• Butwal, Nepal
  • info@easyloksewa.com
  • +977-9867331082
साइन-अप लग-इन
लग-इन साइन-अप

लग-इन

पासवर्ड भुल्नु भयो ?

साइन-अप

approve हुन समय लग्यो भने 9867331082 whatsapp गर्नु होला
Logo
  • General Knowledge(GK)
  • Current Affairs
  • Syllabus
  • vacancy
  • Intellectual Level (IQ)
  • English
    • Grammar
    • Vocabulary
    • Reading Comprehension
  • Subjective
    • शाखा अधिकृत (section Officer )
    • नायब सुब्बा
    • Nepal Rastra Bank नेपाल राष्ट्र बैंक
    • नेपाल बैंक (Nepal Bank)
    • शिक्षक सेवा आयोग (Teachers Service Commission)
    • कानुन ऐन तथा नियमावली (Laws Acts and Regulations)
    • सुरक्षा निकायहरू (Security Agencies)
  • Blogs
  • अनलाइन परीक्षा
  • डेमो परीक्षा

१.४.१ सार्वजनिक व्यवस्थापनमा निर्देशन, नियन्त्रण

  • गृह पृष्ठ
  • बिसयगत
  • १.४.१ सार्वजनिक व्यवस्थापनमा निर्देशन, नियन्त्रण

१.४.१ सार्वजनिक व्यवस्थापनमा निर्देशन, नियन्त्रण

सार्वजनिक व्यवस्थापन

  • राज्य सञ्चालन सम्वन्धमा आवश्यक स्रोत तथा साधनहरुको प्रवन्ध एवं परिचालन गर्ने र समग्र नियमन, विकास र सेवा प्रवाह सम्वन्धी नियमित तथा आकस्मिक कार्यहरु सम्पादन गर्ने पद्धतिलाइ सार्वजनिक व्यवस्थापन भनिन्छ ।

निर्देशन

  • संगठनको लक्ष्य, गर्नुपर्ने काम तथा सोको प्रक्रिया जस्ता विषयमा आदेश दिने, मार्गदर्शन प्रदान गर्ने र सुपरीवेक्षण गर्ने कार्यलाइ निर्देशन भनिन्छ ।
  • निर्देशन व्यवस्थापन तथा नेतृत्वको महत्वपुर्ण कार्य हो । यसले संगठनमा कार्यरत जनशक्तिलाइ सुपरिवेक्षक तथा नेतृत्वबाट आवश्यक मार्गदर्शन प्रदान गर्ने, आदेश दिने, अह्राउने कार्यलाइ जनाउछ ।

निर्देशनको विशेषताहरु

  • यो मार्गदर्शनको निरन्तर प्रक्रिया हो ।
  • यो पदसोपानमा माथिल्लो तहबाट तल्लो तहमा प्रवाह हुन्छ ।
  • यो संगठनको कार्यको आधार हो ।
  • यो मानव स्रोतको उपयोगसँग सम्वन्धित हुन्छ ।
  • यसले जनशक्तिलाइ लक्ष्यमुखी बनाउछ ।
  • यसमा मुलत माथिल्लो तह संलग्न हुन्छन् ।
  • यो लिखित वा मौखिक स्वरुपमा हुन्छ ।

निर्देशनको महत्व

  • कार्यसम्पादनलाइ दिशानिर्देश प्रदान गर्न ।
  • कार्यसम्पादन सम्वन्धमा रहेका अस्पष्ठता तथा द्धिविधा हटाउन ।
  • कर्मचारीलाइ उत्प्रेरित गर्न ।
  • परिवर्तनको सामना तथा व्यवस्थापन गर्न ।
  • कार्यप्रभावकारीता अभिवृद्धि गर्न ।
  • संगठनको जनशक्तिलाइ उद्देश्यप्राप्तिमा केन्द्रित गर्न ।
  • कार्यविधि र समस्या समाधानको उपायहरुको सम्प्रेषण गर्न ।
  • सांगठनिक सञ्चार तथा व्यवस्थापकीय नियन्त्रणलाइ प्रभावकारी वनाउन ।
  • तोकिएको समयमा लक्षीत कार्यसम्पादन गर्न ।

निर्देशनको आधार तथा तत्वहरु

  • नेतृत्व र आज्ञापालक
  • स्पष्ठ निर्देशन
  • सञ्चार वा संवाद
  • आदेशको श्रृङखलामा आधारीत
  • योजना र लक्ष्य, उद्देश्य
  • समग्र पक्षको सुपरीवेक्षण
  • अख्तियारी र स्रोत साधन
  • उत्प्रेरणा
  • जिम्मेवारी र जवाफदेहिता

निर्देशनको सिद्धान्तहरु

  • सामञ्जस्यपुर्ण उद्देश्यको सिद्धान्त
  • व्याक्तिको अधिकतम योगदानको सिद्धान्त
  • आदेशको एकात्मकताको सिद्धान्त
  • प्रत्यक्ष सुपरिवेक्षणको सिद्धान्त
  • आदेशको सहज वोधको सिद्धान्त
  • प्रभावकारी सञ्चारको सिद्धान्त
  • प्रभावकारी नेतृत्वको सिद्धान्त
  • प्रभावकारी उत्प्रेरणाको सिद्धान्त
  • समुह गतिशिलताको सिद्धान्त
  • नियन्त्रणको सिद्धान्त
  • सहभागिताको सिद्धान्त
  • समन्वयको सिद्धान्त

