१.४ राष्ट्र निर्माण र राज्य निर्माण
राष्ट्र निर्माण
- राष्ट्रिय पहिचानको सु-संरचना र निर्माण गर्ने प्रक्रियालाई राष्ट्र निर्माण भनिन्छ ।
- राष्ट्र निर्माण प्रक्रियाको मुख्य उद्देश्य आपसी सदभाव, प्रेम, सहिष्णुता र सहयोगको अभिवृद्धि हो ।
- भावनात्मक वैचारिक रुपमा जवसम्म व्यक्ति र समुदायले राष्ट्र निर्माणको प्रक्रियामा समाहित गर्न सक्दैनन् तबसम्म राष्ट्र निर्माण भएको मान्न सकिदैन ।
राष्ट्र निर्माणका आधारभुत पक्ष
- राज्यका भेषभुषा, भाषा तथा रहनसहनको संरक्षण तथा संवर्द्धन,
- जातीय, भाषिक, साँस्कृतिक बहुलबादको संरक्षण गर्दै राष्ट्रिय एकता प्रवर्द्धन,
- राष्ट्रिय प्रतिकहरु जस्तै राष्ट्रिय झण्डा, राष्ट्रिय गीत, राष्ट्रिय जनावर, राष्ट्रिय चरा, राष्ट्रिय फुल, राष्ट्रिय खेलहरुको पहिचान र संवर्द्धन,
- राष्ट्रका लागि बलिदान गर्ने सहिदहरु र योगदान गर्ने विभुतिहरुको पहिचान तथा सम्मान,
- राष्ट्रिय सम्पदाहरुको संरक्षण तथा संवर्द्धन,
- राज्यको एकीकरणप्रतिको गौरव, राज्यको सिमा संरक्षण र सीमाप्रतिको संवेदनशीलता
- राज्यको नागरिकता र पहिचानप्रतिको गौरव, सम्मान र यसको दुरुपयोगमा नियन्त्रण,
- विभिन्न जाति, समुदायले अवलम्बन गर्ने धर्म, रीतिरिवाजको सम्मान
राष्ट्र निर्माणमा आइपर्न सक्ने संकट
राष्ट्र निर्माणको प्रक्रियमा देखा पर्ने संकटहरुलाइ निम्नअनुसार उल्लेख गर्न सकिन्छ ।
- पहिचानको संकट
- वैधानिकताको संकट
- पहुँचको संकट
- सहभागिताको संकट
- एकीकरणको संकट
- वितरणको संकट
राष्ट्र निर्माणका सकारात्मक प्रभाव
- राष्ट्रनिर्माणले आम मानिसमा सामाजिक ऐक्यवद्धताको भावना जगाउँछ ।
- राष्ट्रप्रति प्रेम र हाम्रो भन्ने भावनाको विकास गराउँछ ।
- राजनीतिक प्रणालीसँग आबद्ध गराउँछ ।
- राजनीतिक प्रणालीप्रति निष्ठाको भावनाको विकास गराउँछ ।
- यसले आपसी सहमति, सदभाव र सहयोगको भावना जागृत गराइ आन्तरीक शान्ति र अमन चयन कायम गर्न सहयोगर्न भुमिका निर्वाह गर्छ ।
- राष्ट्रले भावनात्मक सम्बन्धमा जोड दिन्छ ।
राज्य निर्माण
- राज्य निर्माण देश विकास गर्ने रणनीति हो, जुन राज्यका संस्था, संरचनाहरु स्थापना गर्ने र सबलिकरण गर्ने विषयसँग सम्बन्धित छ ।
- राज्य र समाजबीचको आपसी सम्बन्धद्धारा अगाडी बढाइएको नैसर्गीक राष्ट्रिय प्रक्रिया नै राज्य निर्माण हो ।
- राज्यको समग्र विकासका माध्यमबाट राज्यको पहिचान र सम्मान अभिवृद्धि गर्ने कार्य नै राज्य निर्माण हो ।
- कानुन र व्यवस्थाको प्रभावकारी कार्यान्वयन, आर्थिक विकास, कुशल प्रशासनिक संरचनाको स्थापना गर्ने कार्य नै राज्य निर्माण हो ।
