१.४.४ सार्वजनिक व्यवस्थापनमा सुपरिवेक्षण, अनुगमन र मुल्यांकन
सुपरिवेक्षण (Supervision)
- संगठनको लक्ष्य तथा उद्देश्य बमोजिम संगठनको कार्यसम्पादन भएको छ वा छैन भनी रेखदेख तथा मार्गदर्शन गर्ने कार्यलाई सुपरिवेक्षण भनिन्छ ।
- सुपरिवेक्षकले सुपरिवेक्षण मार्फत मातहतको निकायलाई तोकिएको समय, लागत, र प्रक्रियाअनुसार प्रभावकारी कार्यसम्पादनको लागि सहयोग, सुझाव, हौसला तथा निर्देशन दिन्छन् ।
- सुपरिवेक्षण गर्दा संगठनको संरचनागत, नीतिगत, व्यवस्थापकीय तथा प्रक्रियागत सबै पक्षहरु हेरिन्छ ।
सुपरिवेक्षणको दायरा (Span Of Supervision)
एक जना सुपरिवेक्षकले सुपरिवेक्षण गर्न सक्ने मातहतका कर्मचारीको संख्या सुपरिवेक्षणको दायरा हो । सुपरिवेक्षणको दायरा निर्धारण गर्दा ध्यान दिनुपर्ने विषयहरु निम्न छन् ।
- सांगठनिक संरचना,
- कार्यप्रकृति,
- जनशक्तिको सिप तथा क्षमता,
- सुपरिवेक्षकको क्षमता,
- सांगठनिक एकताको स्थिति,
- संगठनमा समुह गतिशिलताको स्थिति,
- समन्वयको अवस्था,
- भौगोलिक अनुकुलता,
सुपरिवेक्षणको प्रकार(Types Of Supervision)
सुपरिवेक्षणको प्रकारलाई निम्नअनुसार उल्लेख गर्न सकिन्छ ।
- प्रत्यक्ष सुपरिवेक्षण(Direct Supervision) - यो सुपरिवेक्षण हुने पक्षसँग सुपरिवेक्षक प्रत्यक्ष उपस्थित भई गरिने सुपरिवेक्षण हो जसमा सुपरिवेक्षकले प्रत्यक्ष रुपमा पृष्ठपोषण तथा सुझाव दिन्छन् ।
- अप्रत्यक्ष सुपरिवेक्षण(Indirect Supervision) - यसमा सुपरिवेक्षक प्रत्यक्ष रुपमा कार्यस्थलमा उपस्थित हुँदैनन् तर नतिजा तथा प्रतिवेदन हेरि सुपरिवेक्षण गर्दछन् ।
- निरंकुश सुपरिवेक्षण(Autocratic Supervision) - यो त्रास तथा दण्ड प्रणालीद्धारा कर्मचारी परिचालन गर्ने परम्परागत शैलीको सुपरिवेक्षण हो । यसमा सुपरिवेक्षकको निर्देशन कडाइका साथ लागु गर्नुपर्दछ ।
- प्रजातान्त्रिक सुपरिवेक्षण (Democratic Supervision) - यो सहभागितामुलक निर्णय, दोहोरो संवाद र अन्तरक्रियामा आधारित सुपरिवेक्षण हो जसमा मातहतका कर्मचारीको पृष्ठपोषणलाई समेत स्वागत गरिन्छ ।
- उदार सुपरिवेक्षण(Leissez Fair Supervision) - यसमा व्यवस्थापकीय स्वायत्तता र स्वनियन्त्रणमा जोड दिइन्छ । सुपरिवेक्षकले सहायकलाई स्वतन्त्र रुपमा कार्य गर्न दिइ उत्प्रेरणा र व्यवस्थापकीय स्वतन्त्रतामा जोड दिन्छन् ।
- कर्मचारीतन्त्रीय सुपरिवेक्षण (Bureaucratic Supervision) - यो सुपरिवेक्षणले विधि र पद्धतिको अनुसरणमा जोड दिन्छ । यसले तोकिएका मापदण्ड र गुणस्तर बमोजिम कार्यसम्पादनमा जोड दिन्छ ।
