१.१ सामाजिक विवाद तथा द्धन्द्ध
परिचय
- समाजमा विभिन्न वर्ग तथा पक्षहरुका विचमा आवश्यकता, विचार, माग, चाहनाहरुमा भएको भिन्नताको कारण उत्पन्न हुने विवाद तथा त्यसको कारण उत्पन्न हुने मनोमालिन्य नै सामाजिक द्धन्द्ध हो ।
- सामाजिक द्धन्द्ध सामाजिक इकाइहरुबीचको असमझदारीको अवस्था हो ।
सामाजिक द्धन्द्धको कारण
- वर्ग विभेद,
- साधन स्रोतको असमान वितरण,
- सामाजिक विभेद,
- सामाजिक हिंसा,
- सामाजिक मुल्यको विभिदता,
- सामाजिक योगदान,
- राजनीतिक दर्शन,
- सरकारी सेवा,
- प्राकृतिक स्रोतको उपयोग,
सामाजिक द्धन्द्धको आवश्यकता
- सामाजिक चेतनाको अभिवृद्धि गर्न,
- सामाजिक विकृति घटाउन मद्दत पुग्दछ,
- सार्वजनिक साधन तथा स्रोतको समुचित उपयोग तथा वितरणमा मद्दत पुर्याउन,
- सामाजिक क्रियाकलापहरुलाइ पारदर्शि बनाउन,
- सार्वजनिक पदमा रहेका पदाधिकारीलाइ जवाफदेही बनाउन,
- रुढिवादी मान्यताहरुलाइ हटाउन,
- समाजको निर्णय गर्न सक्ने क्षमता तथा नेतृत्व क्षमतामा वृद्धि गर्न,
- वास्तविक समस्याको पहिचान गर्न सहज हुन्छ,
सामाजिक द्धन्द्धको नकरात्मक प्रभावहरु
- समाजमा सदभाव र एकता खल्वलिन सक्छ ।
- समाजमा हिंसात्मक गतिविधि हुन सक्छ ।
- सामाजिक विकासका गतिविधिहरु अवरुद्ध हुन सक्छन् ।
- अल्पसंख्यकहरु झन् शोषित तथा पिडित हुन सक्छन् ।
- शान्ति सुरक्षा व्यवस्थापनमा चुनौति थपिन सक्छ ।
- मानव विकासमा नकारात्मक असर पर्न सक्छ ।
- स्रोत साधनको दुरुपयोग हुन सक्छ ।
- सामाजिक एकता नहुदा राष्ट्रिय एकता कमजोर हुन्छ ।
नेपालमा सामाजिक द्धन्द्धको अवस्था
- समाजमा भएको अति राजनीतिकरणको कारण राजनीतिक आस्थाको आधारमा सामाजिक द्धन्द्ध सिर्जना भएको छ ।
- बेरोजगारीको कारण विवाद, द्धन्द्ध तथा अपराधहरु बढेका छन् ।
- अशिक्षा तथा जनचेतनाको अभावले गर्दा कुरीतिहरुको समर्थन र विरोधस्वरुप सामाजिक द्धन्द्ध देखिने गरेको छ ।
- जातिय भेदभाव र छुवाछुतको कारण सामाजिक द्धन्द्ध हुने गरेको छ ।
- सामाजिक अपराधको पक्ष विपक्ष, संरक्षण र कारवाहीको विषयलाइ लिएर सामाजिक द्धन्द्ध हुने गरेको छ ।
- राज्यले प्रदान गर्ने सार्वजनिक सेवा माथिको पहुँच, नियन्त्रण र अनुकुलतालाइ लिएर सामाजिक द्धन्द्ध हुने गरेको छ ।
- प्राकृतिक स्रोत को उपयोग र बाँडफाँडलाइ लिएर सामाजिक द्धन्द्ध हुने गरेको छ ।
नेपालमा द्धन्द्ध व्यवस्थापनको लागि भएका प्रयासहरु
नेपालमा सामाजिक द्धान्द्ध व्यवस्थापन गर्न विभिन्न कानुनी, नीतिगत तथा संस्थागत व्यवस्थाहरु गरिएको छ । जसलाइ निम्नअनुसार उल्लेख गर्न सकिन्छ ।
कानुनी व्यवस्था
- मुलुकी फौजदारी (संहिता) ऐन, २०७४
- मुलुकी देवानी (संहिता) ऐन, २०७४
- मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन, २०७४
- मुलुकी देवानी कार्यविधि (संहिता) ऐन, २०७४
- फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४
- स्थानीय प्रशासन ऐन, २०२८
- मेलमिलाप सम्वन्धी ऐन, २०६८
- मध्यस्थता ऐन, २०६८ आदी
संस्थागत व्यवस्था
- न्यायपालिकाका निकायहरु: सर्वोच्च अदालत, उच्च अदालत, जिल्ला अदालत, विशेष अदालत, विभिन्न न्यायधिकरणहरु
- नेपाल प्रहरी
- जिल्ला प्रशासन कार्यालय
- संघ, प्रदेश र स्थानीय तहका सरकारी निकायहरु
- स्थानीय तहको न्यायिक समिति र अन्य समिति तथा अंगहरु
- विभिन्न गैरसरकारी संघ संस्थाहरु
द्धन्द्ध व्यवस्थापनको शैलिहरु
- एक पक्षले जित्ने र अर्कोले हार्ने शंली जसलाइ दवावपुर्ण तथा प्रतिस्पर्धात्मक शैलि भनिन्छ ।
- दुवै पक्षको हित हुने तरिकाले द्धन्द्ध समाधान गर्ने शंलि जसलाइ साझेदारी वा सहकार्यमुलक शैलि भनिन्छ ।
- दुवै पक्षले केहि लिने र केही छाड्ने गरी सहमति कायम गर्ने शैलि जसलाइ सम्झौतामुलक शैंलि भनिन्छ ।
- द्धन्द्ध अनावश्यक ठानी पन्छाउने शैली जसमा द्धन्द्ध व्यवस्थापनपछी हुने फाइदा द्धन्द्ध व्यवस्थापन लागत भन्दा कम हुने भएमा यस्तो शैली अपनाइन्छ । यो शैलीलाइ पन्छिने वा उम्किने शैलि भनिन्छ ।
- आफ्नो पक्षको हितलाइ त्याग गरी अर्को पक्षलाइ सहमत गराइन्छ । द्धन्द्धलाइ बढ्न दिनु भन्दा जसरी पनि समाधान गर्नुपर्ने क्रममा यो शैलि अपनाइन्छ । यो शैलिलाइ मिलापपुर्ण शैलि भनिन्छ ।