• Butwal, Nepal
  • info@easyloksewa.com
  • +977-9867331082
साइन-अप लग-इन
लग-इन साइन-अप

लग-इन

पासवर्ड भुल्नु भयो ?

साइन-अप

approve हुन समय लग्यो भने 9867331082 whatsapp गर्नु होला
Logo
  • General Knowledge(GK)
  • Current Affairs
  • Syllabus
  • vacancy
  • Intellectual Level (IQ)
  • English
    • Grammar
    • Vocabulary
    • Reading Comprehension
  • Subjective
    • शाखा अधिकृत (section Officer )
    • नायब सुब्बा
    • Nepal Rastra Bank नेपाल राष्ट्र बैंक
    • नेपाल बैंक (Nepal Bank)
    • शिक्षक सेवा आयोग (Teachers Service Commission)
    • कानुन ऐन तथा नियमावली (Laws Acts and Regulations)
    • सुरक्षा निकायहरू (Security Agencies)
  • Blogs
  • अनलाइन परीक्षा
  • डेमो परीक्षा

१.३ सामाजिक तथा साँस्कृतिक रुपान्तरण

  • गृह पृष्ठ
  • बिसयगत
  • १.३ सामाजिक तथा साँस्कृतिक रुपान्तरण

१.३ सामाजिक तथा साँस्कृतिक रुपान्तरण

सामाजिक रुपान्तरण

  • समयक्रमअनुसार समाज तथा सँस्कृतिमा आउने परिवर्तन नै सामाजिक रुपान्तरण हो ।
  • सामाजिक परिवेश, क्रियाकलाप, मुल्य मान्यता, सरोकार र सम्बन्धका ढाँचा शैलीहरुमा परिवर्तन आई एक अवस्थाबाट अर्को अवस्थामा परिवर्तन हुने प्रक्रिया नै सामाजिक रुपान्तरण हो ।
  • समाजमा प्रगतिशिल सुधार र नयाँपन आउनु नै सामाजिक रुपान्तरण हो ।
  • यसले क्रमागत रुपान्तरण र क्रान्तिकारी रुपान्तरण दुवैलाई जनाउँछ ।

सामाजिक रुपान्तरणका क्षेत्र/आयाम

सामाजिक रुपान्तरण समाजका सवैजसो पक्षहरुमा आउने अग्रगमनको समष्टि हो। यो बहुआयामिक विषय हो । यसका आयामहरु निम्न छन् ।

  • राजनीतिक आयाम
  1. राजनीतिक चेतना
  2. राजनीतिक सहभागीता र निगरानी
  3. असल राजनीतिक सँस्कारको विकास
  • आर्थिक आयाम
  1. आर्थिक सक्षमता
  2. गुणस्तरीय जीवनको आधार निर्माण
  • साँस्कृतिक आयाम
  1. साँस्कृतिक सदभाव
  2. सहिस्णुता/मेलमिलाप
  • नैतिक आयाम
  1. सदाचार वा नैतिकता
  2. अनुशासन
  • शैक्षिक आयाम
  1. नागरीक शिक्षा
  2. जनचेतना
  3. शैक्षिक स्तर
  • सामाजिक आयाम
  1. सामाजिक संरचना
  2. सामाजिक व्यवहार
  3. सामाजिक प्राथमिकता
  4. सामाजिक रहनसहन
  5. सामाजिक सम्वन्ध
  6. सामाजिक व्यवसाय
  7. सामाजिक न्याय
  8. सामाजिक सुरक्षा
  9. सामाजिक क्षमता

सामाजिक रुपान्तरणको महत्व

  • जिवनस्तरमा सुधार हुने,
  • सामाजिक मुल्यहरुको विकास हुने,
  • सामाजिक कुरीति तथा विकृतिहरुको अन्त्य हुने,
  • समाजमा नैतिकता, सदाचार र सुशासन को प्रवर्द्धन हुने,
  • आधुनिक समाजको निर्माण हुने,
  • सामाजिक असमानताहरुको अन्त्य हुने,
  • सामाजिक मेलमिलापमा वृद्धि हुने,
  • सामाजिक गतिशिलतामा वृद्धि हुने,
  • प्रविधिमैत्री समाजको निर्माण हुने,

नेपालमा सामाजिक रुपान्तरणको प्रवृत्ति

  • संयुक्त परिवारको आकर्षण घट्दै सानो परिवारतर्फको आकर्षण बढ्दै गएको छ ।
  • नाता कुटुम्ब एकै ठाँउमा मिलेर बसोबास गर्ने परम्परागत व्यवस्थामा परिवर्तन भई सहर, राजधानी हुँदै अन्तर्राष्ट्रिय स्तर सम्म पुगेको छ ।
  • छोरा नभई हुँदैन भन्ने मान्यता हराउँदै गएको छ ।
  • कमलरी प्रथा, हलिया प्रथा जस्ता कुप्रथाहरुलाई राज्यले कानुनी रुपबाट नै अन्त्य गरेको छ ।
  • शिक्षा, स्वास्थ्य, खानेपानी, सञ्चार जस्ता क्षेत्रमा सचेतना बढदै गएको छ ।
  • खानपिन, लत्ताकपढा, फेसन, डिजाइनमा व्यापक परिवर्तन भइ अन्तर्राष्ट्रिय स्तरसम्म पहुँच स्थापना भएको छ ।
  • मानिसका पेशाहरु आधुनिक प्रविधिमा आधारीत बन्दै गएका छन् ।
  • मानिसको चेतनामा वृद्धी हुँदै गएको छ ।