- रेखीय सुपरिवेक्षण (Line Supervision) - पदसोपानको आधारमा माथिल्लो पदाधिकारी वा निकायले मातहतका कर्मचारी वा इकाइका सम्पुर्ण कार्यको सुपरिवेक्षण गर्ने कार्य ।
- कार्यात्मक सुपरिवेक्षण (Functional Supervision) - कार्यगत विशिष्टिकरणको आधारमा कुनै कर्मचारी वा शाखाको कार्यको विभिन्न सुपरिवेक्षकले रेखदेख तथा मार्गदर्शन गर्ने कार्य ।
सुपरिवेक्षणको महत्व, उद्देश्य, आवश्यकता तथा कार्यहरु (Importance Of Supervision)
- कर्मचारीलाई सांगठनिक उद्देश्यकेन्द्रित बनाउन,
- कर्मचारीमा जिम्मेवारी, जवाफदेहिता तथा उत्तरदायित्व अभिवृद्धि गर्न,
- कार्यसम्पादनको गुणस्तर तथा प्रभावकारीता अभिवृद्धि गर्न,
- कर्मचारीहरुको समस्या पत्ता लगाउन,
- कर्मचारीलाई नियन्त्रण, निर्देशन र पृष्ठपोषण प्रदान गर्न,
- उत्प्रेरणायुक्त कार्यवातावरण बनाउन,
- कार्यसम्पादनमा नियमितता, मितव्यिता, दक्षता र प्रभावकारीता सुनिश्चित गर्न,
- स्रोत तथा साधनको अधिकतम प्रयोग गर्न,
- संगठनमा प्रभावकारी सञ्चार तथा समन्वय प्रणाली कायम गर्न,
- कर्मचारीको ज्ञान, सीप तथा क्षमतामा वृद्धि गर्न,
- गल्तीको समयमै पहिचान गरि भविष्यमा दोहोरिन नदिन,
असल सुपरिवेक्षणमा हुनुपर्ने गुणहरु (Essential Qualities For A Good Supervisor)
- संगठनको कार्य प्रणाली, नीतिगत व्यवस्था सम्बन्धी पुर्ण जानकारी,
- असल र अनुकरणीय आचार तथा व्यवहार भएको,
- उत्प्रेरक व्याक्तित्व,
- निर्णय गर्न सक्ने क्षमता,
- घुलमिल हुन सक्ने क्षमता,
- बौद्धिक योग्यता तथा सिर्जनशिलता,
- नेतृत्व क्षमता,
- प्रभावकारी सञ्चार सिप युक्त,
- निष्पक्षता, तटस्थता र कामप्रतिको प्रतिबद्धता,
- मानविय व्यवहार बुझ्न सक्ने क्षमता,
- अरुको कुरा सुन्न सक्ने क्षमता भएको,
असल सुपरिवेक्षणका पुर्वशर्तहरु (Prerequisite Of Good Supervision)
सुपरिवेक्षण गर्नुपर्व आवश्यक पर्ने सम्पुर्ण पक्षहरु सुपरिवेक्षणका पुर्वशर्त हुन जसलाई निम्नअनुसार उल्लेख गर्न सकिन्छ ।
- स्पष्ठ कार्यविभाजन र कार्यजिम्मेवारी,
- कार्यविवरण र कार्यसम्पादन सुचकको अवलम्बन,
- कार्यसम्पादन मुल्यांकनमा वस्तुपरकता,
- निरन्तर सुधार प्रणाली,
- प्रभावकारी नियन्त्रण तथा निर्देशन प्रणाली,
- अनुशासन तथा आचारसंहिताको परिपालना,
- सहभागितामुलक व्यवस्थापन,
- असल सुपरिवेक्षक,
- उद्देश्यमुखी व्यवस्थापन,
- प्रभावकारी प्रतिवेदन प्रणाली,
सुपरिवेक्षण गर्ने प्रक्रिया तथा तरिका(Process And Methods Of Supervision)
- कार्य वर्गीकरण - मिल्दो प्रकृति भएका कार्यहरु को वर्गीकरण गर्ने,
- कर्मचारी वर्गीकरण - कर्मचारीको सिप तथा क्षमता अनुसारको सुपरिवेक्षणको जिम्मेवारी प्रदान गर्ने ।
