• Butwal, Nepal
  • info@easyloksewa.com
  • +977-9867331082
साइन-अप लग-इन
लग-इन साइन-अप

लग-इन

पासवर्ड भुल्नु भयो ?

साइन-अप

approve हुन समय लग्यो भने 9867331082 whatsapp गर्नु होला
Logo
  • General Knowledge(GK)
  • Current Affairs
  • Syllabus
  • vacancy
  • Intellectual Level (IQ)
  • English
    • Grammar
    • Vocabulary
    • Reading Comprehension
  • Subjective
    • शाखा अधिकृत (section Officer )
    • नायब सुब्बा
    • Nepal Rastra Bank नेपाल राष्ट्र बैंक
    • नेपाल बैंक (Nepal Bank)
    • शिक्षक सेवा आयोग (Teachers Service Commission)
    • कानुन ऐन तथा नियमावली (Laws Acts and Regulations)
    • सुरक्षा निकायहरू (Security Agencies)
  • Blogs
  • अनलाइन परीक्षा
  • डेमो परीक्षा

४.६ सहभागितामुलक योजना र विकास

  • गृह पृष्ठ
  • बिसयगत
  • ४.६ सहभागितामुलक योजना र विकास

४.६ सहभागितामुलक योजना र विकास

परिचय

  • योजना प्रक्रियाका समग्र चरणमा सम्बद्ध सवै पक्ष एवम् नागरीक सहभागिता रहने पद्धति नै सहभागितामुलक योजना हो ।
  • सहभागितामुलक योजना विकासको लोकतान्त्रिक प्रक्रिया हो । यसले विकासका हकदारहरुलाइ विकास कार्यको आवश्यकता पहिचान गर्ने, विकास कार्यक्रम सञ्चालन गर्ने, विकास व्यवस्थापन गर्ने, विकास कार्यका लाभहरु बाँडफाँड गर्ने अवसरहरु प्रदान गर्दछ ।

सहभागिताका तरिकाहरु

१. प्रत्यक्ष सहभागिता

  • योजनाको तर्जुमा गर्ने सिलसिलामा योजनाको अवधारणा निर्माण, सुचना तथ्याङ्क सङ्कलन, लक्ष्य, रणनीति तथा कार्यक्रम तर्जुमा प्रक्रियामा प्रत्यक्ष रुपले संलग्न रहने, छलफलमा भाग लिने, अन्तर संवाद कार्यक्रममा सहभागी भइ सुझाव दिने ।
  • योजना सञ्चालनको क्रममा आर्थिक, भौतिक रुपमा सहयोग गर्ने, कार्यक्रम र परियोजना सञ्चालनमा बौद्धिक एवम् शारीरिक श्रमदान गर्ने ।

२. अप्रत्यक्ष सहभागिता

  • योजना तर्जुमाका क्रममा लिखित सुझाव प्रदान गर्ने, सरोकार वा चासो राख्ने, योजनाको समर्थन वा वकालत गर्ने ।
  • योजना कार्यान्वयनको क्रममा नैतिक समर्थन गर्ने, वातावरण निर्माण गर्न सहयोग गर्ने, सहभागिताका लागि उत्प्रेरित गर्ने ।

