सुपरिवेक्षण(Direct Supervision) - यो सुपरिवेक्षण हुने पक्षसँग सुपरिवेक्षक प्रत्यक्ष उपस्थित भई गरिने सुपरिवेक्षण हो जसमा सुपरिवेक्षकले प्रत्यक्ष रुपमा पृष्ठपोषण तथा सुझाव दिन्छन् ।
  • अप्रत्यक्ष सुपरिवेक्षण(Indirect Supervision) - यसमा सुपरिवेक्षक प्रत्यक्ष रुपमा कार्यस्थलमा उपस्थित हुँदैनन् तर नतिजा तथा प्रतिवेदन हेरि सुपरिवेक्षण गर्दछन् ।
  • निरंकुश सुपरिवेक्षण(Autocratic Supervision) - यो त्रास तथा दण्ड प्रणालीद्धारा कर्मचारी परिचालन गर्ने परम्परागत शैलीको सुपरिवेक्षण हो । यसमा सुपरिवेक्षकको निर्देशन कडाइका साथ लागु गर्नुपर्दछ ।
  • प्रजातान्त्रिक सुपरिवेक्षण (Democratic Supervision) -  यो सहभागितामुलक निर्णय, दोहोरो संवाद र अन्तरक्रियामा आधारित सुपरिवेक्षण हो जसमा मातहतका कर्मचारीको पृष्ठपोषणलाई समेत स्वागत गरिन्छ ।
  • उदार सुपरिवेक्षण(Leissez Fair Supervision) -  यसमा व्यवस्थापकीय स्वायत्तता र स्वनियन्त्रणमा जोड दिइन्छ । सुपरिवेक्षकले सहायकलाई स्वतन्त्र रुपमा कार्य गर्न दिइ उत्प्रेरणा र व्यवस्थापकीय स्वतन्त्रतामा जोड दिन्छन् ।
  • कर्मचारीतन्त्रीय सुपरिवेक्षण (Bureaucratic Supervision) -  यो सुपरिवेक्षणले विधि र पद्धतिको अनुसरणमा जोड दिन्छ । यसले तोकिएका मापदण्ड र गुणस्तर बमोजिम कार्यसम्पादनमा जोड दिन्छ ।
  • रेखीय सुपरिवेक्षण (Line Supervision) -  पदसोपानको आधारमा माथिल्लो पदाधिकारी वा निकायले मातहतका कर्मचारी वा इकाइका सम्पुर्ण कार्यको सुपरिवेक्षण गर्ने कार्य ।
  • कार्यात्मक सुपरिवेक्षण (Functional Supervision) - कार्यगत विशिष्टिकरणको आधारमा कुनै कर्मचारी वा शाखाको कार्यको विभिन्न सुपरिवेक्षकले रेखदेख तथा मार्गदर्शन गर्ने कार्य ।

सुपरिवेक्षणको महत्व, उद्देश्य, आवश्यकता तथा कार्यहरु (Importance Of Supervision)

  • कर्मचारीलाई सांगठनिक उद्देश्यकेन्द्रित बनाउन,
  • कर्मचारीमा जिम्मेवारी, जवाफदेहिता तथा उत्तरदायित्व अभिवृद्धि गर्न,
  • कार्यसम्पादनको गुणस्तर तथा प्रभावकारीता अभिवृद्धि गर्न,
  • कर्मचारीहरुको समस्या पत्ता लगाउन,
  • कर्मचारीलाई नियन्त्रण, निर्देशन र पृष्ठपोषण प्रदान गर्न,
  • उत्प्रेरणायुक्त कार्यवातावरण बनाउन,
  • कार्यसम्पादनमा नियमितता, मितव्यिता, दक्षता र प्रभावकारीता सुनिश्चित गर्न,
  • स्रोत तथा साधनको अधिकतम प्रयोग गर्न,
  • संगठनमा प्रभावकारी सञ्चार तथा समन्वय प्रणाली कायम गर्न,
  • कर्मचारीको ज्ञान, सीप तथा क्षमतामा वृद्धि गर्न,
  • गल्तीको समयमै पहिचान गरि भविष्यमा दोहोरिन नदिन,

