२.६ प्रविधि हस्तान्तरण ( बौद्धिक सम्पत्ति अधिकार समेत )
प्रविधि
- प्रविधि भन्नले यन्त्र, उपकरण, मेसिनरी एवं वैज्ञानिक आविष्कारलाइ बुझिन्छ ।
- यो कार्यसम्पादनको सहयोगी हो ।
प्रविधि हस्तान्तरण
- प्राविधिक ज्ञान, सीप र दक्षता र पद्धतिलाइ एक राष्ट्रबाट अर्को राष्ट्रमा, एक सरकारबाट अर्को सरकारमा, एक क्षेत्रबाट अर्को क्षेत्रमा हस्तान्तरण गर्ने प्रक्रियालाइ प्रविधि हस्तान्तरण भनिन्छ ।
- कुनै एक स्थान तथा व्याक्तिवाट अर्को व्याक्ति तथा स्थानमा हुने प्रविधिको स्थानान्तरण तथा प्रवाहीकरणलाइ प्रविधि हस्तान्तरण भनिन्छ ।
- यसबाट प्राविधिक ज्ञान, सिप तथा पद्धतिको संसारभर विस्तार हुन्छ भने उत्पादन तथा सेवा क्षेत्रको उत्पादकत्वमा वृद्धि हुन्छ ।
- यसबाट वस्तु तथा सेवाको गुणस्तर वृद्धि हुन्छ र मानविय क्षमताको पनि विकास हुन्छ ।
- यो प्रविधिको विनिमय, विकास एवं विस्तार तथा बजारीकरण हो ।
- यो एक किसिमको कानुनी सम्झौता हो ।
- यो विश्वव्यापिकरण र उदारीकरणको प्रतिफल हो । जसले विश्वमा भएका नवीन प्रविधि आविश्कारको फाइदा सवै मुलुकले उठाउन पाएका छन् ।
बौद्धिक सम्पत्ति अधिकार
- मानव मस्तिष्कको सिर्जनाको रुपमा विकसित अभौतिक सम्पत्तिलाइ बौद्धिक सम्पत्ति भनिन्छ ।
- मानिसको बौद्धिक सृजना, कला, आविष्कार, संगीत, साहित्य तथा रचना नै बौद्धिक सम्पत्ति हो ।
- यस अन्तर्गत औद्योगिक ख्याति, पेटेन्ट, ट्रेडमार्क, डिजाइन, औद्योगिक बौद्धिक सम्पत्ति पनि पर्दछन् ।
- बौद्धिक सम्पत्ति उपर सर्जक तथा स्वामित्वकर्ताको पुर्ण अधिकार रहन्छ ।
- बौद्धिक सम्पत्ति अधिकारको मुख्य उद्देश्य सर्जकको हित अभिवृद्धि, सृजनाको संरक्षण, सृजना तथा सम्पत्तीको विकास तथा विस्तार गर्नु हो ।
- बौद्धिक अधिकार सृजना गर्नको लागि प्रचलित कानुन बमोजिम बौद्धिक सम्पत्ति दर्ता गरिनु पर्दछ ।
- बौद्धिक सम्पत्तिमा स्रष्टा वा सर्जकको अधिकार स्थापित हुनु नै बौद्धिक सम्पत्ति अधिकार हो ।
- यो कानुनी अवधारणा हो ।
- बौद्धिक सम्पत्तिसम्बन्धी कानुनी अभ्यासको थालनी सन् १९३७ बाट भएको हो ।
- नेपाल सन् १९९७ देखि विश्व बौद्धिक सम्पत्ति संगठन (WIPO) को सदस्य बनेको छ ।
बौद्धिक सम्पत्ति संरक्षणको लागि भएको व्यवस्था
कानुनी व्यवस्था
- नेपालको संविधानको धारा २५ मा सम्पत्तिको हक अन्तर्गत बौद्धिक सम्पत्तिलाई समेत मौलिक हकको रुपमा उल्लेख गरेको ।
- विदेशी लगानी तथा प्रबिधि हस्तान्तरण ऐन, २०७५
- प्रतिलिपि अधिकार ऐन, २०५९ तथा नियमावली २०६१
- पेटेन्ट डिजाइन र ट्रेडमार्क दर्ता ऐन, २०२२
- लगानी बोर्ड ऐन, २०६८
- औद्योगिक व्यवसाय ऐन, २०७६
- कम्पनी ऐन, २०६३
- अन्तर्राष्ट्रिय विकास सहायता परिचालन नीति, २०७६
- आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६
- सार्वजनिक खरिद ऐन, २०६३
- परराष्ट्र नीति, २०७७
- राष्ट्रिय बौद्धिक सम्पत्ति नीति, २०७३
संस्थागत व्यवस्था
- संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
- उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालय
- नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालय
- उद्योग विभाग
- उद्योगमन्त्रीको अध्यक्षतामा बौद्धिक सम्पत्ति परिषदको व्यवस्था
- विश्व बौद्धिक सम्पत्ति संगठन,
- BIMSTEC,
- SAFTA,
- WIPO (World intellectual property organisation),
- अन्य नियामक तथा सम्बद्ध संगठनहरु
बौद्धिक सम्पत्ति भित्र देहायका विषयहरु पर्दछन् ।
कपि राइट ( Copy Right )
- कुनै सर्जक तथा अनुसन्धानकर्ताले तयार गरेको लेख, रचना, पुस्तक, सिर्जना गरेको कला, धुन, फोटो, चलचित्र आदिमा सर्जक, लेखक तथा अनुसन्धानकर्ता वा खोजकर्ताको स्वामित्व स्थापित गरिन्छ, जसलाइ कपि राइट भनिन्छ ।
ट्रेडमार्क ( Trade Mark )
- कुनै वस्तु वा सेवाको उत्पादनमा संकेत, शब्द, नाम, ढाँचा वा व्याच समावेश गरिन्छ र उक्त संकेतलाइ अन्य उत्पादकले प्रयोग गर्न पाँउदैन¸यसैलाइ ट्रेडमार्क भनिन्छ ।
- यो व्यावसाय तथा उत्पादनको नाम, ब्राण्ड, संकेत हो ।
- यसैको आधारमा विज्ञापन हुन्छ ।
- यो गोप्य हुँदैन । पारदर्शी हुन्छ ।
- यसको मुल्य हुन्छ र किनवेच पनि हुन्छ ।
पेटेन्ट ( Patent )
- व्यवसायिक एवं औद्योगिक बौद्धिक आविश्कार, सुत्र, प्रक्रिया एवं विधिलाइ पेटेन्ट भनिन्छ ।
- यो गोप्य रहन्छ र यो औद्योगिक बौद्धिक हित सँग सम्बन्धित छ ।
डिजाइन
- वस्तु तथा सेवा एवं पुर्वाधार समेतको बनौट, संरचना तथा इन्जिनियरिङ लाइ डिजाइन भनिन्छ ।
बौद्धिक सम्पत्तिको सिद्धान्तहरु
- कब्जाको सिद्धान्त
- प्राकृतिक अधिकारको सिद्धान्त वा श्रमको सिद्धान्त
- प्रोत्साहन वा पुरस्कारको सिद्धान्त
- उपयोगितावादि सिद्धान्त
- यथार्थवादि सिद्बान्त
- सम्झौतावादी सिद्धान्त
- आधारभुत सिद्बान्त
विगतको प्रयास
- बौद्धिक सम्पत्ति संरक्षणमा राज्यको प्रतिबद्धतास्वरूप नेपालमा वि.सं. १९९३ सालमा नै पेटेण्ट, डिजायन र ट्रेडमार्क कानून प्रचलनमा आएको थियो । उक्त कानुनलाइ पेटेन्ट डिजायन तथा ट्रेडमार्क ऐन, २०२२ ले प्रतिस्थापन गरेको थियो ।
- यो ऐनले औद्योगिक सम्पत्तिको संरक्षण सम्बन्धी पेरिस महासन्धि (Paris Convention for the Protection of Industrial Property), १८८३ को प्रावधान अनकुूल औद्योगिक सम्पत्तिउपर एकातिकार प्राप्त गने प्रक्रिया, एकाधिकारको अवधि र उल्लंघनको अवस्थामा प्राप्त हने उपचारको समेत व्यवस्था गरेको छ ।
- प्रतिलिपि अधिकारको संरक्षणको लागि नेपालमा पहिलो पटक प्रतिलिपि अधिकार ऐन, २०२२ जारी भएको थियो । हाल उक्त ऐनलाइ प्रतिस्थापन गर्दै प्रतिलिपि अधिकार ऐन, २०५९ कार्यान्वयनमा रहेको छ । हाल प्रतिलिपि अधिकारको संरक्षणको कार्य प्रतिलिपि अधिकार रजिष्टारको कार्यालयबाट हुँदै आएको ।
- बौद्धिक सम्पत्ति संरक्षणको क्षेत्रमा भएका अन्तर्राष्ट्रिय प्रयासमा सहभागी हुन नेपालले सन् १९९७ मा बौद्धिक सम्पत्ति संगठन (World Intellectual Property Organization – WIPO) को सदस्यता प्राप्त गर्यो ।