राज्य निर्माणका आयाम
- राजनीतिक आयाम:- यसमा लोकतान्त्रिक मुल्य मान्यताहरुलाई अवलम्बन गर्दै लोकतान्त्रिक अभ्यासमा जोड दिने, राजनैतिक क्षेत्रलाई विकृति मुक्त गरी स्थिरता उन्मुख गर्ने तथा असल राजनीतिक संस्कारको विकास गर्ने कार्यहरु पर्दछन् ।
- आर्थिक आयाम :- यसमा पुर्वाधारको विकास गर्ने, राज्यभित्रै उचित अवसर तथा रोजगारी सिर्जना गरी प्रतिभा पलायन तथा युवा शक्ति विदेशिनबाट रोक्ने, स्रोतसाधनको न्यायोचित वितरणको माध्यमबाट आर्थिक समानता कायम गर्ने, लगानीमैत्री वातावरणको सिर्जना गर्ने तथा जनताको जिवनस्तर सुधार्ने कार्यहरु पर्दछन् ।
- सामाजिक आयाम :- यसमा राज्यमा शान्ति सुव्यवस्था र अमनचयन कायम गर्ने, पिछडिएको जाति, वर्ग, लिंग र समुदायको उत्थान र विकासका लागि विशेष व्यवस्था गर्ने, सामाजिक एकतामा जोड दिने,सामाजिक सहभागितामा वृद्धि गर्ने कार्यहरु पर्दछन् ।
- मानविय आयाम:- यसमा मानविय विकास तथा मानविय स्रोतको विकास गर्ने, तालिम तथा क्षमता विकासको अवसरको सिर्जना गर्ने कार्यहरु पर्दछन् ।
- प्राविधिक आयाम:- नवीनतम प्रविधिको खोज र विकासबाट संसारमा राज्यको प्रभाव बढाउने तथा आधुनिक प्रविधि भित्र्याउने कार्य ।
राज्य निर्माणका समाजको भुमिका
राज्य निर्माणमा समाजको भुमिकालाइ निम्नअनुसार उल्लेख गर्न सकिन्छ ।
- संविधानको धारा ४८ मा उल्लेखित कर्तव्यको पालना गर्ने,
- प्रचलित ऐन, कानुन र कार्यविधि पालना गर्ने,
- राज्य सञ्चालकका असल क्रियाकलापको समर्थन र गलत क्रियाकलाप रोक्ने,
- समुदायका विभिन्न वर्ग, लिङ्ग तथा जाति बीच एकता कायम गर्ने,
- अन्तर समुदाय सदभाव अभिवृद्धि गर्ने,
- राज्य निर्माणको सम्बन्धमा जनपरिचालन गर्ने,
- विकास प्रक्रियामा जनसहभागिता जुटाउने,
- राष्ट्रको भाषा, धर्म साहित्यको सम्वर्द्धन र प्रवर्द्धन गर्ने
नेपालमा राष्ट्र निर्माणमा सहयोग पुर्याउने पक्षहरु
नेपालको राष्ट्र निर्माणमा सहयोग पुर्याउने पक्षहरुलाइ निम्नअनुसार उल्लेख गर्न सकिन्छ ।
- नेपालको जातिगत पक्ष :- नेपाल बहुजातिय विशेषतायुक्त राष्ट्र हो । समावेशीकरणको अभ्यासले यसलाइ थप मजवुत बनाएको छ ।
- नेपालको धार्मिक पक्ष :- नेपालमा विभिन्न १० धर्म मान्ने मानिसहरु रहेका छन् । यसलाइ धर्मनिरपेक्षताले पनि मजबुत बनाएको छ ।
- नेपालको भाषिक पक्ष :- नेपालमा बहुभाषिक विशेषतायुक्त मुलुक हो । नेपालको संविधानमा नै मातृभाषालाइ राष्ट्रभाषाको रुपमा स्वीकार गरिएको छ । यसले पनि राष्ट्रनिर्माणलाइ टेवा पुर्याउदछ ।
