• Butwal, Nepal
  • info@easyloksewa.com
  • +977-9867331082
साइन-अप लग-इन
लग-इन साइन-अप

लग-इन

पासवर्ड भुल्नु भयो ?

साइन-अप

approve हुन समय लग्यो भने 9867331082 whatsapp गर्नु होला
Logo
  • General Knowledge(GK)
  • Current Affairs
  • Syllabus
  • vacancy
  • Intellectual Level (IQ)
  • English
    • Grammar
    • Vocabulary
    • Reading Comprehension
  • Subjective
    • शाखा अधिकृत (section Officer )
    • नायब सुब्बा
    • Nepal Rastra Bank नेपाल राष्ट्र बैंक
    • नेपाल बैंक (Nepal Bank)
    • शिक्षक सेवा आयोग (Teachers Service Commission)
    • कानुन ऐन तथा नियमावली (Laws Acts and Regulations)
    • सुरक्षा निकायहरू (Security Agencies)
  • Blogs
  • अनलाइन परीक्षा
  • डेमो परीक्षा

२.१ आर्थिक वृद्धि तथा आर्थिक विकास

  • गृह पृष्ठ
  • बिसयगत
  • २.१ आर्थिक वृद्धि तथा आर्थिक विकास

२.१ आर्थिक वृद्धि तथा आर्थिक विकास

आर्थिक आयामहरु

  • नेपालको संविधान २०७२ को उद्देश्य - दिगो शान्ति, सुशासन, विकास र समृद्धि
  • राज्यको आर्थिक उद्देश्य - समाजवाद उन्मुख स्वाधीन एवं समुन्नत राष्ट्रिय अर्थतन्त्र
  • आर्थिक पद्धति - उदारिकृत अर्थ व्यवस्था तथा तीन खम्बे अर्थनीति,
  • आर्थिक विकास परिलक्ष्य - सन् २०२२ सम्ममा मुलुकलाई LDC बाट DC मा स्तरोन्नति गर्ने ।
  • सन् २०३० सम्ममा मुलुकलाई उच्च मध्यम आय भएको मुलुकमा स्तरमा पुर्याउने लक्ष्य लिइएको ।
  • दिगो विकासका लक्ष्य हासिल गर्ने लक्ष्य लिइएको ।
  • वि.सं. २१०० मा "समृद्ध नेपाल सुखी नेपाली " को लक्ष्य पुरा गर्ने उद्देश्य राखिएको छ ।
  • वि.सं. २१०० सालसम्ममा उच्च आय भएको विकसीत मुलुकको स्तरमा नेपाललाई पुर्याउने लक्ष्य लिइएको छ ।

आर्थिक वृद्धि

  • आर्थिक वृद्धि भन्नाले अर्थतन्त्रका समग्र संरचनाहरुमा भएको वृद्धि भन्ने बुझिन्छ । आर्थिक क्रियाकलापबाट भएको सकारात्मक परिवर्तन एवं उन्नति नै आर्थिक वृद्धि हो ।
  • आर्थिक विकासको आधार एवं पुर्वसर्त तथा अनिवार्य सर्त आर्थिक वृद्धि हो ।
  • यसले मुलुकको अर्थतन्त्रमा भएको भौतिक वृद्धिलाइ मात्र जनाउँछ ।
  • यसले मुलत आर्थिक आयाम एवं आर्थिक परिसुचकहरुमा परिणात्मक बढोत्तरी जनाउँछ । जस्तै कुल ग्राहस्थ उत्पादनमा भएको विस्तार तथा प्रतिव्याक्ति आयमा भएको सुधार ।
  • आर्थिक वृद्धिले अर्थतन्त्रको स्थायित्व, आर्थिक समानता तथा जिवनस्तरको बारेमा बताउँदैन ।
  • आर्थिक क्रियाकलापहरुको विस्तार एवं वृद्धि पनि आर्थिक वृद्धि हो ।
  • यो आर्थिक समृद्धिको सुचक हो ।
  • यो उत्पादन, उपभोग, विनिमय, वितरण र राजश्वमा हुने वृद्धि हो ।

आर्थिक वृद्धिका क्षेत्रहरु

  • उत्पादन वृद्धि
  • प्रति व्याक्त्ति आयमा वृद्धि
  • रोजगारीमा वृद्धि
  • बचतमा वृद्धि
  • लगानीमा वृद्धि
  • राजश्वमा वृद्धि
  • व्यापार वृद्धि
  • निकासी वृद्धि
  • उपभोगमा वृद्धि
  • औधोगिक वृद्धि
  • कुल ग्राहस्थ उत्पादनमा वृद्धि

