२.८ आर्थिक कुटनीति
- कुनै पनि देशले आफ्नो अर्थतन्त्रको संरक्षण, विकास, प्रवर्द्धनको लागि अन्तर्राष्ट्रिय तथा राष्ट्रिय स्तरमा लागु गर्ने कुटनितिक अभ्यास नै आर्थिक कुटनिति हो ।
- आर्थिक कुटनीति राष्ट्रिय आर्थिक अभिवृद्धिको लागि कुटनीतिक संयन्त्रको परिचालन गर्ने कार्य हो ।
- मुलुकको आर्थिक हित अभिवृद्धिमा केन्द्रित कुटनितिक व्यवस्थापन नै आर्थिक कुटनिती हो ।
- यो कुटनितिक व्यवस्थापनको आर्थिक आयाम हो ।
- यो कुटनितिक व्यवस्थापन सम्वन्धमा नविन अवधारणा हो ।
- हाल विश्वको सवैजसो मुलुकको कुटनितिक व्यवस्थापनको मुल प्रवाहिकरणको विन्दु नै आर्थिक कुटनिति हो ।
- यो संविधान, आर्थिक कानुन एवं नितिबाट निर्देशित हुन्छ ।
- यो संघीय सरकारको जिम्मेवारी हो ।
आर्थिक कुटनितीका मुलभुत आयाम तथा क्षेत्रहरु
- अन्तर्राष्ट्रिय सम्वन्ध,
- वैदेशिक सहायता,
- वैदेशिक व्यापार विस्तार,
- वैदेशिक लगानी प्रवर्द्धन,
- वैदेशिक रोजगारी,
- अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धन,
- प्रविधि हस्तान्तरण,
- विश्वव्यापिकरण तथा अन्य सम्वद्ध विषयहरु
नेपालमा आर्थिक कुटनीति
नेपालले विश्व अर्थव्यवस्थाबाट लाभ लिनको लागि आर्थिक कुटनीतिलाइ अवलम्वन गरेको छ । विश्वव्यापिकरणको वर्तमान युगमा नेपाल संसारबाट भिन्न भएर वस्न सक्ने अवस्था छैन । त्यसैले अन्तर्राष्ट्रिय सम्बन्ध, सहयोग र साझेदारीबाट नेपालले आर्थिक विकास गर्नुपर्छ । नेपालमा आर्थिक कुटनीतिको क्षेत्रमा केही प्रयासहरु भएका छन् जसलाइ निम्नअनुसार उल्लेख गर्न सकिन्छ ।
- नेपालको संविधान,२०७२ को धारा ५० को उपधारा ४ मा वैदेशिक पुँजी तथा प्रविधि परिचालन गर्ने, गैर आवासीय नेपालीको ज्ञान, सीप, प्रविधि र पुँजीलाइ आर्थिक विकासमा उपयोग गर्ने नीति लिइएको छ ।
- विदेशी लगानी नीति, २०७१ र विकास सहायता नीति, २०७६ तर्जुमा गरी कार्यान्वयन गरिएको छ ।
- गैरआवासीय नेपालीको ज्ञान, सीप, प्रविधि र पुँजीलाइ परिचालनको लागि गैरआवासीय नेपाली ऐन, २०६४ ल्याइएको छ ।
- २०५२ सालमा आर्थिक नीतिको बारेमा सुझाव दिन गठन गरिएको कार्यदलले आर्थिक कुटनीतिको प्रव्रद्धन गर्न कुटनीतिक नियोगलाइ क्रियाशिल बनाउने लगायतका सुझावहरु दिएको थियो । उक्त्त कार्यदलको सुझाव अनुसार केही कामहरु भएका थिए ।
- नेपालले विभिन्न देशसँग द्धिपक्षीय कुटनीतिक सम्वन्ध कायम गरेको छ ।
- परराष्ट्रमन्त्रीको अध्यक्षतामा आर्थिक कुटनीति कार्यान्वयन तथा अनुगमन समिति गठन गरिएको छ ।
- परराष्ट्र मन्त्रालयमा आर्थिक कुटनीति महाशाखाको व्यवस्था गरिएको छ ।
- महावाणिज्य दुत, श्रम सहचारीहरुले आर्थिक कुटनीतिको काम गरिरहेका छन् ।
- नेपालले अन्तर्राष्ट्रिय संघसङ्घठनहरु जस्तै विश्व वैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष, सार्क, विमस्टेक आदि जस्ता मञ्चहरु मार्फत देशको हितको लागि विभिन्न कामहरु गरेको छ ।
- नेपालमा समय समयमा हुने लगानी सम्मेलनले नेपाल र विश्वबीच आर्थिक सम्बन्ध कायम गर्न सहयोग पुर्याँउदछ ।
- विभिन्न राष्ट्रहरुसँग श्रम समझदारी भएको छ । हालसम्म ११ देशसँग दोहोरो करमुक्त्ती सम्झौता र ६ ओटा देशसँग विप्पा सम्झौता गरिएको छ ।
नेपालको आर्थिक कुटनीतिमा रहेका समस्या
नेपालमा आर्थिक कुटनीतिको बारेमा वहस भएको लामो भएको छैन । आर्थिक कुटनीतिका विभिन्न प्रयासहरु भएको यो समयमा पनि हासिल गर्नुपर्ने जति उपलब्धिहरु हासिल भएका छैनन् । ती उपलब्धिहरु हासिल हुन नसक्नुमा देहाय अनुसारका समस्याहरु रहेका छन् ।
- नेपालमा लगानीमैत्री वातावरण नहुनु,
- नेपालको समग्र कुटनीतिक प्रणालीमा आर्थिक विषयहरुले प्राथमिकता नपाउनु,
- नेपाली वस्तु तथा सेवाको प्रतिस्पर्धात्मक क्षमता कमजोर हुनु,
- कुटनीतिक नियोगको नेतृत्व र कर्मचारीहरु आर्थिक विषयमा जानकार नहुनु,
- राजदुत तथा वाणिज्य दुतहरुमा कुटनीतिक क्षमता भन्दा राजनीतिक भागवण्डामा कार्यकर्ता नियुक्त गर्ने प्रवृत्ति हुनु,
- आर्थिक कुटनीतिका सम्बन्धमा राजनीतिक दलहरुका फरक फरक धारणाहरु हुनु,
- सम्बन्धित निकायहरुको बीचमा पर्याप्त समन्वय र सहकार्य नहुनु,
- निजी क्षेत्रलाइ विश्वस्त गराउन र आर्थिक कुटनीतिका आयामहरुमा साथमा लिन नसकिनु,
- राष्ट्रिय प्राथमिकताको पहिचान नहुनु,
- गैर आवासिय नेपालीहरुलाइ देशको आर्थिक हितका लागि परिचालन गर्न नसक्नु,
- श्रम सहचारीको व्यवस्था र श्रमसँग सम्बन्धित कुटनीतिको अवस्था कमजोर हुनु,
- कुटनीतिक नियोगहरुले आर्थिक कुटनीतिका कार्यक्रमहरु सञ्चालन गर्नका लागि पर्याप्त मात्रामा साधन स्रोत उपलब्ध नहुनु,