१.१० सार्वजनिक सेवा प्रवाहमा सञ्चार प्रविधिको प्रयोगबाट सृजित अवसर तथा चुनौतिहरु
- सरकार तथा शासकिय साझेदारबाट जनहित प्रवर्द्धनका लागि प्रवाहित सेवाहरुलाइ नेेे सार्वजनिक सेवा भनिन्छ ।
- सार्वजनिक सेवा प्रवाह सरकारी निकाय निजी क्षेत्र गेेरसरकारी क्षेत्र वा सामाजिक क्षेत्रमार्फत गरिन्छ । यसको उद्देश्य नागरिकको हित तथा सन्तुष्टि हुन्छ ।
- सार्वजनिक सेवा प्रवाह सरकारको आधारभुत दायित्व तथा जिम्मेवारी हो भने नागरीकको अधिकार हाे ।
- यसको सुरुवात राज्य तथा सरकारसँगेे भएकोमा समयक्रमअनुसार यसको दायरा विस्तार हुँदेे गएको छ ।
- सार्वजनिक सेवा गतिशिल विषय हाे । याे बहुआयामिक विषय हो । यो समय परिस्थिति र स्थान विशेष अनुसार फरक फरक हुन्छ ।
- सरकारको सार सेवा प्रवाहको गुणस्तर हो । त्यसेेले सार्वजनिक सेवालाइ सरकारको मुल्यांकन सुचकको रुपमा लिइन्छ ।
सार्वजनिक सेवा प्रवाहमा सुचना तथा प्रविधिको प्रयोगबाट सृजित अवसर
- नेपालको संविधान २०७२ मा पुर्ण प्रेस स्वतन्त्रता सञ्चार तथा सुचनाको हकको प्रत्याभुति हुनु ।
- विद्य ुतिय कारोबार ऐन २०६३ तथा नियमावली २०६४ सुचनाको हक सम्बन्धी ऐन २०६४ तथा नियमावलि २०६५ तथा सुशासन ऐन २०६४ तथा नियमावली २०६५ समेतका कानुनहरुको व्यवस्था भइ कार्यान्वयन हुनु ।
- Digital Nepal को अवधारणा ले प्राथमिकता पाएको छ ।
- नीतिगत तथा कार्यक्रमगत रुपमा सरकारले विद्युतिय कारोबार तथा विद्युतिय सेवा प्रवाहलाइ प्राथमिकता दिनु ।
- कम्प्युटर तथा इन्टरनेटमा अभ्यस्त युवा जनशक्तिको संख्या निरन्तर बढ्दै जानु ।
- सुचना प्रविधिको क्षेत्रमा निजी क्षेत्रको लगानीको वृद्धि हुँदेे जानु ।
- विद्यालय शिक्षामा कम्प्युटर शिक्षालाइ प्राथमिकतामा राखिनु ।
- विद्युत तथा टेलिफोन पुर्वाधारमा पहूँच बढ्देे जानु ।
- डिजिटल साक्षरतामा वृद्धि हुँदेे जानु ।
सार्वजनिक सेवा प्रवाहमा सुचना प्रविधिको सदुपयोगबाट लिन सकिने फाइदाहरु
- सेवा प्रवाहको प्रभावकारीता अभिवृद्धि हुने ।
- स्रोत साधनको प्रभावकारी परिचालन हुने ।
- सेवा प्रदायक र सेवाग्राहीबीच सोझाे तथा प्रत्यक्ष सम्बन्ध स्थापित हुने ।
- सेवा प्रदायकबाट सेवाग्राहीसमक्ष सुचना प्रदान गर्न सहज हुने ।
- सेवा प्रवाहमा मितव्ययिता ल्याउन सहज हुने ।
- सेवाप्रवाहमा जनसहभागिता अभिवृद्धि हुने ।
- सेवाप्रवाहमा भएका विकृतिहरु न्युनिकरण गर्न सहज हुने ।
- सेवाप्रवाह प्रति सेवाग्राहिको विश्वस्नियता अभिवृद्धि हुने ।
- सेवाग्राहिको हित अभिवृद्धि हुने ।
- कानुनको शासन स्थापित हुने ।
- मानवअधिकार प्रवर्द्धन हुने ।
- सुशासन प्रवर्द्धन हुने ।
- नागरीक सक्षमता अभिवृद्धी हुने ।
- सेवाप्रवाहसम्बन्धी जोखीमहरु न्युनीकरण हुने ।
- सेवाप्रवाह व्यवस्थापन छिटो छरीतो हुने ।
- सेवाप्रवाहमा विविधिकरण र विशिष्टिकरण हुन जाने ।
- सेवा प्रवाहको वैद्यानिकता अभिवृद्धि हुने ।
- सेवाप्रवाहको विस्तारीकरण तथा विश्वसनियता अभिवृद्धि हुने ।
सार्वजनिक सेवा प्रवाहमा सुचना प्रविधीको विकासबाट सृजित चुनाैतिहरु
सुचना प्रविधीको विकासबाट सार्वजनिक सेवामा देखा परेका चुनौतिहरु देहायबमोजिम रहेका छन् ।
- सुचना प्रविधिसम्बन्धी पुर्वाधार व्यवस्थापन गर्नु ।
- विद्य ुतिय अपराध निवारण गर्नु ।
- विद्य ुतिय प्रणालिको सुरक्षा गर्नु ।
- आधुनिक सुचना प्रविधि तथा विद्य ुतिय प्रणालिको बारेमा सम्बद्ब पक्षहरुको सचेतना अभिवृद्धि गर्नु ।
- सुचना प्रविधि सम्बन्धि दिगो सोचमा आधारीत कानुन तथा कार्यविधि निर्माण गरी कार्यान्वयन गर्नु ।
- वित्तीय स्रोत साधन तथा भौतिक स्रोत साधन तथा मानविय स्रोत साधनको प्रबन्ध गरी कुशल परीचालन गर्नु ।
- सांगठनिक सुदृढिकरण गर्नु ।
- पर्यावरणीय अनुकुलन कायम गर्नु ।
- सुचना तथा प्रविधिको अनुसन्धान तथा विकासमा जोड दिनु ।
- भ्रामक तथा गलत समाचारको नियमन तथा नियन्त्रण गर्नु ।
- सुशासन तथा प्रभावकारी सेवा प्रवाहमा सुचना प्रविधिको सदुपयोग सम्बन्धमा शासकीय प्रतिवद्धता एवम् अग्रसरता अभिवृद्धि गर्नु ।
- नागरीकको प्रविधिमाथी आर्थिक पहुँचलाइ सुनिश्चित गर्नु ।
- स्थानिय प्रविधि तथा आधुनिक सुचना प्रविधिविचमा तादम्यता कायम गर्नु ।