सामाजिक रुपान्तरणको कारण सिर्जित विकृतिहरु

  • पारिवारिक संरचनामा विखण्डन आइ वृद्धवृद्धाहरुको अवस्था दयनिय हुन पुगेको ।
  • मानिसमा संवेदनहिनता बढदै गएको ।
  • बढ्दो प्रविधिको उपयोगबाट मानविय श्रमको उपयोगमा निरन्तर कमी हुँदै गएको ।
  • समाजमा Digital Divide को अवस्था देखा परेको ।
  • शिक्षा, स्वास्थ्य क्षेत्रमा विकास भएतापनि अत्याधिक महंगो भइ सर्वसाधारणको पहुँच बाहिर रहेको ।
  • समाजमा धनी र गरीब बीचको खाडल बढ्दै गएको ।
  • व्यापक शहरीकरण तथा वातावरण क्षेत्रमा गम्भीर ह्रासका संकेत देखा परेको ।
  • खानपानमा भएको परिवर्तनले अस्वस्थता बढेको ।
  • श्रम गर्ने मानिसको जमातमा कटौति भएको ।

साँस्कृतिक रुपान्तरण

  • साँस्कृतिक मुल्य मान्यता, आदर्श, संस्कार, परम्परा, कला, चालचलन, विचार तथा दृष्टिकोणमा आउने परिवर्तन नै साँस्कृतिक रुपान्तरण हो ।
  • साँस्कृतिक अभ्यासमा हुने सकारात्मक सुधार तथा परिवर्तन नै साँस्कृतिक रुपान्तरण हो ।

साँस्कृतिक रुपान्तरणका आयाम

  • असल सँस्कृतिको संरक्षण
  1. मानवीय सभ्यताको रुपमा स्थापित असल साँस्कृतिक अभ्यासहरुको संरक्षण गर्ने,
  2. साँस्कृतिक धरोहरहरुको संरक्षण गर्ने,
  3. असल सँस्कृतिको अभ्यास गर्ने,
  • साँस्कृतिक स्वतन्त्रता
  1. सँस्कृतिहरुको स्वतन्त्र अभ्यास,
  2. भिन्न साँस्कृतिक समुहबीच सहिष्णुता,
  3. साँस्कृतिक द्धन्द्धको वातावरण नहुनु,
  • साँस्कृतिक बहुलता
  1. विविध सँस्कृतिको उपस्थिति,
  2. साँस्कृतिक सदभाव,
  3. साँस्कृतिक एकता र सहकार्य,
  • साँस्कृतिक परिवर्तन
  1. गलत परम्पराको पहिचान तथा अन्त्य,
  2. स्वच्छ सँस्कृतिको विकास,
  3. असल सँस्कृतिको अवलम्वन,

सामाजिक एवं साँस्कृतिक रुपान्तरणका प्रक्रिया/माध्यम/साधन

  • शिक्षा एवं सचेतना,
  • सामाजिक द्धन्द्ध तथा विवाद समाधान,
  • बसाइसराइ,
  • प्रविधि विकास एवं हस्तान्तरण,
  • पुर्वाधार विकास एवं विस्तार,
  • कानुनी व्यवस्था एवं सुधार,
  • शहरीकरण,
  • विश्वव्यापिकरण,
  • शासकीय सुधार,
  • पर्यटन प्रवर्द्धन,
  • जनसंघर्ष,
  • सहभागीता एवं सहकार्य,

सामाजिक/साँस्कृतिक रुपान्तरणका सिद्धान्तहरु

  • आर्थिक सिद्धान्त - आर्थिक स्तरमा भएको परिवर्तन,
  • प्रविधिको सिद्धान्त - प्रविधिको क्षेत्रमा भएको सुधार,
  • द्धन्द्धवादी सिद्धान्त - वाद, प्रतिवाद तथा संवादमार्फत हुने परिवर्तन,
  • उदविकासवादी सिद्धान्त - क्रमिक उत्थानमार्फत हुने परिवर्तन,
  • विकासवादी सिद्धान्त - सामाजिक तथा आर्थिक क्षेत्रमा हुने विकास,
  • क्रान्तिकारी सिद्धान्त - क्रान्ति मार्फत हुने सामाजिक तथा साँस्कृतिक रुपान्तरण,
  • आलोचनात्मक सिद्धान्त - सामाजिक दृष्टिकोणको आलोचनामार्फत हुने रुपान्तरण,

 

समसामयिक विषय Current Affairs (तृतीय पत्र)

१.१ सामाजिक विवाद तथा द्धन्द्ध

१.२ सामाजिक न्याय तथा समानता

१.३ सामाजिक तथा साँस्कृतिक रुपान्तरण

१.४ स्रोत साधनको वितरणमा न्याय- असमानता र सीमान्तीकरण (प्रादेशिक, जातजातिगत, लैङ्गिक, ग्रामीण तथा शहरी)

२.६ प्रविधि हस्तान्तरण ( बौद्धिक सम्पत्ति अधिकार समेत )

सबै हेर्नुहोस्
Logo

सम्पर्क ठेगाना

  • info@easyloksewa.com
  • +977-9867331082
  • Butwal, Nepal

उपयोगी लिंकहरु

  • General Knowledge (GK)
  • Current Affairs
  • Syllabus
  • Vacancy
  • English
  • अनलाइन परीक्षा

© 2026 All Rights Reserved by easyloksewa

Coded with by KTMRush

लग आउट
के तपाईं निश्चित रूपमा लग आउट गर्न चाहनुहुन्छ ?