विकसित मुलुकहरुको आर्थिक वृद्धि विकासोन्मुख मुलुकको तुलनामा न्युन हुन्छ । मुलुकको विकासको लागि अधिकतम आर्थिक वृद्धिदरलाइ कायम गर्नु र आर्थिक वृद्धिलाइ सन्तुलित गर्नु मुल चुनौति हो । विकासशिल मुलुकको लागि आर्थिक वृद्धिलाई कायम राख्नु, आर्थिक वृद्धिलाइ सन्तुलनमा राख्नु, आर्थिक वृद्धिलाई अधिकतम तुल्याउनु चुनौतिपुर्ण हुन्छ ।

आर्थिक वृद्धिलाई प्रभाव पार्ने तत्वहरु

  • प्राकृतिक स्रोतको उपलब्धता,
  • लगानी गर्न सक्ने क्षमता,
  • आर्थिक तथा सामाजिक संगठनहरु जसले उत्पादन तथा वितरण प्रणालीलाई प्रभावकारी बनाउछन् ।
  • प्रविधि र खोज,
  • श्रम सम्बन्ध,
  • उत्पादन र बजारको सन्तुलन,
  • सामाजिक प्रणाली,
  • दक्ष जनशक्तिको उपलब्धता,
  • राजनैतिक व्यवस्था,
  • प्रशासनिक संरचना,
  • शान्ति सुरक्षाको अवस्था,

आर्थिक वृद्धिको आवश्यकता/महत्व

  • पुँजी, प्रविधि र स्रोत साधनको परिचालन गर्न,
  • राजश्वमा वृद्धि गर्न,
  • लगानीकर्तालाई लगानी गर्नको लागि प्रोत्साहन गर्न,
  • रोजगारीमा वृद्धि गर्न,
  • कल्याणकारी क्षेत्रमा लगानी वृद्धि गर्न,
  • अर्थतन्त्रको पर्तिस्पर्धात्मक क्षमतामा वृद्धि गर्न,
  • नागरिक विश्वास अभिवृद्धि गर्न,
  • आर्थिक मन्दि हुन नदिन,

आर्थिक विकास

  • अर्थतन्त्र सबल भएसँगै नागरिकले आर्थिक लाभ लिइ जिवनस्तरमा सुधार गर्न सक्ने अवस्था नै आर्थिक विकास हो ।
  • आर्थिक विकासले आर्थिक वृद्धिको अलवा मुलुकका जनताको समग्र जिवनस्तरमा आएको सकारात्मक परिवर्तन समेतलाइ जनाउदछ ।
  • आर्थिक आयाम एवं गतिविधीमा हुने परिणात्मक एवं गुणात्मक बढोत्तरीलाइ आर्थिक विकास भनिन्छ ।
  • आर्थिक उन्नति, प्रगति, समृद्धि, सुधार एवं सकारात्मक परिवर्तन तथा वृद्धिलाइ नै समग्रमा आर्थिक विकास हो ।
  • आर्थिक वृद्धि आर्थिक विकासको अनिवार्य सर्त हो । आर्थिक वृद्धि विना आर्थिक विकास सम्भव हुँदैन तर आर्थिक वृद्धि हुँदैमा आर्थिक विकास हुन्छ भन्न सकिदैन ।
  • वास्तवमा न्यायपुर्ण, दिगो एवं सन्तुलित आर्थिक वृद्धि भन्नु नै आर्थिक विकास हो ।
  • यसले आर्थिक विकासको दिगोपना, आर्थिक स्थायित्व तथा आर्थिक समानतामा जोड दिन्छ ।
  • यो सर्वाङ्गिण विकास तथा राष्ट्रिय विकासको आर्थिक आयाम हो ।
  • यो मुलुको सर्वाङ्गिण विकासको प्रमुख साधन हो ।

आर्थिक विकासको क्षेत्रहरु/आयामहरु/सुचकहरु

  • उत्पादन तथा उत्पादकत्व वृद्धि,
  • लगानी वृद्धि एवं विकास,
  • रोजगारी वृद्धि एवं विकास,
  • बचत वृद्धि एवं विकास,
  • बाल मृत्युदर तथा मातृ मृत्युदरमा न्युनीकरणको अवस्था,
  • प्रतिव्याक्ति वास्तविक उपभोग वृद्धि एवं विकास,
  • राजश्व वृद्धि एवं विकास,
  • आयु मा वृद्धि,
  • आय वृद्धि,
  • विकेन्द्रिकरणको स्तर,
  • पुर्वाधार विकास,
  • साक्षरतादर,
  • गरिबी न्युनीकरणको स्तर,
  • महिला सशक्त्तिकरण,
  • प्रविधि ग्रहण सुचक, आदि ।

