१.३ संगठन : अवधारणा, प्रकृति, प्रकार र संगठनात्मक विकास
संगठनको परिचय
- साझा लक्ष्य तथा उद्देश्य हासिल गर्नको लागि निर्माण गरिएको मानवीय र कार्यमुलक संरचना नै संगठन हो ।
- संगठन साझा उद्देश्य प्राप्त गर्नको लागि क्रियाशील मानिसहरुको समुह हो ।
- संगठनको अवधारणा कुनै पनि कार्यलाइ व्यवस्थित र सुनियोजित रुपले सम्पन्न गर्ने क्रममा विकास भएको मानिन्छ ।
- संगठन मानिसलाइ परस्पर सहयोगात्मक अन्तरसम्बन्धमा आबद्ध गर्ने व्यवस्थापकीय संरचना हो ।
संगठनको अवधारणा
- संगठन एक संरचनात्मक ढाँचा - प्रचिन अवधारणा
- यो परम्परागत अवधारणा हो जसमा ठाडो र निश्चित आकारको संरचनात्मक ढाँचामा जोड दिइन्छ ।
- सोपानगत पदश्रृङ्खला, कार्यविभाजन, कार्यविशिष्टिकरण, औपचारिक सम्बन्ध आदि यस अवधारणाको विशेषता हुन ।
- यो संरचना केन्द्रित अवधारणा हो ।
- संगठन एक सामुहिक प्रणाली - आधुनिक अवधारणा
- यस अवधारणामा मानव केन्द्रित व्यवस्थापनको माध्यमबाट लक्ष्य प्राप्त गर्ने प्रक्रियामा जोड दिइन्छ ।
- यो अवधारणाले संगठनलाइ समन्वयात्मक सहकार्य र सहभागितामुलक व्यवस्थापनमा आबद्ध समुहको रुपमा व्याख्या गरेको छ ।
- संगठन एक समुह वा सञ्जाल - समकालिन अवधारणा
- यो उद्देश्य र प्रविधि केन्द्रित अवधारणा हो ।
- यो सामाजिक सञ्जालमा संगठित अमुर्त समुह हो ।
- यसमा पदसोपान हुँदैन ।
- यसमा बहुपक्षीय सहभागिता र सहकार्य हुन्छ ।
संगठनको विशेषताहरु
- यो संरचना र प्रकृया दुवै हो ।
- यो सामुहिक लक्ष्य प्राप्तिमा केन्द्रित हुन्छ ।
- यो व्याक्तिहरुको सहयोगी समुह हो ।
- यसमा कानुनी र नीतिगत संरचना हुन्छ ।
- संगठनमा कामको बाँडफाँड हुन्छ ।
- यो भौतिक, मानविय तथा अन्य साधनको संयोजन हो ।
- यसमा गतिशिलता र परिवर्तनशीलता हुन्छ ।
- यो एक मानवीय सम्वन्ध हो ।
- यो खुला प्रणाली हो । यो वातावरणबाट प्रभावित हुन्छ ।
संगठनको उद्देश्य
- लक्ष्य हासिल गर्न सहयोग गर्नु,
- सांगठनिक क्रियाकलापलाइ उद्देश्यकेन्द्रित बनाउनु,
- सांगठनिक क्रियाकलापमा समन्वय कायम गर्नु,
- संगठनको प्रभावकारीतामा वृद्धि गर्नु,
- संगठनको कार्यदक्षतामा वृद्धि गर्नु,
- सांगठनिक साधन स्रोतको मितव्ययी र प्रभावकारी तरीकाले परिचालन गर्नु,
- नतिजामुखी व्यवस्थापन सुनिश्चित गर्नु ।
संगठन गठनका आधारहरु
संगठनका आधार भन्नाले संगठन स्थापना गर्न पुरा गर्नुपर्ने आवश्यक पुर्वाधार तथा कार्यलाइ बुझिन्छ ।
- उद्देश्य,
- प्रक्रिया,
- व्याक्ति,
- स्थान,
- नेतृत्व,
- स्रोत साधन,
- संरचना,
- आवश्यकता,
- सन्धि सम्झौताप्रतिको प्रतिबद्धता,
- संवैधानिक, कानुनी र नीतिगत पक्ष ।
संगठनको प्रकृति
- संगठन मानव सम्बन्धको प्रणालीगत ढाँचा हो । संगठनमा मानिसलाइ विशेष सम्बन्धमा आबद्ध गरिएको हुन्छ ।
- संगठन एक खुला प्रणाली हो जुन बाह्य वातावरणबाट प्रभावित हुन्छ ।
