२.९ गरिबी र बेरोजगारी
गरिवी
- सामान्य जीवन यापन गर्ने सामार्थ्य नभएको कठीन एवं संकटपुर्ण अवस्थालाइ नै गरिवी भनिन्छ ।
- मानिसले न्युनतम आवश्यकता पुरा गर्न नसकेको अवस्थालाइ गरिवी भनिन्छ ।
- विश्व वैंकको अनुसार प्रतिदिन अमेरीकी डलर १.९ भन्दा कम आय हुने व्याक्ति अति गरिवी र प्रतिदिन अमेरिकी डलर ३.१० भन्दा कम आय हुने व्याक्ति गरिवी भनि परिभाषित गरिएको छ ।
- जीवनका आधारभुत आवश्यकताहरु पुरा गर्ने क्षमता नभएको अवस्था तथा गास, बास, कपास, शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाइको उपलब्धता नभएको अवस्था गरिवी हो । यो बहुआयामिक विषय हो ।
- यो गतिशिल विषय हो । यसको मापन स्थान तथा परिवेशअनुसार फरक हुन सक्दछ ।
- गरिवी निवारण तथा न्युनिकरण राज्य तथा सरकारको जिम्मेवारी हो ।
गरिवीको प्रकार
- निरपेक्ष गरिवी:- निर्दिष्ट सीमित सुचकका आधारमा निर्धारित गरिवीलाइ नै निरपेक्ष गरिवी भनिन्छ ।
- सापेक्ष गरिवी :- निश्चित वर्ग तथा समुहका मानिससँग गरिएको तुलनाको आधारमा गरिएको तुलनात्मक गरिवीलाइ नै सापेक्ष गरिवी भनिन्छ ।
- बहुआयामिक गरिवी :- सर्वाङ्गिण आयामहा सुचकहरुको मापन एवं गणनाद्धारा निर्धारित गरिवीलाइ नै बहुआयामिक गरिवी भनिन्छ ।
गरिवी निवारणको प्रयास:-
- शासन प्रणाली तथा राज्य व्यवस्था संगै गरिवी निवारणको लागी प्रयासहरु भएको थियो ।
- गरिवी निवारण नीति तथा कार्ययोजना तयार गरी गरिबी न्युनीकरणको लागि समुदाय तथा प्रदेश लक्षित उत्पादनमुलक र रोजगारीमुलक कार्यक्रम सञ्चालन गरिएको ।
- नेपालमा गरिवी निवारणको लागी नीति तथा कानुनमा क्रमागत सुधार गरिएको ।
- पन्ध्रौँ योजनाले गरिवी निवारणको प्रमुख लक्ष्य लिएको र उक्त लक्ष्यलाइ पुरा गर्नको लागि विभिन्न कार्यक्रमको व्यवस्था गरेको ।
- स्रोत साधन तथा अवसरको समानुपातिक तथा समावेशी परिचालन तथा वितरणको प्रयास गरिएको ।
- योजनाबद्ध विकासको क्रममा आठौँ योजनाको उद्देश्य गरिवी निवारण रहेको ।
- नवौँ योजनादेखि एकल रुपमा गरिवी न्युनीकरण तथा निवारणको रणनीति लिइएको ।
- संविधानको उद्देश्य गरिवी निवारण राखिएको ।
बेरोजगारी
- काम गर्ने तथा काम गर्न सक्ने उमेर समुहको व्याक्तिले काम नपाएको अवस्था लाइ वेरोजगारी भनिन्छ ।
- काम गर्ने इच्छा, चाहना, क्षमता र जाँगर हुँदा पनि काम नभेटिएको र आयमुलक कामका लागि निरन्तर प्रयास गर्दा पनि नभेटिएको अवस्था नै बेरोजगारी हो ।
- यो अविकास एवं गरिवीको सुचक हो ।
- यो अविकासको उपज हो ।
- बेरोजगारी समस्या समाधान गर्ने जिम्मेवारी सरकारको हो ।
- रोजगारी पाउनु नागरिकको अधिकार हो ।
- यो बहुआयामिक विषय हो ।
बेरोजगारी विभिन्न प्रकृतिको हुन्छ । जसलाइ निम्न अनुसार उल्लेख गर्न सकिन्छ ।
- पुर्ण बेरोजगारी,
- अर्ध बेरोजगारी,
- आंशिक बेरोजगारी,
- आवधिक बेरोजगारी,
- शैक्षिक बेरोजगारी,
- ऐच्छिक बेरोजगारी,
- बाध्यात्मक बेरोजगारी,
नेपालमा बेरोजगारी समस्या समाधान नहुनुका कारण
- अर्थतन्त्रमा मन्दि वा सङ्कट आउनु,
- श्रम शक्तिको माग र आपुर्तिबीच उच्च अन्तर,
- न्युन ज्यालादर कायम रहनु,
- सीप तथा उद्यमशिलता विकासका प्रयासहरु पर्याप्त नहुनु,
- व्यवसायजन्य सुरक्षाको प्रत्याभुति नहुनु,
- वैदेशिक रोजगारिमा विभिन्न प्रकारका ठगीहरु हुनु र दोषीलाइ दण्ड तथा पिडितलाइ न्याय दिने कार्य प्रभावकारी नहुनु,
हाल नेपालमा १४.४ प्रतिशत बेरोजगारी रहेको छ । गरिवी र बेरोजगारीबिचमा प्रत्यक्ष, सोझो, रेखीय, पुर्ण सकरात्मक सह सम्वन्ध हुन्छ ।