- नेपालको साँस्कृतिक पक्ष :- नेपाल बहुसाँस्कृतिक विशेषतायुक्त मुलुक हो । यहाँ न्वारान, विवाह र अन्तेष्टि जस्ता मानव जन्मदेखि मृत्युसम्मका संस्कारहरु, चाडपर्व, महोत्सव, जात्रा सम्बन्धमा नेपालमा जातिगत तथा धार्मिक समुदायबीच विविधता रहेको छ ।
राष्ट्रनिर्माणमा प्रशासनको भुमिका
- विभेद र आग्रहरहित राज्यनीतिको कार्यान्वयन गर्न,
- राज्यका मुल्य र मान्यतालाई संस्थागत बनाउन,
- राज्यका नीति र मुल्यको निरन्तरता दिन,
- सेवा वितरण गरि जनविश्वास जित्न,
- कुटनैतिक व्यवस्थापनमार्फत अन्तर्राष्ट्रिय पहिचान प्रवर्द्धन गर्न,
- वैचारिक वेमेलको सन्तुलनकारी भुमीकाका लागि,
- राज्य र जनताबीच सम्बन्ध सुत्रका लागि,
- वैचारिक, जातिय तथा साँस्कृतिक रुपमा सन्तुलन गर्न,
- सेवा प्रवाहका माध्यमबाट राष्ट्रिय एकतामा वृद्धि गर्न,
- नागरिक गुनासोको सम्बोधन गर्न
- विकासको व्यवस्थापन गर्न,
- प्रशासनलाई समावेशी बनाउन,
राष्ट्र र राज्यबीच फरक
|
राज्य
|
राष्ट्र
|
|
मुख्यतया भौतिक स्वरुपको हुन्छ ।
|
यो भौतिक र अभौतिक दुवै स्वरुपको हुन्छ ।
|
|
यसको निश्चित सिमामा भुमी र कार्यक्षेत्र हुन्छ ।
|
यो सिमाविहीन, वृहत क्षेत्र हुन्छ ।
|
|
यो कृत्रिम बन्धन हो ।
|
यो स्वत स्फुर्त धारणा हो ।
|
|
राज्यले राष्ट्रको रुप लिन सक्छ ।
|
राष्ट्र राज्य नहुन सक्छ ।
|
|
जनता कानुनी रुपमा संगठित भएका हुन्छन ।
|
जनता नैतिक, भावनात्मक र मनोवैज्ञानिक रुपमा संगठित भएका हुन्छन् ।
|
राष्ट्र निर्माण र राज्य निर्माणबिच फरक
|
राज्य निर्माण
|
राष्ट्र निर्माण
|
|
यो राजनैतिक तथा प्रशासनिक अवधारणा हो ।
|
यो सामाजिक, साँस्कृतिक अवधारणा हो ।
|
|
यसमा Political Elite को भुमिका रहन्छ ।
|
यसमा राष्ट्र विकासको भुमिका हुन्छ ।
|
|
यो औपचारिक कार्य हो ।
|
यो अनौपचारिक तथा औपचारिक दुवै कार्य हो ।
|
|
यो निर्दिष्ट गरिएको हुन्छ ।
|
यो स्वत स्फुर्त हुन्छ ।
|
|
यो राज्यशक्ति राज्यमा लागु गर्ने सिलसिलामा प्रयोग हुन्छ ।
|
यो सामुदायिक भावनाको विकास गर्ने सिलसिलामा प्रयोग हुन्छ ।
|
|
राज्य टुक्रिएर नयाँ राज्य पनि बन्न सक्दछ ।
|
यो मुलत भावनात्मक एकिकरण हो ।
|
|
यो राज्यसंयन्त्रको सवलीकरणसँग सम्बन्धित हुन्छ ।
|
यो भावनात्मक एकिकरण हो ।
|
नेपालमा राज्य निर्माणका प्रयास
नेपालको सुदृढता, एकता, सक्षमता तथा विकासका लागि रुपान्तरित गर्ने कार्यलाई नै राज्य निर्माण भनिन्छ । नेपालको राज्य निर्माणको लागि भएका प्रयासहरुलाई निम्नअनुसार उल्लेख गर्न सकिन्छ ।