असल सुपरिवेक्षणमा हुनुपर्ने गुणहरु (Essential Qualities For A Good Supervisor)

  • संगठनको कार्य प्रणाली, नीतिगत व्यवस्था सम्बन्धी पुर्ण जानकारी,
  • असल र अनुकरणीय आचार तथा व्यवहार भएको,
  • उत्प्रेरक व्याक्तित्व,
  • निर्णय गर्न सक्ने क्षमता,
  • घुलमिल हुन सक्ने क्षमता,
  • बौद्धिक योग्यता तथा सिर्जनशिलता,
  • नेतृत्व क्षमता,
  • प्रभावकारी सञ्चार सिप युक्त,
  • निष्पक्षता, तटस्थता र कामप्रतिको प्रतिबद्धता,
  • मानविय व्यवहार बुझ्न सक्ने क्षमता,
  • अरुको कुरा सुन्न सक्ने क्षमता भएको,

असल सुपरिवेक्षणका पुर्वशर्तहरु (Prerequisite Of  Good Supervision)

सुपरिवेक्षण गर्नुपर्व आवश्यक पर्ने सम्पुर्ण पक्षहरु सुपरिवेक्षणका पुर्वशर्त हुन जसलाई निम्नअनुसार उल्लेख गर्न सकिन्छ ।

  • स्पष्ठ कार्यविभाजन र कार्यजिम्मेवारी,
  • कार्यविवरण र कार्यसम्पादन सुचकको अवलम्बन,
  • कार्यसम्पादन मुल्यांकनमा वस्तुपरकता,
  • निरन्तर सुधार प्रणाली,
  • प्रभावकारी नियन्त्रण तथा निर्देशन प्रणाली,
  • अनुशासन तथा आचारसंहिताको परिपालना,
  • सहभागितामुलक व्यवस्थापन,
  • असल सुपरिवेक्षक,
  • उद्देश्यमुखी व्यवस्थापन,
  • प्रभावकारी प्रतिवेदन प्रणाली,

सुपरिवेक्षण गर्ने प्रक्रिया तथा तरिका(Process And Methods Of Supervision)

  • कार्य वर्गीकरण - मिल्दो प्रकृति भएका कार्यहरु को वर्गीकरण गर्ने,
  • कर्मचारी वर्गीकरण - कर्मचारीको सिप तथा क्षमता अनुसारको सुपरिवेक्षणको जिम्मेवारी प्रदान गर्ने ।
  • कार्यस्तरको मापदण्ड निर्धारण - कार्यसम्पादनको न्युनतम स्तरको निर्धारण गरी सुपरिवेक्षण गर्ने ।
  • कार्य तथा स्रोत, साधन बीचको सम्बन्ध निर्धारण - सुपरिवेक्षकको कार्यजिम्मेवारी तथा उपलब्ध स्रोत साधनबीच तालमेल भए नभएको एकिन गर्ने ।
  • कार्य प्रकृति तथा जिम्मेवारीको बारेमा जानकारी - सुपरिवेक्षकलाई कार्यस्थलको कार्यको बारेमा सम्पुर्ण जानकारी प्रदान गर्नुपर्छ ।
  • कार्यप्रगति तथा पुर्वानुमानको तुलना गर्ने र सुझाव प्रदान गर्ने ।

सुपरिवेक्षण र अनुगमन बीच भिन्नता (Difference Between Supervision And Monitoring)

सुपरिवपेक्षण

अनुगमन

मातहतका कर्मचारीको कार्यसम्पादन प्रति सुपरिवेक्षक समेत जवाफदेही हुनुपर्दछ ।

कार्यसम्पादन प्रति अनुगमनकर्ता जवाफदेही हुनु पर्दैन ।

सुपरिवेक्षण माथिल्लो तहबाट मात्र हुन्छ ।

अनुगमन जुन तहबाट पनि हुन सक्छ ।

सुपरिवेक्षणले अनुगमनलाई समेत समेट्दछ ।

सुपरिवेक्षण भन्दा साँगुरो अवधारणा हो ।

सुपरिवेक्षक अभिभावकीय भुमिकामा रहन्छ ।

अनुगमनकर्ता नियन्त्रक र निर्देशकको रुपमा रहन्छ ।

सुपरिवेक्षकले निर्णायक भुमिका निर्वाह गर्दछ ।

अनुगमनकर्ताले प्राय सुझाव दिने कार्य गर्दछ ।

सुपरिवेक्षक र मातहतका कर्मचारीको बीचमा नजिकको मानवीय सम्बन्ध हुन्छ ।

यसमा अनुगमनकर्ता र मातहतका कर्मचारीको बीचमा घनिष्ठ सम्बन्ध नहुन सक्छ ।

 