- सन् २००१ मा नेपाल पेरिस महासन्धीको पक्षराष्ट्र बनेको ।
- सन् २००४ मा विश्व व्यापार संगठनको सदस्य बनेको ।
-
बौद्धिक सम्पत्तिको अधिकारको प्रकार
- औद्योगिक बौद्धिक सम्पत्ति अधिकार :- यसमा ट्रेडमार्क, डिजाइन, पेटेन्ट, व्यापारिक फर्मुला, उपयोगि नमुना आदि पर्दछन् ।
- प्रतिलिपि अधिकार :- स्रष्टाको आफ्नो बौद्धिक, साहित्यिक, सिर्जनात्मक रचना वा सिर्जनामा हुने अधिकारलाई प्रतिलिपि अधिकार भनिन्छ ।
प्रविधि हस्तान्तरणको महत्व
- प्राविधिक ज्ञान, सीप र प्रयोगको व्यवसायिकरण गर्न,
- उत्पादन तथा उत्पादकत्व अभिवृद्धि गर्न तथा लागत कम गर्न,
- स्रोत र साधनको अधिकतम उपयोगका माध्यमबाट मानवीय कल्याणमा वृद्धि गर्न,
- उदारीकरण र विश्वव्यापिकरणलाई सहयोग गर्न,
- गरिबी निवारण, वातावरण सन्तुलन एवं प्राकृतिक प्रकोपको न्युनीकरण गर्न,
- रोजगारीका अवसरहरुको सिर्जना र विस्तार गर्न,
- अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी वस्तु तथा सेवा मार्फत उपस्थिति कायम गर्न,
- विश्वमा उत्पादित प्रबिधिको विकास, विस्तार र उपयोग र प्रवर्द्धन गर्न,
- न्युन लागत र अधिक प्रतिफलमा वस्तु तथा सेवा उत्पादन र विक्री गर्न,
- प्रबिधिको व्यवसायीकरण गर्न,
- नवीन खोज र आविष्कारलाई मानवीय हितमा अधिकतम उपयोग गर्न,
- ज्ञानमा आधारित समाज र ज्ञानयुक्त उद्यम व्यवसायको स्थापना गर्न,
- वातावरण संरक्षण र विपद व्यवस्थापन गर्न,
प्रविधि हस्तान्तरणको पुर्वशर्त
- नीतिगत सुधार तथा प्रविधि हस्तान्तरण सम्बन्धि प्रष्ट नीति तथा कानुनहरु,
- राजनीतिक स्थायित्व, सहमति र प्रतिबद्धता,
- खुल्ला र उदार अर्थव्यवस्था,
- उपयुक्त बजार योजना,
- माग र आपुर्तिबीच सन्तुलन,
- स्रोत साधनको पर्याप्तता,
- प्रबिधिका लागि भौतिक पुर्वाधार,
- दक्ष जनशक्ति,
- सुदृढ आर्थिक कुटनीति,
- लगानीमैत्री वातावरण,
- आर्थिक विकासको स्तर र कार्यान्वयन क्षमता
- अन्तरदेशीय समन्वय
नेपालमा प्रविधि हस्तान्तरणमा रहेका समस्या
नेपालमा प्रविधि हस्तान्तरण सम्बन्धमा भएका समस्याहरु निम्नअनुसार छन् ।
- प्रविधि हस्तान्तरण सम्बन्धी समसामयिक नीति नहुनु,
- स्वदेशमा प्रविधि हस्तान्तरणको लागि दक्ष जनशक्ति नहुनु,
- प्रविधि हस्तान्तरणको लागि पर्याप्त पुर्वाधारको अभाव हुनु,
- प्रविधि हस्तान्तरणको संस्कृति नहुनु,
- नयाँ प्रविधिलाई पन्छाउने प्रवृत्ति हावि हुनु,
- विवाद समाधानको भरपर्दो संयन्त्र नहुनु,
- लगानीमैत्री वातावरण तयार, शान्ति सुरक्षा, विदेशि लगानीकर्तासँगको राम्रो व्यवहार नहुनु,
- दिर्घकालिन र दुरदर्शी नीति नहुनु,
- सम्बन्धित सरकारी निकायबीच सहकार्य कम र प्रतिस्पर्धा बढी हुनु,
- अध्ययन अनुसन्धानको वातावरण कमजोर हुनु,
- प्रविधि हस्तान्तरणको फाइदाको सम्बन्धमा बहस तथा प्रचार-प्रसार नहुनु,