निर्देशनको विधिहरु

  • उत्प्रेरणा
  • नेतृत्व
  • सुपरिवेक्षण
  • सञ्चार
  • समन्वय

नेपालको सार्वजनिक व्यवस्थापनमा निर्देशन

  • विभिन्न निर्देशिका तथा मार्गनिर्देशनहरु तर्जुमा गरी लागु गरिएको ।
  • परिपत्र, निर्णय र लिखित आदेशको माध्यमबाट लिखित/औपचारिक रुपमा निर्देशन दिने गरिएको ।
  • निजामती सेवा ऐनले आफुभन्दा माथिको अधिकारीले सरकारी कामको सिलसिलामा दिएको निर्देशनको पालना गर्नुपर्ने कानुनी दायित्व सिर्जना गरेको ।
  • आदेश तथा निर्देशनको अवज्ञालाई आचरण उल्लंघन मानी दण्ड सजायसँग आबद्ध गरिने कानुनी व्यवस्था रहेको ।
  • आदेशको एकताको लागि हरेक कर्मचारीको एकजनामात्र सुपरीवेक्षक हुने व्यवस्था अवलम्वन गरिएको ।
  • सोपानगत श्रृङखलामा संगठनलाई आबद्ध गरी निर्देशन माथिबाट तल प्रवाह हुने पद्धति स्थापित गरिएको ।

नेपालको सार्वजनिक व्यवस्थापनमा निर्देशन सम्वन्धमा भएका दुर्वल पक्षहरु

  • निर्देशन पालना भए नभएको सम्वन्धमा अनुगमन मुल्यांकनको अवस्था कमजोर रहेको ।
  • निर्देशन ठिक समयमा ठिक तरिकाले नहुने अवस्था रहनु ।
  • निर्देशनको अवज्ञा र वेवास्ता गर्ने प्रवृत्ति विद्यमान हुनु ।
  • संघीय इकाइ मातहतका प्रशासनिक संयन्त्रहरुका बीचमा निर्देशनको एकीकृत प्रणाली स्थापित हुन नसक्नु ।
  • कतिपय प्रदेश र स्थानीय तहमा संघको कानुन सम्मत निर्देशन परिपालना गर्न नचाहने प्रवृत्ति देखिनु ।
  • राजनीतिक संरक्षण र कानुनी निष्क्रियताको कारण दण्डहिनतामा वृद्धि भई निर्देशनको व्यवहारिक प्रयोगमा प्रभावकारीता आउन नसक्नु ।
  • निर्देशिका, मार्गदर्शन र परिपत्र उद्देश्यमुखी नभइ कर्मकाण्डी प्रवृत्तिको हुनु ।

नियन्त्रण

  • संगठनको उद्देश्य प्राप्तिको लागी कार्यसम्पादनको निर्धारित मानकसँग वास्तविक कार्यसम्पादनको अन्तर पहिचान गर्ने, अन्तर ल्याउने कारणहरुको विश्लेषण गर्ने र उक्त अन्तर कम गर्न सुधारात्मक कदमहरु अगाडी बढाउने कार्यलाइ नै नियन्त्रण भनिन्छ ।
  • यो कार्यसम्पादनलाइ निर्धारित स्तरभन्दा बाहिर जान नदिने र गइहालेमा त्यसलाइ रोकि सुधार गर्ने कार्य हो ।

नियन्त्रणको विशेषता

  • यो कार्यसम्पादनलाई निर्धारित लक्ष्यबाट विचलन हुन नदिने औजार हो ।
  • कार्यसम्पादनको गुणस्तर वृद्धि गर्ने औजार हो ।
  • व्यवस्थापनको आधारभुत कार्य हो ।
  • कार्यान्वयन प्रक्रिया र सोको सुधारमा केन्द्रित व्यवस्थापकीय कार्य हो ।
  • व्यवस्थापनको निरन्तर, गतिशिल एवं सर्वव्यापी प्रक्रिया हो ।
  • निर्देशनको कार्यान्वयन गर्ने औजार हो ।

नियन्त्रणको महत्व

  • सांगठनिक लक्ष्य हासिल गर्न
  • कार्यसम्पादनलाई उद्देश्यकेन्द्रित गर्न
  • वस्तु तथा सेवाको गुणस्तर वृद्धि गर्न
  • स्रोत साधनको मितव्ययि परिचालन गर्न
  • जनशक्तिलाइ जवाफदेहि बनाउन
  • स्रोतको दुरुपयोग र ढिलासुस्ती जस्ता प्रवृत्तिलाइ हटाउन
  • आदेश र अनुशासनको पालना गर्न
  • जनशक्तिलाई उत्प्रेरणा प्रदान गर्न