सुपरिवेक्षण र नियन्त्रणबीच भिन्नता (Difference Between Supervision And Control)

सुपरिवेक्षण

नियन्त्रण

सुपरिवेक्षण माथिल्लो तहबाट तल्लो तहमा हुन्छ ।

नियन्त्रण समान तहमा पनि हुन सक्छ ।

सुपरिवेक्षण गर्दा कर्मचारीको समेत मुल्यांकन हुन सक्दछ ।

नियन्त्रणमा समग्र पक्षलाई प्राथमिकता दिइन्छ ।

सुपरिवेक्षण गर्न व्याक्ति तोकिएको हुन्छ ।

नियन्त्रण नियम, कानुन तथा परिपत्रको आधारमा समेत हुन सक्छ ।

सुपरिवेक्षण व्याक्तिबाट हुन्छ ।

नियन्त्रण प्रणालीबाट हुन्छ ।

 

नेपालको नेपालको निजामती सेवामा सुपरिवेक्षण सम्बन्धी व्यवस्था

  • नीतिगत तथा कार्यगत व्यवस्था
  1. निजामती सेवा ऐन, २०४९ मा राजपत्र अनंकित कर्मचारीको हकमा राजपत्रांकित र राजपत्रांकित कर्मचारीको हकमा एक तह माथिको अधिकृत सुपरिवेक्षक हुने व्यवस्था ।
  2. कार्यसम्पादन मुल्यांकनमा सुपरीवेक्षकले ४० मा २५ अंक प्रदान गर्ने व्यवस्था ।
  3. सरकारी कार्यालय निरीक्षण नियमावली, २०२६
  4. सुशासन ऐन, २०६४ ले मन्त्री, सचिव र विभागीय प्रमुखले आफ्नो कार्यक्षेत्रको विषयमा मातहतका निकाय तथा पदाधिकारीको सुपरिवेक्षण गर्ने व्यवस्था गरेको ।
  5. सार्वजनिक खरिद ऐन, २०६३ र नियमावली, २०६४ ले कार्यालय प्रमुखले वर्षमा एक पटक जिन्सी निरीक्षण गर्नुपर्ने व्यवस्था गरेको ।
  • संस्थागत व्यवस्था
  1. मन्त्रीहरुको कार्यसम्पादनको सुपरिवेक्षण गर्न- प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय
  2. मातहतको विभाग तथा कार्यालयको सुपरिवेक्षण गर्न - विभिन्न मन्त्रालयहरु
  3. मुख्य मन्त्री तथा मन्त्रिपरिषदको कार्यालय- प्रदेशका विभागीय मन्त्री तथा मन्त्रालयको सुपरिवेक्षण गर्ने व्यवस्था,
  4. संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले व्यवस्थापन परीक्षण गर्ने  व्यवस्था,
  5. महालेखा परिक्षकको कार्यालय
  6. योजना आयोग
  7. संवैधानिक निकायहरु
  8. स्थानीय तहहरु

सुपरिवेक्षणसम्बन्धी नेपालका समस्याहरुको समाधानको उपाय

  • सुपरिवेक्षणलाई निश्चित औपचारिकतामा नबाँधी यसलाई निरन्तर र अनिवार्य कार्यको रुपमा स्थापित गर्ने,
  • कार्यसम्पादनका मापकहरुलाई व्यवहारीक र वस्तुगत बनाउने,
  • सुपरिवेक्षणमा सेवाग्राही, समकक्षी तथा सहायकहरुलाई समेत सहभागी गराउने,
  • सुपरिवेक्षणलाई सांगठनिक उद्देश्यकेन्द्रित बनाउने,
  • प्रशासनमा राजनीतिक प्रभाव अन्त्य गर्ने,
  • उत्प्रेरणामुलक सुपरिवेक्षण प्रणाली अवलम्बन गर्ने,
  • कार्यसम्पादन स्तर लाई मापन योग्य बनाउने,
  • सुपरिवेक्षणलाई पारदर्शी बनाउने,
  • स्व- सुपरिवेक्षणमा जोड दिने,
  • निरन्तर सुधार प्रक्रिया अवलम्बन गर्ने,