आर्थिक विकासका पुर्वशर्तहरु

  • न्यायपुर्ण आर्थिक वृद्धि,
  • आर्थिक समानता,
  • आर्थिक स्थिरता,
  • आर्थिक सहभागीता,
  • आर्थिक सुशासन,
  • आर्थिक समता,
  • आर्थिक सवलता एवं सक्षमता,
  • आर्थिक उदारता,
  • आर्थिक उत्तरदायित्व,
  • आर्थिक उपलब्धि एवं अवसरको न्यायोचित वितरण,
  • स्रोत साधनको प्रभावकारी एवं कुशल तथा न्यायपुर्ण व्यवस्थापन,

आर्थिक वृद्धिलाई आर्थिक विकासमा रुपान्तरण गर्ने उपायहरु

  • पुर्वाधार विकास,
  • तुलनात्मक लाभका क्षेत्रमा लगानी तथा विकास,
  • सामाजिक क्षेत्रमा लगानी तथा विकास,
  • सामाजिक न्याय र सामाजिक सुरक्षामा बढोत्तरी,
  • उद्यमशिलतामा वृद्धि , विकास एवं प्रोत्साहन,

आर्थिक विकासको मापकहरु

  • मानव विकास सुचकांक (HDI)
  • Gini Coefficient - धनी र गरीबबीचको खाडलको स्तर मापन ।
  • Poverty Index - गरिवीको रेखामुनी रहेको जनसंख्या ।
  • Balance Of Trade - देशको आयात तथा निर्यातमा रहेको सन्तुलनको अवस्था ।

आर्थिक विकासको अवधारणाको विकासक्रम

  • वृद्धिमुखी अवधारणा (Growth Approach) - सन् १९५० को दशकमा आर्थिक वृद्धि, पुँजी निर्माण, औद्योगिक विकासलाई प्राथमिकता दिइ वृद्धिमुखी अवधारणाको विकास भएको हो ।
  • माथिबाट तल झर्ने अवधारणा(Trickle Approach) - सन् १९६० को दशकको विकासको लक्ष्यले ग्रामिण विकास र तोकिएका मुख्य क्षेत्रमा विकास क्रियाकलाप केन्द्रित गरी यो अवधाणाको अवलम्वन गरेको ।
  • कल्याणकारी अवधारणा (Welfare Approach) - सन् १९७० को दशकमा विकसित विकासको लक्ष्य मानव कल्याण हो र जनकल्याणको कार्यलाई प्राथमिकता दिनुपर्छ भन्ने मान्यता । यसमार्फत आधारभुत आवश्यकताको परिपुर्ती, गरिवी निवारण, महिला विकास र समुदायमा आधारीत विकासमा जोड दिएको ।
  • सहभागितामुलक अवधारणा (Participatory Approach) - विकास प्रक्रियामा जनसहभागिता लाइ जोड दिनुपर्छ भन्ने मान्यता । यो अवधारणाको विकास सन् १९८० मा भएको हो ।
  • मानव विकासको अवधारणा (Human Development Approach) - सन् १९९० को दशकमा विकसीत यो अवधारणाले दिगो विकास, स्रोत साधनको समतामुलक वितरण, मानव विकास तथा लैङ्गीक विकास, विकेन्द्रिकरण र आर्थिक उदारिकरणलाई विकासको केन्द्रविन्दुमा राखेको ।
  • सुशासनको अवधारणा (Good Governance Approach) - सन् २००० को दशकमा विकसित यो अवधारणाले सुशासन र सामाजिक समावेशिकरण, नागरिक समाजको विकास र अधिकारमा आधारित विकासमा जोड दिएको ।

 

आर्थिक विकासको लागि आर्थिक वृद्धि मात्र पर्याप्त हुँदैन किन ?