- कार्यस्तरको मापदण्ड निर्धारण - कार्यसम्पादनको न्युनतम स्तरको निर्धारण गरी सुपरिवेक्षण गर्ने ।
- कार्य तथा स्रोत, साधन बीचको सम्बन्ध निर्धारण - सुपरिवेक्षकको कार्यजिम्मेवारी तथा उपलब्ध स्रोत साधनबीच तालमेल भए नभएको एकिन गर्ने ।
- कार्य प्रकृति तथा जिम्मेवारीको बारेमा जानकारी - सुपरिवेक्षकलाई कार्यस्थलको कार्यको बारेमा सम्पुर्ण जानकारी प्रदान गर्नुपर्छ ।
- कार्यप्रगति तथा पुर्वानुमानको तुलना गर्ने र सुझाव प्रदान गर्ने ।
सुपरिवेक्षण र अनुगमन बीच भिन्नता (Difference Between Supervision And Monitoring)
|
सुपरिवपेक्षण
|
अनुगमन
|
|
मातहतका कर्मचारीको कार्यसम्पादन प्रति सुपरिवेक्षक समेत जवाफदेही हुनुपर्दछ ।
|
कार्यसम्पादन प्रति अनुगमनकर्ता जवाफदेही हुनु पर्दैन ।
|
|
सुपरिवेक्षण माथिल्लो तहबाट मात्र हुन्छ ।
|
अनुगमन जुन तहबाट पनि हुन सक्छ ।
|
|
सुपरिवेक्षणले अनुगमनलाई समेत समेट्दछ ।
|
सुपरिवेक्षण भन्दा साँगुरो अवधारणा हो ।
|
|
सुपरिवेक्षक अभिभावकीय भुमिकामा रहन्छ ।
|
अनुगमनकर्ता नियन्त्रक र निर्देशकको रुपमा रहन्छ ।
|
|
सुपरिवेक्षकले निर्णायक भुमिका निर्वाह गर्दछ ।
|
अनुगमनकर्ताले प्राय सुझाव दिने कार्य गर्दछ ।
|
|
सुपरिवेक्षक र मातहतका कर्मचारीको बीचमा नजिकको मानवीय सम्बन्ध हुन्छ ।
|
यसमा अनुगमनकर्ता र मातहतका कर्मचारीको बीचमा घनिष्ठ सम्बन्ध नहुन सक्छ ।
|
सुपरिवेक्षण र नियन्त्रणबीच भिन्नता (Difference Between Supervision And Control)
|
सुपरिवेक्षण
|
नियन्त्रण
|
|
सुपरिवेक्षण माथिल्लो तहबाट तल्लो तहमा हुन्छ ।
|
नियन्त्रण समान तहमा पनि हुन सक्छ ।
|
|
सुपरिवेक्षण गर्दा कर्मचारीको समेत मुल्यांकन हुन सक्दछ ।
|
नियन्त्रणमा समग्र पक्षलाई प्राथमिकता दिइन्छ ।
|
|
सुपरिवेक्षण गर्न व्याक्ति तोकिएको हुन्छ ।
|
नियन्त्रण नियम, कानुन तथा परिपत्रको आधारमा समेत हुन सक्छ ।
|
|
सुपरिवेक्षण व्याक्तिबाट हुन्छ ।
|
नियन्त्रण प्रणालीबाट हुन्छ ।
|
नेपालको नेपालको निजामती सेवामा सुपरिवेक्षण सम्बन्धी व्यवस्था
- नीतिगत तथा कार्यगत व्यवस्था
- निजामती सेवा ऐन, २०४९ मा राजपत्र अनंकित कर्मचारीको हकमा राजपत्रांकित र राजपत्रांकित कर्मचारीको हकमा एक तह माथिको अधिकृत सुपरिवेक्षक हुने व्यवस्था ।
- कार्यसम्पादन मुल्यांकनमा सुपरीवेक्षकले ४० मा २५ अंक प्रदान गर्ने व्यवस्था ।
- सरकारी कार्यालय निरीक्षण नियमावली, २०२६
- सुशासन ऐन, २०६४ ले मन्त्री, सचिव र विभागीय प्रमुखले आफ्नो कार्यक्षेत्रको विषयमा मातहतका निकाय तथा पदाधिकारीको सुपरिवेक्षण गर्ने व्यवस्था गरेको ।
- सार्वजनिक खरिद ऐन, २०६३ र नियमावली, २०६४ ले कार्यालय प्रमुखले वर्षमा एक पटक जिन्सी निरीक्षण गर्नुपर्ने व्यवस्था गरेको ।