अनुगमन

  • पुर्वनिर्धारित कानुन र कार्ययोजना अनुरुप काम भइरहेको छ/छैन, सांगठनिक उद्देश्यप्राप्तिको लागि कार्यसम्पादन भएको छ/छैन भनी निरन्तर वा आवधिक रुपमा गरिने निरीक्षण एवम् जाँचलाई अनुगमन भनिन्छ ।
  • अनुगमनले अधिकार प्राप्त निकायद्धारा कुनै निकायका क्रियाकलापहरुको प्रक्रिया, लागत, समय, उपलब्धि जस्ता समग्र अवस्थाको निगरानी गर्ने कार्यलाई जनाउँछ ।
  • यसले संगठनको कार्यसम्पादनमा सुधार ल्याउन तथा कुनै कमी, कमजोरी तथा व्यवधान भएमा समयमै सकारात्मक कदम चाल्नको लागि सहयोग गर्दछ ।

महत्व तथा आवश्यकता

  • पुर्वनिर्धारीत समय र लागतमा सांगठनिक उद्देश्य हासिल गर्न,
  • कार्यसम्पादनको क्रममा देखा परेका समस्याको पहिचान गरि सो को निराकरणको निम्ति कदम चाल्न,
  • उपलब्ध स्रोत तथा साधनहरुको महत्तम परिचालन गर्न,
  • अनियमितता र भ्रष्ट्राचारलाई नियन्त्रण गर्न,
  • संगठनमा निर्देशन, नियन्त्रण र समन्वय प्रक्रियालाई प्रभावकारी तुल्याउन,
  • संगठनको कार्यप्रभावकारीतामा वृद्धि गर्न,
  • नियमन र दण्ड पुरस्कार प्रणाली लागु गर्न,
  • अन्तिम मुल्यांकनको लागि आधार प्रदान गर्न,
  • कार्यसम्पादनको क्रममा व्यवस्थापनलाई पृष्ठपोषण र अग्रपोषण प्रदान गर्न,
  • विगतका कमी कमजोरीलाई दोहोरिन नदिन,

अनुगमनको प्रकार

  • स्व अनुगमन - कुनै पनि कार्यक्रम तथा आयोजना कार्यान्वयन गर्ने निकायले आफ्नो कार्यसम्पादन पुर्वनिर्धारित कार्ययोजना अनुरुप भएको वा नभएको जाँच गर्ने कार्यलाई स्व अनुगमन भनिन्छ ।
  • आन्तरिक अनुगमन - कुनै पनि सांगठनिक क्रियाकलापको अनुगमन गर्नको लागि स्थापना गरिएको संगठनभित्रकै इकाईद्धारा गरिने अनुगमन आन्तरिक अनुगमन हो ।
  • बाह्य अनुगमन - यो अनुगमन संगठनको क्रियाकलापबाट प्रभावित भएका व्याक्ति तथा संस्थाहरुबाट गरिने अनुगमन हो । यसअन्तर्गत प्रक्रिया तथा नतिजा अनुगमन पर्दछन् ।
  1. प्रक्रिया अनुगमन - सांगठनिक क्रियाकलापहरु सञ्चालन गर्दा नियम तथा प्रक्रिया अनुरुप भए नभएको भनी जाँच गर्ने कार्य ।
  2. नतिजा अनुगमन - सांगठनिक क्रियाकलापहरु निर्धारीत लक्ष्य तथा उद्देश्यअनुरुपको भए नभएको जाँच गर्ने कार्य । यो अनुगमनले नतिजा प्राप्ति हुने वा नहुने सम्बन्धमा जाँच गर्दछ ।
  • सहभागितामुलक अनुगमन - कुनै पनि कार्यक्रम तथा आयोजनासँग सम्बन्धित सरोकारवालाहरुले जाँच गर्ने कार्य ।
  • सार्वजनिक खर्च अनुगमन - बजेट खर्च गर्ने अख्तियारी, वार्षिक विकास कार्यक्रम स्वीकृति र वजेट निकासा लगायतका कार्यमा कुन निकायमा के कति समय लाग्यो भन्ने विषयमा जानकारी लिने र समयमै कार्यक्रम तथा आयोजनामा बजेट नपुगेको पाइएमा सोको विश्लेषण गरी समाधान गर्ने पद्धतिलाई सार्वजनिक खर्च अनुगमन भनिन्छ ।