  • आर्थिक विकासको अनिवार्य पुर्वशर्त आर्थिक वृद्धि हो तर आर्थिक वृद्धि ले मात्र आर्थिक विकास हुन सक्दैन ।
  • आयको वितरण न्यायपुर्ण हुनु पर्दछ । आर्थिक वृद्धि उच्च भएर पनि आयको वितरण न्यायपुर्ण नभएमा सिमित वर्गको मात्र आम्दानी बढ्न गइ समग्र आर्थिक विकास हुन सक्दैन ।
  • आर्थिक वृद्धिले सापेक्ष गरिवीलाइ मात्र सच्याएको हुन सक्दछ ।
  • आर्थिक वृद्धि मात्र भएर हुँदैन । त्यस सँगै मुद्रास्फितिलाइ पनि नियन्त्रणमा राख्न सक्नुपर्दछ । आर्थिक वृद्धिदर भन्दा मुद्रा स्फितिदर बढि भएमा त्यसबाट आर्थिक विकास हुन सक्दैन ।
  • आर्थिक वृद्धिदर भन्दा जनसंख्या वृद्धिदर बढि भएमा त्यसले पनि आर्थिक विकास हुन सक्दैन । त्यसबाट समग्रमा आर्थिक विकास हुँदैन ।
  • आर्थिक वृद्धिले आम्दानीको वितरण पक्षलाइ समेटेको हुँदैन । आम्दानीको समान वितरण नभएसम्म आर्थिक विकास हुन सक्दैन ।
  • आर्थिक वृद्धिले बेरोजगारी र असमानतालाइ वृद्धि गर्न सक्ने सम्भावना पनि हुन्छ ।

 

आर्थिक वृद्धि र आर्थिक विकासबीच फरक

आर्थिक वृद्धि

आर्थिक विकास

१. आर्थिक वृद्धिको सम्बन्ध उत्पादनसँग हुन्छ ।

आर्थिक विकासको सम्बन्ध उत्पादकत्व सँग हुन्छ ।

२. आर्थिक वृद्धिले आम्दानी बढेको अवस्थालाइ जनाउँछ ।

आर्थिक विकासले जीवनस्तरमा भएको परिवर्तनलाई जनाउँछ ।

३. आर्थिक वृद्धि स्थिर र निश्चित सिमासम्म मात्र हुन्छ ।

आर्थिक विकास गतिशिल र सिमारहित हुन्छ ।

४. आर्थिक विकास विना पनि आर्थिक वृद्धि हुन्छ ।

आर्थिक विकासको लागी आर्थिक वृद्धि पुर्वशर्त हो ।

५. देशको कुल ग्राहस्थ उत्पादन वृद्धिदर र प्रतिव्याक्ति आय वृद्धिदर आर्थिक वृद्धिका सुचक हुन  ।

मानव विकास सुचकांक(HDI), लैङ्गिक विकास सुचकांक(GDI), मानव गरिवी सुचकांक()HPI, वाल मृत्युदर आदि आर्थिक विकासका सुचक हुन ।

६. आर्थिक वृद्धि केवल उत्पादनमा भएको वृद्धिलाई मात्र जनाउने एकल आयामिक दृष्टिकोण हो ।

आर्थिक विकास आर्थिक वृद्धिका साथै गरिवी, बेरोजगारी, असमानता लगायतमा भएको सुधारलाई जनाउने बहुआयामिक दृष्टिकोण हो ।

७. यसले परिमाणात्मक परिवर्तनलाई जनाउँछ ।

यसले परिमाणात्मकको साथै गुणात्मक परिवर्तनलाई समेत जनाउँछ ।

८. आर्थिक वृद्धिले उत्पादनमा जोड दिन्छ ।

आर्थिक विकासले वितरणमा जोड दिन्छ ।

९. आर्थिक वृद्धि साधन हो ।

आर्थिक विकास साध्य हो ।

 

समसामयिक विषय Current Affairs (तृतीय पत्र)

१.१ सामाजिक विवाद तथा द्धन्द्ध

१.२ सामाजिक न्याय तथा समानता

१.३ सामाजिक तथा साँस्कृतिक रुपान्तरण

१.४ स्रोत साधनको वितरणमा न्याय- असमानता र सीमान्तीकरण (प्रादेशिक, जातजातिगत, लैङ्गिक, ग्रामीण तथा शहरी)

२.६ प्रविधि हस्तान्तरण ( बौद्धिक सम्पत्ति अधिकार समेत )

सबै हेर्नुहोस्
Logo

सम्पर्क ठेगाना

  • info@easyloksewa.com
  • +977-9867331082
  • Butwal, Nepal

उपयोगी लिंकहरु

  • General Knowledge (GK)
  • Current Affairs
  • Syllabus
  • Vacancy
  • English
  • अनलाइन परीक्षा

© 2026 All Rights Reserved by easyloksewa

Coded with by KTMRush

लग आउट
के तपाईं निश्चित रूपमा लग आउट गर्न चाहनुहुन्छ ?