- मन्त्रीहरुको कार्यसम्पादनको सुपरिवेक्षण गर्न- प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय
- मातहतको विभाग तथा कार्यालयको सुपरिवेक्षण गर्न - विभिन्न मन्त्रालयहरु
- मुख्य मन्त्री तथा मन्त्रिपरिषदको कार्यालय- प्रदेशका विभागीय मन्त्री तथा मन्त्रालयको सुपरिवेक्षण गर्ने व्यवस्था,
- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले व्यवस्थापन परीक्षण गर्ने व्यवस्था,
- महालेखा परिक्षकको कार्यालय
- योजना आयोग
- संवैधानिक निकायहरु
- स्थानीय तहहरु
सुपरिवेक्षणसम्बन्धी नेपालका समस्याहरुको समाधानको उपाय
- सुपरिवेक्षणलाई निश्चित औपचारिकतामा नबाँधी यसलाई निरन्तर र अनिवार्य कार्यको रुपमा स्थापित गर्ने,
- कार्यसम्पादनका मापकहरुलाई व्यवहारीक र वस्तुगत बनाउने,
- सुपरिवेक्षणमा सेवाग्राही, समकक्षी तथा सहायकहरुलाई समेत सहभागी गराउने,
- सुपरिवेक्षणलाई सांगठनिक उद्देश्यकेन्द्रित बनाउने,
- प्रशासनमा राजनीतिक प्रभाव अन्त्य गर्ने,
- उत्प्रेरणामुलक सुपरिवेक्षण प्रणाली अवलम्बन गर्ने,
- कार्यसम्पादन स्तर लाई मापन योग्य बनाउने,
- सुपरिवेक्षणलाई पारदर्शी बनाउने,
- स्व- सुपरिवेक्षणमा जोड दिने,
- निरन्तर सुधार प्रक्रिया अवलम्बन गर्ने,
अनुगमन
- पुर्वनिर्धारित कानुन र कार्ययोजना अनुरुप काम भइरहेको छ/छैन, सांगठनिक उद्देश्यप्राप्तिको लागि कार्यसम्पादन भएको छ/छैन भनी निरन्तर वा आवधिक रुपमा गरिने निरीक्षण एवम् जाँचलाई अनुगमन भनिन्छ ।
- अनुगमनले अधिकार प्राप्त निकायद्धारा कुनै निकायका क्रियाकलापहरुको प्रक्रिया, लागत, समय, उपलब्धि जस्ता समग्र अवस्थाको निगरानी गर्ने कार्यलाई जनाउँछ ।
- यसले संगठनको कार्यसम्पादनमा सुधार ल्याउन तथा कुनै कमी, कमजोरी तथा व्यवधान भएमा समयमै सकारात्मक कदम चाल्नको लागि सहयोग गर्दछ ।
महत्व तथा आवश्यकता
- पुर्वनिर्धारीत समय र लागतमा सांगठनिक उद्देश्य हासिल गर्न,
- कार्यसम्पादनको क्रममा देखा परेका समस्याको पहिचान गरि सो को निराकरणको निम्ति कदम चाल्न,
- उपलब्ध स्रोत तथा साधनहरुको महत्तम परिचालन गर्न,
- अनियमितता र भ्रष्ट्राचारलाई नियन्त्रण गर्न,
- संगठनमा निर्देशन, नियन्त्रण र समन्वय प्रक्रियालाई प्रभावकारी तुल्याउन,
- संगठनको कार्यप्रभावकारीतामा वृद्धि गर्न,
- नियमन र दण्ड पुरस्कार प्रणाली लागु गर्न,
- अन्तिम मुल्यांकनको लागि आधार प्रदान गर्न,
- कार्यसम्पादनको क्रममा व्यवस्थापनलाई पृष्ठपोषण र अग्रपोषण प्रदान गर्न,
- विगतका कमी कमजोरीलाई दोहोरिन नदिन,
अनुगमनको प्रकार