अनुगमन गर्दा ध्यान दिनुपर्ने कुराहरु

  • कार्यालयसँग सम्बन्धित ऐन, नियम तथा कार्यविधि,
  • कार्यालयको बजेट,
  • सांगठनिक कार्यसम्पादनको प्रक्रिया,
  • कार्यालयले प्रवाह गर्ने सेवाको गुणस्तर, परिमाण,
  • अनुगमनको तरिका,
  • अनुगमन प्रतिवेदनको तयारी सम्बन्धी प्रक्रिया,

नेपालको अनुगमन प्रक्रियामा रहेका समस्याहरु

  • अनुगमन प्रक्रियामुखी मात्रै हुनु,
  • अनुगमन वस्तुगत र उद्देश्यमुखी नहुनु,
  • अनुगमन मार्फत प्राप्त पृष्ठपोषणको कार्यान्वयन नहुनु,
  • अनुगमन पारदर्शी नहुनु,
  • अनुगमन सहभागितामुलक नहुनु,
  • अनुगमनमा सहकार्य र समन्वय कायम नहुनु,
  • कमजोर नागरिक अनुगमन,
  • कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन नहुनु,
  • संगठित अराजकताको कारण बजार अनुगमनमा अवरोध देखा पर्नु,

विद्यमान समस्या समाधानको उपायहरु

  • अनुगमनलाई कार्यसम्पादनको महत्वपुर्ण अंगको रुपमा निरन्तर सञ्चालन गर्ने,
  • अनुगमन वस्तुगत र उद्देश्यमुखी बनाउने,
  • अनुगमन मार्फत प्राप्त पृष्ठपोषणको कार्यान्वयन गर्ने,
  • अनुगमन पारदर्शी बनाउने,
  • अनुगमन सहभागितामुलक बनाउने,
  • अनुगमनमा सहकार्य र समन्वय कायम गर्ने,
  • नागरिक अनुगमनलाई सशक्त बनाउने,
  • कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्ने,
  • संगठित अराजकताको अन्त्य गर्ने,

मुल्यांङ्कन

  • कुनै पनि नीति, योजना, कार्यक्रम तथा आयोजनाको विविध पक्षहरुको लेखाजोखा तथा जाँचपडताल गरी वास्तविकता आंकलन गर्ने तथा भविष्यको लागि मार्गदर्शन गर्ने कार्यलाई मुल्यांकन भनिन्छ ।
  • यो व्यवस्थापकीय कार्य हो ।
  • यसबाट कार्यक्रमको लागत तथा प्रतिफल आंकलन गरी कमीकमजोरी पत्ता लगाउन सकिन्छ र भविष्यको कार्ययोजना लाई ठोस र त्रुटिरहित बनाउन सहयोग पुग्दछ ।

मुल्यांकनको प्रकार

  • पुर्व मुल्यांकन - कुनै कार्यक्रम तथा आयोजनाको सम्भाव्यता सम्बन्धमा गरिने मुल्यांकन ।
  • चालु मुल्यांकन - कुनै कार्यक्रम तथा आयोजना कार्यान्वयनको चरणमा गरिने मुल्यांकन ।
  • अन्तिम मुल्यांकन - कुनै कार्यक्रम तथा आयोजनाको समाप्तिको लगत्तै गरिने मुल्यांकन ।
  • प्रभाव मुल्यांकन - आयोजना सम्पन्न भएको निश्चित वर्षपछि उक्त आयोजनाको सम्बन्धमा गरिने मुल्यांकन ।