- इतिहालाई केलाउदा भुक्तमान राजा भए सँगै नेपालकोराज्यको राज्य निर्माणको थालनी भएको देखिन्छ ।
- गोपालवंश, महिषपालवंश हुँदै लिच्छवी कालसम्म आइपुग्दा विभिन्न वंशहरुको सङ्घर्ष हुने र शासन व्यवस्थामा कब्जामा गर्ने प्रक्रिया अघि बढेको पाइन्छ ।
- काठमाण्डौ उपत्यकामा मल्ल वंशको शासन चलेको समयमा गोरखा राज्यबाट पृथ्वीनारायण शाहले राज्य एकिकरणको प्रक्रिया अघि बढेको पाइन्छ ।
- सन् १८१६ मा नेपाल र इष्ट इण्डिया कम्पनीबीच भएको सुघौलि सन्धिबाट नेपालको वर्तमान सीमा निर्धारण भएको पाइन्छ ।
- राणा शासनकालमा जंगबहादुर राणाको शासनकालमा नयाँ मुलुकको रुपमा हालको बाँके, बर्दिया, कैलाली, कञ्चनपुर जिल्लाहरु नेपालमा समावेश भएको थियो ।
- जन आन्दोलन मार्फत नेपालले २००७ फागुन ७ मा राणा शासनको अन्त्य गरी राज्य निर्माणमा प्रजातान्त्रिक युगको सुरुवात भएको थियो ।
- २०४६ सालको जनआन्दोलन मार्फत प्रजातन्त्रको पुन स्थापना गरी राज्य निर्माण प्रक्रियालाई अगाडि बढाइएको ।
- सन् १९९० देखि आर्थिक उदारीकरणको नीति अवलम्बन गरि राज्य निर्माण प्रक्रियालाई अगाडि बढाइएको ।
- २०६२/६३ को जनआन्दोलनमार्फत नेपाललाइ संघीय लोकतान्त्रीक गणतन्त्रात्मक राज्यको रुपमा रुपान्तरणको प्रतिबद्धता जनाउदै नेपालको संविधान २०७२ मार्फत संघीय लोकतान्त्रीक गणतन्त्रात्मक व्यवस्थालाई अंगीकार गरिएको ।
- स्थानीय तह, प्रदेश तह र संघको निर्वाचन सम्पन्न भई तीनै तहमा राजनैतिक स्थिरताको प्रयास गरिएको ।
- शासकिय प्रणालीमा बहुपात्रको उपस्थितिको सुनिश्चितता गरिएको ।
- अर्थतन्त्रमा सार्वजनिक, नीजि र सहकारी क्षेत्रको सहकार्य सहितको तिन खम्बे अर्थनीतिको अवलम्बन गरिएको ।
- सामाजिक न्याय र सामाजिक समानता कायमको प्रयास गरिएको ।
नेपालमा राज्य निर्माणमा देखिएका समस्या
- संघीय शासन प्रणालीको अवलम्बनसँगै संघ, प्रदेश र स्थानीय तहका बीचमा अधिकार र स्रोत साधनको उपयोगमा टकराव देखिनु,
- विकासका क्रियाकलापहरु सञ्चालन गर्न स्रोत साधनको अभाव तथा राष्ट्रिय अन्तराष्ट्रिय लगानीका लागी उपयुक्त वातावरण सिर्जना नहुनु,
- सार्वजनिक क्षेत्रको सेवाको स्तर र उत्पादकत्व कमजोर रहेको,
- आर्थिक अनुशासनहिनताको अवस्था विद्यमान रहेको,
- प्रतिभा पलायनको विकराल अवस्था,
- समानुपातिक तथा सन्तुलित विकास नहुनु तथा विकासका लाभको न्यायोचित वितरण नहुनु,
- नागरिक समाजको कमजोर भुमिका,
नेपालमा राष्ट्र निर्माण र राज्य निर्माणका चरण
- नेपालको एकिकरण पुर्वको चरण
- नेपालको एकिकरण देखि राजतन्त्रको अन्त्यसम्मको चरण
- गणतन्त्र स्थापना देखि हालसम्मको चरण