- स्व अनुगमन - कुनै पनि कार्यक्रम तथा आयोजना कार्यान्वयन गर्ने निकायले आफ्नो कार्यसम्पादन पुर्वनिर्धारित कार्ययोजना अनुरुप भएको वा नभएको जाँच गर्ने कार्यलाई स्व अनुगमन भनिन्छ ।
- आन्तरिक अनुगमन - कुनै पनि सांगठनिक क्रियाकलापको अनुगमन गर्नको लागि स्थापना गरिएको संगठनभित्रकै इकाईद्धारा गरिने अनुगमन आन्तरिक अनुगमन हो ।
- बाह्य अनुगमन - यो अनुगमन संगठनको क्रियाकलापबाट प्रभावित भएका व्याक्ति तथा संस्थाहरुबाट गरिने अनुगमन हो । यसअन्तर्गत प्रक्रिया तथा नतिजा अनुगमन पर्दछन् ।
- प्रक्रिया अनुगमन - सांगठनिक क्रियाकलापहरु सञ्चालन गर्दा नियम तथा प्रक्रिया अनुरुप भए नभएको भनी जाँच गर्ने कार्य ।
- नतिजा अनुगमन - सांगठनिक क्रियाकलापहरु निर्धारीत लक्ष्य तथा उद्देश्यअनुरुपको भए नभएको जाँच गर्ने कार्य । यो अनुगमनले नतिजा प्राप्ति हुने वा नहुने सम्बन्धमा जाँच गर्दछ ।
- सहभागितामुलक अनुगमन - कुनै पनि कार्यक्रम तथा आयोजनासँग सम्बन्धित सरोकारवालाहरुले जाँच गर्ने कार्य ।
- सार्वजनिक खर्च अनुगमन - बजेट खर्च गर्ने अख्तियारी, वार्षिक विकास कार्यक्रम स्वीकृति र वजेट निकासा लगायतका कार्यमा कुन निकायमा के कति समय लाग्यो भन्ने विषयमा जानकारी लिने र समयमै कार्यक्रम तथा आयोजनामा बजेट नपुगेको पाइएमा सोको विश्लेषण गरी समाधान गर्ने पद्धतिलाई सार्वजनिक खर्च अनुगमन भनिन्छ ।
अनुगमन गर्दा ध्यान दिनुपर्ने कुराहरु
- कार्यालयसँग सम्बन्धित ऐन, नियम तथा कार्यविधि,
- कार्यालयको बजेट,
- सांगठनिक कार्यसम्पादनको प्रक्रिया,
- कार्यालयले प्रवाह गर्ने सेवाको गुणस्तर, परिमाण,
- अनुगमनको तरिका,
- अनुगमन प्रतिवेदनको तयारी सम्बन्धी प्रक्रिया,
नेपालको अनुगमन प्रक्रियामा रहेका समस्याहरु
- अनुगमन प्रक्रियामुखी मात्रै हुनु,
- अनुगमन वस्तुगत र उद्देश्यमुखी नहुनु,
- अनुगमन मार्फत प्राप्त पृष्ठपोषणको कार्यान्वयन नहुनु,
- अनुगमन पारदर्शी नहुनु,
- अनुगमन सहभागितामुलक नहुनु,
- अनुगमनमा सहकार्य र समन्वय कायम नहुनु,
- कमजोर नागरिक अनुगमन,
- कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन नहुनु,
- संगठित अराजकताको कारण बजार अनुगमनमा अवरोध देखा पर्नु,
विद्यमान समस्या समाधानको उपायहरु
- अनुगमनलाई कार्यसम्पादनको महत्वपुर्ण अंगको रुपमा निरन्तर सञ्चालन गर्ने,
- अनुगमन वस्तुगत र उद्देश्यमुखी बनाउने,
- अनुगमन मार्फत प्राप्त पृष्ठपोषणको कार्यान्वयन गर्ने,
- अनुगमन पारदर्शी बनाउने,
- अनुगमन सहभागितामुलक बनाउने,
- अनुगमनमा सहकार्य र समन्वय कायम गर्ने,
- नागरिक अनुगमनलाई सशक्त बनाउने,
- कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्ने,