- संगठन एक समाजको रुपमा रहन्छ र संगठनका मानिसहरुले सामुहिक रुपमा कार्यसम्पादन गर्दछन् ।
- संगठनका सदस्यहरुको साझा उद्देश्य हुन्छ र सो उद्देश्य प्राप्तिको लागी सदस्यहरुले सामुहिक रुपमा कार्य गर्दछन् ।
- संगठनमा कार्यविभाजन गरिएको हुन्छ । विभिन्न इकाइगत कार्यवीच समन्वय कायम गरिएको हुन्छ ।
- संगठनको विविध तत्व र विभिन्न इकाइका बीचमा एकता कायम गरिएको हुन्छ ।
- संगठनले मानिस र अन्य स्रोत साधनलाइ व्यवस्थित संरचनामा आबद्ध गरी त्यसको अधिकतम सदुपयोग गर्दछ ।
- संगठन उद्देश्य प्राप्तिको साधन हो ।
- संगठनमा अधिकार र दायित्व तथा जिम्मेवारी र जवाफदेहिताको सन्तुलित बाँडफाँड गरिन्छ ।
संगठनको प्रकार
- औपचारिक संगठन - खास उद्देश्यका लागि स्थापित संगठन जुन विधि विधान र संरचनात्मक सम्बन्धमा आबद्ध हुन्छ ।
- अनौपचारिक संगठन - यो पारस्परिक हित तथा साझा पहिचानको कारण संगठित समुह हो । यसको सञ्चालनको नियम र संरचनात्मक सम्बन्ध हुँदैन ।
- स्थायी संगठन
- अस्थायी संगठन
- परम्परागत संगठन - पिरामिड र ठाडो संगठन संरचनाहरु ।
- आधुनिक संगठन - क्षितीजीय संगठन, चेप्टो सङगठन संरचना, म्याट्रिक्स, डमबेल संगठन संरचनाहरु ।
- उत्तर आधुनिक संगठन - सुचना तथा सञ्चार प्रविधिमा आधारित अदृष्य संगठन संरचनाहरु ।
- निर्णय लिने र कार्यान्वयन गर्ने संगठन
- सल्लाह दिने संगठन
- मिश्रित संगठन
- अन्तर्राष्ट्रिय संगठन
- क्षेत्रीय संगठन
- राष्ट्रिय संगठन
- स्थानीय संगठन
- राजनीतिक संगठन
- प्रशासनिक संगठन
- सामाजिक संगठन
- आर्थिक संगठन
- कानुनी/न्यायिक संगठन
- शैक्षिक संगठन
- धार्मिक/साँस्कृतिक संगठन
नेपालको निजामती सेवामा संगठनको स्वरुप
- सोपानगत श्रृङखलामा आबद्ध ठाडो संरचनाको बाहुल्य रहेको ।
- आयोग, सचिवालय, समिति जस्ता संगठनमा च्याप्टा र घण्टाकार निकट संरचना रहेका ।
- औपचारीक तथा अनौपचारीक दुवै प्रकृतिको संगठन संरचनाको अभ्यास ।
- स्थायी, अस्थायी सवै प्रकृतिको संगठन संरचनाको व्यवस्था रहेको ।
- संघीय, प्रदेशस्तरीय, जिल्ला स्तरीय र स्थानीय संगठन संरचनाको अस्तित्व ।
- कर्मचारीतन्त्रीय विशेषता र कार्यशैलीको उच्च प्रभाव ।
- संघीय शासन प्रणाली अनुरुप तीन तहको प्रशासनिक संरचनाको अवलम्वन ।
- परम्परागत गोपनीयतावादी र केन्द्रीकृत कार्यसंस्कृतिको निरन्तरता ।
- संगठनात्मक कार्यमा सुचना तथा सञ्चार प्रविधि र सामाजिक सञ्जालको बढ्दो प्रयोग ।
संगठनात्मक विकास
- संगठनमा निरन्तर रुपमा गरिने सकारात्मक परिवर्तन नै संगठनात्मक विकास हो ।
- यो संगठनको समसामयिकरण, वैज्ञानिकिकरण र यसको क्षमता विकास गर्ने कार्य हो ।
- यसले संगठनलाइ परिवर्तनशील परिवेश र सन्दर्भ अनुरुप अघि बढ्न सक्षम बनाउछ ।
- संगठनात्मक विकास अन्तर्गत सांगठनिक संरचनामा विकास, नीतिगत सुधार, कार्यप्रक्रियामा गरिने विकास, स्रोत व्यवस्थापनमा गरिने विकास, संस्कृति र सम्वन्धमा सुधार जस्ता विषयहरु पर्दछन् ।