नेपालमा सहभागितामुलक योजना र विकास विगत देखी वर्तमान सम्म

  • वि सं. २००८ मा स्वतन्त्र स्वायत्त शासन मन्त्रालयको स्थापना ।
  • वि सं २००८ मा त्रिभुवन ग्राम विकास मोडल ।
  • वि सं २०२४ मा गाँउ फर्क अभियान ।
  • वि सं. २०३२/३३ मा साना किसान कार्यक्रम ।
  • विकेन्द्रिकर ऐन, २०३९ र नियमावली २०४२ ।
  • स्थानीय स्वायत्त शासन ऐन, २०५५ र नियमावली, २०५६ का प्रावधानहरु ।
  • सुशासन व्यवस्थापन तथा सञ्चालन ऐन २०६४ ।
  • राष्ट्रिय विकास परिषदमा सरकारी पदाधिकारी, योजनाविद, प्राध्यापक, जनप्रतिनिधि, पिछडिएको वर्ग, क्षेत्र, समुदायका प्रतिनिधिहरु, राजनीतिक दलका प्रतिनिधि, पेशागत समुहका प्रतिनिधि समेत रहन्छन् । यसरी राष्ट्रिय योजनाको तर्जुमा नै सहभागितामुलक बनाएको देखिन्छ ।
  • स्थानीयस्तरमा योजना तर्जुमा तथा कार्यान्वयन गर्दा स्थानीय जनप्रतिनिधि, नागरिक समाज, राजनीतिक दलका प्रतिनिधिहरु संलग्न रहन्छन् । जिल्ला परिषद्, नगर परिषद् वा गाँउ परिषद्बाट तर्जुमा हुने यस्ता योजनामा नागरिक अन्तरक्रिया, संवाद र सहभागिता समेत हुने गरेको छ ।
  • नेपालको चालु आवधिक योजनामा नै सहभागितामुलक विकास प्रक्रियालाइ महत्व दिइएको छ । योजना कार्यान्वयन, अनुगमन, मुल्यांकन समेतमा नागरिक सहभागिता र सहकार्यलाइ प्राथमिकता दिइएको छ ।
  • स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार स्थानीय तहमा सञ्चालन हुने विकास निर्माण तथा सेवा प्रवाह सम्वन्धी कार्यको निर्णय निर्माण, कार्यान्वयन, अनुगमन र समग्र व्यवस्थापनको प्रक्रियामा स्थानीय सरोकारवाला जनताहरुको सक्रिय, अर्थपुर्ण, सकारात्मक र प्रभावकारी सहभागिता जुटाउनुपर्ने व्यवस्था गरिएको छ ।
  • स्थानीय स्तरको विकास निर्माणको कार्य गर्दा नगद वा श्रम सहभागिता प्राप्त गर्नुपर्ने नीतिगत व्यवस्था गरिएको छ ।
  • योजना अनुगमन, मुल्यांकनलाइ समेत सहभागितामुलक बनाइएको छ ।

सहभागितामुलक योजना र विकासको सिद्धान्त

  • जनकेन्द्रित विकासको सिद्धान्त
  • न्यायोचित वितरणको सिद्धान्त
  • सामुदायिक सहभागिताको सिद्धान्त
  • सामाजिक परिचालनको सिद्धान्त
  • संस्थागत क्षमता विकासको सिद्धान्त
  • स्वामित्व अभिवृद्धिको सिद्धान्त
  • लैङ्गिक संवेदनशिलताको सिद्धान्त
  • सामाजिक समावेशिकरणको सिद्धान्त
  • वातावरणमैत्रि विकासको सिद्धान्त

नेपालमा जनसहभागिता परिचालनमा रहेका समस्या

  • जनसहभागिताको आधार, प्रक्रिया, मापदण्ड र मात्रामा एकरुपता नहुनु ।
  • लाभान्वित वर्गको परिभाषा, पहिचान र समान प्रकृतिको सहभागिता परिचालन गर्न कठिनाइ ।
  • उपभोक्ता समितिको गठन र परिचालनमा प्रभावकारीता र स्पष्ठता नहुनु ।
  • उपभोक्ता समितिहरु अदृश्य ठेकदारको रुपमा परिणत हुँदै जानु ।
  • आयोजनाको प्राथमिकिकरण, छनौट, व्यवस्थापन र सञ्चालनका सवै प्रक्रियामा सहभागिता परिचालन हुन नसक्नु ।
  • जनसहभागिता सम्वन्धी नीतिगत, संरचनागत, प्रक्रियागत र कानुनी पक्षहरु कमजोर हुनु ।
  • जनसहभागिता परिचालन र उपयोगबारे अनविज्ञता र कर्तव्यप्रति वेवास्ता गरिनु ।
  • सहभागिताको प्रक्रियामा स्थानीय ठुलाबडा र टाठाबाठाको वर्चस्व कायम हुनु ।
  • सहभागितामा हुने योगदानको अभिलेखांकन नहुनु ।
  • सहभागिता परिचालनमा समन्वय, पारदर्शिता अपनत्व र उत्तरदायित्वको कमी हुनु ।
  • उपभोक्त्ता समितिहरुको संगठन क्षमता र व्यवस्थापन दक्षता पर्याप्त नहुनु ।

 

शासन प्रणाली System of Governance (द्धितीय पत्र)

१.१ शासनको आधारभुत पक्षहरु: अवधारणा, सन्दर्भ तथा विशेषताहरु

१.२ शासनको राजनीतिक तथा प्रशासनिक संरचना

१.३ सुचनाको हक र पारदर्शिता

४.६ सहभागितामुलक योजना र विकास

सबै हेर्नुहोस्
Logo

सम्पर्क ठेगाना

  • info@easyloksewa.com
  • +977-9867331082
  • Butwal, Nepal

उपयोगी लिंकहरु

  • General Knowledge (GK)
  • Current Affairs
  • Syllabus
  • Vacancy
  • English
  • अनलाइन परीक्षा

© 2026 All Rights Reserved by easyloksewa

Coded with by KTMRush

लग आउट
के तपाईं निश्चित रूपमा लग आउट गर्न चाहनुहुन्छ ?