- संगठित अराजकताको अन्त्य गर्ने,
मुल्यांङ्कन
- कुनै पनि नीति, योजना, कार्यक्रम तथा आयोजनाको विविध पक्षहरुको लेखाजोखा तथा जाँचपडताल गरी वास्तविकता आंकलन गर्ने तथा भविष्यको लागि मार्गदर्शन गर्ने कार्यलाई मुल्यांकन भनिन्छ ।
- यो व्यवस्थापकीय कार्य हो ।
- यसबाट कार्यक्रमको लागत तथा प्रतिफल आंकलन गरी कमीकमजोरी पत्ता लगाउन सकिन्छ र भविष्यको कार्ययोजना लाई ठोस र त्रुटिरहित बनाउन सहयोग पुग्दछ ।
मुल्यांकनको प्रकार
- पुर्व मुल्यांकन - कुनै कार्यक्रम तथा आयोजनाको सम्भाव्यता सम्बन्धमा गरिने मुल्यांकन ।
- चालु मुल्यांकन - कुनै कार्यक्रम तथा आयोजना कार्यान्वयनको चरणमा गरिने मुल्यांकन ।
- अन्तिम मुल्यांकन - कुनै कार्यक्रम तथा आयोजनाको समाप्तिको लगत्तै गरिने मुल्यांकन ।
- प्रभाव मुल्यांकन - आयोजना सम्पन्न भएको निश्चित वर्षपछि उक्त आयोजनाको सम्बन्धमा गरिने मुल्यांकन ।
अनुगमन र मुल्यांकन बीचको भिन्नता
|
अनुगमन
|
मुल्यांकन
|
|
यो व्यवस्थापनद्धारा कार्यक्रम कार्यान्वयनको हरेक चरणमा निरन्तर र आवधिक रुपमा गरिन्छ ।
|
यो व्यवस्थापनभन्दा बाहिरको निकायबाट गरिन्छ ।
|
|
यो आन्तरिक क्रियाकलाप हो ।
|
यो बाह्य क्रियाकलाप हो ।
|
|
यो सम्बन्धित कार्यालय तथा आयोजनाको कर्मचारीद्धारा गरिन्छ ।
|
यो सम्बन्धित विशेषज्ञ तथा परामर्शदाताहरुबाट गरिन्छ ।
|
|
यो कार्यान्वयन पक्षमा केन्द्रित हुन्छ ।
|
यो कार्य परिणाम सँग सम्बन्धित हुन्छ ।
|
|
यो कार्यक्रम सञ्चालनको चरणमा गरिन्छ ।
|
यो कार्यक्रम छनौट देखि कार्यक्रम सम्पन्न भइसकेपश्चात पनि गरिन्छ ।
|
|
यो विकास व्यवस्थापन प्रणालीको अंग हो ।
|
यो कार्यान्वयन गरिएका योजना, नीति, कार्यक्रम तथा आयोजनाबाट पाठ सिक्ने कार्यमुखी विकास व्यवस्थापकीय औजार हो ।
|
नेपालमा अनुगमन तथा मुल्यांकन सम्बन्धमा देखा परेका समस्याहरु
- आयोजनाको छनौट प्रणालीमा नै अनुगमन मुल्यांकनको पक्षलाई समावेश गर्ने अभ्यास नरहेको ।
- निर्धारीत लक्ष्य तोक्ने तर प्रशासकिय प्रबन्धको समन्वय नुहने गरेको ।
- वैदेशिक सहयोगमा सञ्चालित आयोजनाहरुका विभिन्न मापदण्डहरुलाई एकिकृत गर्न नसकिएको ।
- आर्थिक तथा प्रशासनिक निर्णय प्रक्रियाको अनुगमन तथा मुल्यांकन नहुने गरेको ।
- अनुगमन तथा मुल्याकंनको लागि दक्ष जनशक्तिको अभाव रहेको ।
- अनुगमन तथा मुल्यांकनको लागि बजेटको अभाव रहेको ।
- व्यवस्थापन सुचना प्रणालीलाइ एकिकृत गर्न नसकिएको ।
- अनुगमन तथा मुल्यांकन प्रणालीमा नागरिक समाजलाइ समावेश गर्न नसकिएको ।
- अनुगमन मुल्यांकनबाट वीत्तीय प्रगति देखिने गरेको तर भौतिक प्रगति नदेखिने गरेको ।
- समन्वयको अभाव हुनु ।