नेपालको सार्वजनिक प्रशासनमा संगठनात्मक विकास
- नेपालको सार्वजनिक प्रशासनमा वि.सं. २००७ साल पश्चात संगठनात्मक विकासले महत्व पाउँदै आएको छ ।
- वि सं २००९ को बुच कमिसन देखि समय समयमा गठन हुँदै आएका प्रशासन सुधार आयोग तथा समितिहरुको गठन गरी संगठनात्मक विकासलाइ प्रोत्साहन गरिँदै आएको छ ।
- वि सं २०१३ सालदेखि निजामती सेवालाइ ऐन कानुनद्धारा व्यवस्थित गरी सञ्चालन गर्ने परिपाटि अवलम्वन गरिएको ।
- संगठनात्मक संरचनामा सुधाको लागी आवधिक रुपमा संगठन तथा व्यवस्थापन सर्वेक्षण (O and M survey) गर्ने गरिएको ।
- संगठन तथा व्यवस्थापन सर्वेक्षण नगरी नयाँ संरचना थप्न रोक लगाइएको ।
- निजामती सेवा ऐन, २०४९ र नियमावली २०५० लगायतका कानुनद्धारा कानुनी र नीतिगत आधारलाइ स्पष्ठ गरिएको ।
- युगानुकुल वैधता विस्तारका लागि सुशासन र आरक्षण प्रणालीको अवलम्वन गरिएको ।
- सार्वजनिक सुनुवाइ, नागरिक बढापत्र, सार्वजनिक परीक्षण लगायतका नवीनतम व्यवस्थापकीय उपायहरुको प्रयोगलाइ अनिवार्य तुल्याइएको ।
नेपालको निजामति सेवामा संगठनात्मक विकासको दुर्वल पक्षहरु
- संगठन संरचना भद्दा हुनु,
- संगठनात्मक विकासका प्रयासहरु पटके, संरचनाकेन्द्रित र तदर्थवादी प्रकृतिका हुनु,
- कागजी कार्य र प्रक्रियामुखी कार्यविधिलाइ छोड्न नसक्नु ।
- कार्यप्रकृति र कार्यबोझको वैज्ञानिक विश्लेषण नहुनु ।
- काम बढी हुने ठाँउमा कम कर्मचारी र कम काम हुने ठाँउमा बढी कर्मचारी हुनु ।
- संगठन तथा व्यवस्थापन परीक्षण वस्तुगत र वैज्ञानिक हुन नसक्नु ।
- अति केन्द्रिकरण ।
- आधुनिकताको न्युन अभ्यास ।
- संगठनात्मक दोहोरोपना र न्युन प्रभावकारी समन्वय ।
आदेशको एकात्मकता (Unity Of Command)
- यो आदेशमा एकरुपता हुनुपर्छ भन्ने मान्यता हो । यसले संगठनमा कुनै पनि कर्मचारीलाइ एकभन्दा बढी सुपरिवेक्षकबाट निर्देशित गर्न नहुने कुरालाइ बुझाउछ ।
नियन्त्रणको सीमा ( Span Of Control )
- संगठनमा एक जना सुपरिवेक्षकले कति जना सम्मलाइ नियन्त्रणमा राख्न वा सुपरिवेक्षण गर्न सक्छ, त्यसको दायरालाइ नै नियन्त्रणको सीमा भनिन्छ ।
संगठनात्मक व्यवहार (Organisational Behaviour)
- संगठनमा आबद्ध मानिस वा कर्मचारीको विचार, धारणा, प्रवृत्ति, चालचलन, मुल्य मान्यता तथा संस्कृतिको समग्र पक्षको अध्ययन एवं विश्लेषणलाइ नै संगठनात्मक व्यवहार भनिन्छ ।
समुहगत कार्य र समुह गतिशीलता (Team Work and Group Dynamics)
- मानिसले समुहमा आबद्ध भइ निश्चित उद्देश्य प्राप्तिको लागि कार्यरत हुने कार्य नै समुहगत कार्य हो ।
- समान उद्देश्य कार्यरत मानिसहरुको अन्तर्क्रिया, अन्तरसम्बन्ध तथा सशक्तिकरणको कार्यलाइ समहु गतिशीलता भनिन्छ ।
- समुह गतिशीलताले संगठन तथा समुहको उत्पादन एवं उत्पादकत्वमा अभिवृद्धि गर्दछ ।