अनुगमन र मुल्यांकन बीचको भिन्नता

 

अनुगमन

मुल्यांकन

यो व्यवस्थापनद्धारा कार्यक्रम कार्यान्वयनको हरेक चरणमा निरन्तर र आवधिक रुपमा गरिन्छ ।

यो व्यवस्थापनभन्दा बाहिरको निकायबाट गरिन्छ ।

 

यो आन्तरिक क्रियाकलाप हो ।

यो बाह्य क्रियाकलाप हो ।

यो सम्बन्धित कार्यालय तथा आयोजनाको कर्मचारीद्धारा गरिन्छ ।

यो सम्बन्धित विशेषज्ञ तथा परामर्शदाताहरुबाट गरिन्छ ।

यो कार्यान्वयन पक्षमा केन्द्रित हुन्छ ।

यो कार्य परिणाम सँग सम्बन्धित हुन्छ ।

यो कार्यक्रम सञ्चालनको चरणमा गरिन्छ ।

यो कार्यक्रम छनौट देखि कार्यक्रम सम्पन्न भइसकेपश्चात पनि गरिन्छ ।

यो विकास व्यवस्थापन प्रणालीको अंग हो ।

यो कार्यान्वयन गरिएका योजना, नीति, कार्यक्रम तथा आयोजनाबाट पाठ सिक्ने कार्यमुखी विकास व्यवस्थापकीय औजार हो ।

नेपालमा अनुगमन तथा मुल्यांकन सम्बन्धमा देखा परेका समस्याहरु

  • आयोजनाको छनौट प्रणालीमा नै अनुगमन मुल्यांकनको पक्षलाई समावेश गर्ने अभ्यास नरहेको ।
  • निर्धारीत लक्ष्य तोक्ने तर प्रशासकिय प्रबन्धको समन्वय नुहने गरेको ।
  • वैदेशिक सहयोगमा सञ्चालित आयोजनाहरुका विभिन्न मापदण्डहरुलाई एकिकृत गर्न नसकिएको ।
  • आर्थिक तथा प्रशासनिक निर्णय प्रक्रियाको अनुगमन तथा मुल्यांकन नहुने गरेको ।
  • अनुगमन तथा मुल्याकंनको लागि दक्ष जनशक्तिको अभाव रहेको ।
  • अनुगमन तथा मुल्यांकनको लागि बजेटको अभाव रहेको ।
  • व्यवस्थापन सुचना प्रणालीलाइ एकिकृत गर्न नसकिएको ।
  • अनुगमन तथा मुल्यांकन प्रणालीमा नागरिक समाजलाइ समावेश गर्न नसकिएको ।
  • अनुगमन मुल्यांकनबाट वीत्तीय प्रगति देखिने गरेको तर भौतिक प्रगति नदेखिने गरेको ।
  • समन्वयको अभाव हुनु ।

सेवा समुह सम्वन्धि विषयहरु (चतुर्थ पत्र)

१.१ सार्वजनिक व्यवस्थापन र यसको कार्यक्षेत्र

१.१० सार्वजनिक सेवा प्रवाहमा सञ्चार प्रविधिको प्रयोगबाट सृजित अवसर तथा चुनौतिहरु

१.५ नेपालको सार्वजनिक प्रशासनको विकासक्रम, यसको आधारभुत संरचना, विशेषता सुधारका प्रयास एवं चुनौतिहरु

उत्प्रेरणा, यसको विशेषता र तत्वहरु

१.२.१ कर्मचारी व्यवस्थापन, निजामति सेवाको वर्गीकरण

सबै हेर्नुहोस्
Logo

सम्पर्क ठेगाना

  • info@easyloksewa.com
  • +977-9867331082
  • Butwal, Nepal

उपयोगी लिंकहरु

  • General Knowledge (GK)
  • Current Affairs
  • Syllabus
  • Vacancy
  • English
  • अनलाइन परीक्षा

© 2026 All Rights Reserved by easyloksewa

Coded with by KTMRush

लग आउट
के तपाईं निश्चित रूपमा लग आउट गर्न चाहनुहुन्छ ?