नियन्त्रण प्रक्रिया/विधि

  • कार्यमान स्थापना - संगठनको कार्यसम्पादन सम्वन्धमा कार्यसम्पादनको गुणस्तर, समय, उपलब्धी जस्ता विषयमा मापदण्ड निर्धारण गरिन्छ ।
  • कार्यसम्पादन मापन - संगठनको कार्यसम्पादनको नतिजा (कती गुणस्तरीय, कति परिमाण, कति लागत, कति आम्दानी, कति समय) कस्तो भयो भन्ने विषयमा मुल्यांकन यो चरणमा गरिन्छ ।
  • अन्तर विश्लेषण -  संगठनले निर्धारण गरेको कार्यमान र कार्यसम्पादन मापन बीचको अन्तर पत्ता लगाउने कार्य यो चरणमा गरिन्छ । उक्त अन्तरको विश्लेषण गरिन्छ ।
  • सुधारात्मक कदम - यो नियन्त्रणको अन्तिम चरण हो । यो चरणमा कार्यमान र कार्यसम्पादनको स्तरमा भएको अन्तरलाइ हटाउन विभिन्न सुधारात्मक कदमहरु अपनाइन्छ ।

नियन्त्रणका प्रकार

  • पुर्व नियन्त्रण - यो कार्यसम्पादन गर्नुपुर्व गरिने नियन्त्रण कार्य हो । यसमा समस्याको पुर्वानुमान गरि सुधारात्मक कदमहरु अवलम्वन गरिन्छ ।
  • एकैसाथ नियन्त्रण - यसमा कार्यसम्पादनको क्रममा देखा पर्ने समस्याहरुको समाधान गरिन्छ ।
  • पश्चात नियन्त्रण - यो कार्यसम्पादन भएपश्चात विगतको समस्यालाइ दोहोरिन नदिनकोलागी अपनाइने सुधारात्मक कदम हो ।

नेपालको निजामती सेवामा नियन्त्रण

  • नीतिगत र कानुनी व्यवस्था
  1. संविधानको निर्देशक सिद्धान्त, नीति तथा दायित्व र तिनको प्रतिवेदन र संसदिय अनुगमन सम्वन्धी व्यवस्था ।
  2. निजामती सेवा ऐन तथा नियमावली, सुशासन ऐन तथा नियमावली, भ्रष्टाचार निवारण ऐन , आर्थिक कार्यविधि ऐन, सार्वजनिक खरिद ऐन लगायताका कानुनी व्यवस्था ।
  3. आवधिक योजना, वार्षिक वजेट र नीति तथा कार्यक्रमहरु ।
  4. विभिन्न कार्यसँग सम्बन्धित निर्देशिका, मार्गदर्शन र मापदण्डहरु ।
  • संस्थागत व्यवस्था
  1. प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय,
  2. संघ र प्रदेशका विभिन्न मन्त्रालय, विभाग र स्थानीय तहहरु,
  3. राष्ट्रिय योजना आयोग,
  4. संघ र प्रदेशका विभिन्न संसदिय समितिहरु,
  5. विभिन्न संवैधानिक निकायहरु,
  6. सर्वोच्च र मातहतका अदालतहरु,
  7. राष्ट्रिय सतर्कता केन्द्र, सुचना आयोग,
  8. नागरिक समाज, सञ्चार जगत र विकास साझेदारहरु, आदि ।
  • कार्यगत प्रयास
  1. कार्यसम्पादन मुल्यांकन र कार्यसम्पादन सम्झौताको प्रयोग ।
  2. प्रगतिमा आधारीत निकासा प्रणाली र एकल खाता कोष प्रणालीको अवलम्वन ।
  3. आन्तरिक र अन्तिम लेखापरीक्षण ।
  4. विभिन्न कार्यका लागि एकिकृत सुचना व्यवस्थापन प्रणालीको प्रयोग ।
  5. नियमित प्रतिवेदन प्रणालीको अवलम्वन ।

 

सेवा समुह सम्वन्धि विषयहरु (चतुर्थ पत्र)

१.१ सार्वजनिक व्यवस्थापन र यसको कार्यक्षेत्र

१.१० सार्वजनिक सेवा प्रवाहमा सञ्चार प्रविधिको प्रयोगबाट सृजित अवसर तथा चुनौतिहरु

१.५ नेपालको सार्वजनिक प्रशासनको विकासक्रम, यसको आधारभुत संरचना, विशेषता सुधारका प्रयास एवं चुनौतिहरु

उत्प्रेरणा, यसको विशेषता र तत्वहरु

१.२.१ कर्मचारी व्यवस्थापन, निजामति सेवाको वर्गीकरण

सबै हेर्नुहोस्
Logo

सम्पर्क ठेगाना

  • info@easyloksewa.com
  • +977-9867331082
  • Butwal, Nepal

उपयोगी लिंकहरु

  • General Knowledge (GK)
  • Current Affairs
  • Syllabus
  • Vacancy
  • English
  • अनलाइन परीक्षा

© 2026 All Rights Reserved by easyloksewa

Coded with by KTMRush

लग आउट
के तपाईं निश्चित रूपमा लग आउट गर्न चाहनुहुन्छ ?